No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

ऊर्जासँगै बढेको नेपाली अनुभव

- किरण मल्ल

ऊर्जासँगै बढेको नेपाली अनुभव

(इप्पानद्धारा प्रकाशित ‘ऊर्जा समृद्धी’ म्यागेजिनमा प्रकाशित लेख)

४७ वर्षअघि इन्जिनियर भएर नेपाल आउँदै गर्दा ५.१ मेगावाटको आँधीखोला आयोजना निर्माण हुँदै थियो । त्यो पाँच मेगावाटको आयोजनामा त्यहाँ विभिन्न देशका विदेशी प्रबन्धक थिए । यो आयोजनाको आयोजना प्रबन्धक अमेरिकी र सिनियर साइट इन्जिनियर स्कटिस थिए । यस्तै उपकरण (इक्युपमेन्ट) को इन्जिनियर फिनल्यान्डका थिए । इंग्ल्यान्ड, फिनल्यान्ड, अस्ट्रेलियालगायत धेरै देशका मान्छे आयोजनामा थिए । पाँच मेगावाटको प्रोजेक्टमा ६÷७ देशका विदेशी थिए । नेपाली थोरैमध्ये इन्जिनियर, एकाउन्ट र ओभरसेयर थिए । त्यतिबेला भूमिगत सुरुङ (अन्डरग्राउन्ड टनेल) को काम नेपालमा हुँदैनथ्यो ।

भूमिगत टनेल काम भनेपछि त्यसलाई एकदम धेरै गाह्रो मानिन्थ्यो । यसमा विदेशी विशेषगरी नर्वेजियनकोे बाहुल्य थियो । कामका मुुख्य हेड नर्वेजियन ओर्ड हटन हुनुहुन्थ्यो । उहाँले त्यो तिनाउको एक मेगावाटको आयोजनामा एक किलोमिटर सुरुङ थियो । त्यो सुरुङ बनाउन बुटवल प्राविधिक शिक्षालय स्थापना गरियो । यसले सुरुङमा काम गर्ने जनशक्ति उत्पादन गरियो । त्यहाँ ८ कक्षा पास भएकालाई यहाँ सीप सिकाइन्थ्यो । त्यसमा ऊट वर्किङ, प्लम्बिङ कार्पेन्ट्रीजस्ता सीप पनि सिकाइयो । त्यो बेलामै सिभिल कन्स्ट्रक्सन गर्ने कन्ट्रयाक्टर भनेर हिमाल हाइड्रोलाई सिभिल कन्स्ट्रक्सन कन्ट्रयाक्टर बनाइयो ।

त्यो बेला खिम्ती, आँधीखोला, झिमरुक जलविद्युत् आयोजनमा काम गर्ने हिमाल हाइड्रो थियो । त्यही बेला आँधीखोलामा ग्रामीण विद्युतीकरणको अवधारणा पनि विकास भयो । त्यही परियोजनाबाट ग्रामीण विद्युतीकरण उपभोक्ता समिति गठन भए । त्यो परियोजनाको नेतृत्व पनि नर्वेका इन्जिनियरले नै गरेका थिए ।

त्यो बेलामा हेर्ने हो भने जलविद्युत् आयोजनामा हेर्ने, काम गर्ने सबै विदेशी हुन्थे । सबै प्लान्ट म्यानेजरदेखि लिएर प्रोजेक्ट म्यानेजर, जनरल म्यानेजर सबै विदेशी नै हुन्थे । हाइड्रो मेकानिकल काम गर्नलाई नेपाल हाइड्रोइलेक्ट्रिक भन्ने संस्था पनि खोलिएको थियो । त्यस संस्थामा हाइड्रोका गेट, पाइप बनाउने गरिन्थ्यो । त्यो बेला बुटवल पावर कम्पनीमार्फत पैसा ल्याउने र उसलाई नै कन्सल्टेन्सी (परामर्श) इन्जिनियरिङ काम गराउन थालियो । विशेषगरी टेक्निकल इन्जिनियरिङको काम बुटवल पावर कम्पनीमार्फत गरियो । त्यही भएर हाइड्रो पावरमा अहिलेसम्म अग्रणीको रूपमा बुटवल पावर कम्पनी छ । यो त्यही बेलाको अवधारणामा आधारित भएर स्थापना भएको थियो ।

विस्तार हुँदै नेपाली अनुभव

पहिला जलविद्युत् निर्माण भनेको एउटा ठूलो जटिल काम र नेपालीले गर्न नसक्ने कामको रूपमै चिनिन्थ्यो । प्रविधि पनि नेपालीका लागि नयाँ थियो । यस्तै परियोजना निर्माण गर्दै जाँदा नेपालीले सिक्दै गए । पछिल्लो समय नेपालीको पनि सीप बढ्दै गयो । नेपाली इन्जिनियर, ओभरसियर धेरै उत्पादन हुन थाले । नेपाली कामदारमा ड्रिलर, ब्लास्टर, फोरम्यानको सीप बढ्दै गयो । टनेलमा काम गर्ने स्किल वर्क फोर्स पनि बढ्दै गयो ।

पछिल्लो समय नेपाली इन्जिनियर पढ्न नर्वेमै गए । हाइड्रोपावर निर्माण, विकास, व्यवस्थापनलगायतका विषयमा धेरै जनशक्ति पनि तयार भए । ती दक्ष जनशक्ति विभिन्न जलविद्युत् आयोजनामा कार्यरत छन् । तिनै जनशक्ति अहिले हाइड्रो ल्याबदेखि लिएर बुटवल पावर कम्पनी, सानिमा हाइड्रो, हिमाल हाइड्रो हाई हिमाल हाइड्रोलगायतका थुप्रै हाइड्रो कम्पनीमा कार्यरत छन् । अहिले व्यावसायिक संस्थान पनि स्थापना भएका छन् । तिनै जनशक्ति जताततै छरिएका छन् । सानो पाँच मेगावाटका आयोजना निर्माणमा पनि विदेशीको भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ भने अहिले नेपालीले सय मेगावाट र योभन्दा माथिका परियोजनामा काम कुशलतापूर्वक सम्पादन गरिरहेको छ ।

विस्तारै विदेशीले नेतृत्व गर्ने ती संस्था, इन्जिनियरिङ कम्पनीमा नेपाली नै जनरल म्यानेजर बनेर आउन लागे । जस्तो, हिमाल हाइड्रोमा शिवकुमार शर्मा जनरल म्यानेजर हुनुहुन्थ्यो । बुटवल पावरमा पनि जनरल म्यानेजर नेपाली नै भए । पहिले विदेशी मात्र कम्पनीको प्रमुुख कार्यकारी अधिकृत हुने गरेकामा पछिल्लो समय नेपाली नै हुँदै गए । यति मात्र होइन, ऊर्जा विकासमा आएको तीव्रतासँगै नेपाली पनि विदेश गएर अध्ययन गरेर आउन थाले । संस्थामा स्वामित्व पनि परिवर्तन हुुँदै गयो । त्यस संस्थानमा काम गर्ने कर्मचारीले अर्काे संस्था खोल्न थाले । नेपालीले खोलेका संस्था बढ्दै गए । अहिले अवस्थामा विकासकर्ताले हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्छ । अहिले उनीहरूले नै प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा कन्स्ट्रक्सन कम्पनी खोलेर काम गरिरहेको अवस्था छ । निजी क्षेत्र जिम्मेवार र प्रभावी हुँदै छ ।

निर्माण कम्पनीमा निजी क्षेत्र

नेपालमा कन्स्ट्रक्सनको काम विस्तार हुन थालेपछि जनशक्ति पनि बढ्दै गयो । ती मानिस छरिँदै गए । अहिले व्यावसायिक रूपमा कन्स्ट्रक्सनको काम गर्ने निर्माण कम्पनी धेरै भइसकेका छन् । हाई हिमालय, सीइए कन्स्ट्रक्सन, साउथ एसिया कन्स्ट्रक्सनलगायत धेरै कम्पनी छन् । व्यवसायिक निर्माणकर्ता नभए पनि हाइड्रोमा सानातिना प्रोजेक्ट गर्न काम नेपालभर भइरहेको छ ।

नेपालमा जलविद्युत् क्षेत्रमा नेपाल विद्युुत् प्राधिकरणबाहेक निजी क्षेत्र पहिला थिएन । कम्पनीका रूपमा प्राधिकरणबाहेक बुटवल पावर कम्पनी थियो । तर, आफंैले अनुमतिपत्र लिएर परियोजना निर्माण काम गरेको थियो । उसले सरकारलाई आयोजना बनाएर हस्तान्तरण गर्ने काम गरेको थियो । एक मेगावाटको तिनाउ र पाँच मेगावाटको आँधीखोला जलविद्युत् बनाएर हस्तान्तरण गरिएको थियो ।
वि.सं. २०४९ सालमा विद्युत् ऐन र २०५० मा नियमावली आयो । पछि निजी क्षेत्रलाई विद्युत् खरिद सम्झौता (पीपीए) दर तोकियो, त्यसपछि विस्तारै मानिस अनुमतिपत्र लिएर नेपाल विद्युुत् प्राधिकरणसँग सम्झौता गरी कम्पनी खडा गरेर बनाउन थालियो । हाइड्रोपावर यसरी बन्ने रहेछ भन्ने भयो । पहिला यस्तो कल्पना नै गरिएको थिएन ।

२.२ मेगावाटको सानिमा हाइड्रोपावरले सुनकोसीको बाह्रबिसेमा ८÷९ वटा बैंकबाट लगानी ल्याएर प्रोजेक्ट बनायो । बैंकबाट पैसा ल्यायो, आफ्नो र अरुबाट पैसा ल्याएर आयोजना बनाउन सकिँदो रहेछ भन्ने कुुरा सिकाइ भयो । अनुमतिपत्र लिने, आफैं बैक तथा वित्तीय संस्था खोज्ने अर्थात् ऋण खोज्ने, स्वपुँजी परिचालन गर्ने, पीपीएलगायतका काम कम्पनीले गर्न थाले । आयोजना विकास गर्दै जाँदा निजी क्षेत्रलाई पनि कन्ट्याक्टर चाहियो । आवश्यकताका आधारमा कम्पनी स्थापना हुुन थाले । ठूुलो संख्यामा हाइड्रोको विकास पछिल्लो १५ वर्षयता भएको हो । आवश्यकता आविष्कारको जननी भनेजस्तो विभिन्न कम्पनी स्थापना हुुँदै गए । जलविद्युत् विकास तीव्र रूपमा हुन थालेको पनि दुई दशकभन्दा बढी भइसकेको छ ।

कम्पनी निर्माण र प्रोत्साहन

विदेशमा स–सानो हाइड्रोपावर प्रोजेक्ट एकदमै कम बन्छन् । विदेशमा स–साना नभएर ठूलो हाइड्रो बन्छ । स–साना हाइड्रो त कुनै निश्चित क्षेत्रमा मात्र बन्ने गर्छन् । ऊर्जाका लागि ठूला आयोजना बनाउन सकियो भने जताततै ऊर्जा पु¥याउन सकिन्छ । सानो खोला खानेपानी, सिँचाइ, जनावरका लागि प्रयोग हुुन सक्छन् । विद्युत्का लागि साना खोला आवश्यक रहेनन् । नेपालीको विज्ञता भनेको साना आयोजना मात्र छन् । साना आयोजना निर्माण अरू देशका एकदम कम छ । यसकारण नेपाली निर्माण व्यवसायी विदेश गएर ठूला आयोजना बनाउने सम्भावना त्यति छैन । सीप भएका मान्छे संसारभर पुगेका छन् । तर, नेपाली नै निर्माण कम्पनी भएर गर्ने कम छन् । तर, नेपालमा निर्माण कम्पनीले ऊर्जा क्षेत्रमा ठूलो योगदान दिएका छन् । यसकारण सरकारले नेपालमा भएका निर्माण क्षेत्रमा नेपाली निर्माण व्यवसायीको सुरक्षा गर्नुपर्छ । नेपालमा भएका निर्माणमा नेपाली कम्पनीलाई काम दिनुुपर्छ । यसमा एउटा समस्या छ । विदेशबाट पैसा आउँदा नेपाललाई कठिन हुुन्छ सक्छ किनकि अन्तर्राष्ट्रिय बिडिङ गर्नुपर्छ । बाहिरको सहयोग, अनुुदान, ऋण आयो भने सर्त पनि राखिन्छ । नेपालमा अब ठूला–ठूला आयोजना बन्न लागेका छन । यस्ता मापदण्ड राखिन्छन् कि नेपाली निर्माण कम्पनी योग्य नै हुँदैनन् ।
५० मेगावाट काम गरेकाले कम्पनीले सय मेगावाट गर्न सक्दैन भन्ने कुरा छैन । सार्वजनिक खरिदका निर्देशिकालाई परिवर्तन गर्नुपर्छ र नेपाली कम्पनीलाई ठूला आयोजना बनाउन अनुभवी र सक्षम बनाउँदै लगिनुपर्छ । सन् २०३५ भित्र अब २८,५०० मेगावाट उत्पादन क्षमता पु¥याउने लक्ष्य हो । तर, लक्ष्य प्राप्तिबारे अन्योल छ । विद्युुत् उत्पादन गरेर कसरी खपत हुन्छ भन्ने छ ।
लगानी भएर खपत भएन भने पनि त्यो ठूलो समस्या हो । यो कुुरा अस्थिर नै छ । ठूला–ठूला आयोजनाका लागि राष्ट्रिय स्तरमा स्रोत पनि अभाव छ । त्यसले पनि बजेट राख्न सक्दैन । यसका लागि ठूलो धनराशी आवश्यक छ । आयोजना मात्र होइन, प्रसारण लाइन पनि बनाउनुपर्नेछ । खपत पनि बढाउनुपर्नेछ, वितरण लाइन पनि विस्तार गर्नुपर्नेछ । देशसँग पर्याप्त स्रोत छैन । यसको कारण ठूलो चुनौती छ । भाषण गरेर मात्र हुने होइन । नेपालले विद्युत् बिक्री गर्ने भनेको भारत र बंगलादेश हो । तर, बंगलादेशमा बिजुली निर्यात भारतबाटै जानुपर्छ । त्यसका लागि भारतले पनि अनुमति दिनुप¥यो ।

भारतमा पनि विद्युत् माग हुुनुप¥यो । भारतले पनि हाइड्रो र ग्रीन इनर्जीलाई खरिद नगरे भने ऊर्जा क्षेत्रको अवस्था अनिश्चित बन्ने अवस्था छ । यो पनि चुुनौती हो । भारतले सोलार र कोलबाट अलि सस्तोमा विद्युुत् निकालेको छ । कोललाई वायु प्रदूषणको हिसाबले उपयुक्त नभएको भने पनि भारतमा सोलार आयोजना निकाल्ने ठाउँ धेरै देखिन्छन् । विश्वमा क्लिन इनर्जी र ग्लोबल वार्मिङको कुरा आउँदा सबैले आनो किसिमको सम्झौता गर्नुपर्र्ने अवस्था छ । जस्तो, जर्मनीलगायत युरोपतिर धेरै देशमा २०३० सम्म सबै यो यो युल सिस्टमको पेट्रोल÷ डिजल गाडीलाई बिजुुलीले प्रतिस्थापन गर्ने भन्ने छ ।
भारतमा नेपालको बिजुली किन्नुपर्ने अवस्था आयो भने निर्यात बढाउन सकिन्छ । भारत र पाकिस्तानकै लडाइँ हुन सक्छ । रसिया र युक्रेनको लडाइँ निरन्तर कति हुने हो । स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्छ भन्ने अवधारणा आयो भने भारतमा बिजुलीको बजार हुुन सक्छ ।

परिवर्तित निजी क्षेत्र र युवाको योगदान

निजी क्षेत्रलाई विद्युुत् व्यापार गर्न दिनुपर्छ । यसको लागि सरकारले ढोका खोलिदिनुपर्छ । पहिला त निजी क्षेत्रले बिजुली उत्पादन गर्न दिनुहुँदैन भन्ने त थियो । निजी क्षेत्रले बिजुली उत्पादन गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ । निजी क्षेत्रले बिजुलीको व्यापार गर्न सक्दैन अथवा व्यापार गर्दा समस्या छन् भन्ने कुुरा सोचिन्छ । निजी क्षेत्रलाई व्यापार खुुला गरेर हेर्नुपर्छ । व्यापारमा निजी क्षेत्रलाई खुुला गरियो भने बिजुली किनबेच हुन सक्छ । निजी क्षेत्रले उत्पादन गरेको बिजुुली बिक्री गर्ने हो । अधिकांश वस्तुु आयात भइरहेका बेला बिजुली बिक्री गरेर विदेशी मुद्रा ल्याउन सकिन्छ । अहिले अधिकांश चीज आयात भइरहेका बेला बिजुली निर्यात गर्न सकिन्छ । निजी क्षेत्रलाई बिजुली निर्यातको ढोका खोल्नुपर्छ । त्यसपछि प्रसारण र वितरण लाइन पनि खुुला गर्नुपर्छ ।
विद्युत् प्राधिकरणले निजी÷सार्वजनिक साझेदारी अवधारणामा हाई ट्रान्समिसन लाइन, हाई भोल्टेज लाइन पनि निर्माण कार्य अघि बढाइसकेको छ । संसारभरि निजी क्षेत्रलाई व्यापारमा ढोका खुुला गर्दा विकास राम्रो हुन्छ । नेपालमा नीति नियम नियन्त्रण गर्ने खालको छ । निजी क्षेत्रले बिजुली उत्पादन गरेर बिक्री ग¥यो भने सरकारले के पायो त भन्ने कुुरा छ । शिक्षा क्षेत्रमा निजी क्षेत्रलाई ढोका खुुला भएको छ । निजी क्षेत्रलाई खुला नगरेको भए सरकारले मात्र अध्ययन गराउन सक्ने अवस्था थिएन । सोही कारणले पनि निजी क्षेत्रलाई विद्युुत् व्यापारमा खुुला गर्नुपर्छ ।

(मल्ल हाई हिमालयन कन्स्ट्रक्सनका अध्यक्ष हुनुहुन्छ)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech