No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

दोहोरो चरित्र ऊर्जा विकासमा दुष्प्रभाव

सीए टीएन आचार्य

दोहोरो चरित्र ऊर्जा विकासमा दुष्प्रभाव

(इप्पानद्धारा प्रकाशित ‘ऊर्जा समृद्धी’ म्यागेजिनमा प्रकाशित लेख)

दोहोरो चरित्र के हो ?

दोहोरो चरित्रबारेमा बुझ्नुअघि यसको मूल शब्द ‘चरित्र’लाई बुझ्नु जरुरी हुन्छ । चरित्र शब्दको उत्पत्ति संस्कृत शब्द चरित्रम्बाट भएको हो । यसको मूल धातु ‘चर’बाट आएको हो, जसको अर्थ हिँड्नु, चल्नु, काम गर्नु वा आचरण गर्नुलाई जनाउँछ । यसर्थ चरित्र अर्थात् क्यारेक्टर भनेको आचरण हो । मानिसले देखाउने गुण, स्वभाव र जीवनशैलीको वास्तविक रुप नै चरित्र हो । चरित्रले मानिसको वास्तविक व्यक्तित्व र सभ्यताको तह चिनाउँछ ।

दोहोरो चरित्र भन्नाले एउटा कुरा बोल्ने र काम अर्को गर्ने प्रवृत्ति हो । बाहिर आपूmलाई नैतिक इमानदार, देशप्रेमी र समाजसेवी देखाउने तर व्यवहारमा स्वार्थ राख्ने, धोका दिने वा अनैतिक काम गर्ने चरित्र नै दोहोरो चरित्र हो ।

चरित्र र दोहोरो चरित्रको विकासको इतिहास फरक समयमा भएको हो । अर्थात्, पहिला चरित्र र त्यसपछि दोहोरो चरित्रको विकास भएको हो । होमो स्यापिन्सको विकासको सुरुआती चरणदेखि नै चरित्र पनि निर्माण हुँदै आयोे । प्राकृत अवस्थामा दोहोरो चरित्रको विकास भएको थिएन । मानव सभ्यताको विकास सँगसगै स्रोतमा सामूहिक केन्द्रीकरण हुन थालेपछि मानिसको र मानिसले संगठित गरेका संस्थाहरूमा दोहोरो चरित्रको विकास भएको हो । अझ विशेष गरी मानव इतिहासमा धन र सत्ताको अभ्यास हुन शुरु भए देखि दोहोरो चरित्र देखिन थालेको हो । इतिहासको कालखण्डमा दोहोरो चरित्र विभिन्न रूपमा विकास र अभ्यास भएका थिए । प्राचीन राज्यव्यवस्थामा शासकहरूले ‘धार्मिक÷नैतिक मूल्य’को भाषण दिँदै सत्ताको दुरुपयोग गरेका प्रशस्तै उदाहरण थिए । सामन्तवादी र उपनिवेशवादी शासनमा ‘जनहित’का नाममा शोषण गरिन्थ्यो, जसले गर्दा दोहोरो चरित्रलाई सामाजिक संरचनामा एक प्रकारको संस्कारको रूपमा जरा गाडिदियो । आजको युगमा

‘लोकतन्त्र, मानव अधिकार र पारदर्शिता’का आदर्श बोलिँदा पनि व्यवहारमा त्यसको विपरीत भएका र भइरहेका विश्वव्यापी कयौं उदाहरण छन् । अहिलेको समयमा मात्र यो छ्याप्छ्याप्ती देखिनु अन्यथा होइन । सञ्चार, विचार र चेतनाको विस्तार सँगसँगै दोहोरो चरित्र पहिलेभन्दा अझ स्पष्ट देखिन थालेको मात्र हो ।

अमेरिकी लेखक तथा समालोचक मार्क ट्वेनको भनाइमा ‘यदि तपार्इं जे भन्नुहुन्छ, त्यो गर्नुहुन्छ भने मात्र साँचो इमानदार हुनुहुन्छ’ । अर्का अमेरिकी दार्शनिक राल्फ वाल्डो इमरसनले दोहोरो चरित्र भनेको मानिसभित्रको अर्को मान्छे हुनु बराबर भनेका छन् । उनको भनाइमा ‘जबसम्म हामी अर्को व्यक्ति हुन्छौं, त्यहाँ दोहोरो चरित्र देखिन्छ’ । व्यक्तिमा अन्तर्निहित दोहोरो चरित्र आजको युगमा सामाजिक र राजनीतिक क्षेत्रमा निकै वर्चस्व जमाएको कुरा हो ।

राज्य/राजनीतिमा दोहोरो चरित्र

व्यक्ति–व्यक्ति मिलेर इकाइ हुँदै एउटा व्यवस्थित संरचनाको रूपमा राज्य बन्ने हुनाले राजनीति वा राज्यमा दोहोरो चरित्र धेरथोर हुन्छ । अझ संस्थागत अभ्यास कमजोर भएका मुलुकमा दोहारो चरित्र निकै बलशाली हुन्छ । षडयन्त्रको सिद्धान्तको जन्मदाता नै संगठित वा शक्तिशाली शासकको दोहोरो चरित्रको परिणाम हो ।

अंग्रेज दार्शनिक तथा राजनीतिज्ञ डेविड रुनसिम्यानले दोहोरो चरित्रलाई राजनीतिक जीवनको अविभाज्य भाग भनी व्याख्या गरेका छन् । उनको मतमा ‘राजनीतिमा पूर्ण इमानदारीको अपेक्षा थोरै मात्र गर्न सकिन्छ । कहिलेकाहीँ नारा र कार्यबीचको द्वन्द्व अपरिहार्य हुन्छ’ । यसरी हेर्दा राजनीतिमा दोहोरो चरित्रलाई निमिट्यान्न बनाउन नसकिने प्रतीत हुन्छ । तर, राजनीतिमा दोहोरो चरित्र हाबी हुनुचाहिँ कुनै पनि देश र समाजका लागि नकारात्मक विषय हो ।

नेपालको परिप्रेक्ष्यमा प्रत्यक्ष रूपमै राज्यमा दोहोरो चरित्र हाबी भएको देखिन्छ । मुख्यगरी वर्षौंदेखि राज्यसत्ताको वरिपरि भएका पार्टीहरू, राज्यका निकाय र सरकारका नीतिमा कयौं दोहोरो चरित्रका प्रत्यक्ष र परोक्ष उदाहरण देख्न सकिन्छ । व्यक्तिभित्र अन्तर्निहित दोहोरो चरित्र व्यक्ति मात्र भएर संरचनागत र संाँँँस्कृतिक समस्याको संयोजन हो । तर, राज्यको दोहोरो चरित्र हुनाका कारण निकै गम्भीर र जटिल प्रकृतिका हुन्छन् । राजनीतिक स्वार्थ र शक्ति सन्तुलनको अवस्था, स्वार्थ समूहको प्रभाव, प्रशासनिक जवाफदेहिताको कमी, भ्रष्टाचार, अन्तर्राष्ट्रिय प्रभावले राज्यकोे प्राथमिकतामा पर्ने असर, पारदर्शिता अभावजस्ता गम्भीर कारणले नै राज्यको दोहोरो चरित्रको सिर्जना गर्दछन् ।

राष्ट्र निर्माणमा दोहोरो चरित्रको असर

राज्यको उपरी संरचनामा दोहोरो चरित्र हाबी हुनाका गम्भीर परिणाम र असर हुन्छन् । प्रत्यक्ष र परोक्ष रूपमा यसले कामको प्रक्रिया र परिणाममा मात्र असर गर्ने नभएर समाजको साँस्कृतिक धरातललाई नै गम्भीर असर पु¥याउँछ । बुँदागत रूपमा राज्यको दोहोरो चरित्रका असर निम्न रहेका छन् ः

  • दोहोरो चरित्रबाट आमरूपमा विश्वासको संकट पैदा हुन्छ, जसले नागरिक, सरकार र संस्थाहरूबीच एकापसमा भरोसा हराउँछ । अन्ततः त्यसले सामाजिक र राष्ट्रिय एकता कमजोर हुन्छ । नेपालमा अहिले ठ्याक्कै यो परिणाम सतहमा देखिएको छ ।
  • दोहोरो चरित्रको बोलवाला बढेपछि भ्रष्टाचार संस्थागत बन्छ । नारा नैतिक लगाउने तर व्यवहार सोअनुरूप नहुँदा नियमहरू अर्थहीन बन्दै जान्छन् । जेनजी आन्दोलन हुनुमा यो पनि एउटा प्रमुख कारण हो ।
  •  योग्यताभन्दा पहुँच बलियो हुन्छ । श्रम, ज्ञान र क्षमताभन्दा चाकडी र मिलेमतोले काम हुने वा निर्णय हुने हुन्छ ।
  • सार्वजनिक नीति कमजोर हुन्छन् । जनहितका नीति भाषण वा कागजमा मात्रै सीमित भई कार्यान्वयन ढिलो वा अपूर्ण हुन्छ । जलविद्युत् सम्बन्धि कतिपय सकारात्मक नीति कार्यान्वयन नभएको वा निकै ढिलोे भएका ज्वलन्त उदाहरण हाम्रासामु छन् ।
  • दोहोरो चरित्रको मुख्य असरको रूपमा आर्थिक विकासमा अवरोध पुग्दछ । दोहोरो चरित्रको परिणामस्वरूप लगानीकर्ताको विश्वास घट्ने र उत्पादकत्व घट्ने हुन्छ । अझ विदेशी लगानी आउन निकै कठिन हुन्छ ।
  • यसले युवा पुस्तामा निराशा बढाउँछ । आदर्श र वास्तविकताको अन्तरले युवामा पुरानो पुस्ताको नैतिक मूल्यप्रति घृणा उत्पन्न गराउँछ । हाल भएको जेनजी विद्रोहको अन्तर्यमा राज्य र राजनीतिको दोहोरो चरित्र रहेको स्पष्ट छ ।
  • समाजमा दोहोरो मापदण्ड स्थापित हँुदै जान्छ, जसले गर्दा शक्तिशालीका लागि छुट र कमजोरका लागि कानुन लागू हुन्छ । फलस्वरूप मध्यम तथा तल्लो वर्गमा अविश्वास र विद्रोही भावना बढ्छ । यसले दीर्घकालीन रूपमा लगानी र विकासलाई असर गर्छ ।
  • अन्त्यमा, राज्य र राजनीतिमा हाबी भएको दोहोरो चरित्रको दीर्घकालीन परिणामको रूपमा लोकतान्त्रिक संस्थाहरू कमजोर भई दण्डहीनता मौलाउँछ । जसले गलत अभ्यासलाई पुरस्कृत गर्ने र विकासका स्रोत दुरुपयोग हुन्छन् । परिणामस्वरूप अन्तर्राष्ट्रिय प्रतिष्ठा घट्न गई सहयोग र लगानी प्राप्तिमा समस्या आउँछ ।

ऊर्जा विकासमा राज्यको दोहोरो चरित्र

यस विषयमा प्रवेश गर्नुअघि राज्यले निभाएको सकारात्मक भूमिकाबाट सृजित केही महत्वपूर्ण र सुखद परिणामको चर्चा गरौं । विद्युत् ऐन, २०४९ बनेपछि निजी क्षेत्रले ऊर्जा उत्पादनमा हात हाल्ने अवसर प्राप्त ग¥यो । विद्युत् ऐनपछि विद्युत् नियमावली, २०५० बन्यो । त्यसले वैदेशिक लगानी एवं प्रविधि हस्तान्तरणलाई अनुमति दिने नीति र कानुन बन्नुका साथै विद्युत् व्यापारको पनि ढोका खुलायो । वि.सं. साठीकोे दशकदेखि निजी क्षेत्र निकै उत्साहका साथ विद्युत् उत्पादनमा होमियो । फलस्वरूप आज ऊर्जा विकासमा उत्साहजनक परिणाम प्राप्त भएको छ ।

वि.सं. २०८२ मंसिरसम्म विद्युत्को कुल जडित क्षमता तीन हजार ६८७ मे.वा.छ । विद्युत् विकास विभागले २०८१ चैतसम्म १३ हजार ५९० मे.वा.को विद्युत् अनुमतिपत्र प्रदान गरेको छ । यी आयोजनामध्ये तीन हजार ४२७ मे.वा. निर्माण सम्पन्न भएका छन् भने १० हजार १६३ मे.वा.का आयोजना निर्माण तथा पूर्वनिर्माणको चरणमा छन् । आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्म पीपीए भएका आयोजनाको क्षमता ११ हजार ४३६ मे.वा. रहेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार उपभोक्ता संख्या ५७ लाख ७ हजार (घरायसी, व्यावसायिक, खानेपानी, व्यापारिक, औद्योगिक आदि सबै गरेर) पुगेको छ । २०८२ सम्म विद्युत्को प्रसारण ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा पुगेको छ । २०८१÷८२ को तथ्यांकअनुसार प्राधिकरण प्रणालीमा उपलब्ध कुल १५ हजार ६४१ गिगावाट विद्युतीय ऊर्जामध्ये आन्तरिक उत्पादनको हिस्सा ८९ प्रतिशत र बाँकी ११ प्रतिशत भारतबाट आयात गरिएको । यो ८९ प्रतिशतभित्र पनि प्राधिकरणको १९ र निजी क्षेत्रको ७० प्रतिशत रहेको छ । यसरी हेर्दा दुई तिहाइ उत्पादन निजी क्षेत्रको छ । अझ प्राधिकरणले निजी क्षेत्रको सहभागितामा निर्माण गरेका चिलिमे मोडलका आयोजनालाई पनि हेर्दा निजी क्षेत्रको सहभागिता ७५ प्रतिशतभन्दा बढी देखिन्छ ।

बीसौं शताब्दीको सुरुमै प्रथम जलविद्युत् आयोजना निर्माण गरेको नेपालले १००० मे.वा. जडित क्षमता बनाउन झन्डै १०० वर्ष लाग्यो । तर, निजी क्षेत्रको सहभागिता हुनासाथ १८ घन्टे लोडसेडिङको अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने मुलुक बनेको छ । यो स्थिति पैदा हुनुमा राज्यले वि.सं. २०५० देखि सापेक्षिक रूपमा नीतिगत स्पष्टता अपनाएर निजी क्षेत्रलाई प्रोत्साहन गरेको कारण र निजी क्षेत्रले ऊर्जा विकासमा देखाएको अतुलनीय जोश, जाँगर र साहस हो । तर, आज जलविद्युत् विकासको स्थिति निकै गम्भीर मोडमा पुगेको छ । वस्तुपरक ढंगले समीक्षा गर्दा राज्यको दोहोरो चरित्रका कारणले समस्यामाथि समस्या थपिएर निकै जटिल स्थिति पैदा भइरहेको छ ।

आज ५४९९.८१ मे.वा.का सर्वे लाइसेन्स आवेदन विद्युत् विकास विभागमा निर्णय हुन बाँकी छन् । ८७७६.७९ मे.वा.का आयोजना सर्वे लाइसेन्स प्राप्त गरेर पीपीएको पर्खाइमा छन् । पीपीएको लाइनमा भएका आयोजनाको कहिले टुंगो लागेर बाँकी आयोजना पीपीएको लाइनमा जान्छन्, टुंगो छैन । आज निजी क्षेत्रले सर्वे लाइसेन्समा आवेदन दिएका, सर्वे लाइसेन्स प्राप्त भएका, पीपीएको पर्खाइमा रहेका सबै आयोजनाको ६६ अर्व भन्दा बढी लगानी लगानी भइसकेको छ । तर, सरकारबाट नीतिगत अस्पष्टता चिर्ने पहलकदमी लिइएको छैन । आज ३७ वटा जलविद्युत् कम्पनी धितोपत्र बोर्डको प्राथमिक सेयर निष्कासनको पर्खाइमा छन् । यो अवस्था अहिलेदेखि होइन, महिनौंदेखि भइरहेको छ । निर्माण सम्पन्न भइसकेकालाई मात्र सेयर निष्कासन गर्न दिने, ९० रुपैयाँ प्रतिसेयरभन्दा कम नेटवर्थ भएकालाई सेयर निष्कासन गर्न नदिने भन्ने गोलचक्कर र अस्पष्टताले जलविद्युत् क्षेत्रमा लगानी गर्ने उत्साह हराउँदै गएको छ । एकातर्फ स्थानीयलाई शेयर दिनैपर्ने प्रावधान र अर्कोतर्फ निर्माण सकिएपछि मात्र सेयर निष्कासन गर्न पाइने भन्ने अनिर्णीत तगारोले राज्यको दोहोरो–तेहोरो चरित्र प्रदर्शित गर्छ । असीमित अनुमतिपत्र वितरण, विद्युत् खरिद–बिक्री सम्झौतामा अनिश्चितता, दृष्टिकोण स्थापित हुने समस्या र स्वार्थ–संघर्षले सिर्जना गरेका समस्यामाथि समस्याको चाङ थपिएर आज ऊर्जा क्षेत्रमा निजी क्षेत्रको अर्बौको लगानी जोखिममा पर्ने खतरा बढेको छ । राज्य र राजनीतिज्ञ तहमा कयौं अस्पष्टता छन् । नेतैपिच्छे आग्रह छन्, पूर्वाग्रह छन् । एक्लै बस्दा एउटा कुरा, सत्तामा अर्को कुरा, मन्त्री हुँदा अर्को कुरा छन् । यसको मूल जरोमा राज्यको दोहोरो चरित्र नै रहेको छ ।

जलविद्युत् विकासमा राज्यको दोहोरो चरित्रका उदाहरण

खोज–अनुसन्धान गर्ने हो भने नेपाल राज्यको दोहोेरो चरित्रका ठेलीका ठेली उदाहरण हुन सक्छन् । तर, जलविद्युत् क्षेत्रमा राज्यको दोहोरो चरित्रको कारणले देखिएका केही महत्वपूर्ण र सैद्धान्तिक उदाहरण निम्नानुसार छन् ः

  •  निजी क्षेत्रको सहभागिता उत्साहजनक भन्दै घोषणा गर्ने तर व्यवहारमा झन्–झन् जटिल प्रक्रिया राख्ने । जस्तै, वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति प्रक्रिया, सर्वे र लाइसेन्स प्रक्रिया,  निर्माण प्रक्रियामा अनावश्यक झन्झटिलो प्रक्रिया थप्ने क्रम जारी छ ।
  • जलविद्युत् आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त दीर्घकालीन योजना भएको दाबी गर्न नछाड्ने तर सरकार परिवर्तनसँगै योजना बदलिने । सन् २०३५ सम्म २८,५०० मेवा बिजुली उत्पादन गर्ने घोषणा गर्ने तर कार्यक्रम उत्पादनलाई निरुत्साहन गर्ने प्रकारका बनाउने ।
  •  विदेशी लगानी स्वागत गर्ने घोषणा तर व्यवहारमा अनेक द्वार र झन्झटिलो प्रक्रिया नहटाउने ।
  • संसारमा विद्युत् निर्यात गरेर देश धनी हुँदैन भन्ने प्रमाणित छ । फेरि, हामी निर्यातमुखी छांै । अनि आन्तरिक खपत योजना तयार छैनन् ।
  • विद्युत् निर्यातलाई प्राथमिकता दिन्छु भन्ने तर प्रसारण लाइन निर्माणमा पर्याप्त बजेट नराख्ने र निर्माणमा ढिलाइ गर्ने ।
  • नेविप्राको तथ्यांक अनुसार कुल ग्राहकको ९१ प्रतिशत गार्हस्थ ग्राहकबाट प्राप्त आम्दानीको हिस्सा ९१ प्रतिशत छ भने १.२२ प्रतिशत संख्या ओगटेको औद्योगिक ग्राहकबाट प्राप्त आम्दानीको हिस्सा ३०.१९ प्रतिशत छ । यसरी नीतिगत रूपमै औद्योगिकीकरणलाई जोड दिनुपर्नेमा स्वयं नेपाल सरकारको बजेट प्रियतावादी ढंगले आउँछ । भन्दा औद्योेगिकीकरण भन्ने तर उद्योग स्थापना गर्नुभन्दा दलाली गर्नु सयौं गुणा सजिलो र फाइदाजनक बनाउने वातावरण राज्यले गरिरहेको छ  ।
  • जलविद्युत् आयोजनाको लाइसेन्स खुला गरिरहने तर सोही मन्त्रालयको अर्को कार्यालयले विद्युत् खरिद–बिक्री सम्झौता नगर्ने ।
  • ने.वि.प्रा.ले विद्युत् खरिद–बिक्री सम्झौता नगर्ने अनि मन्त्रालयले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति प्रदान नगर्ने ।
  • स्थानीय समुदायको अधिकार भन्ने तर अधिकारभन्दा व्यवधान बढी खडा गर्ने ।
  • वातावरणीय संरक्षणको प्रतिबद्धता देखाउने तर वैज्ञानिक वन व्यवस्थापन गर्नुको सट्टा एउटा रुख काट्न नै अनेकौ झन्झटिलो प्रकृयाहरु थपिदिने ।
  • न्यायोचित मुआब्जाको कुरा गर्ने तर राज्यले स्थानीय तहमा समन्वय नगरी अराजकता सिर्जना हुन दिइरहने । फलस्वरूप स्थानीय व्यवस्थापन झन्–झन् जटिल बन्दै गएको छ ।

राज्यको दोहोरो चरित्र घटाउने उपाय

व्यक्तिको दोहोरो चरित्रको असर त कहिलेकाहीँ गम्भीर हुन्छन् भने राज्यको दोहोरो चरित्रका असर असामान्य र गम्भीर हुन्छन् । यस्तो चरित्रको अन्त्य गर्नैपर्छ । जबसम्म यस्तो चरित्रको अन्त्य गरिँदैन, तबसम्म जलविद्युत्लगायत औद्योगिक क्षेत्रको उच्चतम विकास हुनै सक्दैन । राष्ट्रिय पुँजीको विकास गर्ने नारा सबै पार्टीको घोषणापत्रमा लेख्ने तर कार्यक्रममा बारम्बार उल्टा कुरा ल्याउने कुराको अन्त्य गर्नैपर्छ । सबै पार्टीका प्रवृत्तिको सारांश नै सरकारको नीति भएकाले सर्वप्रथम त नेतृत्व गर्ने पार्टीका शीर्ष नेतृत्वले ऊर्जा क्षेत्रलाई बुझ्ने कुरामा स्पष्टता आउनुपर्छ । बुँदागत रूपमा राज्यको दोहोरो चरित्र घटाउन निम्न उपाय हुन सक्छन् ः

  • नीति, नियम र प्रक्रियालाई दीर्घकालीन रूपमा स्थिर बनाउने । सरकार फेरिए पनि नीति स्थायित्व कायम गर्नुपर्छ ।
  •  राज्यको दोहोरो चरित्र घटाउन जनस्तरदेखि माथिसम्मै नै भ्रष्टाचारविरुद्ध महाअभियान चलाउनुपर्छ । जबसम्म भ्रष्टाचार रहन्छ, तबसम्म मान्छेको व्यवहार एउटा र भनाई अर्को रहिरहन्छ ।
  • सम्पूर्ण स्वीकृति प्रक्रिया ‘एकद्वार प्रणाली’ मार्फत पारदर्शी र छिटो बनाउने । व्यावहारिक रूपमा वर्षमा कम्तीमा २–३ वटा द्वार घटाउने काम गर्ने ।
  •  स्थानीय समुदायसँग प्रारम्भिक चरणमै राज्यको समन्वयमा परामर्श गर्ने र सहमति सुनिश्चित गर्ने । सहमतिको मोडल तयार गरेर कार्यान्वयनमा लैजाने ।
  • प्रसारण लाइन र ग्रिड पूर्वाधारलाई प्राथमिक राष्ट्रिय पूर्वाधारका रूपमा लिने ।
  • नियामक संस्था (जस्तै, विद्युत् नियमन आयोग) लाई स्वायत्त र राजनीतिक हस्तक्षेप–मुक्त बनाउने ।
  • क्षतिपूर्ति, पुनस्र्थापना र लाभ–वितरणको स्पष्ट एवं समयमै कार्यान्वयन हुने व्यवस्था गर्ने ।

अन्त्यमा, नेपालमा कुनै क्षेत्रको उत्साहजनक विकास हुने क्रममा राज्यको दोहोरो र अस्पष्ट चरित्रको कारणले ती क्षेत्र नै धरायशी बनेका छन् । कार्पेट उद्योग र गार्मेन्ट उद्योगको विकास र यसको अधोगति प्रत्यक्ष उदाहरण हुन् । आज जलविद्युत् क्षेत्रमा आमनेपालीको  आकर्षण बढेको छ ।  निजी क्षेत्रले जोखिम मोलेर पनि लगानी गरेको छ । राज्यले दोहोरो चरित्र अन्त्य गर्ने मनसाय राखेर नीतिगत र कार्यगत स्पष्टता उन्मुख हुँदै निजी एवं सार्वजनिक सहकार्यमार्फत देशको मुहार फेर्ने महाअभियानमा लाग्नु जरुरी छ ।

(आचार्य इप्पानका कार्यसमिति सदस्य हुनुहुन्छ)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech