ऊर्जा विकास सम्बन्धमा इप्पानद्वारा जारी फोटो, छोटो भिडियो (वृत्तचित्र) तथा निबन्ध लेखन प्रतियोगिताको सार्वजनिक सूचना
प्रतियाेगितकाे नियमहरु
- प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।
- सहभागी नेपालको नागरिक हुनु पर्नेछ ।
- प्रतियोगिताका लागि पठाएको तस्बिर नेपालमै खिचिएको र फोटोग्राफर आफैले खिचेको हुनु पर्नेछ । तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्बिर हुनु हुँदैन, जसमा कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार, ट्रेडमार्क, नैतिक अधिकार र गोप्यनियताको अधिकार/प्रचार अथवा बौद्धिक सम्पत्तिको अधिकारको उल्लङ्घन भएको हुनु हुँदैन ।
- सहभागीले यस अघिका प्रतियोगितामा पेस गरेका तस्बिरहरू यो प्रतियोगिताका लागि पेस गर्न पाउने छैनन् ।
- सहभागीहरूले फोटो र भिडियो प्रतियोगितामा तस्बिर/फुटेज पठाउन सक्नेछन् ।
- इप्पानद्वारा गठन गरिएको निर्णायक मण्डलले विजेताहरू र इप्पान रजत जयन्तीको अवसरमा प्रदर्शनीहरूका लागि तस्बिरहरू छनौट गर्नेछन् । निर्णायक मण्डलद्वारा गरिएको निर्णय नै अन्तिम हुनेछ । निर्णायक मण्डलले फोटोहरू छनौट हुनु र नहुनुका कुनै पनि कारण बारे व्याख्या गर्ने छैन ।
- प्रतियोगिताको विजेताहरू पुरस्कार वितरण समारोहमा घोषणा गरिनेछ ।
- प्रतियोगिता अवधिमा विवाद उत्पन्न भएमा आयोजक समितिद्वारा गरिएको निर्णय नै अन्तिम हुनेछ ।
- प्रतियोगिताका सहभागीले निर्णय समाप्त भएपछि क्लबले मागेको खण्डमा ठुलो साइज उच्च रिजोल्युसन भएको तस्बिर उपलब्ध गराउनु पर्नेछ ।
तस्बीरको आकार तथा सम्पादनका नियमहरु
- तस्बिरका सन्दर्भहरू फेरबदल गर्न पाइने छैन । फोटोग्राफीको क्षेत्रमा हाल मान्यता प्राप्त मापदण्डलाई अनुसरण गरेर गरिएका फेरबदललाई मात्र स्वीकार गरिनेछ । ती मापदण्डहरूको निर्णय गर्ने अन्तिम अधिकार निर्णायक मण्डलमा हुनेछ । त्यसैले निर्णायक मण्डलले क्यामराले रेकर्ड गरेको वास्तविक वा फेरबदल नगरिएको नेगेटिभ वा सलाइड जस्ताको तस्तै झिकाउन सक्नेछ । उच्च डायनामिक रेन्ज (एचडीआर)का तस्बिरहरू तथा वाटर मार्क भएका तस्बिरहरू स्वीकार्य हुने छैन । विभिन्न तस्बिरहरू जोडी बनाइएको पानोरामिक तस्बिर स्वीकृत हुनेछ तर तस्बिरको बारेमा विशेष व्याख्या गरिएको हुनु पर्नेछ । भिडियोबाट बनाइएको स्थिर स्क्रिन सर्ट तस्बिरहरू स्वीकार्य हुने छैन ।
- बेसिक ईडिटिङ्ग र हल्का कलर ईनहान्स गरिएको , फिल्टर प्रयोग तथा क्रपिङ्ग लगायतका सामान्य सम्पादन गरिएका तस्बिरहरू स्वीकार्य हुनेछन् किनभने त्यसले सम्पादन गरिएका तस्बिरहरूको वैधानिकता/वास्तविकतामा कुनै असर गर्दैन ।
- भ्रम पैदा गर्न प्रयोग गरिएको सम्पादन, छल वा हेरफेर तथा तस्बिरको फ्रेमभित्र कुनै विशेष कुराहरू थप्न वा हटाउन प्रतिबन्ध गरिएको छ ।
- सबै तस्बिरहरू डिजिटल फाइलमा हुनु पर्छ । अरू ढाँचाबाट लिइएका तस्बिरहरू स्क्यान गरिनु पर्नेछ । र, डिजिटल ढाँचामा पेस गरिनु पर्नेछ । तस्बिरको डाईमेन्सन २००० पिक्सल (चौडाई तर्फबाट), ३०० डिपिआई र फाईलको साईज ८०० केबी देखि ३ एमबीसम्म हुनु पर्नेछ । तस्बीरहरुजेपिजी/जेपिइजी फाईल ढाँचामा हुनु पर्नेछ ।
- पेस गरिएका सबै तस्बिरहरूको वास्तविक ÷ सक्कली मेटा डाटा सूचनाहरू हुनु पर्नेछ । यद्यपि, तस्बिरमा बोर्डरहरू, लागोहरू, सर्वाधिकार चिन्ह, परिचय चिन्ह वा अन्य देखिने सन्दर्भहरू तथा चिन्हहरू नभएको हुनु पर्नेछ ।
प्रतिलिपि अधिकारका नियमहरु
- तस्बिरहरू प्रचारमा प्रयोग गर्नका लागि तीन वर्षको मात्र प्रतिलिपि अधिकार हुनेछ । तस्बिरहरूको प्रयोग गर्दा त्यसको सबै क्रेडिट फोटोग्राफरलाई दिइनेछ ।
- सहभागीमा आफ्नो तस्बिरहरूको सर्वाधिकार हुनेछ । यद्यपि, साझेदारहरू/ प्रायोजकहरू /समर्थकहरूले आफ्नो प्रचारमा प्रयोग गर्नका लागि सबै क्रेडिट फोटोग्राफरलाई दिई विजेता लगायत अन्य तस्बिरहरू पाँच वर्षका लागि मात्र प्रयोग गर्न सक्नेछन् ।
- इप्पानले फोटो बुक, वार्षिक क्यालेन्डरलगायतका अन्य प्रकाशन/प्रशारण गर्न सक्नेछन । फोटो बुकमा समावेश गर्दा फोटोग्राफरलाई क्रेडिट दिनुका पर्नेछ ।
फाेटाे तथा भिडियाे पठाउन यहाँ क्लिक गर्नुहाेस
निवन्धकाे लागी यहाँ क्लिक गर्नुहाेस
For More Details