No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

जलविद्युतकाे संवाहक नै निजी क्षेत्र

- कुमार पाण्डे

जलविद्युतकाे संवाहक नै निजी क्षेत्र

नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र आउनुपर्छ भनेर यसलाई वैधानिक रूपमा बाटो खोल्ने काम २०४९ सालमा आएको विद्युत् ऐनपछि नै हो । विद्युत् ऐन आएको एक वर्षपछि लगत्तै विद्युत् नियमावली २०५० पनि ल्याइयो । सरकारले विद्युत् ऐन ल्याउनुको मुख्य उद्देश्य भने ठूला खालका कालीगण्डकीलगायत ठूला खालका जलविद्युत् आयोजना नबन्दासम्मको अवधिको लागि मात्रै निजी क्षेत्रलाई पनि सहभागिता गराउने गरी ऐन ल्याइएको जस्तो देखिन्थ्यो । त्यो बेला विद्युत् ऐन ल्याउँदाको समयमा ठूला जलविद्युत् आयोजना नेपालका निजी क्षेत्रले निर्माण गर्न सक्दैनन् भन्ने भाष्यको विकास भएको थियो ।

ससाना खालका जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरुन् भनेर सो ऐन ल्याइएकोजस्तो अनुभूति भएको थियो । त्यो बेला सरकारले पनि पर्याप्त मात्रामा जलविद्युत् आयोजना निर्माण गर्न सक्दैन्थ्यो । त्यो बेला नेपाल सरकारले मात्रै जलविद्युत् आयोजना निर्माण गर्न सक्ने अवस्था छैन भनेर निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रमा भित्र्याउने काम गरिएको थियो ।
२०४९ सालमा विद्युत् ऐन,२०४९ आए पनि २०५६÷५७ सालसम्म जलविद्युत् क्षेत्रको सोचेजस्तो विकास हुन सकेन । त्यो अवधिमा नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरिदिएन् ।

नीतिगत व्यवस्था भए पनि पीपीए अभावकै कारण निजी क्षेत्र पनि खरो रूपमा आयोजना निर्माणमा आउन सकेनन् । निजी क्षेत्रले ऐन आएलगत्तै आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता हुन सकेन । निजी क्षेत्रले लामो समयदेखि जलविद्युत् आयोजनाको खरिदबिक्री सम्झौताको लागि निरन्तर लबिङ गर्दै आइरह्यो । तत्कालीन उपप्रधानमन्त्री एवं जलस्रोतमन्त्री शैलजा आचार्यको कार्यकालमा मात्रै विद्युत् खरिदबिक्री सम्झौता हुने कुरा अगाडि बढ्यो । त्यो समयमा मन्त्री आचार्यको निर्देशनकै आधारमा २०५५ साल असार १४ गते विद्युत् प्राधिकरण सञ्चालक समितिले पीपीएको दर तोकेको थियो । मन्त्री आचार्यले पहिलोपटक बर्खामा प्रति युनिट २.७६ रुपैयाँ र हिउँदमा प्रतियुनिट ४.०३ रुपैयाँ कायम गर्ने गरी पीपीए दर तोक्न प्राधिकरण सञ्चालक समितिलाई निर्देशन दिनुभएको थियो । सो दरमा प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकलाई क्यू ९० मा बनाउनुपर्ने नियम ल्यायो । त्यो बेला क्यू ९० उक्त दरमा निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न सक्ने अवस्था थिएन । त्यो समयमा निजी क्षेत्रले बर्खामा २.७६ रुपैयाँ र हिउँदे याममा ४.०३ रुपैयाँ प्राप्त हुने गरी कुन आयोजना बन्थ्यो होला र ?’

त्यसपछि पनि पनि हामी मन्त्री शैलजा आचार्यसँग पुगेर अति भयो भनेपछि फेरि पीपीए रेट संशोधन गर्न सकेका थियौँ । मन्त्री आचार्यको पहलकदमीकै कारण दोस्रो पटकमा क्यू ९० लाई क्यू ६५ मा झारी पीपीएको दर पनि संसोधन गराउन सक्यौँ । त्यो बेला हिउँदे याममा प्रतियुनिट ४.२५ रुपैयाँ र बर्खायाममा भने ३ रुपैयाँ कायम गर्न सक्यौँ । त्यो समयमा नेपालका निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकलाई क्यू भनेको समेत राम्रोसँग बुझ्ने अवस्थामा पुगेका थिएनौं । जलविद्युत् आयोजनाको रेट अफ रिर्टन कस्तो हुन्छ भन्ने कुरा पनि राम्रोसँग बुझेका थिएनौंँ । त्यतिबेला नेपालमा जलविद्युत् क्षेत्रमा काम गर्ने इन्जिनियरिङ कम्पनीहरू थिएनन् । प्राविधिक पनि थिएनन् । जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीहरू थिएनन्, लगानी गर्न उत्सुक बैंक तथा वित्तीय संस्थाहरू पनि थिएनन् । गाउँगाउँमा जलविद्युत् परियोजनाको विषयमा केही थाहा नै थिएन् । २०५६÷५७ सालसम्म आइपुग्दा मुलुक द्वन्द्वमा फसिसकेको थियो । राज्य आन्तरिक द्वन्द्वमा रुमल्लिएको थियो । जसको कारण पनि जलविद्युत् आयोजना निर्माणको कामले गति लिन सकेन् ।
विगतमा विषम परिस्थितिबाट गुजिँ्रदै नेपालको जलविद्युत् क्षेत्र अगाडि बढेको हो । विगत २४ वर्षदेखि नेपालको निजी क्षेत्रले जलविद्युत् आयोजनामा औपचारिक रुपमा प्रवेश गरेको छ । अहिले नेपालको जलविद्युत् क्षेत्रले यति छोटो समयमा यति ठूलो फड्को मार्छ भन्ने सुरुवात गर्दा लागेको थिएन ।

त्यतिबेला हामीले तत्कालीन मन्त्री आचार्यसँग कुराकानी गर्दा पनि हामी (निजी) क्षेत्रले पनि दुई÷चार मेगावाट क्षमताको जलविद्युत् आयोजना मात्रै निर्माण गर्ने हो नि ठूला जलविद्युत् आयोजना त हामीले पनि कहाँ बनाउन सक्छौं र ? भनेर भन्ने गथ्र्याै । सो समयमा ५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न पनि प्रतिमेगावाट १५ करोडको हिसाबले ७५ करोड रुपैयाँ लाग्ने गथ्र्याे ।
हामीलाई त्यो समयमा ७५ करोड रुपैयाँ जलविद्युत् आयोजनामा कुन बैंकले लगानी गर्छन् ? ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड रुपैयाँ कुन साहुसँग पैसा छ जलविद्युत्मा लगानी गर्न भनेर हामी पनि आत्तिने गथ्र्यौं । त्यो बेला हामीले पाँच मेगावाटभन्दा माथिल्लो क्षमताको आयोजना निर्माण गर्ने कुरा सोच्न पनि सक्ने थिएनौं । हामीले त्यति बेला लबिङ गर्दा पनि निजी क्षेत्रले ५ मेगावाटभन्दा ठूलो आयोजना निर्माण गर्न सकिन्न भनेर भन्ने गरिन्थयो ।

ठूला खालका जलविद्युत् आयोजना सरकार र विदेशी लगानीमा मात्रै निर्माण गर्न सकिन्छ भन्ने लाग्थ्यो । हामी विगतमा त्यस्तो अवस्थाबाट गुज्रिएका थियौँ । आज हाम्रै निजी क्षेत्रका साथीहरूले एक सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने क्षमता विकास गरिसकेका छन् ।

नेपाली प्राविधिक, नेपाली पूँजी, नेपाली बैंकले नै निकै ठूला आयोजनामा लगानी गर्न सक्ने अवस्थामा आइपुगेका छौंँ । निजी क्षेत्रको मात्रै होइन, नेपाल सरकारको पनि क्षमता अभिवृद्धि भएको छ । सरकारले जलविद्युत् आयोजनाको अनुमतिपत्र दिने, नियमन गर्ने, सरकारी संयन्त्रको पनि पीपीए गराउने÷गर्ने, अनुगमन तथा मोनिटरिङ गर्ने लगायतमा सरकारी क्षमतामा पनि विकास भएको छ । अहिले सबै क्षेत्रमा नेपाल सरकारको पनि क्षमता अभिवृद्धि भएको छ । पछिल्लो २०÷२५ वर्षे अवधिमा नेपालको जलविद्युत्को क्षेत्रमा यति ठूलो क्षमता विकास भयो, जलविद्युत् क्षेत्र नै निजी क्षेत्र ड्राइभ (हाँक्न) गर्न सक्ने अवस्थामा पुगिसकेका छन् ।

अहिले नेपालको बिजुली बढी हुनुमा निजी क्षेत्रले उत्पादन गरेर नै भएको हो । अहिले सरकारी निकायले उत्पादन गरेको बिजुलीको अंश निकै कम छ । सरकारी निकायले उत्पादन गरेको बिजुलीले त स्वदेशी माग पनि थेग्न नसक्ने अवस्थामा रहेको छ । सरकारी निकायले मात्रै उत्पादन गरेको बिजुली प्रयोग गर्ने हो भने त न बर्खायाममा बिजुली पुग्छ । न त हिउँदेयाम मा नै । आज हामीले बिजुली निर्यात गर्ने कुरा गरिरहेका छौं । त्यो पनि निजी क्षेत्रकै बिजुली निर्यात गर्ने हो । अहिलेको समयमा हामीले स्वदेशमा विद्युत् खपत मात्रै नभएर विदेश निर्यात गर्ने कुरा पनि निजी क्षेत्रले उत्पादन गरेर नै हो । सरकारी निकायले निजी क्षेत्रले जस्तै बिजुली उत्पादन गर्न सकिरहेका छैनन् ।
जलविद्युत् आयोजनामा लाखौँलाख मान्छे लगानी गर्न आउँछन् भनेर हामीले आरम्भमा कल्पना पनि गरेका थिएनौंँ । नेपालको पूँजी बजार यसरी बढ्ला भनेर पनि सोचेका थिएनाँैं । जलविद्युत् आयोजनाको सेयरमा जनताको यस्तो खालको रुचीहोला भन्ने कुरा आँकलन नै थिएन । तर, अहिले जलविद्युत् क्षेत्रमा सबैको आकर्षण लोभलाग्दो छ । सुरुका दिनमा एक हिसाबले हामीले पीपीएको लागि जुन लबिङ ग¥यौ, सोही लबिङकै कारण १५÷१७ जलविद्युत् आयोजनाबाट मुस्किलले २०÷२५ मेगावाट क्षमताको आयोजनामात्रै निर्माण गर्न सक्यांँ । तर, ती जलविद्युत् आयोजना रुग्ण जलविद्युत् आयोजना हुन् । म त ती जलविद्युत् आयोजनालाई शहिद जलविद्युत् आयोजना भन्न रुचाउँछु ।

ती आयोजना हामीले सिक्न र क्षमता अभिवृद्धि गर्नका लागि निर्माण गरेका थियौं । ती सुरुवाती चरणमा निर्माण गरेका जलविद्युत् आयोजनामा निर्माणकै क्रममा विभिन्न खालका गल्ती कमजोरी पनि भए होलान् । त्यस्ता खालका आयोजना द्वन्द्वकालकै अवधिमा निर्माण सम्पन्न भएका थिए । ती परियोजना निर्माणमा भएका गल्ती र कमजोरीबाट सिक्दै र अनुभव हासिल गर्दै हामीले अहिले राम्रा र व्यवस्थित खालका जलविद्युत् आयोजना निर्माण गर्न सकेका छाैं ।

अर्काेतर्फ नेपालको सेयरबजार पनि परिपक्वतर्फ अगाडि बढ्दा पनि धेरै सहज भयो । अहिले एउटै जलविद्युत् आयोजनामा १० हजारदेखि लाखाैं लाख सेयरधनी हुने अवस्था सम्भव भएको छ । यो सेयरकै कारणले पनि यस्तो सम्भव देखिएको हो । हामीले देशभित्रको छरिएर रहेको पुँजीलाई एकीकृत गरी देशकै पूर्वाधार विकासमा प्रयोग गर्नका लागि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छौंँ । हामीले २०५५/५६ सालमा सोचेको वा कल्पना गरेको कुरा अहिले आएर साकार भएको छ । अब हामी १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन महत्त्वको सम्झौता भएको अवस्थामा आइपुगेका छौंँ । हामीले भारतको ठूलो बजारमा बिजुली निर्यातको पहुँच पाउने अवस्थामा आइपुगेका छौं । यसले पक्कै पनि नेपालको जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गराउन मद्दत पु¥याउनेछ । अहिले निजी क्षेत्रले दुई हजार मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका छन् । अर्काे ५–७ वर्षमा निजी क्षेत्रको १२÷१३ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमतामा पुग्नेछन् । अहिलेको स्थितिमा हेर्दा विगतको तुलनामा बृहत् किसिमले जलविद्युत् आयोजना बने । अब त मुलुकमा ९७ प्रतिशत विद्युतीकरण हुनुमा पनि निजी क्षेत्रको देन ठूलो रहेको छ ।

निजी क्षेत्रले देशको कुनाकन्दरा, डाँडाकाँडामा पुगेर जलविद्युत् आयोजना र प्रसारणलाइन निर्माण गरेपछि मात्रै बिजुलीको वितरण भएको हो नि । सरकारले अन्य कुनै ठाउँमा जलविद्युत् नभएको भए त चाहेर पनि विद्युतीकरण गर्न सक्ने थिएन नि ।
बाटो, प्रसारणलाइन, सबस्टेशन नहुने हो भने त सरकारले पनि कहाँबाट विद्युतीकरण गर्ने थियो र ? आज ९७ प्रतिशत विद्युतीकरण भयो भन्ने मा पनि ठुलो योगदान निजी क्षेत्रकै रहेको छ ।

निजी क्षेत्रले जलविद्युत् आयोजना व्यापक मात्रामा निर्माण गरेसँगै रोजगारी सिर्जनामा समेत ठूलो भूमिका निर्वाह गर्दै आइरहेका छन् । जलविद्युत् परियोजनाकै कारणले मुलुकमा हजारौँ इन्जिनिर, निर्माण व्यवसायी, प्राविधिक, वातावरणमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । बैंक तथा वित्तीय संस्थामा काम गर्नेदेखि लिएर तल्लो तहमा काम गर्नेले पनि रोजगारी पाइरहेका छन् । जलविद्युत् निर्माणदेखि उत्पादनपछिको पनि विभिन्न ठाउँमा रोजगारीको अवसर सिर्जना गर्नेमा निजी क्षेत्रको योगदान निकै ठूलो छ । अझै पनि केही निश्चित प्रकृतिका आयोजनाहरू निजी क्षेत्रले गर्न सक्दैनन् । जस्तै सीमा क्षेत्रमा रहेका जलविद्युत् आयोजनाहरू निजी क्षेत्रले निर्माण गर्न सक्दैनन् । त्यसमा अन्तरदेशीय कुरा आउने भएकाले पनि खासै इच्छुक हँुदैनौं र निर्माणमा हात हाल्न सक्दैनौँ ।
त्यसैगरी बहुउद्देश्यीय प्रकृतिका जस्तै भेरी–बबई बहुउद्देश्यीय आयोजना जस्ता सिँचाई र जलविद्युत् दुवै प्रकृतिका आयोजना रहेका छन् । यस्ताका खालका आयोजना निजी क्षेत्रले बनाउन मुस्किल पर्ने गर्छ । सरकारले बहुउद्देश्यीय आयोजनामध्ये सिँचाई सरकार र जलविद्युत् मात्रै निजीलाई छुट्टाएर दिएको खण्डमा गर्न सक्ने थियो । केही निश्चित कुरामा निजी क्षेत्र नआएको नै जाती हुन्छ ।
जलाशययुक्त र अर्धजलाशययुक्त तथा प्रसारणलाइन आयोजनामा लगानीमैत्री नीति आउने हो भने गर्न सकिन्थ्यो । कुनै पनि आयोजनालाई प्रतिफल दिने गरी विकास गराउनका लागि सरकारीभन्दा निजी क्षेत्रले राम्रो भूमिका निर्वाह गर्न सक्छन् । प्रतिफल आउने भन्ने बित्तिकै रिस्क एण्ड रिर्टन्सको कुरा आउने गर्छ । निजी क्षेत्रले धेरै जोखिम लिन सक्ने भएकाले पनि धेरै रिर्टन्स प्राप्त गर्न सक्छन् । हामी जहाँ प्रतिफल खोज्छौँ, त्यस्तो ठाउँमा सरकारीभन्दा निजीक्षेत्रको संलग्नता बढी सुहाउँछ । किनभने उनीहरूले धेरै जोखिम उठान पनि तयार हुन्छन् र रिस्क र रिर्टन जोखिरहेका हुन्छन् ।

सरकारी निकायमा बस्ने मान्छेलाई रिस्क लिन धेरै कठिन हुने गर्छ । कुन बैंक ग्राउन्डबाट आएका छन् । त्यसबाट पनि निर्भर हुने गर्छ । भोली अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाग्ने हो कि, मुद्दा लाग्ने हो कि भनेर पनि डराउने गर्छन् । सरकारले रिस्क लिँदा पनि प्रतिफल प्राप्त नहुने हो कि भनेर डराउने गर्छन् । निजी क्षेत्रले कि त आउला कि जाला भन्ने सिद्धान्तमा आधारित भएर नै बढी जोखिम मोल्ने काम गर्छन् । सरकारको तुलनामा प्रतिफल दिने व्यवसायमा निजी क्षेत्रको संलग्नता नै बढी उपयुक्त हुने गर्छन ।
निजी क्षेत्रले द्रुत गतिमा जलविद्युत् आयोजना निर्माण गर्ने, प्रसारणलाइन, वितरण लाइन र विद्युत् व्यापारलगाय काम गर्नका लागि, मुख्य गरी विद्यमान सरकारी संस्थागत संरचना र नीतिमा सुधार हुर्नपर्ने हुन्छ ।

अब सरकारले लगानीमैत्री वातावरण सिर्जना नगरी सुखै छैन । कुनै पनि निर्णय तुरुन्तै हुने वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । १० हजार मेगावाट बिजुली भारतले खरिद गर्र्ने भएको छ । तर, अहिलेकै संयन्त्रले त १० हजार मेगावाट बिजुली निर्माण गर्न त धेरै समस्या छ ।
हामीले ११२ वर्षको अन्तरालमा मात्रै ३ हजार मेगावाट क्षमताको बिजुली उत्पादन गर्न सक्ने अवस्थामा आइपुगेक छौँ भने त्यही बाटोमा गए त नेपालले १० हजार मेगावाट उत्पादन गर्न त सयौँ वर्ष लाग्ने भयो नि त । हामीलाई त तुरुन्तको तुरुन्तै चाहिएको छ । हामीलाई कुनै पनि आयोजना द्रुत गतिमा चाहिने तर, हाम्रा कानुन भने पचासौँ वर्ष पुराना भएकाले विभिन्न खालका समस्या र चुनौती थपिरहेको छ । कानुनहरू पनि फास्ट ट्रयाक गतिमा नै बन्नुप¥यो कि त विगतमा पुराना कानूनहरू संशोधित हुनुप¥यो नि ।

अहिलेको वनसँग सम्बन्धित विषयवस्तुले धेरै खालका जटिलता उत्पन्न गर्दै आइरहेको छ । रुख कटान आदेश पनि तुरुन्तै हुने व्यवस्था हुनुप¥यो । वातावरणीय अध्ययन प्रतिवेदनको प्रक्रिया छिटो हुनुप¥यो । जलविद्युत् आयोजनाको पीपीए छिटो हुनुप¥यो । निजी क्षेत्र पनि छिटो गतिमा काम गर्ने क्षमताको विकास हुनुप¥यो । प्रसारण लाइनको निर्माणमा देखिएका जटिलता सुल्झाउन नयाँ नीति र कानून आउन ढिला भइसक्यो । यी सबै नीतिगत रुपमा नै फाष्टट्रयाकमा हुने गरी गर्नुपर्ने हुन्छ । एउटै सानो कामको लागि धेरै निकाय धाउनुपर्ने बाध्यताको पनि अन्त्य गर्न जरुरी भइसकेको छ । संघीय सरकारले जलविद्युत् आयोजनाको अनुमति दिने तर, स्थानीय सरकारले मनोमानी ढंगले रोयल्टी उठाउन खोज्ने गलत प्रवृत्ति रोक्न पनि जरुरी भइसकेको छ ।

स्थानीय सरकारले पनि जलविद्युत्मा कर लगाउने प्रवृत्तिको पनि विकास भएको छ । निजी क्षेत्र विद्युत् व्यापार गर्न आउनको लागि ऐन कानुन नै छैन । विद्युत् व्यापार गर्ने भन्ने कम्पनीले पनि विभिन्न खालका बाधा अड्चनहरूको समस्या भोग्दै आइरहेका छन् । अहिलेसम्म त सरकारी निकायले मात्रै विद्युत् व्यापार गर्न खोजिरहेको छ । अहिले सरकारी संरचनामा भएका कमजोरी सच्याएर निजीलाई पनि विद्युत् व्यापारमा अघि बढाउनुपर्ने जरुरी भइसकेको छ । सरकारले आवश्यक पर्ने पहुँचमार्ग, प्रसारणलाइन र सबस्टेशनलगायत संरचना तयार परिदिनुप¥यो ।

सडक, प्रसारण लाइन र सबस्टेशनदेखि स्थानीयबासीका विभिन्न खालका मागहरू पनि आयोजनाले नै सम्बोधन गर्ने हो भने त निजी क्षेत्रले उत्पादन गरेको बिजुली कसरी प्रतिस्पर्धी हुन्छ । निजी क्षेत्र प्रतिस्पर्धी बन्न सक्दैन । नेपालको निजी क्षेत्रले उत्पादन गरेको बिजुली भारतका व्यवसायीसँग प्रतिस्पर्धा गरेर मात्रै बिक्री गर्न सक्छन् । प्रतिस्पर्धी बन्न पनि त सस्तोमा उत्पादन हुनुपर्ने होइन र ? भारत सरकारले निजी क्षेत्रको प्रवद्र्धन गर्न छूट र सहुलियतलाई नेपाल सरकारले पनि अनुकरण गरेर अघि बढ्नुपर्ने जरुरी छ ।
भारतमा विभिन्न खालका उपकरण बन्ने गर्छन् । त्यहाँ उत्पादन पनि सस्तोमा हुने गर्छ । भारतबाट यहाँ सामान तथा उपकरण ल्याउँदा स्वभाविक रूपले महंगो पर्न जान्छ नि । महंगो हुँदाहुदै पनि सामाजिक र पूर्वाधारको भार पनि थुपार्दा अझै बढी समस्या भइरहेको छ । अन्य सबै खालका जोखिमहरू बाढी, पहिरो, खडेरी, सामाजिक र वनको भार पनि निजी क्षेत्रलाई थुपारेका कारण पनि निजी क्षेत्रले उत्पादन गरेको बिजुली महंगो हुँदै गइरहेको छ । त्यसैले सरकारले विभिन्न खालका छूट र सहुलियत दिएर नेपालका निजी क्षेत्रले उत्पादन गरेको बिजुली सजिलै भारतीय बजारसँग प्रतिस्पर्धी गर्ने खालको गराउन जरुरी भइसकेको छ ।

(पाण्डे इप्पानका सल्लाकार हुन् )

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech