No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

-मोहनकुमार डाँगी

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

नेपाल प्राकृतिक स्रोत–साधनका दृष्टिले अत्यन्तै सम्पन्न मुलुक हो । विशेषगरी जलस्रोतको उपलब्धताले नेपाललाई विश्वका सम्भावित धेरै जलविद्युत् उत्पादन गर्न सक्ने देशमध्ये अग्रस्थानमा उभ्याएको छ । जल तथा ऊर्जा आयोगको अध्ययनले नेपालमा नदी प्रवाहमा आधारित ७२ हजार मेगावाट र जलाशययुक्त आयोजना ४८ हजार मेगावाट गरी कुल १ लाख २० हजार मेगावाट जलविद्युत् उत्पादन सम्भावना देखाएको छ । स्वतन्त्र ऊर्जा विज्ञहरूले भने नयाँ प्रविधि र स्रोतको अधिकतम उपयोग गर्दा नेपालमा २ लाख मेगावाटसम्म विद्युत् उत्पादन हुन सक्ने दाबी गरेका छन् । जलविद्युत् उत्पादनको अपार सम्भावना बोकेको र आजभन्दा ११४ वर्षअघि नै जलविद्युत् आयोजना निर्माण गरिसकेको नेपालले लामो समयसम्म विद्युत् पहुँच अभाव र लोडसेडिङ समस्या भोग्नुप¥यो ।
तर, पछिल्लो दुई दशकमा निजी क्षेत्रको सक्रिय सहभागिताले नेपालको ऊर्जा क्षेत्रले उल्लेखनीय फड्को मारेको छ । एक हिसाबले नेपालको अर्थतन्त्रलाई ऊर्जा क्षेत्रले नै नेतृत्व गरिरहेको छ । सरकारले १०० वर्षसम्म कछुवा गतिमा विकास गरिरहेको ऊर्जा क्षेत्रलाई निजी क्षेत्रको प्रवेशले उच्च गतिमा अघि बढाएको छ ।

नेपालमा जलविद्युत् उत्पादनको इतिहास
प्रारम्भिक अवस्था (वि.सं. १९६८–२०१८)
नेपालमा विद्युत् उत्पादनको इतिहास वि.सं. १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजनाबाट सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणाको पहलमा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत् आयोजना (चन्द्रज्योति) निर्माण गरिएको थियो । यसले नेपाललाई दक्षिण एसियामै जलविद्युत् उत्पादन गर्ने प्रारम्भिक देशमध्ये एक बनायो । नेपालमा राणा शासन भएका बेलामा विद्युत् उत्पादन सुरु भयो ।
यसपछि प्रजातान्त्रिक मुलुक बनेपछि वि.सं. २००७ सालमा सुन्दरीजल (६४० किलोवाट) र वि.सं. २०१८ सालमा पनौती (२.४ मेगावाट)जस्ता आयोजना निर्माण भए । यी सबै आयोजना पूर्ण रूपमा सरकारी स्वामित्वका थिए । मुख्यतः राजधानी सहर काठमाडौंको अझ भनौं राजदरबारको विद्युत् माग धान्नमै केन्द्रित थिए ।

संस्थागत विकास र सरकारी प्रभुत्व (२०१८–२०४६)
प्रजातान्त्रिक व्यवस्था लामो समय टिक्न सकेन र पञ्चायती व्यवस्था सुरु भयो । राजाको प्रत्यक्ष शासन सुरु भएपछि वि.सं. २०१८ सालपछि बिजुली अड्डाको दायरा बढाउँदै नेपाल विद्युत् कर्पोरेसन गठन भयो । त्यही संस्थालाई पछि २०४२ सालमा नेपाल विद्युत् प्राधिकरण बनाउँदै विद्युत् उत्पादन, प्रसारण र वितरण एउटै संस्थाको जिम्मा दिइयो । यस अवधिमा त्रिशूली (२१ मेगावाट) र देवीघाट (१४.१ मेगावाट) भारत सरकारको सहयोगमा, कुलेखानी (६० मेगावाट) मस्र्याङ्दी (६९ मेगावाट)जस्ता मध्यम तथा ठूला आयोजना एसियाली विकास बैंक र जाइकाको सहुलियत ऋण तथा अनुदान सहयोगमा निर्माण भए । राणा शासनको तुलनामा राजाको प्रत्यक्ष शासनकालमा नेपालमा जलविद्युत्को विकास निकै राम्रो भएको यी तथ्यांकले देखाउँछ ।

निजी क्षेत्रको प्रवेश (२०४६ पछि)
वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि नेपालले उदारीकरण र निजीकरणको नीति अवलम्बन ग¥यो । यही पृष्ठभूमिमा जलविद्युत् विकास नीति २०४९, विद्युत् ऐन, २०४९, विद्युत् नियमावली, २०५० र जलविद्युत् विकास नीति, २०५८ जस्ता नीतिगत दस्तावेज जारी भए । यसले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानी गर्ने कानुनी बाटो खोलिदियो । २० मेगावाटसम्मका आयोजनामा सर्वेक्षण, उत्पादन र बिक्री गर्न निजी क्षेत्रलाई अनुमति दिइयो । निजी क्षेत्रलाई आयोजना निर्माणको अनुमति दिए पनि विद्युत् खरिद दर तोक्न ढिलाइ हुँदा निजी क्षेत्रले गति लिन सकेन । २०५५ सालमा तत्कालीन ऊर्जा तथा जलस्रोत मन्त्री शैलजा आचार्यले पहिलोपटक पीपीए दर तोकेर जलविद्युत्मा निजी क्षेत्रको प्रवेशलाई ब्रेक थ्रु गरेको गौरवमय इतिहास छ ।
तर, त्यतिबेलासम्म नेपालमा विद्युत् माग उच्च दरले बढिसकेको र सरकारी उत्पादन २०० मेगावाटमा सीमित हुँदा सरकारले केही विदेशी कम्पनीलाई अत्यधिक सुविधा दिएर दुईवटा जलविद्युत् आयोजना अघि बढाएको थियो । वि.सं. २०५७ सालमा ६० मेगावाटको खिम्ती–१ र ३६ मेगावाटको भोटेकोसी (पछि क्षमता बढाएर ४५ मेगावाट पु¥याइएको) जलविद्युत् नेपालमा निजी क्षेत्र (विदेशी लगानी) बाट निर्माण भएका सुरुआती ठूला आयोजना हुन् । वि.सं. २०५९ मा विदेशी दातृ निकायको ऋण तथा अनुदान सहयोगमा १४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत् आयोजना सञ्चालनमा आयो । २०६० मा नेपाल विद्युत् प्राधिकरणले कम्पनी मोडलमा २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना निर्माण ग¥यो । स्वदेशी लगानी र स्वदेशी जनशक्तिमा निर्माण भएको चिलिमे नै सबैभन्दा ठूलो आयोजना बन्यो । यसैको बलमा निजी क्षेत्रले पनि ठूला आयोजना बनाउन सक्ने आत्मविश्वास पायो । त्यतिबेलासम्म त निजी क्षेत्रले १८३ किलोवाटको स्यांगे जलविद्युत् र ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना मात्रै निर्माण गर्न सकेको थियो ।

गणतन्त्र घोषणापछिको विकासक्रम
नेपालमा तत्कालीन नेकपा माओवादीले १० वर्ष (२०५२–६२) लामो सशस्त्र द्वन्द्व लड्यो । उनीहरूको द्वन्द्व गाउँ केन्द्रित थियो । गाउँमा गएर विकास निर्माणका काम गर्ने वातावरण थिएन । जब उनीहरू शान्ति प्रक्रियामा आए, त्यसपछि सबैभन्दा तीव्र विकास हुने क्षेत्र नै जलविद्युत् बन्यो । अन्य उद्योग, व्यवसाय शिथिल भइरहेका बेलामा ऊर्जा क्षेत्रको विकासले यससँग जोडिएका दर्जनौं उद्योगलाई एकसाथ अघि लिएर गयो ।
अहिले नेपालको कुल जडित विद्युत् क्षमता करिब ४ हजार मेगावाट पुगेको छ । यसमध्ये ३ हजार मेगावाट विद्युत् यही दुई दशकको अवधिमा उत्पादन भएको छ । त्यो सबै निजी क्षेत्रकै बलमा निर्माण भएका आयोजनाबाट उत्पादन भएको छ । अहिले निजी क्षेत्रबाट ५५ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन्, करिब ३ हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन् भने १० हजार मेगावाट क्षमताका आयोजना अध्ययन कार्य पूरा गरेर पीपीए हुने चरणमा पुगेका छन् । अरू २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनका विभिन्न चरणमा छन् ।
विद्युत् उत्पादनमा फड्को मारेसँगै नेपालमा विद्युत्ीय गाडी प्रयोग बढेको छ । खाना पकाउन र साना कृषि उद्योगमा विद्युत् खपत बढेको छ । वर्षायाममा नेपालले हाल भारत र बंगलादेशमा गरेर १२÷१३ सय मेगावाटसम्म विद्युत् निर्यात गरिरहेको छ । विद्युत् निर्यातबाट गत वर्ष करिब १८ अर्ब रुपैयाँ आम्दानी भएकामा यो वर्ष करिब २० अर्ब रुपैयाँसम्म हुने प्रक्षेपण गरिएको छ । आगामी दिनमा यो रकम बढेर वार्षिक खर्बांै रुपैयाँसम्म पुग्ने सहजै अनुमान गर्न सकिन्छ ।

निजी क्षेत्रको सफलताका कारण
अहिले नेपालको कुल विद्युत् उत्पादनको जडित क्षमता करिब ४ हजार मेगावाट पुग्दा यसमध्ये करिब ८० प्रतिशतभन्दा बढी विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान रहेको छ । हिजोका दिनमा ५÷१० मेगावाटका आयोजनामा सीमित निजी क्षेत्रले अहिले ५०० मेगावाट सम्मका आयोजना अघि बढाइसकेको छ । सरकारी सहजीकरण हुने हो भने अबको केही समयमै निजी क्षेत्रबाट एक हजार मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माण हुन सक्ने प्रशस्त आधार छन् ।
निजी क्षेत्रले ठूला आयोजना बनाउने हिम्मत गर्नुमा नेपाल विद्युत् प्राधिकरणले कम्पनी मोडल (स्थानीय र आमसर्वसाधारण जनताको पनि सहभागिता) मा निर्माण गरेको चिलिमे र माथिल्लो तामाकोसीजस्ता आयोजना सफल हुनु पनि एक कारण हो । तर, त्योभन्दा बढी ३ दशकदेखि यही क्षेत्रमा खारिएको निजी क्षेत्रले आनै अनुभवमा ठूला आयोजना बनाउने संकल्प गरेको देखिन्छ । त्यसमा बैंक तथा वित्तीय संस्थाले विश्वास गरेपछि अहिले एक दर्जन हाराहारी १०० मेगावाटभन्दा ठूला क्षमताका जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् ।
निजी क्षेत्रले सरकारी आयोजनाको तुलनामा छिटो, छरितो र प्रभावकारी ढंगले आयोजना निर्माण सम्पन्न गर्दै आएको छ । यसो हुनुमा निजी क्षेत्रलाई निर्णय प्रक्रियाको सहजता एकातिर छ भने काम गर्ने लगाव र प्रतिबद्धता अर्को पाटो हो । निजी क्षेत्रले आयोजना निर्माण गर्दा सरकारी निकायबाट लिनुपर्ने अनुमति र त्यसको प्रक्रिया अझै पनि निकै लामो र झन्झटिलो छ । कतिपय अवस्थामा वर्षौंसम्म पनि वन मन्त्रालयअन्तर्गतका निकायबाट अनुमति पाउन सकिन्न । यसका बाबजुद निजी क्षेत्रले अधिकांश आयोजना प्रतिमेगावाट २० करोड रुपैयाँ लागतभित्रै निर्माण सम्पन्न गर्दै आएको छ ।

निजी क्षेत्र सफल हुनुका पछाडि निम्न चार वटा मुख्य कारण छन् ः
१. निर्णय प्रक्रियाको सरलता
सरकारी आयोजनामा बहुस्तरीय स्वीकृति प्रक्रिया, ढिलासुस्ती र एक प्रकारको राजनीतिक हस्तक्षेप हुन्छ । तर, निजी क्षेत्रका आयोजनामा भने सरकारी अनुमतिबाहेकका कार्यमा निर्णय प्रक्रिया छिटो हुन्छ, जसले समय र लागत दुवै घटाउन सहयोग पुग्छ ।

२. लागत नियन्त्रण र व्यावसायिक दक्षता
निजी क्षेत्रले परियोजना व्यवस्थापन, ठेक्का प्रणाली, श्रम व्यवस्थापनमा व्यावसायिक अनुशासन अपनाउँछ । अनावश्यक कर्मचारी भर्ना गर्नुपर्ने बाध्यता सरकारीको तुलनामा निजी आयोजनामा कम हुन्छ । कामदारको अनुभव र दक्षता हेरी श्रमको मूल्य तय गरिन्छ । त्यसकारणले पनि सरकारी आयोजनामा देखिने लागत वृद्धिको समस्या निजी आयोजनामा तुलनात्मक रूपमा कम हुन्छ ।

३. जोखिम बहन गर्ने क्षमता
निजी क्षेत्रले बजार जोखिम, निर्माण जोखिम र वित्तीय जोखिम आफैं बहन गर्छ । समयमा आयोजना सम्पन्न भएन वा तोकिएको लागतमा आयोजना सम्पन्न हुन सकेन भने त्यसले प्रवद्र्धकलाई हुने सबै खाले जोखिमबारे निजी क्षेत्र जानकार हुन्छ । सरकारी क्षेत्रमा जोखिम स्थानान्तरणको स्पष्ट संरचना हुँदैन । आयोजना समयमै आएन भने पनि त्यसको भार जनताको करमाथि नै पर्छ । निर्णय नगर्ने वा ढिलासुस्ती गर्ने कुनै कर्मचारीले कुनै जोखिम लिनुपर्दैन । यसले गर्दा पनि निजी क्षेत्रका आयोजना समयमै सम्पन्न हुन्छन् ।

४. बैंक तथा वित्तीय संस्थाको संलग्नता
ऊर्जालाई सुरक्षित लगानी क्षेत्रका रूपमा बैंकहरूले हेर्न थालेपछि निजी क्षेत्रलाई वित्तीय पहुँच सहज भएको छ । जस्तोसुकै आर्थिक मन्दी होस् वा प्राकृतिक प्रकोप वा राजनीतिक आन्दोलन । ऊर्जा आयोजनाबाट बैंकले समयमै सावाँब्याज पाइरहेका छन् । यसले गर्दा उनीहरूलाई यस क्षेत्रमा थप लगानी बढाउन पनि दबाब परेको छ । यसको फाइदा निजी क्षेत्रले लिएको छ ।

निजी क्षेत्रको सफलतामा सरकारको योगदान
निजी क्षेत्रलाई यो स्थानमा ल्याउन कुनै एउटा मात्र सरकारले गरेको नीतिगत निर्णयले सम्भव थिएन । आयोजना निर्माणको क्रम बढ्दै जाँदा देखिएका बाधा फुकाउन सोहीअनुसार निर्णय पनि हुँदै आएर नै निजी क्षेत्र सफल भएको हो । यद्यपि पछिल्लो समय निजी क्षेत्रको मागअनुसार अठेरा फुकाउन सरकारहरू उदासिन देखिएका छन् । निजी क्षेत्रलाई सफल बनाउन तल उल्लिखित सरकारका पालमा अन्य सरकारको तुलनामा केही बढी नीतिगत सहजता भएको कुरा यहाँ उल्लेख गर्न सकिन्छ ः

१. गिरिजाप्रसाद कोइराला (२०४८–५१ र २०५४–५५)
२०४६ सालको राजनीतिक परिवर्तनपछि भएको आमनिर्वाचबाट २०४८ सालमा गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले आर्थिक उदारीकरणको नीति अघि सा¥यो । यही बेला २०४९ सालमा जलविद्युत्् विकास नीति ल्याएर यसैको जगमा विद्युत्् ऐन, २०४९ जारी गरियो । यही ऐनमा टेकेर विद्युत्् नियमावली, २०५० बन्यो । तर, विद्युत् खरिद दर नतोक्दा निजी क्षेत्रले अनुमति लिएर पनि आयोजना बनाउन भने सकेन ।
जब २०५५ साल वैशाख २ गते तत्कालीन जलस्रोत मन्त्रालयको जिम्मेवारीमा शैलजा आचार्य आएपछि नेपालको इतिहासमा पहिलोपटक स्वदेशी निजी क्षेत्रबाट उत्पादित विद्युत्को दर तोकियो । जम्मा ८ महिना ८ दिन मन्त्रालयको जिम्मेवारीमा रहँदा निजी क्षेत्रको बिजुली किन्ने गरी विद्युत्् खरिद सम्झौता (पीपीए)सम्बन्धी व्यवस्था गरियो । अन्ततः २०५५ साल असार १४ निजी क्षेत्रबाट उत्पादित विद्युत््‌ हिउँदमा प्रतियुनिट ४.०३ रुपैयाँ र वर्षामा २.९५ रुपैयाँ निर्धारण गर्नु ऊर्जा विकासको जग थियो ।

२. केपी शर्मा ओली (२०७२–७३ र २०७४–७८
केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ सालमा ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक, २०७२’ जारी ग¥यो । यसले नेपालमा १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि सार्दै धमाधम विद्युत् खरिद सम्झौता गर्न बाटो खुला ग¥यो ।
विद्युत् उत्पादन बढाउने, आन्तरिक खपत बढाउने, लोडसेडिङ हटाउने र बढी भएको विद्युत् भारतमा निर्यात गर्नेसम्मको परिकल्पना गरी अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा क्षमता वृद्धिको काम अघि बढायो । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ल्याएको ऊर्जा संकट निवारणका लागि ९९ बुँदे कार्ययोजनालाई त्यसपछिका जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सफल कार्यान्वयन गर्दै लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण योगदान पु¥याएका थिए ।

३. माधवकुमार नेपाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल
तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारका ऊर्जामन्त्री गोकर्ण विष्टले निजी क्षेत्रको पीपीए दर हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसा पुर्याएका थिए । त्यस्तै, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ऊर्जा संकटलाई राष्ट्रिय प्राथमिकतामा राख्दै ऊर्जा आयोजनामा गरिने लगानीको स्रोत नखोज्ने नीतिगत निर्णय गरेको थियो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गर्दै विद्युत् उत्पादनमा होमिन निजी क्षेत्रको मनोबल बढाउने काम गरेको थियो ।

इप्पानको संस्थागत गौरवमय योगदान
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) २०५७ सालमा स्थापना भएको संस्था हो । सुरुआती दिनमा ऊर्जा क्षेत्रमा लाग्ने उद्यमीहरू निकै कम थिए । उनीहरूका आवाज सरकारले सुन्न आनाकानी गरेको अवस्था थियो । ऊर्जा उत्पादक थपिँदै गर्दा सामूहिक आवाज उठाउनुपर्छ भन्दै इप्पानको स्थापना भयो । यस संस्थामा अहिले करिब ६०० ऊर्जा उत्पादक र यससँग सम्बन्धित काम गर्ने कम्पनी सदस्य छन् । संस्थाको आकार बढेसँगै यसले सरकारलाई नीतिगत सुधारका लागि दबाब पनि बढाउँदै आएको छ । धेरै नीतिगत निर्णयमा इप्पानले निर्णायक भूमिका खेलेको छ । सरकारले नीतिगत निर्णय गरे पनि कर्मचारीतन्त्रले त्यसको सही तरिकाले कार्यान्वयन नगर्दा ऊर्जा उत्पादकलाई दुःख र हैरानी दिने कार्य पूर्ण रूपमा रोकिएको छैन । यसले गर्दा ऊर्जा उत्पादक थप एकीकृत हुनुपर्ने खाँचो बढेको छ । आवश्यक पर्दा संसद् र सडक दुवै ठाउँमा प्रवद्र्धकका आवाज उठाउन पनि तयार हुनुपर्ने आवश्यक्ता छ ।
इप्पानले नीतिगत पैरवी मात्रै नगरेर यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि विभिन्न फोरममा नेपालको ऊर्जा क्षेत्रमा लगानीको सुनौलो अवसर रहेको सन्देश प्रवाह गरिरह्यो । प्रवद्र्धक र आयोजनामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिमा पनि इप्पानले उल्लेखनीय र गौरवमय भूमिका खेल्दै आएको छ ।

ऊर्जा उत्पादकका चुनौती तथा सुधारका क्षेत्र
ऊर्जा क्षेत्रमा अझै केही संरचनात्मक चुनौती बाँकी छन् । प्रसारण लाइन अभाव, नीतिगत अस्थिरता, वातावरणीय स्वीकृति प्रक्रिया र लगानी सुरक्षाका प्रश्न समाधान गर्न आवश्यक छ । ऊर्जा विकासलाई केवल उत्पादनमा सीमित नगरी खपत, निर्यात र औद्योगिकीकरणसँग जोड्न सकिएन भने यस क्षेत्रमा नयाँ–नयाँ समस्या सतहमा आउने देखिन्छ ।

१. विद्युत् खरिद सम्झौता
अहिले करिब ५ वर्षदेखि विद्युत् खरिद सम्झौता (पीपीए) बन्द गरिएको छ । अनुमतिपत्रको अवधि सकिने बेला भएको छ । सरकार पीपीए खुला गर्दैन । टेक एन्ड पेमा पीपीए गर्दा बैंकले लगानी गर्दैनन् । टेक अरपे मा पीपीए गर्न सरकार तयार छैन । निजी क्षेत्रले अनुमति लिएका २०औं हजार मेगावाट क्षमताका आयोजना छन् । ती आयोजनाबाट सरकारले वर्षैपिच्छे रोयल्टी लिइरहेको छ । पीपीए नभएका कारण ती आयोजना बास्केटमा जाने अवस्था आएको छ । यसका लागि सरकारले पीपीए खुलाउने वा सबै लाइसेन्स जुन अवस्थामा छन् सोही अवस्थामा यथावत् राख्ने निर्णय गर्नैपर्छ । होइन भने खर्बौ रुपैयाँ लगानी भइसकेका सयौं आयोजना सरकारी बास्केटमा जाने जोखिम बढेको छ । निजी क्षेत्रमाथि यो किसिमको अन्याय सह्य हुन सक्दैन ।

२. वन
अहिले निजी क्षेत्रले वन तथा वातावरणअन्तर्गत सबैभन्दा धेरै समस्या झेल्दै आएको छ । एउटा रुख काट्न नपाएर आयोजनाको काम ४÷५ वर्ष ढिलो भएका धेरै उदाहरण छन् । वन क्षेत्रको जग्गा प्राप्ति गर्न पनि त्यत्तिकै चुनौती छ । यसरी समय लम्बिनु भनेको लागत बढ्नु हो र लागत बढ्दा त्यसको प्रत्यक्ष मार लगानीकर्तामा पर्ने नै भयो ।

३. काबु बाहिरको परिस्थिति
अर्कोतर्फ सरकारी नीतिले बाढीपहिरोले क्षति भए मात्रै काबु बाहिरको परिस्थिति मानेर विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) थप गर्न सकिने भनेको छ । तर, सरकारी प्रक्रियामा भएको ढिलासुस्तीलाई कतै पनि सम्बोधन नगरिँदा आज निर्माणाधीन ९० प्रतिशत आयोजनाको आरसीओडी गुज्रिएको छ । विद्युत् प्राधिकरणले कम्पनीलाई पेनाल्टी लगाउने अवस्था आएको छ । सरकारले सरकारी प्रक्रियामा भएको ढिलासुस्तीलाई सम्बोधन गरेर आरसीओडीको म्याद थप हुने वातावरण बनाउनुपर्छ ।

४. सेयर निष्कासन
सरकारले स्थानीय जनतालाई १० प्रतिशत सेयर दिनैपर्ने कानुनी व्यवस्था गरेर अहिले प्राथमिक निष्कासनमा रोक लगाएको छ । यसले ५०औं कम्पनीको साढे दुई वर्षदेखि आईपीओ अनुमति रोकिएको छ । कम्पनीलाई पुँजी अभाव भएको छ । उनीहरूको ब्याज खर्च बढेको छ ।

५. बिमा
बिमा प्राधिकरणले जलविद्युत् आयोजनाको बिमाको प्रिमियम यति धेरै बढाएको छ कि आयोजना सम्पन्न भएपछि कम्पनीहरू बिमा गर्न अनिच्छुक देखिन्छन् । यही बेला जलवायु परिवर्तनका कारण मौसमी घटना बढेर आयोजनामा क्षति पुग्ने क्रम पनि बढेकाले महँगै भए पनि बिमा गर्न कम्पनी बाध्य छन् । तर, त्यसरी बिमा गर्दा पनि बिमा कम्पनीले दाबी भुक्तानी भने निकै सुस्त र थोरै मात्र गर्ने गरेका छन् । यसले पनि आयोजनालाई वित्तीय भार बढाएको छ ।

६. स्थानीय चुनौती
हिजोका दिनमा उत्पादकले एक किसिमका समस्या झेल्दै आएका थिए । अहिले सरकारी कदमका कारण नयाँ–नयाँ समस्या झेल्दै आएका छन् । साढे दुई वर्षदेखि आईपीओ रोकिँदा १० प्रतिशत सेयर स्थानीयलाई दिन नपाएपछि उनीहरूले आयोजनाको काम प्रभावित बनाउन थालेका छन् । यसमा केही स्थानीय र केही राजनीतिक संरक्षण पाएका व्यक्तिको समूहले आयोजना सञ्चालन गर्नै नसक्ने वातावरण बनाइरहेका छन् । यसतर्फ पनि सरकारको ध्यान जान आवश्यक छ ।

७. प्रसारण लाइन
सरकारले समयमै प्रसारणलाइन निर्माण नगर्दा अहिले निजी क्षेत्रको ५०० मेगावाटभन्दा बढी विद्युत् वर्षायाममा खेर जाने अवस्था छ । प्रसारण लाइनको समस्या समाधान भएन भने आगामी दिनमा झनै विकराल बन्दै जाने जोखिम छ । टेक अर पे प्रावधानअनुसार पीपीए गरेर निर्माण सम्पन्न भएपछि प्रसारण लाइनको क्षमताले सबै विद्युत् लिन नसकिने भन्दै कन्टिन्जेन्सी सम्झौतामा हस्ताक्षर गराएर टेक एन्ड पेको प्रावधान जबर्जस्ती लागू गरिरहेको छ । कन्टिन्जेन्सीमा हस्ताक्षर गर्दा १०÷२० प्रतिशत विद्युत् पनि प्राधिकरणले लिन मान्दैन । हस्ताक्षर गर्नेबित्तिकै जति विद्युत् प्राधिकरणले लैजान्छ, त्यसको मात्रै भुक्तानी हुन्छ । अहिले २ दर्जनभन्दा बढी आयोजना प्रसारण लाइनकै कारण कन्टिन्जेन्सीमा छन् । यो व्यवस्थाले धितोपत्र बोर्डमा सूचीकृत दर्जनांै आयोजना पनि समस्यामा परेका छन् ।

भावी सम्भावना
१. आन्तरिक खपत बढाएर अर्थतन्त्र बढाउने
नेपालमा उत्पादित विद्युत् नेपालमै खपत गर्नुजत्तिको राम्रो कुरा अरु के हुन सक्ला र ? नेपालले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पु¥याउने र देशभित्र १३ हजार ५०० मेगावाट विद्युत् खपत पु¥याउने लक्ष्य राखेको छ । अहिले देशभित्र जम्माजम्मी २२÷२३ सय मेगावाट मात्रै विद्युत् खपत भइरहेको छ । प्रसारण प्रणाली स्तरोन्नति गर्दै खाना पकाउने काममा विद्युत् खपत गर्न सक्ने हो भने तत्कालै ठूलो परिमाणमा थप विद्युत् खपत गराउन सकिन्छ । धेरै विद्युत् खपत गर्ने उद्योग भित्र्याउन सके १० वटा उद्योगले नै ५ हजार मेगावाट विद्युत् खपत गर्न सक्छन् । क्रिप्टो माइनिङ गरेर निर्यात गर्ने नीति सरकारले लिने हो भने त्यहाँ पनि ठूलो परिमाणमा विद्युत् खपत गराउन सकिन्छ, जुन कार्य अहिले भुटानले गरिरहेको छ ।
नेपालमा रासायनिक मल कारखाना खोल्ने हो भने पनि ठूलो परिमाणमा विद्युत् खपत हुनेछ । मल कारखाना खोल्दा त्यसले कृषि क्षेत्रमा पनि क्रान्ति ल्याउनेछ । हरित हाइड्रोजन भण्डारको नीति बनाएर अघि बढ्ने हो भने त्यहाँ पनि ठूलो परिमाणमा विद्युत् खपत हुने ठाउँ छ । निजी विद्युत्ीय सवारी प्रयोगले पनि विद्युत् खपत बढाएको छ । सार्वजनिक यातायातमा विद्युत्ीय सवारी थपिने हो भने थप विद्युत् खपत हुन सक्छ । देशभित्र विद्युत् खपत बढ्दा एक युनिट विद्युत्ले अर्थतन्त्रमा ४५ देखि ५० रुपैयाँसम्मको योगदान गर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।

२. निर्यात
नेपालले अहिले नै वार्षिक करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने मुलुक बनिसकेको छ । यसमा सरकारी एकाधिकार कायमै छ । यदि विद्युत् निर्यात अनुमति निजी क्षेत्रले पायो भने एक दशकभित्रै नेपालले वार्षिक एक खर्ब हाराहारी विद्युत् निर्यात गर्न सक्छ । अहिले भारतमा र बंगलादेशमा गरी जम्मा १२÷१३ सय मेगावाट विद्युत् त्यो पनि वर्षायाममा मात्रै निर्यात भइरहेको छ । निजी क्षेत्रले अनुमति पायो भने निर्यात गर्ने उद्देश्यले मात्रै पनि जलविद्युत् आयोजना विकास गर्न सक्छ र त्यसले हिउँद–वर्षा नै विद्युत् निर्यात गर्न सक्छ । यसकारण सरकारले विद्युत् व्यापार र प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रलाई अनुमतिपत्र दिन पटक्कै ढिला गर्नुहुन्न ।

निष्कर्ष
नेपालको ऊर्जा क्षेत्र अहिले ऐतिहासिक मोडमा पुगेको छ । सरकारको सहजीकरणले समृद्धिको आधार बन्न सक्छ भने उदासिनताले यस क्षेत्रमा लागेका उद्यमी व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थासम्म एकैपटक गल्र्याम गुर्लुम ढल्न सक्ने अवस्था पनि आउन सक्छ । देशभित्रका उद्योगधन्दा आधा क्षमतामा चलेका छन् । सिमेन्ट, डन्डी, इँट्टा, प्यानल, टायल, पेन्टस्लगायतका दर्जनौं उद्योगका उत्पादनको ठूलो हिस्सा जलविद्युत् आयोजनामा खपत हुँदै आएको छ । आयोजना निर्माण बढ्दा यी उद्योगको उत्पादन पनि बढ्नेछ ।
आयोजना निर्माण सुस्त हुनेबित्तिकै धेरै उद्योग पनि धराशयी हुने अवस्था आउनेछ । आयातीत सामानको व्यापार गर्ने अटोमोबाइललगायतका उद्योगका उत्पादन पनि जलविद्युत् आयोजनामै धेरै खपत भइरहेको अवस्था छ । एक हिसाबले नेपालको अर्थतन्त्रलाई खुट्टा टेकाउने काम जलविद्युत् आयोजना निर्माणले गरिरहेको छ । यो क्षेत्र चलायमान भइरहँदा कतिपय सरकारी÷गैरसरकारी निकाय ऐन–कानुनको अपव्याख्या गर्ने र अदालतमा मुद्दामामिला गरेर यो क्षेत्रलाई बन्धक बनाउन लागिपरेका छन् । सबैले हेक्का राख्नुपर्ने कुरा के भने ऊर्जा क्षेत्रलाई बन्धक बनाएमा नेपालको अर्थतन्त्रलाई माथि उठाउने अर्को कुनै पनि क्षेत्र आजको दिनमा तयार भएको छैन ।
यो क्षेत्रलाई बचाउन र ठूलो बनाउन सरकारी र निजी क्षेत्रको संयुक्त पहल अनिवार्य छ । सही नीतिगत वातावरण, राजनीतिक प्रतिबद्धता र निजी क्षेत्रको शुद्ध व्यावसायिक दक्षता संयोजनले मात्र नेपाललाई ऊर्जामार्फत समृद्धिको बाटोमा लैजान सकिन्छ ।

(डाँगी इप्पानका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech