No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

स्वदेशी उद्योग व्यवसाय प्रवर्द्धधनमा ऊर्जा

चन्द्रप्रसाद ढकाल

स्वदेशी उद्योग व्यवसाय प्रवर्द्धधनमा ऊर्जा

(इप्पानद्धारा प्रकाशित ‘ऊर्जा समृद्धी’ म्यागेजिनमा प्रकाशित लेख)

नेपाल जलविद्युत सम्भावनाले धनी देश हो । पुरानो अध्ययनले करिब ८३,००० मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता देखाए पनि जल तथा ऊर्जा आयोगको पछिल्लो अध्ययनले करिब ४२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा विद्युत् उत्पादन गर्न सकिने देखाएको छ । हालसम्म विद्युत उत्पादन क्षमता भने करिब ४ हजार  मेगावाट  छ । नेपालमा प्रयोग हुने ऊर्जा स्रोतमा विद्युतीय ऊर्जाको खपत करिब १० प्रतिशत पुगेको छ । देशको उच्च माग पनि करिब २२ सय मेगावाट मात्रै छ भने वार्षिक रूपमा प्रतिव्यक्ति ऊर्जा खपत करिब ४५० युनिट मात्र रहेको छ ।

नेपालको यो सम्भावनालाई यथार्थमा परिणत गर्न सके हाम्रा उद्योगहरूलाई सस्तो, भरपर्दो र दीर्घकालीन ऊर्जा आपूर्ति गर्न सकिन्छ भने उत्पादन लागत घट्छ, प्रतिस्पर्धात्मकता बढ्छ र आयातमा निर्भरता कम हुन्छ । अहिले उद्योगमा प्रयोग हुने ऊर्जाको प्रमुुख स्रोत भनेको पेट्रोलियम पदार्थ नै हो । वार्षिक करिब ३ खर्बको रुपैयाँको त पेट्रोलियम पदार्थ मात्रै भारतबाट आयात हुने गरेको छ । यसले हाम्रो उत्पादनलाई महँगोसँगै हरित ग्यास उत्सर्जनमा पनि भूमिका खेलेको छ । त्यसकारण नेपालको परिपे्रक्ष्यमा ऊर्जा आत्मनिर्भरता हासिल गर्न जलविद्युतसँगै सौर्य, वायु, बायोमासजस्ता नविकरणीय ऊर्जा स्रोतको प्रयोगको विकल्प छैन ।

जलविद्युत विकासमा निजी क्षेत्रको योगदान

नेपालमा सबैभन्दा पहिला वि.सं. १९६८ मा फर्पिङमा बनेको ५ सय किलोवाट क्षमताको जलविद्युत आयोजनाबाट सरकारी जलविद्युत् आयोजना सुरु भएको हो । त्यसको करिब ८० वर्षपछि २०५० मा आएर मात्रै खिम्ती जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता भएको थियो । यो नै नेपालको पहिलो निजी प्रवद्र्धित आयोजना मानिन्छ । सरकारले २०४९ मा लिएको खुला आर्थिक नीतिपछि अन्य क्षेत्रसँगै ऊर्जामा निजी क्षेत्रको प्रवेश भएको हो । विद्युत विकास नीति, २०५० र विद्युत ऐन, २०४९ ले ऊर्जामा निजी क्षेत्रको प्रवेशलाई खुला ग¥यो भने यसअघिको सरकारी एकाधिकार तोडियो ।

ऊर्जा विकासमा निजी क्षेत्रको प्रवेशपछि स्वर्णयुग सुरु भएको भन्न अनुपयुक्त नहोला । निजी क्षेत्र प्रवेशको करिब ३० वर्षमा देश उज्यालोतर्फ उन्मुख छ । १६ घन्टासम्म लोडसेडिङ खेपेको तीतो यथार्थसँगै अब बिजुली निर्यातको मिठो वर्तमान भोगिरहेका छौं । कुल जडित क्षमता करिब ४ हजार मेगावाट पुग्दा निजी क्षेत्रको योगदान तीन तिहाइ छ ।

अहिलेसम्म खर्बौं लगानी निजी क्षेत्रले ऊर्जा विकासमा गरेको देखिन्छ । बैंकको तथ्यांकअनुसार हाल करिब साढे ४ खर्ब बराबरको लगानी बैंकिङ क्षेत्रको जलविद्युतमा छ ।  कतिपय आयोजनाले त बंैकको सावाँब्याज तिरिसकेका र कतिपयले तिरिरहेको लगानी अझ बढी छ ।  । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल लगानीको १५ प्रतिशत ऊर्जा विकासमा लगाउनुपर्ने नीति अपनाएको छ । यसले पनि निजी प्रवद्र्धकलाई लगानीमा सघाउ पुगेको देखिन्छ ।

ऊर्जा विकासमा महासंघको पैरवी

निजी उद्योगको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले जहिले पनि ऊर्जा विकासमा सरकार र उद्यमीको सहजकर्ताको रूपमा भूमिका खेल्दै आएको छ । सार्वजनिक÷निजी साझेदारी अवधारणमा ऊर्जा विकासलाई केन्द्रमा राखेर विद्युत उत्पादनमा मात्र नभई प्रसारण र वितरणमा पनि निजी क्षेत्रलाई प्रवेश खुलाउन पर्छ भन्नेमा महासंघले सरकारसँग लबिइङ गर्दै आएको छ । महासंघको नेतृत्वदायी भूमिकाको नतिजास्वरूप नै सरकारले विद्युत व्यापारमा निजी क्षेत्रलाई स्वीकृति दिन कार्यविधि बनाउँदै छ ।

अहिले पनि प्राधिकरणले नै विद्युत उत्पादन, प्रसारण, वितरणसँगै खरिद गर्दै आइरहेको छ । प्राधिकरण नेपालको विद्युत खरिदकर्ता र बिक्रीकर्ता पनि हो । आयोजना बनाउनेदेखि किन्ने र बेच्नेसम्म प्राधिकरणको एकाधिकार छ । निजी प्रवद्र्धकले बनाउने आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए)प्राधिकरणले गर्दै आइरहेको छ । कतिपय अवस्थामा प्राधिकरणले पीपीए भएका आयोजनाको बिजुली नकिनिदिएर निजी प्रवद्र्धकको लगानीलाई धराशयी बनाएको पनि छ । विशेषगरी निजी प्रवद्र्धकका नदी प्रवाहमा आधारित (आरओआर)आयोजना भएकाले वर्षायाममा उत्पादन क्षमताअनुसार उत्पादन हुने र हिउँदमा क्षमताको करिब ३० प्रतिशतमा झर्ने गर्छन् । यस्तोमा वर्षामा खपत कम भएकाले बिजुली धेरै हुने गर्छ । प्राधिकरणले प्रसारण लाइन नबनेको कारण देखाउँदै निजी लगानीका आयोजनाको बिजुली नकिन्ने गरेको छ । नियामक निकायको यो क्रियाकलापले निजी क्षेत्रलाई हतोत्साहित बनाउँछ । यसले लगानीलाई पनि प्रभावित गर्छ । यसैका लागि विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेश हुनुपर्छ भन्नेमा महासंघ दृढ भएर उभिएको छ ।

ऊर्जा विकासमा निजी ऊर्जा उत्पादकको सारथि बनेर महासंघ उभिँदै आएको छ । नेपालको आर्थिक नीति निर्माण, बजेट कार्यान्वयन तथा निजी क्षेत्रका सरोकार उठाउने प्रमुख छाता संगठनका रूपमा नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला वर्षमा ऊर्जा क्षेत्र र पुँजी बजारसँग सम्बन्धित संवेदनशील मुद्दामा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ । विद्युत उत्पादनमा पीपीएको मोडालिटीदेखि डेडिकेटेड तथा ट्रंकलाइन विवाद र हाल चर्चामा रहेको आइजिन विवादसम्म महासंघको भूमिका नीतिगत बहसको केन्द्रमा देखिन्छ । सरकारले पछिल्ला बजेट वक्तव्यमार्फत विद्युत क्षेत्रमा ‘टेक एन्ड पे’ मोडालिटीमा पीपीए गर्ने नीति अघि सारेको छ । यसले उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खपत गरे मात्र भुक्तानी गर्ने व्यवस्था गर्दछ । यो नीतिप्रति निजी क्षेत्र, विशेषगरी जलविद्युत प्रवद्र्धकमा चिन्ता बढेपछि महासंघले सक्रिय रूपमा सरकारसँग संवाद सुरु ग¥यो ।

महासंघले नीतिगत सुधारका लागि सरकारसँग निरन्तर पैरवी गर्दै आएको छ । जलविद्युत लगानी वातावरण सुधार, प्रसारण लाइन विस्तार, विद्युत व्यापार सहजीकरण र उद्योगलाई भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न महासंघले विभिन्न पहल गरेको छ । महासंघले ऊर्जा समिति गठन गरी नीतिगत सुझाव दिने, अन्तर्राष्ट्रिय लगानी आकर्षण गर्ने र उद्योगीका समस्या समाधानमा भूमिका खेल्दै आएको छ । विशेषगरी विदेशी लगानीकर्तालाई नेपालको जलविद्युत सम्भावनाबारे जानकारी गराई लगानी भित्र्याउन महासंघले विभिन्न मञ्चमा पैरवी गरेको छ ।

त्यसैगरी विद्युत व्यापारमा महासंघले नीतिगत सुधारका लागि पैरवी गरेको छ । भारत र बंगलादेशसँग विद्युत निर्यात सम्झौता हुनुमा निजी क्षेत्रको भूमिका र महासंघको प्रयास महत्वपूर्ण छ । महासंघले लगानी सम्मेलनमा ऊर्जालाई प्राथमिकतामा राखी विदेशी लगानीकर्तालाई आकर्षित गर्ने काम गरेको छ । साथै, प्रसारण लाइन विस्तार, जलाशययुक्त आयोजना विकास र नवीकरणीय ऊर्जा (सोलार, वायु) मा विविधीकरणका लागि सुझाव दिँदै आएको छ ।

स्वदेशी उत्पादकत्व बढाउन ऊर्जा

स्वदेशी उद्योग व्यवसाय प्रवद्र्धनका लागि ऊर्जा अपरिहार्य छ । सस्तो र भरपर्दो ऊर्जाले उद्योगको उत्पादन क्षमता बढाउँछ, निर्यात प्रतिस्पर्धा बढाउँछ र आर्थिक वृद्धि दर उच्च बनाउँछ । तर, अझै प्रसारण लाइन अभाव, नीतिगत अस्थिरता र लगानी जोखिमजस्ता चुनौती छन् । यी चुनौती समाधान गर्न सरकार, निजी क्षेत्र र महासंघको सहकार्य आवश्यक छ ।

महासंघ सधैं निजी क्षेत्रका सरोकार भएका हरेक मुद्दा समाधानमा नेतृत्वदायी भूमिकामा रहँदै आएको छ । ऊर्जा दक्षता र आत्मनिर्भरता हासिल गर्न सके स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सकिन्छ । आयातीत वस्तुमा निर्भरता घटाउन ऊर्जा दक्षता र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ ।

विद्युतलाई व्यापारिक वस्तुभन्दा पनि कच्चा पदार्थको रूपमा स्वदेशी खपतमै जोड दिन आवश्यक छ । नेपालमा उत्पादित बिजुली बढीभन्दा बढी देशमै खपत गर्न सके यसले स्वदेशी उद्योग फस्टाउने मात्र नभई स्वदेशी लागत सस्तो पर्न जान्छ । सम्भावना भएका सिमेन्ट, फलाम, कपडा, खाद्य उद्योगजस्ता क्षेत्रलाई पर्याप्त ऊर्जा उपलब्ध गराउन सके नेपालमै उत्पादन बढ्छ । यसले आयात प्रतिस्थापन मात्र होइन, निर्यात सम्भावना पनि बढाउँछ । साथै, ऊर्जा उपलब्धताले साना तथा मध्यम उद्योगलाई विस्तार गर्न सजिलो बनाउँछ । यसले रोजगारी सिर्जना गर्छ । नेपालमा बेरोजगारी दर उच्च छ र युवाहरू वैदेशिक रोजगारीमा निर्भर छन् । ऊर्जा आपूर्ति भरपर्दो हुन्छ भने साना उद्योग विस्तार हुन्छन्, जसले युवालाई स्वदेशमै रोजगारी दिनेछ । उद्यमशीलता पनि ऊर्जा उपलब्धतासँग प्रत्यक्ष रूपमा जोडिएको छ । ऊर्जा आत्मनिर्भरता र दक्षताले स्वदेशी उद्योग व्यवसायलाई मजबुत बनाउनेछ, जसले नेपालको समग्र आर्थिक विकासलाई गति दिनेछ । महासंघ ऊर्जा क्षेत्रलाई स्वदेशी उद्योगको इन्जिन बनाउन निरन्तर प्रयासरत छ । निजी क्षेत्रको सक्रियताले नेपाललाई ऊर्जा निर्यातकर्ता राष्ट्र बनाई समृद्धिको आधार तयार पार्न सकिन्छ ।

(ढकाल नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष हुुनुहुन्छ)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech