स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले सरकारले संसदमा लगेको विद्युत् विधेयक २०८० मा रहेका प्रावधानका कारण निजी ऊर्जा उत्पादकहरू पलायन हुने अवस्था आउने संभावना रहेको बताएका छन् । दशैं, तिहार र छठ जस्ता चाडपर्वको शुभकामना आदन–प्रदान गर्न इपानले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । अध्यक्ष कार्कीले उक्त विधेयक संशोधन नभई ऐनका रूपमा कार्यान्वयनमा आउने हो भने ऊर्जा क्षेत्रमा निजी लगानीसमेत ठप्प हुने बताए । Read More




Discussion about this post