No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

‘मिसन जलविद्युत भनेर लागौं, नेपाल छिट्टै समृद्ध हुन्छ’

‘मिसन जलविद्युत भनेर लागौं, नेपाल छिट्टै समृद्ध हुन्छ’

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ वैशाख १२ देखि १४ सम्म चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुँदैछ । नेपालमा जलविद्युत क्षेत्रको विकास र लगानीको लागि अन्तर्राष्ट्रिय जगतकै ध्यानाकर्षण गर्नका लागि हाइड्रो एक्स्पोको तयारी हुँदैछ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य पूरा गर्न कसरी सम्भव हुन्छ ? प्रस्तुत छ, नेपालको विद्युत व्यापार र जलविद्युतबाट नेपालको समृद्धिको यात्रा कति सहज भन्ने विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी :

 

हिमालयन हाइड्रो एक्स्पोेमा यसपटक विगतका भन्दा के फरक गर्दै हुनुहुन्छ  ? 

अहिलेको हाइड्रो एक्स्पोेलाई हामीले बृहत्  ट्रेड सोको रुपमा अगाडी बढाउँदैछौं । सरकारले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य ल्याएको छ । यो लक्ष्य असम्भव छैन तर महत्वकांक्षी छ । यतिबेला भारत र बंगलादेशले समेत नेपालको विद्युतमा लगानी र खरिद गर्न चाहिरहेका छन । लगानीको लागि संसारको आँखा नेपालमा पर्न थालेको देखिन्छ । त्यसैले हामीले संसारभरी जलविद्युत उत्पादन क्षेत्रका प्रोडक्टलाई एकै स्थानबाट हेर्न र जान्नका लागि एक्स्पो आयोजना गर्न लागेका हौं । क्यानेडियन, भारतीय लगानीकर्ताहरु नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न उत्सुक देखिएका छन् । अब जलविद्युत बाहेक अरु क्षेत्रबाट तत्काल नेपालको विकास हुने देखिन्न । जलविद्युतको विकास पछि मात्र पर्यटन क्षेत्रको विकास हुने देखियो । जलविद्युत उत्पादनमा अगाडी बढ्न संसारभरीका लगानीकर्ता ल्याउने यसपटक पहल हुनेछ । अबको जलविद्युतको बजार नेपाल हो भन्ने सन्देश एक्स्पोले दिनेछ ।

 

नेपालको विद्युतको व्यापार अन्तर्राष्ट्रिय व्यापारको रुपमा हुँदैछ । भारत बंगलादेश विद्युत किन्न इच्छुक छन् । यसले जलविद्युत क्षेत्रलाई कस्तो सन्देश दिन्छ ? 

सर्वप्रथम हामीले नेपालमै विद्युत खपत गर्ने नीति लिने हो । तर, जति नै धेरै खपत गरेपनि हाम्रो बिजुली उत्पादन धेरै नै हुन्छ र बढी भएको बिजुली बेच्नैपर्छ । हामीले उत्पादन गरेको सबै बिजुली खपत गर्न सकिँदैन । सन् २०३५ सालसम्म २८ हजार मेगावाटको जलविद्युत उत्पादन गर्ने लक्ष्य छ । जसका लागि करिब ५० खर्ब जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ । हामीलाई बढी भएको बिजुली कहाँ लैजाने समस्या भएको थियो, भारतले १० हजार मेगावाट किन्ने सम्झौता भएपछि सहज भएको छ । भारत र बंगलादेशलाई पनि बढी भन्दा बढी बेच्न मै प्रयत्न गर्नुपर्ने हुन्छ ।

 

जलविद्युत क्षेत्रमा आवश्यक लगानीको लागि वित्तीय व्यवस्थापन कसरी सम्भव छ ? 

अहिलेको समस्या यही नै हो । बैंक तथा वित्तीय संस्थाहरुले मात्र कति लगानी गर्न सक्छन् भन्ने ठुलो विषय छ । कतिपय वित्तीय संस्थाले जलविद्युतमा लगानी गर्न उत्सुकता देखाएका छैनन् । हामी २८ हजार मेगावाट जलविद्युत उत्पादनमा अगाडी बढेका छौं । १० हजार मेगावाट उत्पादन गर्न नेपाली लगानीकर्ताले लगानी गर्न सक्छन् तर, लगानीको वातावरण बनाउनुपर्छ । नयाँ आयोजना बनाउँदै गर्दा सरकारले बैंक तथा वित्तीय संस्थालाई जलविद्युतमा अनिवार्य लगानी गर्नैपर्छ भनेर निर्देशन दिनुपर्ने हुन्छ । जलविद्युतमा ५० खर्बको लगानी आवश्यक छ । यो मात्राको लगानी नेपालबाट मात्र जुट्न सक्दैन । ट्रान्समिसन लाइन बनाउनमै ७ खर्ब लाग्छ । त्यसैले विदेशी बैंक र विदेशी लगानीकर्तालाई समेत नेपालको जलविद्युतमा प्रवेश गराउनु पर्ने हुन्छ । तर, लगानीमैत्री कानून नहुँदासम्म विदेशी लगानी आउने देखिँदैन । सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ ।

 

त्यसो भए अहिले जलविद्युत क्षेत्रमा लगानीको लागि देखिएका समस्या के हुन् ? 

थुप्रै समस्या छन् । सबैभन्दा पहिले सरकारी निकाय, वन, भूमि, सुरक्षा सम्वन्धी मुख्य समस्या छन् । पीपीए नभएको धेरै वर्ष भयो । ट्रान्समिसन लाइन बन्न सकेको छैन । ट्रान्समिसन लाइन नभएर थु्रपै आयोजनाहरु रोकिएका छन् । थु्रपै खालका नीतिगत समस्याहरु पनि छन् । एउटा निकायले आयोजना बना भन्छ, अर्काे निकायले बनाउनु हुँदैन भनेर जान्छ । कानूनहरु समेत एक आपसमा बाझिएका छन्, तालमेल छैन । हामीले यो क्षेत्रमा विकास गर्ने हो भने लगानीमैत्री कानून बनाउनै पर्छ । लगानी गर्दा १४ वटा मन्त्रालय र तीनवटा विभाग धाउनुपर्ने जुन अवस्था छ, यो अब अन्त्य हुनुपर्छ । एकद्वार प्रणालीमा जलविद्युत क्षेत्रलाई लैजानु पर्ने देखिन्छ । झन्झटिला प्रक्रिया हटाएर तीन महिनाभित्र सम्पूर्ण काम सक्नेगरी सरकारले काम गर्नुपर्ने हुन्छ । अनि मात्र सरकार र निजी क्षेत्रले सोचेको लक्ष्य पूरा हुन्छ । नत्र भने पाँच वर्ष लाइसेन्स लिन लाग्ने, त्यसपछि पाँच वर्ष नीतिगत व्यवस्थाले ढिलो हुने हुन्छ । सरकारले नीतिगत व्यवस्थालाई परिर्वतन गरेर लगानीको लागि आह्वान गर्नुपर्छ ।

 

पछिल्लो समय जलविद्युत क्षेत्रका लगानीकर्तालाई सरकारको साथ कस्तो छ  ? 

अहिले अलि सहज भइरहेको छ । सरकारले समेत जलविद्युत क्षेत्रमा भएको लगानीको विषयलाई बुझेको छ । प्रधानमन्त्री, अर्थमन्त्री उर्जामन्त्रीदेखि शिर्ष दलका नेतृत्वमा समेत चासो देखिएको छ । अहिले मन्त्रालयले समेत विभिन्न छलफलमा निजी क्षेत्रलाई सहभागी बनाउँदै लगेको देखिन्छ । १० मेगावाटसम्मको पीपीए खोलिएको छ । यसले अब केही हुन्छ की भन्ने आशा देखाएको छ । २८ हजार मेगावाट विद्युत उत्पादनको काम गर्नुपर्ने छ । लक्ष्य त्यति सहज छैन । त्यसकारण सरकार अझै लचिलो भएर अगाडि बढ्नु पर्छ । अब सरकार, राजनीतिक दलहरुले आगामी चुनावको लागि मिसन ८४ तर्फ भन्दापनि साँच्चै नै देशको मुहार फेर्ने हो भने अब मिसन जलविद्युत भनेर लाग्नै पर्छ ।

 

अन्त्यमा, जलविद्युतबाट नै नेपालको समृद्धि यात्रा कति नजिक छ ? 

सरकारले सन् २०३५ सम्ममा २८ हजार मेगावाट बिजुली उत्पादनको जुन लक्ष्य लिएको छ त्यही लक्ष्यलाई मनन गरेर अगाडि बढ्ने हो भने नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन । हामीले सोचभन्दा फरक देश नेपाल बन्न समय लाग्दैन । त्यसमा सरकार, राजनीतिक पार्टी, कार्यकर्ता, आमजनता सबै दृढ भएर लाग्नु प¥यो । सरकार एक्लैले गर्छ भनेर मात्र गरेर नहुने रहेछ । यहाँ सबै पार्टीको राष्ट्रिय सहमति हुनुपर्ने हुन्छ । राष्ट्रिय सहमति भएन भनेर सरकार परिर्वतन हुँदा अर्काे सरकारको प्राथमिकता अर्काे हुने गरेको छ । जलविद्युत देश विकासको अस्त्र हो । सबै राजनीतिक पार्टीका सबै नेतृत्वको उद्देश्य नै देश बनाउने  हुनुपर्छ । उर्जा क्षेत्रको विकास गर्न एक छौं भनेर उभिनुपर्छ । यसबाट जनतामा समेत सकारात्मक सन्देश जान्छ । केन्द्रदेखि वडासम्म सबै राजनीतिक पार्टीले यसको लागि प्रतिबद्धता गर्नुपर्छ की जलविद्युत क्षेत्रको विकासको काममा कहिँ कतै अवरोध हुँदैन भनेर । यति मात्रै कुरामा ध्यान दिने हो भने नेपालको जलविद्युतमार्फत् छिटो समृद्धि सम्भव छ ।

https://madhyanhadaily.com/post/69564

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

Private Sector Ready for  Power Trade

Private Sector Ready for Power Trade

March 17, 2024
समृद्धिको पर्यावाची ‘ऊर्जा’ हो, व्यक्ति र देश सँगसँगै समृद्ध हुनुपर्छ – महानिर्देशक मण्डल

समृद्धिको पर्यावाची ‘ऊर्जा’ हो, व्यक्ति र देश सँगसँगै समृद्ध हुनुपर्छ – महानिर्देशक मण्डल

February 25, 2024
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024
IPPAN Newsletter March 2022

IPPAN Newsletter March 2022

March 27, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

Power Summit 2025