No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

इप्पान स्थापनाको त्यो क्षण

- खड्गबहादुर बिष्ट

इप्पान स्थापनाको त्यो क्षण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को स्थापनाको समय सम्झिँदा आज पनि मन रोमाञ्चित हुने गर्छ । सन् २००० तिर यसको स्थापनको विषयमा छलफल भयो । प्रत्येक छलफलमा मेरो सहभागिता हुने गथ्र्यो । विश्वभर निजीकरणको हावा चलेको त्यस समयमा नेपालमा पनि यसको सुरुआत हुँदा सबै निजी संस्थाहरूको संगठन बनाएर सरकारसँग लबिङमा जानुपर्छ भन्ने भयो । सन् १९९० तिर सोभियत संघको विघटनपछि विश्वभर निजीकरणको लहर चल्यो । नेपालमा पनि त्यतिबेला राजनीतिक परिवर्तन भयो र खुला तथा बजार अर्थतन्त्र अवलम्बन गर्ने भनेर निजीकरण थालियो ।

नेपालमा राजनीतिक परिवर्तन भएर त्यो निजीकरणको कुरा उठ्यो । तर, अन्य देशमा राजनीतिक परिवर्तन नभए पनि निजीकरणको लहरै चल्यो । निजीकरणले अर्थतन्त्र राम्रो हुन्छ, स्रोतको सदुपयोग हुन्छ भनेर यो नै राम्रो भनेर लहर चलेको थियो । विशेष गरी सरकारी संस्थान कर्मचारीतन्त्रले बिगारेको थियो । त्यसको निजीकरण गर्नुपर्छ भन्ने निष्कर्ष सबैतिर आयो र लहर चल्यो । यसरी बिग्रिएका संस्थानहरूलाई निजीकरण ग¥यो भने उत्पादकत्व बढ्छ भन्ने मान्यता थियो । कुनै देशले विधिपूर्वक निजीकरण ग¥यो । हरेक पक्षमा विधिपूर्ण तरिकाले जस्तै त्यो कम्पनीको मूल्यांकन गर्ने, सेयर मूल्य निकाल्ने र बजारमा त्यसलाई लिस्टिङ गरेर सेयर बेच्ने इत्यादि ।
निजीकरण गर्नेमा सबैभन्दा अगाडि बेलायत पर्छ । बेलायतले हरेक कुरा त्यतिबेला निजीकरण ग¥यो । बेलायती प्रधानमन्त्री मार्गरेट द्याडचरले भन्थिन्, ‘म जेलदेखि चिहानसम्म निजीकरण गर्छु ।’ कोइलाखानी निजीकरण गर्दा त्यहाँ ठुलो हड्ताल भएको थियो । कोइलाखानीको त्यो हड्ताल निकै ठुलो हो । त्यसपछि कति श्रमिक काममै फर्केनन् । त्यसपछि मार्गरेटले दिएको एउटा भाषण निकै चर्चित भएको थियो । ‘हु इज द प्राइम मिनिस्टर अफ युके ? मार्गरेट द्याडचर अर कोल माइनर्स’ भन्ने भाषण निकै चर्चित बनेको थियो । यसरी विश्वमै निजीकरणको हावा चल्दा नेपालमा पनि यसको सुरुआत भएको हो ।

जलविद्युत्, स्कुल, कलेज, बैंक बिस्तारै निजीकरण गरिएको थियो । सो समयमा सरकारले अध्ययन नै गरेर ३५÷३६ कम्पनी निजीकरण गरेको थियो । सो समयमा भृकुटी कागज, छाला जुत्ता, शाही औषधी लिमिटेडलगायत कम्पनीहरू निजीकरण ग¥यो । हामीले यता निजीकरण पनि ग¥यौँ र विश्व व्यापार संगठन (डब्लुटिओ)को पनि सदस्यता लियौँ । डब्लुटिओमा प्रवेशपश्चात् व्यापारका अवरोध हटाउनुपर्छ भन्ने थियो । यसमा गरिब देशलाई केही वर्ष सुविधा पनि दिएको थियो । यसरी निजीकरणसँगै डब्लुटिओमा प्रवेशले विश्वका अन्य देशबाट आउने सामग्रीसँग यी कम्पनीले प्रतिस्पर्धा गर्नुपर्ने भयो । अन्य देशबाट आएका वस्तुमा कर बढी लगाउने अवस्था थिएन ।
छालाजुत्ता कारखाना निजीकरण ग¥यो र सँगै डब्लुटिओको सदस्य बन्यौँ । यसले गर्दा हाम्रो जुत्ता सीधै चिनियाँ र भारतीय जुत्तासँग प्रतिस्पर्धामा जानुपर्ने भयो । उसै त कच्चा पदार्थ कम, यातायात तथा अन्य वस्तुहरूको ढुवानी खर्च बढी भएको अवस्था छ । यसमा नेपालले कसरी प्रतिस्पर्धा गर्न सक्छ ? नेपालको यातायात खर्च भारतको भन्दा ८ गुणा महँगो छ । यो भनेको जति पैसामा भारतमा ८ किमी हिँड्न सकिन्छ, त्यो पैसाले नेपालमा १ किमीमात्र हिँड्न पुग्छ । यसले हेर्दा उत्पादन लागत नै अत्यधिक महँगो हुन जान्छ । यस्ता अनेक कारणले यहाँ निजीकरण गरेका संस्था धराशायी भए । यसरी हेर्दा धेरैजसो उत्पादन कम्पनीहरू डुबेर गए । यसमा नेपालमा खुलेका ट्रेड युनियनहरूको पनि थिचोमा यी कम्पनीहरू परेका थिए ।

हाम्रो छिमेकीको तुलनामा हाम्रो न्यूनतम ज्याला निकै चाँडो बढेको हो । यी र यस्ता कारणले नेपालका कतिपय कम्पनीहरूले निजीकरण थेग्न सकेनन् । तर, त्यहाँ केही यस्ता क्षेत्र छन् जसलाई निजीकरणले झन् फाइदा पुग्छ, पुग्यो । जलविद्युत्् क्षेत्रको कुरा ग¥यौँ । यसले चीनसँग, भारतसँग प्रतिस्पर्धा गर्न पर्दैन । तुलनात्मक लाभ भन्ने छैन । पहाडमा खोला छ, तल झारेर कही न कही विद्युत् निकाल्न सकिन्छ । यो भौगोलिक लाभ भयो । साथै जलवायु परिवर्तनको असर र यसले हरेक देशलाई असर गर्ने भएका कारण जलविद्युत् एउटा त्यस्तो क्षेत्र हो, जुन यसको निकै उपयोगी हुन पुग्यो । यो पर्यटनका लागि पनि उपयुक्त हुन कुरा भयो । नेपाल घुम्न आउने मान्छे भारत, अमेरिका गएर सन्तुष्ट हुँदैन ।

नेपालले पर्यटनमा पनि अन्य मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्दैन । यस्ता केही कारणले गर्दा नेपालका केही क्षेत्र राम्रो हुन सकेका छन् । जलविद्युत्् क्षेत्र पनि निजीकरणसँगै विकास हुँदै गयो । निजीकरणका बेला निजीकरण भएका कम्पनीको क्रेता भने सरकारी कम्पनी नै हुन्थ्ये । बिक्रेता स–साना जलविद्युत् कम्पनी हुन्थे । यसरी साना बिक्रेताले राज्यको स्वामित्वमा रहेका कम्पनीसँग सहमतिदेखि हरेक कुरामा अप्ठ्यारो हुन्थ्यो । यसरी धेरै अप्ठ्यारो परेपछि संगठित हुने कुरा चलेको थियो । यसरी संगठित हुँदा एड्भोकेसी गर्न पनि सहज हुन्थ्यो । सबै निजीकरण हुन थालेपछि ट्रेड युनियनहरू खुल्ने गरेका थिए । सोही समयमा म थाइल्यान्डमा काम गर्दा थाइल्यान्ड र मलेसियाको ऊर्जा व्यापार हुने गरेको थियो । त्यो ऊर्जा व्यापार निजी क्षेत्रले गथ्र्यो । त्यस कार्यमा उनीहरूले समूह बनाएर सहमति गरेका थिए । त्यसपछि म नेपाल आएर खिम्ती आयोजनामा काम गर्न थालेँ । त्यसबेला खिम्तीले थोकमा बिजुली बेच्थ्यो । सो समयमा बिजुली बेच्न पनि निकै कठिन थियो । यसको नीति थिएन । अहिलेजस्तो यो गर्नुपर्छ भन्ने कुरा थिएन । मैले आफ्नो विदेशको अनुभवलाई प्रयोग गरेर सो समयमा एउटा संस्था चाहिन्छ, यसले नेगोसिएसन गर्न सजिलो हुन्छ भनेँ ।

हुन पनि एक्लाएक्लै जाँदा हामी सानो हुन्छौँ । क्रेताले हुन्न भन्यो भने केही गर्न सकिँदैन । यसका लागि पनि मिलेर एउटा संस्था खोलौँ जसले नेगोसिएसन गर्न सजिलो होस् । यसरी इप्पानको स्थापना भएको हो । सुरुमा प्रयोग भएको इप्पानको लागो मैले नै बनाएको हो । सुरुमा इप्पानको अफिस हिमाल ऊर्जा उत्पादनमा थियो । सुरुमा हिमाल पावर लिमिटेडले धेरै सहयोग गरेको थियो– आर्थिक रूपमा पनि । भोटेकोसीले पनि सहयोग गरेको थियो । आन्तरिक द्वन्द्व हुँदा प्रगति हुन नसकेको क्षेत्र द्वन्द्व सकिएसँगै विकास हुन थाल्यो र बिस्तारै इप्पान सदस्यहरूको संख्या बढ्यो । नेपालको संविधान आएपछि नाकाबन्दीले नेपाललाई निकै अप्ठ्यारो बनाएको थियो । सोही समयमा ऊर्जा सुरक्षा गर्नुपर्ने रहेछ, नत्र दाउरे युगमा जानुपर्ने रहेछ भन्ने अवधारणाको विकास भएको हो । सन् २०१६ मा इप्पानको अध्यक्ष रहँदा गरेको ऊर्जा सम्मेलनमा १० हजार मेगावाट १० वर्षमा भन्ने अवधारणा बनाएका थियौँ । भर्खरै भारतले १० वर्षमा १० हजार मेगावाट लैजाने प्रस्तावमा हस्ताक्षर गर्दा मलाई निकै खुसी लागेको छ ।

हामीले धेरै समय अघिदेखि देख्दै आएको सपना १० वर्षमा १० हजार मेगावाट आज सत्य भएको छ । यसमा इप्पानको भूमिका ठुलो छ । किनभने जडित क्षमतामा इप्पानको योगदान ६० प्रतिशतभन्दा माथि पुगेको छ । १० हजार मेगावाटको जुन सम्झौता भएको छ, यसमा निजी क्षेत्र अटाउँछन् कि अटाउँदैनन् भन्ने कुरा प्रमुख हो । यसमा इप्पानले चासो दिनुपर्छ । हामीले इप्पान सुरु गर्दा प्रत्येक अध्यक्षले कार्यकालको अन्त्यमा ऊर्जा सम्मेलन गर्ने गरी योजना बनाएका थियौँ । हालसम्म त्यो यथावत छ ।

हामीले १० वर्षमा १० हजार मेगावाटको मात्रै कुरा गरेका थियौँ । पछि बजारको पनि कुरा गर्न थालेका छौँ । पछिल्लो ऊर्जा सम्मेलनमा पनि बजारमै केन्द्रित गरेका थियौँ । नेपालले अहिले १० हजार मेगावाट सुरक्षित गरेको छ, त्यसमा कसको कति भनेर भनेको छैन । सरकारले के सोच्नुप¥यो भने सबै जलविद्युत्् आयोजना नेपाल सरकारकै हो । निजी क्षेत्रका आयोजना पनि निश्चित समयपछि सरकारकै मातहतमा आउँछन् । जलविद्युत्को आयु लामो हुन्छ । हामीले नर्वेलाई नै हेरौँ, एक जेनेरेसन समाप्त भइसकेको जलविद्युत््को जेनेरेटर चेन्ज गरेर चलाइरहेका छन् ।

दोस्रो, विश्वयुद्धमा बनाएका आयोजना अझै चलिरहेका छन् । पहिला अलि धनी भएपछि इँटा कारखाना हुन्थ्यो भने अहिले अलि धनी भएपछि जलविद्युत्तर्फ गएको पाइन्छ । यो नेपालको विकासमा पनि राम्रो हो ।

इप्पानको आगामी चुनौती

इप्पानको चुनौतीको कुरा गर्दा संघीयतामा गइसकेपछि राज्य राज्यको बीचमा ऊर्जा व्यापार हुने हो वा होइन ? नेपालको कुनै कम्पनीले अर्कोसँग व्यापार गर्न सक्ने हो वा होइन ? आन्तरिक बजार सहज हुन्छ वा हुँदैन भन्ने कुरा प्रष्ट छैन । यसमा इप्पानले हेर्नुपर्छ । हाम्रोभन्दा केही पछाडि निजीकरण भएको भारतको बजार धेरै विकसित भइसक्यो । त्यहाँ वितरणसमेत निजीकरण भइसकेको छ । त्यसकारण नेपालमा पनि इप्पानले बजार कसरी बनाउने, कसरी खरिद–बिक्री गर्ने भन्ने कुरामा अगाडि बढ्नुपर्छ । साथै खपत कसरी बढाउने भन्ने कुरामा पनि इप्पानले ध्यान दिनुपर्छ ।

बाहिरबाट आउने पेट्रोलियम पदार्थलाई कसरी विस्थापन गर्ने र हाम्रो बिजुलीको प्रयोग बढाउने भन्ने कुरा प्रमुख हो । गएको केही वर्षमा यसको प्रगति भएकै छ । यातायातमा पनि हामीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्न केबलकारलगायत जलविद्युत््बाट चल्ने साधनहरूको प्रयोग गर्न सक्छौँ कि भन्ने अध्ययन गर्नुपर्छ । ऊर्जा सहज भएपछि विद्युतीय सवारीसाधन निकै उपयोगी हुन्छ । नेपालमा ९८ प्रतिशत जलविद्युत््को क्षेत्र हो । यसमा विद्युत्का लागि पिक र अफ पिकको ट्यारिफ बनाएर गर्दा यसले झन् आकर्षित हुन्छ । हाल हाम्रो पिकमा अत्यधिक हुने चापलाई कम गर्न सक्छ । यसमा नेपाल विद्युत् प्राधिकरणले बिस्तारै पिक र अफ पिक भनेर छुट्याउला भन्ने मलाई लाग्छ । यसरी यस्ता चुनौतीहरूलाई पहिचान गर्दै इप्पान अगाडि बढ्नुपर्छ ।

(विष्ट इप्पानका पूर्वअध्यक्ष हुन्)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech