No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

जलविद्युत्‌ आधुनिक विकासको आधार

कृष्णप्रसाद आचार्य

जलविद्युत्‌ आधुनिक विकासको आधार

(इप्पानद्धारा प्रकाशित ‘ऊर्जा समृद्धी’ म्यागेजिनमा प्रकाशित लेख)

नेपाल जलस्रोतको दृष्टिले विश्वको धनी मुलुकमध्ये एक हो । हिमाल, पहाड हुँदै मधेसका फाँट छिचोलेर बग्ने हजारौं खोला, नदी हाम्रो जीवनका जरा हुन् । यी अथाह जलधरा भएर पनि लामो समयमा हाम्रो देश ऊर्जा अभावमा बाँचेको मुलुक हो । नेपालको जलविद्युत्‌को इतिहास आजभन्दा ११४ वर्षअघि नै सुरु भएको हो । वि.सं.१९६८ मा पाँच सय किलोवाटको क्षमताको फर्पिङ लघु जलविद्युत् आयोजना राणा प्रधानमन्त्री चन्द्रशमशेरकै पालामा बनेको थियो । तर, शासकहरूको अदूरदर्शी सोचका कारण जलविद्युत्‌को विकासले आजको गति दिन लामो समययात्रा तय गर्नुपरेको थियो ।

विद्युत्‌लाई आमजीवन सहजताको माध्यमका रूपमा नभएर तत्कालीन शासक वर्ग केन्द्रित सुविधाका रूपमा मात्रै विकास गरिएको थियो । राष्ट्रको आर्थिक विकासको मुल आधारका रूपमा जलविद्युत् क्षेत्रलाई परिभाषित गर्न थालेको पनि केही दशक बितेको छ । हाल सरकारी तथा निजी क्षेत्रको अग्रसरतामा ३ हजार ९ सय मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।
हरेक मुलुकलाई प्रकृतिले केही न केही स्रोत दिएको छ । कतै पेट्रोलियम दिएको छ, कतै सुनखानी, हिराखानी, कतै अथाह उब्जाउ भूमि, कतै घना वन पैदावार छ । प्रकृतिले नेपाली भूमिलाई अथाह जलसम्पदा दिएको छ । जलस्रोतको अथाह भण्डार देशमा हुनु हाम्रा लागि गर्वको विषय हो ।

फर्पिङ आयोजना निर्माण भएको आठ दशकसम्म जलविद्युत् विकासमा एकाधिकार रह्यो । त्यसबीच जलविद्युत् विकासले खासै फड्को मार्न सकेन । २००७ सालमा प्रजातन्त्र आए पनि राजनीतिक अस्थिरता जारी नै रहँदा दीर्घकालिन ऊर्जा नीति पाउन देशले लामै समय पर्खनुपर्‍यो । यसबीचमा २०४९ सालमा विद्युत् ऐन बन्यो । उक्त ऐनले विद्युत् उत्पादनमा निजी क्षेत्रलाई प्रवेश गर्ने बाटो खोलिदियो । त्यसयता जलविद्युत् विकासमा नेपालले ठूलो फड्को मार्‍यो । त्यसो हुनुमा निजी क्षेत्रले खेलेको भूमिका स्पष्टसँग देखिन्छ । अहिले नेपालको कुल जडित क्षमताको करिब ८० प्रतिशत निजी क्षेत्रकै उत्पादन छ ।

अहिले हामीकहाँ पाइपलाइनका आयोजनामा पनि सरकारीभन्दा निजी क्षेत्रकै बाहुल्य छ । निर्माणाधीन आयोजनामा पनि निजी क्षेत्रकै दबदबा छ । यसरी विद्युत् उत्पादनले गति लिएरै पनि पछिल्ला वर्षमा हामीले लोडसेडिङको अँध्यारो खेप्यौं । लोडसेडिङमा आमजनताले नराम्ररी सास्ती भोग्नुपर्‍यो । हाम्रा उद्योगधन्दा कति धराशयी बने, कति बन्द नै भए । पछिल्लो समय लोडसेडिङमुक्त भएका छौं, जसको श्रेय लिन सबै लागिरहेको देखिन्छ । तर, निजी क्षेत्र नभएको भए लोडसेडिङ अन्त्य सम्भव थिएन । यसरी देशलाई अँध्यारोमुक्त गर्न निजी क्षेत्रको संलग्नता, योगदान र ठूलो लगानी हुँदा पनि सरकारी निकायले यस उद्योगको क्षेत्रलाई अझै पनि गम्भीर रूपमा लिएको छैन ।

उत्पादनका चरण र संघर्षको आयाम

जलविद्युत्‌् ठूलो लगानी, बहुल सहभागिता, लामो अवधि लाग्ने र उत्पादनले लामै समय लाभ दिने उद्योगको क्षेत्र हो । यस क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताले निम्न पक्षमा ध्यान दिन आवश्यक छ ।

पहिलो चरण, प्रारम्भिक चरणमा कुनै पनि खोलामा आयोजनाको सम्भाव्यता अध्ययन व्यवसायी आफंैले गर्ने हो । व्यवसायीले आयोजना प्रस्तावित खोला वा नदीमा हिउँदयाममा पानीको मात्रा कति हुन्छ भन्ने कुरा सबैभन्दा पहिले जानकारी लिनु जरुरी छ । त्यसपछि सम्बन्धित क्षेत्रको भौगोलिक, सामाजिक परिवेशलगायत अध्ययन गरिसकेपछि इजाजतको निम्ति विद्युत् विकास विभागमा निवेदन दिनुपर्छ । हुन त नियममा निवेदन हालेको ३५ दिनभित्रै निर्णय दिनुपर्छ भन्ने पनि व्यवस्था छ, तर आजसम्म कार्यान्वयन भएको छैन । सरकारी काम गर्ने रबैया हेर्दा सेवाग्राहीलाई सहजीकरण गर्नुभन्दा बढी अल्झाउने, भुलाउने प्रवृत्ति छ । पहिलो चरणमै यसरी महिनौं र हुन सक्छ वर्षौंसम्म पनि लगाइदिन सक्छन् ।

दोस्रो चरण, सर्वेक्षण लाइसेन्सका लागि विद्युत् विकास विभागमा आवेदन दिनुपर्छ । त्यहाँबाट सुरु हुन्छ, कठिन यात्रा । इजाजत लिइसकेपछि विज्ञ प्राविधिकबाट प्रस्तावित खोला/नदीबाट कति क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन गर्नुपर्छ । कन्सल्टिङ कम्पनीले राम्रोसँग फिल्डमै गएर प्रस्तावित आयोजनाको प्रतिस्पर्धामूलक गुणस्तरीय प्रतिवेदन दिनुपर्ने हो, कतिपयले यस्तो काम नगरेको पनि पाइएको छ । तर, हामीकहाँ थुप्रै विज्ञ इञ्जिनियर तथा तथा त्यस्ता कम्पनी पनि छन् । त्यसकारण अब्बल काम गरिसकेका कन्सल्टिङ कम्पनी चयन गर्नुपर्ने हुन्छ ।

तेस्रो चरण, विद्युत् विकास विभागबाटै उत्पादन अनुमति (जेनेरेसन लाइसेन्स) लिनुपर्छ । यसका लागि पनि महिनांै पापड बेल्नुपर्छ । यसमा पनि एक/दुई हप्ता वा ३५ दिनभन्दा धेरै फाइल नरोक्नू भनेर विभिन्न समयमा निर्देशिका आएका छन् । प्रधानमन्त्री तहबाटै सर्कुलर जारी भएको छ । तर, त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन ।
तोकेको समय काम नभए त्यसको कारणसहित सम्बन्धित पक्षलाई जानकारी दिनुपर्छ भन्ने निर्देशिका पनि छन् । तर, अहिलेसम्म कुनै पनि निजी क्षेत्रले जवाफ पाएको छैन । यो सबै कानुनमै सीमित छ । व्यवसायी प्रशासनिक झमेलामा यसरी फस्छन् कि महिनौं दिन होइन, वर्षौं दिनसम्म पनि कुर्नुपर्ने हुन्छ । बल्लबल्ल सर्वेक्षण लाइसेन्स आउँछ ।

चौथो चरण, विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने । उत्पादित विद्युत् खरिद गर्ने एक मात्र संस्था नेपाल विद्युत् प्राधिकरण हो । । यो चरण पार गर्न पनि प्रवद्र्धकले धेरै कठिनाइ खेप्नुपर्छ । यो अर्बौं रुपैयाँको लगानी हुने क्षेत्र हो । अहिलेको उत्पादन लागत प्रतिमेगावाट २० करोडदेखि २२ करोड रुपैयाँसम्मको हिसाब गर्दा पनि पाँच मेगावाटको सानो आयोजना निर्माण गर्न पनि १ अर्ब रुपैयाँभन्दा बढी लाग्छ ।
पाँचौं चरण, आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गराउनुपर्ने हुन्छ । यो वन मन्त्रालयसँग सम्बन्धित प्रक्रिया हो । यो जलविद्युत् विकासको सबैभन्दा ठूलो अवरोधक वन मन्त्रालय हो भन्दा अत्युक्ति हुने छैन । यस प्रक्रियामा आयोजनाले वातावरण के–कस्तो प्रभाव पार्छ भनेर हेरिन्छ । त्यसका मापदण्डमध्ये मुख्यतः आयोजना प्रस्तावित क्षेत्रमा पर्ने जंगल तथा प्रभावित क्षेत्रमा भएका बोटबिरुवा गणना गरिन्छ । प्रतिवेदनमा कति रुख काट्ने भन्ने उल्लेख गरिएको हुन्छ । हैरानी के हुन्छ भने रुख गणना गर्दा सानो बिरुवाको रूपमा हुन्छ । तर, आयोजनाको ती प्रारम्भिक चरणका फाइल सरकारी निकायमा यति समय रोकिन्छ कि फाइल स्वीकृत हुँदासम्म ती बिरुवा हुर्केर रुख भइसकेका हुन्छन् ।
नियामक निकायका अधिकारी भन्छन्, ‘हिजो तपाईंले २०० वटा भन्नुभएको थियो, यहाँ त २५० वटा छ, कुरा मिलेन नि !’ आयोजनाको हलो त्यहीँ अड्किन्छ । यस्ता खालका समस्या धेरै छन् । यी सबै कठिन प्रक्रिया र लामो समय लगाएर पार गरेपछि मात्रै आयोजनाले सर्वेक्षण लाइसेन्स प्राप्त गर्छन् ।

अर्को एउटा घटना बताऊँ । पूर्वऊर्जामन्त्री कुलमान घिसिङ प्राधिकणको प्रबन्ध निर्देशक हुँदा एउटा रुख काट्न नपाएर एउटा आयोजना वर्षौंसम्म रोकिएको कुरा मिडियामै बोल्नुभएको छ । वन मन्त्रालयले कसरी जलविद्युत् विकास कार्यमा अनावश्यक दुःख दिँदै आएको छ भन्नेसमेत उहाँले खुलाउनुभएको थियो । अर्का एक जना उद्यमी दीपक खड्का र तत्कालीन वनमन्त्री वीरेन्द्र महतोबीच रुखकै विषयलाई लिएर भनाभन भएर मिडियामा समाचारसमेत बन्यो । खड्काजी पछि ऊर्जामन्त्री नै बन्नुभयो । द्रुत मार्ग (फास्टट्रयाक) निर्माणको काम ढिलाइका सम्बन्धमा संसदीय समितिले सेना प्रमुखलाई सोधपुछ गर्‍यो । तत्कालीन सेना प्रमुखले एउटा रुख काट्न नपाउँदा आयोजना नै रोकिएको छ, यसप्रति ध्यानाकर्षण गराउँछु’ भनेर जवाफ दिनुभएको थियो ।

वन मन्त्रालय एकोहोरो पारामा रुख जोगाउने रटानमा छ । खासमा अन्य देशमा वनलाई पनि खेतीका रूपमा विकास गर्ने अभ्यास हुन्छ । बूढा/पुराना रुखलाई काठ वा अन्य उपयोगिताका लागि कटान गर्न र नयाँ बिरुवा रोप्दै जाने । हामीकहाँ भने जुग बूढो रुख पनि काट्नुहुँदैन भन्ने सोच छ । विकास भनेको त प्रकृति, चराचर जगत् र त्यहीभित्र बाँच्नुपर्ने मानवीय सुविधाका निम्ति सन्तुलित यात्रा निर्माण गर्नु हो । त्यसो हुँदा रुख जलविद्युत् प्रवद्र्धकलाई नचाहिने भन्ने होइन नि ।

प्रकृतिको सन्तुलन नजोगाई पानीको स्रोत रहँदैनन्, पानी नरहे कहाँको जलविद्युत् उद्योग हुनु ? त्यसर्थ जलविद्युत् आयोजना वनको विरोधी वा शत्रु हुँदै होइन । हामी त सहकार्यको हातेमालो गर्दै विकास गर्न चाहन्छौं, जसमा पानीको स्रोत, वन–जंगल, जलचर, सम्बन्धित समुदाय सबैलाई सन्तुलित मिलोस् । अर्को कुरा, आयोजना क्षेत्रमा जति रुख काटिनेछन्, सोही संख्यामा अर्को ठाउँमा बिरुवा रोप्ने सर्त हुन्छ, जुन पालना गरिएकै हुन्छ । त्यसो हुँदा मुख्य कुरा देशमा उज्यालो बलोस् र विकासले गति लेओस् भन्ने हाम्रो ध्येय हो ।

छैटौं चरण, लगानीका निम्ति बैंकसँग कर्जा लिनुपर्ने हुन्छ, जसलाई ‘फाइनान्सियल क्लोजर’ गर्नु भनिन्छ । सामान्यतयाः बैंकले ७० प्रतिशत, प्रवद्र्धकले ३० प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । यस कार्यका निम्ति बैंकले फेरि आनो हिसाबले आना विज्ञ/प्राविधिक खटाएर आयोजना ‘फिजिबल’ छ कि छैन, यसले विद्युत् उत्पादन गरेर समयमा कर्जा तिर्न सक्छ या सक्दैन भन्ने सबै अध्ययन गर्छ । यस चरणले पनि लामै अवधि लिन्छ । यसरी फाइनान्सियल क्लोजर र पीपीए दुवै भइसकेपछि अब प्रवद्र्धकलाई के आँट आउँछ भने अब ‘म लाइक माइन्डेड साथीहरू जुटाउँछु ।’ हामीकहाँ सहकार्य वा साझेदारीमा काम गरेर सफलता प्राप्त गरेका कथा कम छन् । त्यसकारण पनि कार्यशैली र सोच मिल्ने प्रवद्र्धकहरू जुटाउनु आवश्यक छ ।

जमिन खरिदः कानुनमा द्वैध चरित्र

सातौं चरण, अर्को संघर्ष जमिन खरिद गर्ने क्रममा गर्नुपर्छ । जलविद्युत् आयोजना निर्माणका लागि सयौं रोपनी जग्गा आवश्यक पर्छ । अहिलेको कानुनअनुसार ७५ रोपनीभन्दा धेरै जग्गा लिन मिल्दैन । आखिर ३० वर्षपछि आयोजना स्वतः सरकारको हुनेछ । त्यसो भएपछि जग्गा पनि सरकारलाई नै फिर्ता जाने हो । जेहोस्, जग्गाको त्यो हदबन्दी फुकुवा गर्न भूमि सुधार मन्त्रालयले लामै समय लगाइदिन्छ । स्वीकृतिका लागि मन्त्रालय, विभाग, शाखादेखि मातपोत कार्यालय हुँदै मन्त्रिपरिषद्सम्म पुग्नुपर्ने हुन्छ । यस सवालमा भूमिसुधार मन्त्रालयसँग काम गर्न निकै गाह्रो छ । यस्तो बाधक कानुन परिवर्तन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।
आठौं, ती मन्त्रालयबाट फाइल अघि बढ्दै जाँदा रक्षा र गृह मन्त्रालय पुग्छ । निर्माण क्षेत्रमा सुरुङ खन्नलाई विस्फोट गराउनुपर्दछ । यसका लागि सेनाको सानो टुकडी नै सुरक्षार्थ त्यहाँ तैनाथ गरिनुपर्दछ । विस्फोटक पदार्थ प्रयोगका लागि रक्षा मन्त्रालयको अनुमति चाहिन्छ । शान्ति–सुरक्षाका लागि गृह मन्त्रालयको अनुमति लिनुपर्छ । यस चरणमा मन्त्रालयदेखि प्रमुख जिल्ला अधिकारीको कार्यालयसम्म धाउनुपर्छ । यसरी क्रमशः ऊर्जा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमिसुधार मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, स्थानीय प्रशासनको अर्को कुरा आउँछ । यिनका सबै निकाय र विभाग छ । त्यसपछि विभिन्न ऐन कानुन, नीति, निर्देशिका र प्रदेश तथा स्थानीय तहका आ–आनै छन् ।

समग्रमा भन्नुपर्दा यी सबै काम गर्नलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन र भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग प्रत्यक्ष जोडिनुपर्दछ । साथै ३६ वटाभन्दा बढी ऐन र तिनका नीति निर्देशिकाको परिपालन गर्नुपर्छ । प्रवद्र्धकले त ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ । उसले राज्यले निर्देशित गरेको नीति–नियम नमान्ने भन्ने कुरै हुँदैन ।

यद्यपि निर्धारित मन्त्रालय तथा निकायका ढोकाढोका यसरी धाउन बाध्य पारिन्छ कि एउटा प्रवद्र्धकले आफूलाई उद्यमीका रूपमा गर्व गर्नुपर्नेमा कहिलेकाहीँ थकित महसुस गर्नुपर्छ । जलविद्युत्‌् नै देशको अर्थतन्त्रको मेरुदण्ड हो पनि भन्न नछाड्ने, अनि यस उद्योग र उद्यमीलाई सहजीकरण गर्न पनि नचाहने ! राज्यको यसप्रकारको द्वैध चरित्र जलविद्युत् उद्योगको बाधक हो । राज्य पक्षले यस्ता चरित्र र व्यवहारलाई सच्याउन जरुरी छ ।

विकास पहुँच गाउँसम्म

आयोजनाको अर्को प्रत्यक्ष सरोकार प्रभाव क्षेत्रका स्थानीय समुदायसँग रहन्छ । जलविद्युत् आयोजनाले त्यो समुदायसम्म बाटो, बिजुलीजस्ता विकासका पूर्वाधार पनि साथै लिएर जान्छ । आयोजना स्थल पुग्न बाटो, पुल निर्माण गर्छ । आयोजना स्थलमा सम्पूर्ण प्राविधिक कामका लागि चाहिने ‘कस्ट्रक्सन पावर’ लैजानुपर्‍यो, जुन उच्च क्षमताको जेनेरेटर उत्पादन गर्ने वा ग्रीडबाट अस्थायी रूपमा पावर तानेर लगिन्छ । स्थानीय स्वास्थ्य केन्द्र, विद्यालयहरू, महिला, युवा, अपांगता भएका, जेष्ठ नागरिक, खेलकुदलगायत क्लब वा संघ–संस्थालाई आर्थिक तथा विभिन्न किसिमका सरसहयोग उपलब्ध गराइन्छ । ती यावत् आधारभूत सुविधा स्थानीयले पनि उपभोग गर्न पाउँछन् ।

समुदायले यो कुरालाई सहज रूपमा बुझिदियो भने उत्पादकलाई लगानी गर्न उत्प्रेरणा मिल्छ । तर, धेरै ठाउँमा ‘ऊर्जा उत्पादकहरू आनो ठाउँको पानीको दोहन गर्न मात्र आएका हुन्‌’ भन्ने खालको ‘रेडिमेड भाष्य’ बनेको छ । त्यसलाई चिर्न उत्पादकले निकै मिहिनेत गर्नुपर्छ ।

किन छ जलविद्युत्‌मा लगानी ?

यति झन्झट हुँदा पनि प्रवर्धक किन लागिरहेका छन् जलविद्युत् आयोजनामा ? प्रश्न जरुर आउँछ । यसका विभिन्न कारण छन् । पहिलो मुख्य कुरा त यो राष्ट्रिय उद्योग हो । देशको अर्थतन्त्रको विकासमा मेरुदण्ड हो । यसमा लाग्नुपर्छ भन्ने भावनाले उत्प्रेरित भएर लागेका छन् ।
दोस्रो, सरकार नपुगेको ठाउँमा एउटा जलविद्युत् उद्यमी पहिले पुग्छ । जलविद्युत् आयोजना बनाउनु भनेको आयोजना निर्माण मात्र होइन । त्यहाँ समाज जोडिएको हुन्छ, जसले गर्दा आयोजना निर्माणमा प्रेरणा मिल्छ । तेस्रो, जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिसकेपछि बजारसँगै आम्दानी पनि सुनिश्चित हुन्छ ।

हुन त, पछिल्लो समय जलवायु परिवर्तन, प्रकृति प्रकोपले गर्दा तोकेअनुसार उत्पादन नभएको भन्ने पनि आएका छन् । तथापि एकपटक निर्माण गरिसकेपछि अरू व्यवसायमा जस्तो झन्झट बेहोर्नुपर्दैन । जति झन्झट हुन्छ, त्यो निर्माण पहिले नै हुन्छ ।

यो एकाध मानिस साहूजी हुने खालको उद्योग होइन । जलविद्युत् उत्पादनमा अर्बौं रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै मान्छेलाई समावेश गराउनुपर्ने हुन्छ । एउटा प्रवद्र्धकले हजारौं मान्छेलाई लिएर हिँड्नुपर्ने हुन्छ । जलविद्युत् आयोजनामा ‘प्रमोटर सेयर’मै हजारौं जनता जोडिएका हुन्छन् । त्यसपछि सबै कम्पनी पब्लिकमा जान्छन् । यसरी अहिले जलविद्युत् आयोजनामा आमनेपालीको उल्लेख्य संलग्नता छ । आईपीओमार्फत ६० लाख मानिस जोडिएका छन्, जसमा ६० प्रतिशतको जलविद्युत्‌मा लगानी छ ।

विद्युत् व्यापारमा निजी क्षेत्र

अहिले किन्ने, बेच्ने, वितरण गर्ने सबै काम एकाधिकार विद्युत्‌् प्राधिकरणसँग छ । केही वर्षदेखि विद्युत् व्यापारमा रूपमा निजी क्षेत्रलाई खुला माग राख्दै आएका छौं । हामीले देशभित्र विद्युत् खपतका लागि थुप्रै काम गर्न सक्छन् । भारत र बंगलादेश निर्यात गर्न निजी क्षेत्र तम्तयार भएर बसेको छ । स्वदेशी मात्र नभई भारतको निजी क्षेत्र हाम्रो बिजुली किन्न तयार छ । जसरी सरकारले उत्पादनमा निजी क्षेत्रलाई खुला गर्दा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसरी नै विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गरियो भने यहाँ पनि क्रान्ति नै आउँछ ।

खासगरी निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिँदा गुणस्तरीय बिजुली आपूर्ति हुन्छ । त्यसले गर्दा तराई क्षेत्रमा थुप्रै उद्योग आउन सक्छन् । वर्षायाममा बिजुली खेर गयो भन्दै रुवाबासी गर्नुभन्दा त्यो बेलाको बिजुली पनि खेर जान नदिने गरी हामी काम गर्छौं । देश बाहिर पनि व्यापारको ढोका निजी क्षेत्रका लागि खुला गरिदिनुपर्छ भन्ने हाम्रो माग रहँदै
आएको छ ।

गोलचक्करको सुधार अपरिहार्य

विद्युत् उत्पादन मात्र बढाएर भएन, देशभित्रै खपत बढाउनु पनि उत्तिकै आवश्यक छ । आयातीत एलपी ग्यासको सट्टामा सकेसम्म बढी विद्युतीय चुला र उपकरण प्रयोग गर्न उपभोक्तालाई प्रेरित गर्न जरुरी छ । परिवहन, पर्यटन, कृषिलगायत अन्य क्षेत्रमा बिजुली खपत बढाउने कार्यक्रम ल्याउन सकिन्छ । अहिले पनि भारतको तुलनामा नेपालको विद्युत् खपत दर ३ गुणा कम छ । यो दर बढाउन उपभोक्तालाई प्रेरित गर्ने थुप्रै ठाउँ छन् । अरु मुलुकमा नागरिकलाई सेवा दिने निकाय हुन्छन् । हामीकहाँ अधिकांश शासक यस्तो सोचका देखिए कि सरकारी कुर्सीमा बसेर कसरी अप्ठेरो बनाउने भनेजस्तो देखिन्छ । यस्तो सोचलाई पूर्णतया रुपान्तरण गर्नु
आवश्यक छ ।

एउटा दृष्टान्त यहाँ राख्छु । ऊर्जा मन्त्रालय मातहत विद्युत् विकास विभाग छ, जहाँको महानिर्देशक सहसचिव हुन्छ । विभागले सिफारिस गरेर फाइल मन्त्रालय पठाउँछ । मन्त्रालयमा त्यो फाइल शाखा अधिकृतलाई देखाउनुपर्ने हुन्छ । कानुन, अर्थ, विज्ञलगायतका प्रत्येक शाखामा महिनौं दिन फाइल घुम्छ ।

वन मन्त्रालयमा पनि यस्तै छ । सहसचिवले फाइल स्वीकृत गर्छ । रेन्जरसँग राय लिनुपर्ने हुन्छ । यसरी हेर्दा हाम्रो कर्मचारी प्रशासनमा हाकिमको मनसायअनुसार काम गर्ने चलन छ । एउटा कथन छ, ‘अर्थतन्त्रका बारेमा धेरै जानकारी नभएको मान्छले कुनै पनि देशको विकासबारेमा भन्नुपर्‍यो भने सहरमा कति बैंक छ ? सहर बाहिर जाँदा बिजुलीको लाइन जालो कति छ ? भन्ने आधारमा छुट्टयाउँछ ।’ यी उल्लिखित यावत मुद्दामा इप्पानले लामो समयदेखि कुरा उठाउँदै आएको छ । हामीले मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपति सबैलाई भेटेर समस्या राख्दै आएका छौं । सबै आश्वासन ‘हुन्छ’ भन्ने हुन्छ । तर, विडम्बना! सरकार बाहिर हुँदासम्म ठूला–ठूला कुरा गर्ने नेताहरू पनि सरकारमा जानेबित्तिकै आफूले बोलेका कुरा बिर्सन्छन् र त्यही गोलचक्कर सुरु हुन्छ ।

लागत बढ्दा उद्यमी निरुत्साहित

सरकारी निकायले समयमा काम नगरिदिँदा स्वाभाविक रूपमा लागत बढ्छ । एउटा सिद्धान्त छ, ‘इन बिजनेस टाइम इज मनी ।’ यो अन्य व्यापार व्यवसायमा शतप्रतिशत लागू हुन्छ भने जलविद्युत् क्षेत्रमा २०० प्रतिशत लागू हुन्छ । जलविद्युत् आयोजनामा पहिले नै भोगाधिकार समय तोकिएको छ । इजाजत दिँदा ३० वर्षको समयावधि तोकिएको छ । कुनै पनि प्रवद्र्धकले समयमा आयोजना सञ्चालन ल्याउन नसके भोगाधिकारको समय घट्दै जान्छ । दोस्रो, मूल्यवृद्धि हो । डलर, सिमेन्ट, डन्डी, मजदुरको ज्याला सबै हरेक वर्ष बढिरहेको छ । व्यवसायीले आयोजनाको सर्वेक्षण गर्दा निर्धारित समयावधिको आसपासमा रहेर लागत अनुमान गरेका हुन्छन् । तर, समयमा काम नगरिदिँदा आयोजना निर्माणको बेलासम्म मूल्य दोब्बर भइसकेको हुन्छ ।

एकातिर भोगाधिकारको अवधि घटिरहेको हुन्छ, अर्कोतर्फ मूल्यवृद्धि भइरहेको हुन्छ । यसले आम्दानीमा प्रत्यक्ष असर गर्छ । यसरी ऊर्जा उद्यमीहरू दोहोरो मारमा परिरहेका छन् । यसले प्रवद्र्धकलाई निरुत्साहित गर्छ । अर्कातिर, सरकारले आफंै पनि आयोजना समयमा नबनाउने र समयमा बनाउन चाहनेलाई वातावरण पनि नदिनु गम्भीर समस्या हो । यस्तो समस्याबाट निजी क्षेत्र निकै लामो समयदेखि पीडित हुँदै आएको छ । कतिपय ठाउँमा निजी क्षेत्रका पनि कमी–कमजोरी छन् । क्षमताभन्दा ठूलो आयोजना ओगटेर बस्ने, वित्तीय व्यवस्थापन गर्न नसक्ने र सही किसिमको परामर्शदाता राख्न नसक्नेजस्ता समस्या छन् ।

अन्त्यमा, हामी देश विकासकै एक साझेदार हौं । त्यसैले सरकारका सबै निकायले जलविद्युत् आयोजना र उद्यमीप्रति सकारात्मक व्यवहार गरिदिनुपर्छ भन्ने हाम्रो जिकिर रहँदै आएको छ । त्यसका लागि निजी क्षेत्र मात्र आत्तिएर हुँदैन । साथै, निजी क्षेत्रले पनि सच्चिनुपर्ने ठाउँमा आफूलाई तत्पर राख्नुपर्छ । सरकारी निकायले राष्ट्रिय उद्योग प्रवद्र्धन गर्न र राष्ट्रिय पुँजी निर्माणमा उदार भइदिनुपर्छ । यसो हुन सके फेरि पनि भन्छौं–जलविद्युत्‌् राष्ट्रिय उद्योग हो, यसको विकासमा सबै जिम्मेवार बनौं । देशको विकासप्रति यो क्षेत्र सदैव तत्पर रहनेछ ।

(आचार्य इप्पानका पूर्वअध्यक्ष हुनुहुन्छ)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech