No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

ऊर्जा उत्पादन क्षमता र विकासक्रम

- डा. कृष्णप्रसाद दुलाल

ऊर्जा उत्पादन क्षमता र विकासक्रम

नेपालको जलविद्युत् विकासको यात्राले एक शताब्दी पार गरिसकेको छ । विद्युत् कर्पोरेसन, विद्युत् अड्डा, पूर्वाञ्चाल विद्युत् केन्द्र हुँदै नेपाल विद्युत् प्राधिकरणसम्मको सरकारी यात्रा तथा करिब ३ दशकको निजी क्षेत्रको गौरवपूर्ण यात्रा छ। तर, नेपालको ६ दशक अघिदेखि भन्दै आएको प्राविधिक रुपमा संभाव्य जलविद्युत् क्षमताको करिब ५ प्रतिशत मात्र विकास हुनु आफैंमा अत्यासलाग्दो परिदृश्य मान्न सकिन्छ । एसियामै सबैभन्दा पहिला विकास भएकामध्ये एक तथा दक्षिण एसियामा सर्वप्रथम विकास भएको चन्द्रज्योति भनी चिनिएको फर्पिङ जलविद्युत् केन्द्र ५०० किलोवाट क्षमता उत्पादन भएको थियो । तत्कालीलन राणा परिवारको दरबार उज्यालो बनाउँदै आमसर्वसाधारणलाईं समेत विद्युत् ऊर्जा उपलब्ध गराएको एक इतिहास बनाएको विद्युत् विकासले अहिले आन्तरिक खपत गरी निर्यात गर्न पनि सफल भएको छ । शासक वर्गले जनतालाई सधैं विद्युत् निर्यात गरी धनी हुने मृगतृष्णा देखाइरहेको र जनता सधैं सपनामा रमाउन बाध्य भए । हामीकहाँ उपलब्ध हुन सक्ने अपार जलविद्युतकाे क्षमताबारे अब पुनः छलफल गर्दै ६ दशक अघिदेखि पढिएको, बुझिएको र सम्झिएको विषयलाई पुनर्लेखन जरुरी देखिन्छ ।

सर्वप्रथम डा. हरिमान श्रेष्ठले आफ्नाे अध्ययनमार्फत पहिचान गरी प्रकाशन गरेको नेपालको जलविद्युत् क्षमताुको विषयमा चर्चा भएको धेरै लामो समय भइसकेको छ । त्यसपछि पनि अन्य शोधकर्ताको त्यस्तै अध्ययन अहिले पनि जारी रहेको देखिन्छ । अघिल्लो शताब्दीको साठी दशकमा श्रेष्ठद्वारा करिब ८३,००० मेगावाट नेपालको जलविद्युत् क्षमता पहिचानपछि यसै शताब्दीको पहिलो र दोस्रो दशकमा केही अध्ययन भएका छन् । जस्तै, रघुनाथ झासमेतको टोलीले गरेको अध्ययनमा नेपालको जलविद्युत् क्षमता ६७,२९५ मेगावाट (उपकरणको कार्यदक्षता शतप्रतिशत मान्दा) निकालिएको छ । त्यस्तै, २०१५ मा वज्राचार्यले गरेको अर्को अध्ययनमा नेपालको जलविद्युत् क्षमता १०३,००० मेगावाटभन्दा बढी हुन सक्ने प्रक्षेपण गरिएको छ । लेखकसमेत संलग्न भएर भर्खरै सम्पन्न जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको र २०१९ मा सम्पन्न अध्ययनले नेपालको जलविद्युत् संभावित क्षमता ७२,५४४ मेगावाट हुन सक्ने आकलन गरिएको छ, जसलाई नेपालका प्रमुख नदी बेसिनमा वर्गीकरण गर्दा निम्नअनुसार हुने देखिन्छ:

तालिका  १    जलविद्युत् क्षमताको तुलानात्मक अध्ययन

प्रस्तुत गरिएका विभिन्न अध्ययनमा केही पूर्वधारणा प्रयोग गरिएको थियो । जस्तै, हरिमान श्रेष्ठ तथा वज्राचार्यद्वारा प्रस्तत गरिएको अध्ययनमा पानीको वार्षिक औसत बहाव प्रयोग गरिएको थियो । तर, अन्य अध्ययनमा वर्षभरिमा ४० प्रतिशत समय उपलब्ध हुने पानीको बहावको आधारमा आकलन गरेको पाइएको छ । तथ्यांकबाट के विश्लेषण गर्न सकिन्छ भने पानीको वार्षिक औसत बहाव ४० प्रतिशत समयको उपलब्ध हुने बहावभन्दा बढी हुने गर्दछ । रघुनाथ झाको अध्ययनमा जलविद्युत््् उत्पादनमा प्रयोग गरिने सबै उपकरणको कार्यक्षमता (इफिसेन्सी) ८० प्रतिशत प्रयोग गरिएको सन्दर्भमा त्यसलाई शतप्रतिशतमा परिणत गरी सबै अध्ययनकर्ताको निष्कर्षलाई एकरुपता दिँदै प्रस्तुत तालिका नं १ मा दाँिजएको हो ।

क्षमता विश्लेषण  :

पानी प्रयोग गरी सर्वप्रथम विद्युत् उत्पादान सन् १८७८ मा बेलायतमा गरिएको हो । बीसौं शताब्दीसम्म आइपुग्दा जल प्रयोग गरी विद्युत् उत्पादन संसारभर गरिएको छ । साथै, नेपालमा पनि एसियाकै दोस्रो फर्पिङ विद्यतगृह निर्माण गरी ५०० किलोवाट क्षमताको जलविद्युत् केन्द्र सन १९११ मा सञ्चालन भएको पनि ११४ वर्ष कटिसकेको छ । हाल संसारभर १२१२ गेगावाटभन्दा बढी जलविद्युतमार्फत ऊर्जा उत्पादन भइसकेको छ, जुन तथ्याङ्क सम्पूर्ण ऊर्जा उत्पादनको १७ प्रतिशत र नवीकरणीय ऊर्जाको ७० प्रतिशत हिस्सा हुन आउँछ ।

नेपालको सन्दर्भमा ९० प्रतिशतभन्दा बढी ऊर्जा उत्पादन जलविद्युतबाट भइरहेको छ । पुरानो अध्ययन तथ्याङ्कले नेपालको विद्युत् उत्पादन क्षमता ८३,५०० मेगावाट (हरिमान श्रेष्ठ) र ६७,२९५ मेगावाट (रघुनाथ झा) देखाएको छ । अपार जलस्रोतको धनी नेपालको ऊर्जा उत्पादनको निर्भरता पानीमा रहेको परिपे्रक्ष्यमा नया प्रविधि प्रयोग गरी नेपालको विद्युत् उत्पादन क्षमता यकिन गर्न अपरिहार्य भइसकेको छ ।

कुल जलविद्युत् क्षमता भन्नाले कुनै पनि नदीको कुनै एक भागमा जम्मा रहेको सम्पूर्ण ऊर्जा हो वा कुनै पनि स्थानमा रहेको जलाधार वा सम्पूर्ण रुपमा उत्पादन गर्न सकिने ऊर्जा हो ? जुन सधैं सही नहुने सम्भावना अत्यधिक रहेको हुन्छ । जस्तो कि वातावरणीय कारणले प्रयोग बन्देज भएको पानीको मात्रा वा आर्थिक विश्लेषण गर्दा अनुउपयुक्त हुने कारणले सम्पूर्ण जलको प्रयोग जलविद्युत् उत्पादनका निम्ति गर्न नसकिने अवस्था विद्यमान हुने गर्दछ । उपलब्ध जलविद्युत् क्षमता भन्नाले कुल जलविद्युत् क्षमताको त्यो अंश हो, जुन प्रयोग गर्न नसकिने वा बन्देज लगाइएको बाहेकको जलविद्युत् क्षमतामा पर्दछ । अन्तमा प्राविधिक तथा आर्थिक क्षमता  भन्नाले उपलब्ध जलविद्युत् क्षमताको त्यो अंश हो, जुन प्राविधिक र आर्थिक रुपमै संभव हुने गर्दछ । जलविद्युत् उत्पादनको विभिन्न खाले क्षमतालाई चित्र नं २ बाट थप प्रष्ट पार्न खोजिएको छ ।

नदीहरुमा विद्यमान रहने विद्युत् उत्पादन क्षमतालाई दुई फरक किसिमको गणनामार्फत निकाल्ने विधि प्रचलनमा छन् । पहिलो नदीको सम्पूर्ण उद्गमदेखि सिमानासम्मको क्षेत्रलाई सानासाना लम्बाइ ९एष्हभ०ि भएको क्षेत्रको क्षमता गणना गरी पूरै क्षेत्रमा हुन सक्ने क्षमता पत्ता लगाउने तथा दोस्रोमा नदीको सम्पूर्ण लम्बाइलाई एक दोभानबाट अर्को दोभानसम्मको क्षेत्रमा विद्यमान क्षमतालाई गणना गर्दै पूर्ण क्षमताको यकिन गर्न सकिन्छ ।

आयोजनाको क्षमता विश्लेषण गर्दा एक महत्वपूर्ण तथ्य पानीको मात्राको कुरा गर्दा यो अध्ययनले नदीमा वर्षभरिमा ४० प्रतिशत समयसम्म उपलब्ध हुन सक्ने अर्थात् वर्षभरिमा १४६ दिनसम्म उपलब्ध हुन सक्ने बहावको आधारमा गणना गरिएको हो । अर्कोतर्फ क्षमता विश्लेषण गर्दा लिइने कुल उचाइ  बाट के बुझ्न सकिन्छ भने नदीको त्यो भागमा विद्यमान उपलब्ध हुन सक्ने संभावित ऊर्जाको परिमाण हो ।  नदीको  माथिल्लो बिन्दुबाट तल्लो बिन्दुतर्फ जाँदा ऊर्जा नष्ट पनि हुने गर्दछ । नष्ट हुने ऊर्जाबाहेक बाँकी रहन जाने ऊर्जा नै खुद संभावित ऊर्जा  भनी बुझ्न सकिन्छ ।

चित्र २ः जलविद्युत् उत्पादनसम्बन्धी विभिन्न खाले क्षमता

 

विशेषगरी मुहानबाट पावरहाउसतर्फ पानी बहने क्रममा संरचना जस्तै पाइप, सुरुङ, कल्भर्ट आदिमा हुने घर्षण नै मुख्य ऊर्जा नष्ट हुने कारण हो । प्राविधिक रुपमा संभावित कुल उच्चतम क्षमता (Gross Hydropower Potential) मान्न सकिन्छ भने प्राविधिक तथा आर्थिक संभाव्य क्षमता विश्लेषण गर्दा खुद उचाइ (Net Head) मार्फत गणना वा विश्लेषण गर्न सकिन्छ । त्यस्तै जलविद्युत् उत्पादनमा प्रयोग हुने टर्बाइन, जेनेटर तथा टान्सफरमरको कार्यदक्षता (Efficiency) गणना गरेर मात्र त्यहाँ निस्कन सक्ने प्राविधि तथा आर्थिक संभाव्य विद्युत् क्षमता (Techno-Economical Potential) गणना गरिन्छ ।

जलाधारअनुसार जलविद्युत् क्षमताः

नेपालका मुख्य तीन जलाधार कोशी, गण्डकी र कर्णालीका साथै दक्षिणी जलाधार राप्ती, बबई, कमला, कन्काई, बाग्मती, बकैया र तिनाउ तथा दुई अन्तर्देशीय जलाधार मेची र महाकालीको सम्पर्ण जलविद्युत््् उत्पादन क्षमता निक्र्योल गर्दा ४० प्रतिशत पानीको उपलब्धतामा ७२,५४४ मेगावाट हुने देखियो । सीमा नदीको गणना गर्दा आधा क्षमता मात्र नेपालतर्फ गणना गरिएको छ । नेपालका मुख्य तीन जलाधार जस्तै कोशी, गण्डकी र कर्णालीमा भएका नदीमा मात्र जम्मा आकलन गरिएको क्षमताको ९३.७ प्रतिशत देखियो । दक्षिणी जलाधारमा भएका नदी तथा सीमा नदीमा मात्र ३.३ प्रतिशत क्षमता रहेको पाइयो । त्यस्तै मुख्य तीन जलाधार कोशी, गण्डकी र कर्णालीमा क्रमशः ३८.३ प्रतिशत, २७.३ प्रतिशत र २८.१ प्रतिशत जलविद्युत््् उत्पादन क्षमता रहेको पाइयो । सबैभन्दा बढी कोशी जलाधारमा भएका नदीमा २७८०५ मेगावाट र सबैभन्दा कम मेची जलाधारमा भएका नदीमा ६२ मेगावाट क्षमता रहेको पाइयो ।

तालिका २ः  नेपालका जलाधार क्षेत्र र तिनमा रहेको जलविद्युत् क्षमता

त्यस्तै, नेपालभरिका सबै १२ वटा जलाधारमा रहेका नदीमा आयोजना पहिचान गर्न आकलन गरिएका नदीको भाग ९क्तचभतअज० तल दिएको तालिकाअनुसार रहेको छ :

तालिका ३ :  जलविद्युत् उत्पादन निम्ति पहिचान भएका क्षेत्रको संख्या

नेपालको सबैभन्दा ठूलो जलाधार क्षेत्र कोशीअन्तर्गत रहेका नदीमा विद्यमान जलविद्युत््् क्षमता निम्न तालिका ५ अनुसार रहेको छ ः

तालिका ४ : कोशी जलाधारमा रहेका नदीको जलविद्युत् उत्पादन क्षमता

नेपालको अर्को जलाधार क्षेत्र गण्डकीअन्तर्गतका मुख्य नदीमा विद्यमान जलविद्युत् क्षमता निम्न तालिका ६ अनुसार रहेको छ ।

तालिका ५ : गण्डकी जलाधारमा रहेका नदीको जलविद्युत् उत्पादन क्षमता

नेपालको पश्चिमी क्षेत्र ओगट्ने अर्को ठूलो जलाधार क्षेत्र कर्णालीअन्तर्गत मुख्य नदीमा विद्यमान जलविद्युत््् क्षमता निम्न तालिका ७ अनुसार रहेको छ ।

तालिका ६ : कर्णाली जलाधारमा रहेका नदीको जलविद्युत् उत्पादन क्षमता 

प्रदेशअनुसार जलविद्युत् क्षमता :

नेपालका ७ प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा २२६१९ मेगावाट अर्थात् ३१.२ प्रतिशत, गण्डकी प्रदेशमा १४९८१ मेगावाट अर्थात २०.७ प्रतिशत र तेस्रोमा कर्णाली प्रदेशमा १३७०२ मेगावाट अर्थात् १८.९ प्रतिशतको जलविद्युत् क्षमता विद्यमान रहेको अवस्था छ । अन्य प्रदेशको तल तालिका नं ८ मा प्रस्तुत गरिएको छ । जसअनुसार सबैभन्दा कम मधेस प्रदेशमा २७५ मेगावाट अर्थात ०.४ प्रतिशत जलविद्युत् उत्पादन क्षमता रहेको छ ।

 तालिका ७ : प्रदेशअनुसार जलविद्युत् क्षमताको वर्गीकरण 

जलऊर्जा क्षमता (Hydroelectric Energy Potential) :

जलविद्युत् उत्पादन जस्तै नेपालका सबै जलाधारको जलविद्युत्््बाट उत्पादन हुने संभावित ऊर्जा क्षमता पनि तालिका नं ९ मा प्रस्तुत गरिएको छ । जसअनुसार सबै जलाधारको कुल ऊर्जा उत्पादन क्षमता र उच्चतम ऊर्जा उत्पादन क्षमताको विश्लेषण गरिएको छ । नेपालको कुल विद्युत्् क्षमता ७२५४४ मेगावाट (तालिका ३) रहेकामा कुल ऊर्जा उत्पादन क्षमता ४४२,१०७ (Gross Hydroelectric Energy Potential-GHEP) गिगावाट घन्टा र उच्चतम ऊर्जा उत्पादन क्षमता ८०१,१९२ (Maximum Hydroelectric Energy Potential-MHEP) गिगावाट घन्टा रहेको छ ।

तालिका ८ : जलाधारअनुसार संभावित ऊर्जा उत्पादन क्षमता 

जलविद्युतकाे विकासक्रम :

११४ वर्षभन्दा बढीको विकासयात्रामा सरकारी, अर्धसकारी तथा निजी क्षेत्रसमेत मिलेर करिब ३१५० मेगावाट उत्पादन क्षमता पुगेको छ । तालिका नं ९ मा प्रस्तुत गरिएअनुसार निर्माण सम्पन्न भइसकेका आयोजना नेविप्रा र नेविप्रा संलग्न कम्पनीको उत्पादन क्षमता एक तिहाइ र बाँकी दुई तिहाइ निजी क्षेत्रले निर्माण गरेका आयोजना छन् । निर्माणाधीन आयोजनाको तथ्यांक हेर्दा पनि निजी क्षेत्र सरकारी तथा अर्धसरकारीभन्दा कयौं गुणा अगाडि रहेको देखिन्छ ।

तालिका ९ : २०८१ भदौ १ सम्मको ऊर्जा उत्पादनको अवस्था (मेगावाटमा)

एक शताब्दीभन्दा अघि नै भित्रिएको प्रविधि र तीन दशकभन्दा लामो यात्रा तय गरेको निजी क्षेत्रको विशेष योगदानले गर्दा यो क्षेत्रले देशको ऊर्जा सुरक्षा चुनौतीलाई केही हदसम्म सामना गर्छ कि भन्ने आशा देखिएको छ । नदी प्रवाहमा आधारित आयोजना मात्रको विकास हुनाले हिउँद तथा वर्षात्को माग र आपूर्ति व्यवस्थापन निकै चुनौतीपूर्ण भइसकेको देखिन्छ । विद्यमान विद्युत्् ऐन तथा नियम कानुनले निजी क्षेत्रलाई नदी प्रवाहमा आधारित आयोजनाभन्दा अन्य खाले आयोजना विकासमा संलग्न गराउन नसकेको अवस्थाले आगामी ऊर्जा सुरक्षा झनै असंभव हुने अवस्था देखिन थालेको छ । निजी क्षेत्रलाई कसरी जलाशययुक्त विकासमा संलग्न गराउने भन्नेबारे सरकारबाट गृहकार्य हुन सकेको देखिँदैन । सबै खाले ऊर्जा विकास र मिश्रण गर्न सके मात्र ऊर्जा दशकले सार्थकता पाउनेछ ।

 

सन्दर्भ सामग्री

  • Bajracharya, I., 2015. Assessment of Run-Of-River Hydropower Potential and Power Supply Planning in Nepal using Hydro Resources. Institut für Energietechnik und Thermodynamik, eingereicht an der Technischen Universität Wien.
  • Jha, R., 2010. Total Run-of-River type Hydropower Potential of Nepal. Hydro Nepal J. Water, Energy Environ. 8–13. doi:10.3126/hn.v7i0.4226
  • Kayastha, N. et al. 2018. A GIS approach for rapid identification of Run-of- River (RoR) Hydropower Potential Site in Watershed: A case study of Bhotekoshi watershed, Nepal.
  • Shrestha, H.M., 1966. Cadastre of Potential Hydropower Resources in Nepal. Moscow Power Institute.WECS, 2019. Assessment of Hydropower Potential of Nepal.
  • Nepal Electricity Authority: A Year in Review, Fiscal Year 2023/24

 

(दुलाल ऊर्जाविज्ञ हुनुहुन्छ)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech