No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

सफलता ल्याउने त्यो ऊर्जा नीति र योजना

कुलमान घिसिङ

सफलता ल्याउने त्यो ऊर्जा नीति र योजना

(इप्पानद्धारा प्रकाशित ‘ऊर्जा समृद्धी’ म्यागेजिनमा प्रकाशित लेख)

नेपालको जलविद्युत्् इतिहास दक्षिण एसियाकै उदाहरण मानिन्छ । दक्षिण एसियाका कतिपय देशले बिजुली नसुनेको अवस्थामा नेपालमा बल्न सुरु गरिसकेको थियो । बिजुली उत्पादन सुरु गरेको मुलुकका रूपमा नेपाल प्रायः उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । सन् १९११ मा फर्पिङमा निर्माण गरिएको ५०० किलोवाट क्षमताको जलविद्युत्् आयोजना त्यसको प्रत्यक्ष प्रमाण हो । तर, यो ऐतिहासिक सुरुआत आफैंमा पर्याप्त थिएन । फर्पिङले नेपालको ऊर्जा यात्राको ढोका त खोल्यो तर, त्यो ढोका हुँदै देश उज्यालोतर्फ अगाडि बढ्न नीति, योजना र संस्थागत सुधारको लामो प्रक्रिया आवश्यक थियो । त्यसमा तत्कालीन नेतृत्वकर्ता तथा नीति निर्माता असफल रहे, जसको कारण फर्पिङपछि धेरै वर्षसम्म पनि अरू आयोजना बनेनन् । सुरुमा उदाहरण बने पनि त्यसअनुसार काम गर्न भने चुके ।
वि.सं. २०४९ मा विद्युत्् ऐन आएपछि त्यसले निजी क्षेत्रलाई पनि जलविद्युत््को ढोका खोल्यो । त्यसक्रममा तत्कालीन ऊर्जामन्त्री शैलजा आचार्यको योगदान प्रारम्भिक सन्दर्भका रूपमा मात्रै आउँछ, किनकि त्यो कालखण्ड ऊर्जा नीतिमा निर्णायक उहाँ हुनुहुन्थ्यो ।

फर्पिङपछिको ऊर्जा यात्रा

फर्पिङपछि सुन्दरीजल, पनौती, त्रिशूलीजस्ता आयोजना क्रमशः बने । तर, दशकौंसम्म नेपालको कुल विद्युत्् उत्पादन क्षमता केही सय मेगावाटमै सीमित रह्यो । राणाकाल, त्यसपछिको संक्रमण र पञ्चायती व्यवस्थासम्म आइपुग्दा ऊर्जा क्षेत्र प्राथमिकतामा परेन । बिजुली सहरी सुविधा बन्यो, राष्ट्रिय उत्पादन प्रणालीको मेरुदण्ड बन्न सकेन ।
वि.सं. २०४१ मा नेपाल विद्युत्् प्राधिकरण स्थापना भएपछि ऊर्जा क्षेत्र संस्थागत त भयो, तर संरचनागत कमजोरी यथावत् रह्यो । उत्पादन, प्रसारण र वितरण सबै एउटै संस्थाको हातमा हुँदा निर्णय प्रक्रिया ढिलो, लागत महँगो र उत्तरदायित्व कमजोर रह्यो । प्राधिकरण तथ्यांकले देखाउँछ, एक समय लाइन लस ३० प्रतिशतभन्दा माथि पुगेको थियो, विद्युत्् आपूर्ति मागभन्दा निकै कम थियो र नयाँ आयोजना समयमै सम्पन्न नहुने सामान्य अवस्था बनिसकेको थियो । यसले गर्दा देश विद्युत्् भार कटौतीको मारले अँध्यारोमा पुग्यो ।

ऊर्जा नीतिमा निर्णायक मोड

यही पृष्ठभूमिमा ऊर्जा नीतिमा एउटा निर्णायक मोड आयो । तत्कालीन ऊर्जामन्त्री शैलजा आचार्यको कार्यकालमा सुरु भएको नीतिगत बहसले ऊर्जा क्षेत्रलाई नयाँ दिशामा सोच्न बाध्य बनायो । यहाँ उहाँको योगदान व्यक्तिको हैसियतमा होइन, त्यो समयको नीतिगत प्रतिनिधित्व का रूपमा स्मरण गर्नुपर्छ ।
ऊर्जा नीति अब केवल ‘सरकारले आयोजना बनाउने’ दस्तावेज रहेन । यसले स्वीकार ग¥यो कि राज्यको स्रोत सीमित छ तर, निजी क्षेत्र, बैंकिङ प्रणाली र दीर्घकालीन योजना प्रयोग गरे ऊर्जा संकट समाधान गर्न सकिन्छ । यही सोचले निजी क्षेत्रलाई जलविद्युत्् उत्पादनमा प्रवेश गरायो । विद्युत्् खरिद सम्झौता (पीपीए) लाई संस्थागत बनायो र ऊर्जा विकासलाई राष्ट्रिय अर्थतन्त्रसँग गाँस्यो ।

जलविद्युत् विकासका ऐन, नियम र नीति

जलविद्युत् विकासको कानुनी–नीतिगत यात्रा नेपालमा क्रमिक र अनुभव–आधारित रह्यो । प्रारम्भिक कालखण्ड (फर्पिङदेखि २०४० को दशकसम्म) मा पृथक ऊर्जा ऐन अभाव थियो । २०२० सालमा ‘नेपाल नेपाल विद्युत्् ऐन’ आएर निजी क्षेत्रलाई समेटे पनि तत्कालीन राजनीतिक अवस्थाले ऐन कार्यान्वयन भएन । उक्त समय आयोजना सरकारी निर्णय, बजेट र प्रशासनिक आदेशका भरमा अघि बढे । यही कारण उत्पादन विस्तार छिटो भएन र निजी लगानीको ढोका बन्द रह्यो । २०४६ पछिको राजनीतिक परिवर्तनले कानुनी संरचना निर्माणको आवश्यकता स्पष्ट ग¥यो र त्यसैको परिणामस्वरुप जलस्रोत ऐन, २०४९ जारी भयो । यस ऐनले पानीलाई राज्यको स्वामित्वमा राख्दै विद्युत्् उत्पादनलाई वैधानिक बनायो र निजी क्षेत्रको सहभागितालाई पहिलो पटक स्पष्ट रूपमा मान्यता दियो । सोही वर्ष आएको विद्युत्् ऐन, २०४९ ले उत्पादन, प्रसारण र वितरणका लागि लाइसेन्स प्रणाली, अनुमति अवधि तथा राज्यको नियामक भूमिकालाई परिभाषित ग¥यो ।
ऐनलाई कार्यान्वयनयोग्य बनाउन विद्युत्् नियमावली, २०५० ल्याइयो, जसले लाइसेन्स प्रक्रिया, शुल्क, समयसीमा र दायित्व स्पष्ट ग¥यो । यसले साना तथा मझौला आयोजना तीव्र गतिमा बढ्न मार्ग प्रशस्त ग¥यो । त्यसपछि जलविद्युत्् विकास नीति, २०५८ ले जलविद्युत्् विकासलाई राष्ट्रिय आर्थिक रणनीतिसँग गाँस्दै निजी तथा विदेशी लगानी, बुट मोडल, निर्यातमुखी आयोजना र दीर्घकालीन योजना अवधारणालाई संस्थागत ग¥यो ।

परिपक्वतासँगै नियमन बलियो बनाउन विद्युत्् नियमन आयोग ऐन, २०७४ जारी गरियो, जसले दर निर्धारण, बजार सन्तुलन, उपभोक्ता हित र पारदर्शिता सुनिश्चित गर्ने स्वतन्त्र नियामक संरचना दियो । पछिल्ला नीति तथा कार्ययोजनाले जलाशययुक्त आयोजना, प्रसारण विस्तार, क्षेत्रीय ऊर्जा व्यापार र ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेका छन् । समग्रमा ऐन–नियम र नीतिको यही क्रमिक विकासले निजी लगानी बढायो । संस्थागत क्षमता सुदृढ ग¥यो र लोडसेडिङ हटाउने मार्ग तयार ग¥यो ।

नीति असफलताको त्यो कालखण्ड

बढ्दो विद्युत् माग आपूर्तिमा समस्या हुँदा त्यसको प्रत्यक्ष समस्या देशभर देखियो । नेपालको ऊर्जा इतिहासमा लोडसेडिङ केवल प्राविधिक समस्या थिएन । त्यो नीतिगत असफलताको प्रत्यक्ष परिणाम थियो । २०६० को दशकतिर आइपुग्दा दैनिक १२ देखि १६ घन्टासम्मको लोडसेडिङ सामान्य भइसकेको थियो । उद्योग बन्द हुन्थे, साना व्यवसाय डुब्थे, अस्पताल र विद्यालयसम्म प्रभावित हुन्थे । त्यसमा तत्कालीन नेतृत्वले केही उद्योगलाई छानेर विद्युत्् दिँदा समस्या झन् आक्रान्त भयो ।
नेपाल विद्युत्् प्राधिकरणका तत्कालीन प्रमुखहरूबाट आफू अनुकूलका उद्योगीलाई डेडिकेटेड तथा ट्रंक फिडरबाट निरन्तर विद्युत्् प्रवाह भयो । नीति बन्नुअघि नै त्यसरी निरन्तर बिजुली प्रवाह हुँदा राज्यलाई घाटा र जनतालाई लोडसेडिङको मार हुने नै भयो । त्यो समय हिउँदयाममा उपलब्ध ऊर्जा मागको आधाभन्दा कम हुन्थ्यो । नयाँ आयोजना थपिन सकेका थिएनन्, प्रसारण लाइन सीमित थिए र आयातको विकल्प पनि स्पष्ट थिएन । यही संकटले ऊर्जा नीतिमा गुणात्मक परिवर्तन अपरिहार्य बनायो ।

परिवर्तनको नयाँ मोड

ऊर्जा नीति कार्यान्वयनपछि देखिएको सबैभन्दा ठोस परिवर्तन निजी क्षेत्रको सहभागिता हो । विद्युत्् प्राधिकरणका तथ्यांकअनुसार अहिले सञ्चालनमा रहेका जलविद्युत्् आयोजनामध्ये संख्याअनुसार झन्डै तीन चौथाइ निजी क्षेत्रका छन् । उत्पादन क्षमताका हिसाबले पनि निजी क्षेत्रको योगदान निरन्तर बढ्दै गएको छ । अहिले ४ हजार मेगावाट हाराहारी उत्पादन क्षमता पुगेको छ । यसमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाको भूमिका निर्णायक बन्यो । पहिले उच्च जोखिम मानिने जलविद्युत्् आयोजना पीपीए, निश्चित आम्दानी संरचना र दीर्घकालीन सम्झौताका कारण बैंकको लगानीयोग्य बने । प्राधिकरणकै तथ्यांकले देखाउँछ, ऊर्जा क्षेत्रमा जाने आन्तरिक ऋणको हिस्सा बर्सेनि बढ्दै गयो, जसले राष्ट्रिय पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन ग¥यो । बैंक तथा वित्तीय संस्थाले कुल ऋण प्रवाहको ८.७ प्रतिशत बढी लगानी जलविद्युत्् क्षेत्रमा गरेका छन् ।

लोडसेडिङ हटाउने यात्रामा संस्थागत नेतृत्व

लोडसेडिङ हट्नु कुनै एक वर्षको उपलब्धि होइन । यो नीति, योजना र संस्थागत नेतृत्वको संयुक्त परिणाम हो । नेपाल विद्युत्् प्राधिकणको नेतृत्व सम्हालेको २०७३ भदौ २९ बाटै आन्तरिक सुधार, चुहावट नियन्त्रण, भारतसँगको विद्युत्् आयात सम्झौतालगायतका अहोरात्र खटेर काम गरेको सम्झना छ । २०७३ भदौ अन्तिममा आएर कात्तिकमा रहेको तिहारको लक्ष्मीपूजामा देशभर पर्याप्त बिजुली दिन सक्ने वातावरण बनायौं । यसमा प्राधिकरण टिमलाई परिचालन गरेर त्यस दिन भारसम्प्रेषण केन्द्रमा बिताएको अझै ताजा छ । यसमा निजी आयोजनाबाट थपिएको उत्पादन र प्रसारण लाइन विस्तारलगायत यी सबैले मिलेर लोडसेडिङ अन्त्य सम्भव भयो । यसमा नेतृत्वकर्ताको निर्णय क्षमता पनि महत्वपूर्ण थियो भन्ने लाग्छ । तत्कालीन नेतृत्वले पीपीए ठप्प बनाएको अवस्था थियो । प्राधिकरण नेतृत्वमा आएसँगै पीपीए खुलाउने काम भयो । त्यो बेलाको निर्णयले अहिले उत्पादनमा आइरहेको अवस्था छ ।
यस यात्रामा प्राधिकरणको नेतृत्व तहमा बसेर काम गर्ने व्यक्तिलाई पनि सम्झनैपर्छ । उनीहरूले नीति कागजमा सीमित नराखी कार्यान्वयनमा उतारे । प्राधिकरणका तथ्यांकले देखाउँछन्– चुहावट उल्लेख्य रूपमा घट्यो, उपलब्ध ऊर्जा बढ्यो र माग–आपूर्ति सन्तुलन सम्भव भयो । यही परिणामस्वरुप नेपाल लोडसेडिङमुक्त राष्ट्र घोषणा गर्न सक्ने अवस्थामा पुग्यो । २०७३ बाटै गार्हस्थतर्फ हटेको लोडसेडिङ २०७५ वैशाख ३१ बाट सम्पूर्ण देशबाट हटाउन सफल भएका थियौं । २०६० को दशकमा लोडसेडिङ संकट गहिरिँदा नीति कार्यान्वयनको महत्व झन् स्पष्ट भयो र विद्युत्् खरिद सम्झौता, जोखिम बाँडफाँट तथा बैंकयोग्य संरचनामा सुधार गरियो ।

तेस्रो देशसम्म बिजुली निर्यात

नदी प्रवाही आयोजना मात्रै रहँदा वर्षायामको बिजुली फालाफाल हुने अवस्था छ । यस अवस्थालाई सम्बोधन गर्न हामीले पहिलो विकल्पको रूपमा आन्तरिक खपत बढाउनुपथ्र्यो वा निर्यात गर्नुपथ्र्यो । तर, आन्तरिक खपत वृद्धि निकै सुस्त हुँदा हामीले भारतमा २०७८ कात्तिक १६ देखि निर्यात थालेका थियौं । सुरुमा ३९ मेगावाटबाट सुरु भएको निर्यात अहिले १२ सय मेगावाट पुगेको छ । नदी प्रवाही आयोजना भएको हुँदा खपत हुन नसके खेर जाने बिजुलीको यो निकै भरपर्दो उपयोग नीति हो । हामीले हिउँदमा ल्याउनुपर्ने र वर्षामा बिक्री गर्नुपर्ने अवस्थामा यसले व्यापार सन्तुलनसमेत प्रभावकारी भइरहेको छ ।
अघिल्लो वर्षदेखि नै हामी यसमा सरप्लस छौं । भारत मात्रै होइन, बंगलादेशमा समेत बिजुली निर्यात भइरहेको अवस्था छ । २०८१ असोज १७ गतेको नेपाल–भारत–बंगलादेश त्रिपक्षीय सम्झौतामार्फत हाल बंगलादेश ४० मेगावाट बिजुली निर्यात भइरहेको छ । यसमा थप २० मेगावाट निर्यातको बाटो देखेर सचिवस्तरीय बैठकले निर्णयसमेत गरेको छ । नेपालमा भएको ऊर्जा नै व्यापार सन्तुलनको भरपर्दो स्रोत हो ।

ऊर्जा नीति र आर्थिक रुपान्तरण

ऊर्जा नीति सफल हुनु भनेको केवल बत्ती बाल्नु होइन । उद्योग चल्नु, रोजगारी सिर्जना हुनु र अर्थतन्त्र चलायमान हुनु हो । प्राधिकरणकै तथ्यांकअनुसार स्थिर विद्युत् आपूर्तिपछि औद्योगिक क्षेत्रमा विद्युत्् खपत तीव्र रूपमा बढ्यो । सिमेन्ट, स्टिल, होटल, सेवा र सूचना प्रविधि क्षेत्र ऊर्जा उपलब्धतासँगै विस्तार भए ।
ग्रामीण विद्युत्ीकरणले सामाजिक रुपान्तरण ल्यायो । बिजुली पुगेपछि शिक्षा, स्वास्थ्य, सञ्चार र साना उद्यममा प्रत्यक्ष प्रभाव प¥यो । यी प्रभाव तथ्यांकभन्दा बाहिर देखिने तर, दीर्घकालीन रूपमा अझ महत्वपूर्ण उपलब्धि हुन् । अहिले झन्डै ९९ प्रतिशत जनतामा (वैकल्पिक तथा राष्ट्रिय प्रसारण गरी) पुगेको छ । यो भनेको समयमै लिइएको नीतिका कारण र सही नेतृत्व सही ठाउँमा पुगेकाले नै हो ।
फर्पिङको सानो आयोजनादेखि लोडसेडिङको अँध्यारो र त्यहाँबाट ऊर्जा आत्मनिर्भरताको बहससम्म आइपुग्दा नेपालको ऊर्जा यात्रा सजिलो थिएन । तर, तथ्यमा आधारित, दीर्घकालीन सोचसहित बनाइएको ऊर्जा नीति र योजनाले यो यात्रा सम्भव बनायो । किलोवाटबाट सुरु भएको विद्युत्् यात्रा अहिले नेपाली लगानीकर्ता नै ५ सय एक हजार मेगावाट आयोजना निमार्णको तयारीमा छन् ।
सरकार पनि १२ सय मेगावाटको बूढीगण्डकी, १०६३ मेगावाटको माथिल्लो अरुणजस्ता आयोजना स्वदेशी लगानीमा निर्माणमा लागेको छ । यसअघि ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाका तीतामिठा अनुभव लिएर अब ठूला र जलाशययुक्त आयोजना निर्माण गरे मात्रै हामी ऊर्जामा आत्मनिर्भर हुनेछौं । हामीसँग नदी प्रवाही आयोजना (आरओआर) मात्रै रहँदा हिउँदमा हामीलाई समस्या हुने गरेको छ । यसको तत्कालीन समाधान त भारतबाट आयात गरेर भइरहेको छ । तर, यसको दीर्घकालीन समाधान भनेको नदी प्रवाही आयोजना नै हुन् । यसमा सरकारले स्पष्ट दृष्टिकोण राखेर अघि बढिरहेको छ । ४ हजार मेगावाटमाथि जडित क्षमता हुँदा पनि २ हजार मेगावाट उत्पादन हुने अवस्था छैन । सोही कारण जलाशययुक्त आयोजनाले नै हिउँद अपुग हुने समस्या समाधान गर्छ ।
फर्पिङको सानो आयोजनादेखि लोडसेडिङको अँध्यारो र त्यहाँबाट ऊर्जा आत्मनिर्भरताको बहससम्म आइपुग्दा नेपालको ऊर्जा यात्रा सजिलो थिएन । तर, तथ्यमा आधारित, दीर्घकालीन सोचसहित बनाइएको ऊर्जा नीति र योजनाले यो यात्रा सम्भव बनायो । अन्ततः यो सफलताको कथा कुनै एक व्यक्तिको होइन । यो सही नीति, सक्षम संस्था र समयमै लिइएका निर्णयको परिणाम हो । अन्तमा नेपालका जलविद्युत्् आयोजना निर्माणका लागि तत्कालीन नेतृत्व आचार्यको नाम यस यात्रामा प्रारम्भिक सन्दर्भका रूपमा आउँछ, किनकि त्यो समय ऊर्जा नीतिमा गुणात्मक मोड आयो ।

अन्ततः यो सफलताको कथा कुनै एक व्यक्तिको थिएन । यो सही नीति, सक्षम संस्था, र समयमै लिइएका निर्णयको कारण हो । यही कारण ‘सफलता ल्याउने त्यो ऊर्जा नीति र योजना’ आज पनि नेपालको ऊर्जा भविष्य बुझ्न अपरिहार्य दस्तावेज बनेको छ ।

(घिसिङ पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुनुहुन्छ)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech