No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

विद्युत् क्षेत्रमा लगानी निजी क्षेत्रको मात्र १३ खर्ब रुपैयाँ लगानी

- अरुण सापकोटा - भीम गौतम

विद्युत् क्षेत्रमा लगानी निजी क्षेत्रको मात्र १३ खर्ब रुपैयाँ लगानी

व्यापारिक रूपमा उत्पादन सुरु भएपछिको निजी क्षेत्रको पहिलो आयोजना लमजुङको ०.१८३ मेगावाटको स्याङ्गे खोलाले २०५८ माघ ३ गते प्राधिकरणसँग पहिलो विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो । विद्युत् ऐन, २०४९ र नियमावली, २०५० ले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानी गर्न बाटो खोले पनि विद्युत् खरिद सुनिश्चितता नभएकोले निजी क्षेत्र लगानीका लागि सहभागी भएन । तर, निजी जलविद्युत्् प्रवद्र्धकका लागि बिर्सनै नहुने दिन हो–२०५५ सालको असार १४ गते अर्थात् २८ जुन १९९८ । यो दिन नेपालकै इतिहासमा पहिलो पटक पीपीए दर तोकिएको थियो । यसको श्रेय तत्कालीन उपप्रधान एवं जलस्रोतमन्त्री शैलजा आचार्यलाई जान्छ ।
पीपीएको दर टुंगो नलाग्दा बैंकहरूबाट ऋण लगायतका समस्या आउने भएपछि निजी क्षेत्रका प्रवर्धकहरू पीपीएका लागि मन्त्रालय धाइरहेका थिए । निजी क्षेत्रको मागप्रति सकारात्मक तात्कालीन ऊर्जामन्त्री आचार्यले पहिलोपटक निजी क्षेत्रलाई १ देखि १० मेगावाटसम्म क्यू ९० मा बनाउने गरी पहिलोपटक वर्षामा प्रतियुनिट २.७६ रुपैयाँ र हिउँदमा प्रति युनिट ४.०३ रुपैयाँ कायम गर्ने गरी पीपीए दर तोक्न प्राधिकरण सञ्चालक समितिलाई निर्देशन दिइन् । असार १४ गते विद्युत् प्राधिकरण बोर्ड बैठकले यही दर तोकेपछि क्यू ९० मा डिजाइन गरेर यति पीपीए दरमा बनाउन नसक्ने बताउँदै निजी क्षेत्रले गुनासो गरेपछि फेरि आचार्यले यसलाई क्यू ६५ मा झारेर पीपीए दर पनि हिउँदमा ४.२५ र बर्षामा ३ रुपैयाँ प्रति युनिट कायम गरियो । यही निर्णय जलविद्युत्मा निजी क्षेत्रको प्रवेशका लागि थप महत्वपूर्ण जग बन्यो ।

नेपालमा स्वदेशी निजी क्षेत्रले पहिलो पटक निर्माण गरेको आयोजनाको लागत करिब तीन करोड थियो । त्यो बेलामा निजी क्षेत्रले ऋण लगानी गरेर आयोजना बनाउनु नै सबैभन्दा कठिन थियो । ५ मेगावाटको आयोजनाका लागि ५÷७ बटा बैंकहरूको ऋण आवश्यकता थियो । अझ स्वपुँजी संकलन पनि कठिन थियो तर अहिले निर्माणाधीन सबैभन्दा ठूलो ३४१ मेगावाटको आयोजनालाई हेर्ने हो भने १० बटा बैंकहरूले ५२.५ अर्ब ऋण लगानी गरेका छन् भने १७.५ अर्ब त स्वपुँजी लगानी हुँदै छ । यसरी साढे दुई दशकमै नेपालको निजी क्षेत्र यति धेरै लगानी गर्ने र त्यसको व्यवस्थापन गर्ने क्षमतामा पुगिसकेको छ ।

हुन त राष्ट्रिय योजना आयोगले तयार पारेको नवौ पञ्चबर्षीय योजनामा तुलनात्मक रूपमा सस्तो विद्युत्् उत्पादन एवं विदेशी मुद्रा प्रतिस्थापनको भारलाई घटाउन आन्तरिक विद्युत्् मागको आपूर्तिका लागि स्वदेशी निजी लगानीकर्ताको संलग्नता बढाउँदै लैजानु आवश्यक भन्दै १ देखी १० मेगावाटसम्मका विद्युत्् आयोजनामा पुँजी जुटाउनु आन्तरिक पुँजी बजारको विस्तार गर्ने उल्लेख थियो । निजी क्षेत्रले १० मेगावाटभन्दा बढी निर्माण गर्न सक्दैन भन्ने थियो तर निजी क्षेत्र सक्षम बन्दै गयो । अहिले ५ सय मेगावाटसम्म आयोयजना निर्माण गर्न तयार भइसक्यो । नेपालका बैंक तथा वित्तीय संस्था समेत लगानी गर्न तयार भइसकेका छन् ।

कुल लगानी कति ?
हालसम्म निजी क्षेत्रले प्रवद्र्धन गरेका विद्युत् आयोजनामा १३ खर्ब १० अर्ब ६० करोड ७१ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ८ खर्ब ४० अर्ब ७९ करोड छ भने स्वपुँजी (इक्विटी) ४ खर्ब ३९ अर्ब ८२ करोड छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र बीएफआईएस न्यूज प्रालिले निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाको हकमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से, रेटिङ एजेन्सी र विद्युत् कम्पनीको प्रतिवेदनमा आधारित भएर तथा सर्भे, उत्पादन अनुमतिपत्रको हकमा नमूना रूपमा आयोजना छनोट तथा विज्ञ विशेषज्ञहरूको परामर्शको आधारमा तथ्य र तथ्यांक केलाउँदा यति लगानी देखिएको हो ।
आर्थिक वर्ष २०८१/८२ सम्मका निजी क्षेत्रको नेतृत्वमा निर्माण भएका, निर्माणाधीन र निर्माणका विभिन्न चरणमा रहेका ३४ हजार ७८६ मेगावाटका ९२३ आयोजनामा भएको लगानी यसमा विश्लेषण गरिएको छ । गत आर्थिक वर्षसम्ममा निजी क्षेत्रको निर्माण सम्पन्न २९४८ र निर्माणाधीन ४३०३ मेगावाट गरी ७२५१ मेगावाटका ३४७ आयोजना मात्र १२ खर्ब ४३ अर्ब ९९ करोड १० लाख लगानी भएको छ । जसमध्ये बैंक तथा वित्तिय संस्थाहरूबाट ८ खर्ब ४० अर्ब ७९ करोड ३७ लाख ऋण लगानी भएको छ । बैंकहरूको लगानी गत असारसम्म ४ खर्ब ४७ अर्ब ४६ करोड थियो भने नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र चिलिमे विद्युत् आयोजनाबाट ६६ अर्ब ६० करोड तथा विदेशी लगानीबाट ५४ अर्ब ५६ करोड ऋण लगानी भएको छ । हालसम्म ऋण लगानीमध्ये निर्माण सम्पन्न आयोजनाले २ खर्ब ७२ अर्ब १७ करोड सावाँ ब्याज बैंक तथा वित्तीय संस्थालाई तिरिसकेका छन् ।

यसैगरी सर्भे, उत्पादन र यसका आवेदन दिएका २७,५३५ मेगावाटका ५७६ मेगावाटका आयोजनाका लागि ६६ अर्ब ६२ करोड स्वपुँजी लगानी गरेका छन् । यी आयोजनामा बैंक तथा वित्तयि संस्थाको ऋण लगानी छैन । सर्भे, उत्पादन र यसका लागि आवेदन दिएका आयोजनामध्येबाट केहीको अहिलेसम्मको लागत विश्लेषण तथा यस क्षेत्रमा काम गरिरहेका चार्टर्ड एकाउन्टेन्ट र ऊर्जा विज्ञहरूसँगको परामर्शमा इप्पानले प्रतिमेगावाट लागतसहितको तथ्यांक संकलन गरेको छ । अध्ययनअनुसार सर्वेक्षण अनुमतिका लागि आवेदन दिइएका १६९ वटा आयोजनाको कुल क्षमता ५,३२१ मेगावाट रहेको छ । यस चरणमा प्रतिमेगावाट करिब ३ लाख रुपैयाँ खर्च भएको छ । जसअनुसार कुल ५.३२ अर्ब रुपैयाँ लगानी भइसकेको छ । यसैगरी सर्भे अनुमतिपत्र लिएर अध्ययन र डिजाइन समेत गरी प्रतिमेगावाट १० खर्च भएको अध्ययन देखाएको छ । जसअनुसार, ६३६० मेगावाटका २०२ आयोजनामा मात्र निजी क्षेत्रले ६ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ ।

निर्माण इजाजत प्राप्त चरणमा १२६ वटा आयोजना रहेका छन्, जसको कुल क्षमता ६ हजार ४२४ मेगावाटका लागि आयोजनाका लागि निजी क्षेत्रले २३ अर्ब ७६ करोड लगानी गरिसकेको छ । यस चरणमा प्रति मेगावाट करिब ३७ लाख रुपैयाँ खर्च भएको अधययनले देखाएको छ । यस्तै निर्माण अनुमतिका लागि आवेदन चरणमा रहेका ९ हजार ४३० मेगावाट बराबरका ७९ आयोजनाका लागि ३४ अर्ब ८९ करोड बराबरको लगानी निजी क्षेत्रले गरिसकेको छ । जसमा पनि प्रतिमेगावाट ३७ लाख बराबरको निजी क्षेत्रले खर्च गरिसकेको अध्ययनले देखाएको छ । विस्तृत इन्जिनियरिङ, जग्गा अधिग्रहण तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने भएकाले यस चरणमा लगानी उल्लेखनीय लगानी हुने गरेको छ । यद्यपि, निर्माणका लागि तयारी पूरा भए तापनि विद्युत् खरिद सम्झौता (पीपीए) नभएको कारण यसमा बैंक तथा वित्तिय संस्थाहरूको ऋण परिचालन भएको छैन । विद्युत् प्राधिकरणको तथ्यांक अनुसार, हाल १३ हजार मेगावाट बराबरका आयोजनाले पीपीएका लागि आवेदन दिएका छन् ।

बैंकिङ क्षेत्रको बढ्दो लगानी
सन् २००९ जुलाईमा विद्युत् क्षेत्रमा कर्जा लगानी केवल २.७६ अर्ब रुपैयाँ रहेकोमा पछिल्लो समयमा बढेर साढे ४ खर्ब पुगिसकेको छ । यसले १४५ गुणाभन्दा बढी वृद्धि भएको संकेत गर्दछ । कुल बैंक कर्जामा विद्युत् क्षेत्रको हिस्सेदारी निरन्तर रूपमा बढ्दै गएको छ, विशेषतः २०१८ पछि ठूला विद्युत् आयोजना कार्यान्वयनमा जान थालेपछि यो वृद्धि अझ तीव्र भएको छ । यसका पछाडि राष्ट्रिय महत्व र आवश्यकतालाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आनो कुल कर्जा पोर्टफोलियोको अधिकतम १० प्रतिशतसम्म विद्युत् क्षेत्रमा लगानी गर्न सकिने व्यवस्था लागू गर्नु पनि हो । यस नीतिगत प्रोत्साहनले पछिल्ला वर्षमा विद्युत् तथा ऊर्जा पूर्वाधारमा लगानी उल्लेखनीय रूपमा बढाउन महत्वपूर्ण उत्प्रेरकको भूमिका खेलेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल विद्युत् क्षेत्रमा प्रवाहित कुल कर्जा ४ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ । यहि समयमा बैंकहरूको कुल कर्जा ५६ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ । यहाँ उर्जा क्षेत्रको हिस्सा ८.१० प्रतिशत रहेको छ ।

भविष्यमा लगानीको आवश्यकता
अहिले प्रतिमेगावाट जलविद्युत्को उत्पादन २० करोडमा आधारमा गणना गरिन्छ । गत असारसम्म सर्भेका लागि आवेदन दिएबाहेक सर्भे अनुमतिपत्र, उत्पादन अनुमतिपत्र र उत्पादनका लागि अनुमतिपत्र लिएका २ हजार १११ मेगावाटका आयोजनाको लागि मात्र हेर्ने हो भने पनि ४२ खर्ब २२ अर्ब लगानी आवश्यकता देखिन्छ । सरकारले एक वर्ष अघि सार्वजनिक गरेको ऊर्जा विकास मार्गचित्रले सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनका लागि ६१ खर्ब रुपैयाँ आवश्यक परेको औंल्याएको छ । यसमध्ये करिब ४० खर्ब निजी क्षेत्रको लगानी आवश्यकता औल्याइएको छ । यसैगरी राष्ट्रिय योजना आयोगले विक्रम संवद २१०० भित्र ४० हजार मेगावाट उत्पादन पु¥याउने लक्ष्य राखेको छ, यसको ४० खर्बभन्दा बढी आवश्यकता पर्दछ ।

विद्युत्् कम्पनीमा सर्वसाधारणको साढे ४१ अर्बको सेयर
नेपाल धितोपत्र बोर्डका अनुसार, आर्थिक वर्ष २०६१÷६२ बाट जलविद्युत्् क्षेत्रमा पहिलो पटक आईपीओ स्वीकृति प्राप्त भएको देखिन्छ, जसको आकार २३.७४१ करोड मात्र थियो । नेशनल हाइड्रोपावरबाट पहिलो पटक प्राथमिक सेयर निष्कासन भएको थियो । त्यसपछि आर्थिक वर्ष २०६७÷६८ देखि २०७१÷७२ सम्म प्राथमिकत सेयर जारी गर्ने कम्पनीको संख्या क्रमशः वृद्धि हुँदै २०७०÷७१ मा ४ कम्पनीसम्म पुगेको देखिन्छ । गत असारसम्म ९३ वटा विद्युत् कम्पनीमा आईपीओमार्फत सर्वसाधारणले ४१.६५ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

ऊर्जामा नेपालीको सेयर
गत असारसम्मको तथ्यांक हेर्ने हो भने ६४ लाखले डिम्याट खाता खोलेका छन् । ९३ कम्पनीमा मात्र आईपीओ पाउनेको संख्या १ करोड ४७ लाख नेपालीले विद्युत् सेयर पाएका छन् । सुरुमा सेयर पाउने व्यवस्था नभए पनि अहिले अनिवार्य रूपमा सेयर दिने व्यवस्था गरिएको छ । ऊर्जा आयोजना निर्माणमा धेरै ठूलो रकम लगानी चाहिन्छ । सरकारले ल्याएको कानुनले पनि स्थानीयलाई अनिवार्य रूपमा सेयर दिनुपर्ने व्यवस्था गरेको छ ।
धितोपत्र निष्कासनसम्बन्धी नियमावलीले ५० प्रतिशत निर्माण पुरा भएपछि आइपीओका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । विद्युत् नियमन आयोग सार्वजनिक पूर्व स्वीकृति र नियमनसम्बन्धी निर्देशन, विद्युत्सम्बन्धी कम्पनीको सेयर प्रस्ताव, २०२१ (५) आवेदन दिने कम्पनीले निर्माणाधीन परियोजनाको हकमा (प्रसारण लाइनसहित), निर्माणको भौतिक र वित्तीय प्रगतिको कम्तीमा पचास प्रतिशत पूरा भएको (बैंक तथा वित्तीय संस्थाको परामर्शदाताबाट पनि प्रमाणित भएको हुनुपर्ने उल्लेख छ ।

हकप्रद सेयर निष्कासन
धितोपत्र बोर्डका अनुसार, गत असारसम्म ४२ कम्पनीले हकप्रद सेयर जारी गरिसकेका छन्, जसबाट सेयरधनीबाट कुल ५६ अर्ब ३२ करोड पुँजी संकलन गरिएको छ । विद्युत्् नियमन आयोगले नयाँ जलविद्युत् आयोजना निर्माणमा लगानी गर्नका लागि जलविद्युत् कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिँदै आएको थियो । तर, जलविद्युत् कम्पनीले सेयरको सार्वजनिक निष्कासन गर्नुअघि स्वीकृति लिनुपर्ने निर्देशिका, २०७६ संशोधन गरेसँगै अब कम्पनीले दीर्घकालीन ऋण भुक्तानी गर्नका लागि पनि हकप्रद सेयर जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

निष्कर्ष
गत असारसम्म नेपालमा निजी क्षेत्रले अघि बढाइरहेका आयोजनाको संख्या ९२३ र यसको क्षमता ३४७८६ मेगावाट छ । निजी क्षेत्रले प्रवद्र्धन गरेका विद्युत् आयोजनामा १३ खर्ब १० अर्ब ६० करोड ७१ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । जसमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ८ खर्ब ४० अर्ब ७९ करोड छ भने स्वपुँजी (इक्विटी) ४ खर्ब ३९ अर्ब ८२ करोड छ । यसमध्ये निजी क्षेत्रको नेतृत्वमा २९४८ मेगावाटका २०४ आयोजना निर्माण सम्पन्न भएका छन् भने ४३०३ मेगावाटका १४३ आयोजना निर्माणाधीन छन् । यी निर्माणाधीन र निर्माण सम्पनन आयोजना मात्र बैंक तथा वित्तिय संस्थाहरूको लगानी छ । जसमा मात्र ३ खर्ब ७३ अर्ब २० करोड इक्विटी लगानी छ ।
यसैगरी सर्भे, उत्पादन र यसका आवेदन दिएका २७,५३५ मेगावाटका ५७६ मेगावाटका आयोजनामा इक्विटी मात्र लगानी छ । यसैगरी सर्भे, उत्पादन र यसका आवेदन दिएका आयोजनामा ६६ अर्ब ६२ करोड इक्विटी लगानी निजी क्षेत्रले गरेका छन् । अध्ययनले हालसम्म १ करोड ४७ लाख नेपालीले कुनै न कुनै आयोजनामा आईपीओमा सहभागी ९३ वटा विद्युत् कम्पनीमा ४१.६५ अर्ब रुपैयाँ लगानी गरेका छन् भने ४३ वटा कम्पनीले हकप्रद सेयर जारी गरी ५६.३२ अर्ब रुपैयाँ जुटाएका छन् ।

(सापकोटा पत्रकार एवं एनआर कलेजको मानविकी विभागिय प्रमुख तथा गौतम इप्पानका सीइओ हुनुहुन्छ)

(इप्पानद्धारा प्रकाशित ‘ऊर्जा समृद्धी’ म्यागेजिनमा प्रकाशित लेख)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech