No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

जलविद्युत् आयोजनाको दिगोपनका निम्ति बिमा

- कविता पाण्डेय

जलविद्युत् आयोजनाको दिगोपनका निम्ति बिमा

(इप्पानद्धारा प्रकाशित ‘ऊर्जा समृद्धी’ म्यागेजिनमा प्रकाशित लेख)

बिमा जोखिम हस्तान्तरणको सबैभन्दा उपयुक्त माध्यम हो । यसले निश्चित बिमाशुल्क लिएर तोकिएको समयका लागि बिमा लेखमा तोकिएबमोजिमका सर्तसहित जोखिम बहन गर्दछ । ऊर्जा परियोजनामा जलविद्युत् परियोजना, सौर्य ऊर्जा परियोजना, वायु ऊर्जा परियोजना तथा ऊर्जा भण्डारण परियोजनाजस्ता विभिन्न परियोजना पर्दछन् । जलविद्युत् परियोजना नेपालमा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी विकसित परियोजना हो । ऊर्जा क्षेत्रको विकास तथा विस्तारले राज्यको दीर्घकालिन आर्थिक स्थायित्व, औद्योगिक विकास, सामाजिक रुपान्तरण तथा आद्युनिक पूर्वधार निर्माणको मेरुदण्डको कार्य गर्दछ । नेपाल नवीकरणीय ऊर्जामा जलविद्युत् उत्पादनमा विश्वको दोस्रो बढी सम्भावना भएको राष्ट्र हुँदा यहाँ जलविद्युत् परियोजनाको दिगोपनको सुनिश्चितता, परियोजनाको सुरक्षा, वित्तीय सुनिश्चितता र जोखिम व्यवस्थापन गर्ने सबैभन्दा उपयुक्त माध्यम बिमा बनेको छ ।

नेपालमा ऊर्जा परियोजनामा अनेक जोखिम छन् । उदाहरणका लागि, प्राकृतिक विपद्का जोखिम बाढीपहिरो, भूकम्प, हिउँपहिरो हुन सक्छन् । प्राविधिक जोखिममा मेसिनरी उपकरण बिग्रनु, निर्माण गर्दा हुने त्रुटि, मेसिनरी फेलियर हुन्छन् भने आर्थिक जोखिम जस्तै, लागत बढ्नु, परियोजना ढिलो हुनेलगायत पर्छन् । कानुनी तथा सामाजिक जोखिम स्थानीय विवाद, करारसम्बन्धी जटिलता, बजेट विनियोजन तथा निकासा गर्दा हुने ढिलाइ हुन सक्छन् । जलवायु परिवर्तनजन्य जोखिम जस्तै, पानीको प्रवाह घटबढ, चरम मौसम सिर्जित असर इत्यादि जोखिमले परियोजना रोकिने, लागत बढ्ने र दिगो सञ्चालनमा चुनौती देखिने हुँदा त्यस्ता जोखिमको रक्षावरण गरी आर्थिक रूपमा सुरक्षा प्रदान गर्न बिमाले अपरिहार्य सुरक्षा कबचको भूमिका निर्वाह गर्दछ ।

नेपालमा वि.सं १९६८ मा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत्् परियोजनाबाट जलविद्युत्् उत्पादन सुरु भएसँगै ऊर्जा परियोजनामा बिमा सेवाको माग तीव्र रूपमा बढिरहेको छ । परियोजना निर्माण समय हुन सक्ने निर्माणाधीन बाँध, टनेल, पावरहाउस, ट्रान्समिसन लाइन, सबस्टेसन आदिमा हुने क्षति; निर्माण त्रुटि, प्राविधिक गल्ती, उपकरणमा हुने क्षति, प्राकृतिक विपद् आदिजस्ता जोखिम समेट्ने गरी बिमालेख जारी गरिन्छ । त्यसैगरी टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, पेनस्टक, कन्ट्रोल सिस्टमजस्ता महत्वपूर्ण मेसिनमा खराबी आई क्षति भए क्षतिपूर्ति प्राप्त गर्न मेसिनरी ब्रेकड बिमालेख खरिद गर्नुपर्ने हुन्छ । त्यस्तै यान्त्रिक तथा भौतिक संरचनामा आगलागी, पहिरो, भूकम्प, प्राकृतिक दुर्घटना वा आकस्मिक यान्त्रिक दुर्घटना आदि हुँदा फायर तथा पोपर्टी बिमालेखले क्षतिपूर्ति प्रदान गर्ने गरी बिमालेख जारी गर्ने गरिन्छ । यस्तै बिजनेस इन्टरप्सन तथा सन्सिक्युन्सियल लस बिमालेख उत्पादन अवरुद्ध हुँदा महसुल घाटा वा राजस्व हानिको रक्षावरण गर्ने गर्दछ । तेस्रो पक्षलाई क्षति हुँदा अर्थात् समुदाय, वातावरण तथा श्रमिकलाई भएको क्षतिबारे कानुनी दायित्वसमेतको रक्षावरणमा दायित्व बिमा लेख, तेस्रो बिमा र श्रमिको बिमा लेखसमेत हुने गरेका छन् । साथै, जलवायु परिवर्तनले सिर्जित जोखिमको रक्षावरण पर्यावरणीय र जलवायु जोखिम बिमालेखले गर्न सक्छन् ।

परियोजनालाई सफल बनाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा दिगोपनको सुनिश्चितता प्रदान गर्न बिमाको महत्वपूर्ण भूमिका रहन्छ । ठूलो पुँजीका ऊर्जा परियोजनामा अचानक भएको आर्थिक क्षतिलाई बिमाले पुनर्भरण गर्न सक्छ । त्यस्तैगरी निरन्तर विजुली उपलब्धता रोजगारी, स्वास्थ्य, शिक्षा र जीवन उकास्न तथा स्थिर रुपमा नरन्तर सेवा प्रवाह गरी सामाजिक उत्तरदायित्व पूरा गर्नसमेत बिमाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । ऊर्जा सुरक्षा र निर्भरताले कूटनीतिक सम्बन्ध र आन्तरिक राजनीतिक स्थिरतामा पनि उल्लेखनीय भूमिका खेल्छ । उदाहरणका लागि, नेपाल बंगलादेशबीचको विद्युत् निर्यात सम्झौतालाई लिन सकिन्छ ।

नेपाल बिमा प्राधिकरण बिमा क्षेत्रको नियमनकारी निकाय हो । यसले ऊर्जा क्षेत्रमा भएका जोखिमको रक्षावरण गरी बिमालेख जारी गर्न तथा विभिन्न नियम, विनियम र निर्देशिका जारी गर्ने तथा बिमादर निर्धारण गरी सहजीकरण गर्दै आइरहेको छ । प्राधिकरणबाट जारी पुनर्बिमा निर्देशका, जोखिम आधारित पुँजी तथा जोखिममा आधारित सुपरिवेक्षणसम्बन्धी निर्दशिका, सम्पत्ति बिमा निर्देशिका, बिमादरसम्बन्धी निर्देशिका, दाबी भुक्तानीसम्बन्धी कार्यविधि आदि सबै निर्देशन, नियम तथा कार्यविधिले ऊर्जा परियोजनामा लागू हुने बिमाको संरचना, बिमादर, जोखिमको रक्षावरण, पुनर्बिमाको व्यवस्था तथा अन्य आवश्यकीय मापदण्ड निर्धारण गर्दछन् ।
नेपालमा परियोजना निर्माणदेखि सञ्चालनसम्म जलविद्युत्् परियोजना–केन्द्रित बिमा मुख्यतया बढी प्रचलनमा रहेको छ । बैक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा लिँदा, सरकारी परियोजनाको कार्य गर्दा, ठूलाठूला निर्माणसम्बन्धी कार्य गर्दा बिमा अनिवार्य रूपमा गर्ने गरेको पाइन्छ । नेपालमा सार्वजनिक खरिद ‍ऐन, २०६३ र सार्वजनिक खरिद विनियमावली, २०६४ मा सार्वजनिक खरिद कार्यालयबाट जारी स्ट्यान्डर्ड बिड डकुमेन्टअनुसार निर्माण कार्यको अनिवार्य बिमा व्यवस्था गरिएको छ ।

नेपालमा ऊर्जा परियोजनाको बिमा सम्बन्धमा बिमा ऐन, २०७९ बमोजिम नेपाल बिमा प्राधिकरणद्वारा जारी गरिएका निर्देशिकाले जलविद्युत् र ऊर्जा परियोजनामा बिमालाई दिशा निर्देशन गर्ने गर्दछन । नेपालमा ऊर्जा क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ । विशेषगरी जलविद्युत््, सौर्य, ट्रान्समिसन लाइन, वितरण प्रणाली तथा ऊर्जा पूर्वाधारमा हुने लगानीले मुलुकको आर्थिक विकासमा ठूलो योगदान पु¥याइरहेको छ । यस्तो उच्च जोखिमयुक्त क्षेत्रलाई दिगो बनाउने मुख्य आधार भनेकै बिमा हो ।

जलविद्युत् परियोजनाको बिमा गर्दा विभिन्न प्राविधिक, नीतिगत तथा सञ्चालनगत समस्या देखापर्ने गरेको पाइन्छ । जस्तै, परियोजनाको जोखिम अध्ययन पर्याप्त तथा वैज्ञानिक ढंगले भएको पाइँदैन । ठूला जलविद्युत्् परियोजनामा उच्च बिमा दाबीका कारण अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीले पुनर्बिमा गर्न नखोज्ने अवस्था रहेको पाइन्छ । ठूलो दाबी हुँदा अन्तर्राष्ट्रिय बजारमा पुनर्बिमा गर्दा बिमादर महँगो पर्न जान्छ । न्यून जोखिम हस्तान्तरण गर्ने प्रचलन तथा जलवायु परिवर्तनका कारण जोखिम बढ्दै गएको र बिमादर अझ वृद्धि हुने सम्भावना हुन्छ । जलविद्युत् परियोजनालाई बिमाको माध्यमबाट पूर्ण रूपमा आर्थिक सुरक्षा प्रदान गर्न जोखिम व्यवस्थापन गर्न परियोजना सुरु हुनुअघि अनिवार्य प्राविधिक जोखिम मूल्यांकन, भौगोलिक तथा वातावरणीय मूल्यांकन वैज्ञानिक रूपमा गर्ने, स्तरीय बिमा म्याटिक्स तयार गर्ने, नियामकीय निकायले बिमा रक्षावरण, न्यूनतम सुविधा र अनिवार्य बिमासम्बन्धी स्पष्ट निर्देशिका जारी गर्ने, पुनर्बिमासम्बन्धी व्यवस्था थप सुदृढजस्ता कार्य गर्नुपर्ने देखिन्छ ।

नेपालमा ऊर्जा परियोजनाको पूर्ण रूपमा रक्षावरण हुने गरी बिमा गर्नु नै यसको सुरुआत गर्ने तथा सफल बनाउने आधारस्तम्भ हो । परियोजनामा जोखिम बढ्दै जानु, वातावरण, प्राकृतिक प्रकोप, ठूलो लगानीजस्ता विषयले बिमाको आवश्यक्ता, महत्व र औचित्यलाई झल्काउँछ । जोखिम मूल्यांकन, प्राविधिक क्षमता विस्तार, छिटो–छरितो दाबी भुक्तानी र नियमनका क्षेत्रमा अझै सुधार आवश्यक देखिन्छ । स्पष्ट नीति, आधुनिक प्रविधि, प्राविधिक जनशक्ति विकास र अन्तर्राष्ट्रिय अभ्यास अपनाउन सके ऊर्जा परियोजनामा बिमाले ठूलो योगदान पु¥याउनेछ । अहिले नेपालमा ऊर्जा बिमाको अभ्यास बढ्दो भए पनि अझै संरचनागत सुधार, जोखिम व्यवस्थापन सुदृढीकरण र दिगोपन सुनिश्चित गर्न धेरै काम गर्नुपर्ने अवस्था छ ।

विस्तृत परियोजना प्रतिवेदन तथा सम्भाव्यता अध्ययन, भूगोल, भू–प्रकृति, हाइड्रोलोजी तथा भू–गर्भीय जोखिमको विवरण, परियोजनाको प्रकार तथा क्षमता, डिजाइन, निर्माण चरण तथा कार्यको समय–सीमा, स्थानको पहुँच, मौसम अवस्था तथा भौगोलिक चुनौती हुन्छन् । परियोजनासम्बन्धी आधारभूत प्राविधिक विवरण; प्राकृतिक प्रकोप जोखिम जस्तै, बाढीपहिरो, हिमपहिरो, भू–कम्प, बादल फाट्ने । भूगर्भीय जोखिमः अस्थिर ढुंगा, नाली, निर्माणसम्बन्धी जोखिम । टनेल, ब्लास्टिङ, ड्याम निर्माण, तेस्रो पक्ष दायित्व जोखिम हुन्छन् । मेसिनरी बिग्रिने, आयातीत उपकरण जोखिम, ट्रान्समिसन लाइनको जोखिम; निर्माण चरणका जोखिमलगायत सबै बिमालेखमा समेटिनुपर्छ । यी सबै विषय जलविद्युत् परियोजना तथा ऊर्जासम्बन्धी बिमा गर्दा ध्यान दिनुपर्ने कुरा हुन । साथै, न्यूनतम बिमा रकमको अनिवार्य व्यवस्था गरिनुपर्छ । बिमांक रकम निर्धारण गर्दा निर्माण लागत तथा ठेक्का रकम, आयातीत उपकरणको मूल्य, ट्रान्समिसन लाइनको लागत, मुद्रास्फीति, राज्यको आर्थिक नीतिलगायतमा ध्यान दिनुपर्छ । यसले भविष्यमा आउने जोखिम वहन गर्न सहयोग गर्नेछ ।
नेपालको ऊर्जा तथा जलविद्युत् परियोजना उच्च भौगोलिक जटिलता, प्राकृतिक जोखिम, प्राविधिक चुनौती र ठूलो लगानीका कारण बिमाको पूर्ण रूपमा सुरक्षा आवश्यक पर्ने क्षेत्र मानिन्छ । निर्माण चरणदेखि सञ्चालनसम्म परियोजनाले बाढीपहिरो, भूकम्प, भू–गर्भीय अस्थिरता, उपकरण क्षति, तेस्रो पक्ष दायित्व, आयातीत सामग्रीको ट्रान्जिट जोखिमजस्ता बहुआयामिक चुनौती सामना गर्नुपर्छ । यसका लागि निर्माण चरणदेखि नै बिमालेखमा ध्यान दिनुपर्छ । सहभागी हुनुपर्छ । बिमा तथा सञ्चालन चरणमा चोरी–डाँका र आतंकवादसम्बन्धी सुरक्षा आवश्यक हुन्छ । बिमा ऐन, नियमावली, प्राधिकरणका निर्देशिका, सार्वजनिक खरिदसम्बन्धी नियम, विद्युत् कानुन तथा बैंक वित्तीय मार्गनिर्देशनले अनिवार्य तथा न्यूनतम रक्षावरण, जोखिम वर्गीकरण, पुनर्बिमा संरचना, बिमांक रकम निर्धारण र दाबी व्यवस्थापनका आधार स्पष्ट गरेका छन् । परियोजनाका प्राविधिक विवरण, जोखिम मूल्यांकन, सुरक्षात्मक उपाय, योग्य ठेकेदार, निरीक्षण रिपोर्ट, वातावरणीय तथा सामाजिक अनुपालन तथा प्रभावकारी संगठन तथा व्यवस्थापन प्रणालीले बिमाको गुणस्तर अझ प्रभावकारी बनाउँछ । आयोजनालाई बिमामा आबद्ध गर्दा सुरक्षा प्रत्याभूति हुनेछ ।

(पाण्डेय नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेशका सहायक निर्देशक हुनुहुन्छ)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech