No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

वितरण लाइनको विकासक्रममा प्राधिकरण

- मनोज सिलवाल

वितरण लाइनको विकासक्रममा प्राधिकरण

विद्युत् प्रणालीमा उत्पादन, प्रसारण र वितरण उत्तिकै महत्वपूर्ण छ । उत्पादित बिजुलीलाई लोड सेन्टरसम्म पु¥याउन प्रसारण लाइन चाहिन्छ भने उपभोक्ताको घरसम्म पु¥याउन वितरण लाइन आवश्यक पर्छ । अहिलेसम्म नेपाल विद्युत् प्राधिकरणले थोक ग्राहकसहित ५९ लाखभन्दा बढी ग्राहकलाई राष्ट्रिय प्रणालीबाट बिजुली पु¥याएको छ । यो आफैंमा ठूलो र महत्वपूर्ण उपलब्धि हो । एउटा संस्थाले देशभरिका ५९ लाख मानिसका घरमा बिजुली पु¥याएर उज्यालो दिनु खुसी र गौरवको विषय हो ।

अहिले विद्युत् प्राधिकरणसँग ३३÷११ किलोभोल्ट (केभी) का १९६ वटा सबस्टेसन सञ्चालनमा छन् । त्यसको कुल क्षमता २६०० एमभीए छ । त्यो भनेको वितरण सबस्टेसन मात्रै हो । काठमाडौंमै भन्ने हो भने सबै ३३÷११ केभीका सबस्टेसन छैनन् । सबै ग्रिड सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको छ । ३३÷११ केभीका ग्रिड सबस्टेसनबाहेक नै १९६ वटा सबस्टेसन छन् ।
प्राधिकरणसँग ३३ केभी क्षमताका लाइन ७ हजार ५७५ किलोमिटर लाइन छ । ११ केभी लाइन ५१ हजार किमी छ र ४००÷२३० भोल्ट लाइन १ लाख ५० हजार किमि छ । यी लाइनबाट प्राधिकरणले ५९ लाखभन्दा बढी सबै खाले ग्राहकलाई विद्युत् दिइरहेको छ । यो प्राधिकरणसँग भएको मौजुदा संरचना हो । यहाँ एउटा प्रश्न उठ्न सक्छ, प्राधिकरणले जुन हिसाबले विद्युतीकरण गरेर बिजुली दिइरहेको छ, ग्राहकले चाहेअनुसारको पाएका छन् कि छैनन् ? बत्तीको गुणस्तर कस्तो छ ? नियमितता कस्तो छ ? यी विषयमा जिज्ञासा हुन सक्छ किनभने प्राधिकरणले देशभरका ५९ लाख ग्राहकमा बिजुली पु¥याएको छ भने ९८ प्रतिशतमा राष्ट्रिय ग्रिडको पहुँच छ ।
हुम्लाबाहेक सबै जिल्लामा राष्ट्रिय ग्रिडबाट बिजुली पुगेको छ । प्राधिकरणले छिट्टै शतप्रतिशत राष्ट्रिय ग्रिडबाट बिजुली पु¥याउने गरी काम गरिरहेको छ । देशभित्र सबैले राष्ट्रिय ग्रिडबाट बिजुली बाल्न पाउनुपर्छ । प्राधिकरणले केही समयमै यो सुनिश्चितता गर्छ । उज्यालो अभियान सञ्चालन गरेर अहिले देशभर प्रसारण र वितरण प्रणालीमा व्यापक काम भएको छ ।

पर्यटकीय सम्भावना बोकेक उच्च हिमाली, मठमन्दिर, गुम्बा सबै ठाउँमा बिजुली पु¥याउने गरी प्राधिकरणले काम गरिरहेको छ । धेरै त्यस्ता महत्वपूर्ण ठाउँमा पु¥याइसकेको छ । उदाहरणका लागि, पछिल्लो समयम गोसाइँकुण्डमा प्राधिकरणले लाइन पु¥याएको छ । यो सामान्य उपलब्धि होइन । अहिले आवश्यकता नियमित र भरपर्दो बिजुली नै हो । ग्राहकले मागेजति परिमाणको बिजुली नियमित र भरपर्दो पाउनैपर्छ । यो ग्राहकको अधिकार हो भने प्राधिकरणको उपलब्ध गराउनुपर्ने जिम्मेवारी हो । मागेजतिको बिजुली आपूर्तिमा कुनै पनि समस्या छैन् । विद्युत् प्राधिकरणले विद्युत् माग गर्ने सबै ग्राहकलाई बिजुली दिएको छ । औद्योगिक ग्राहकलाई समेत मागेको जति लोडको बिजुली दिएको छ । प्राधिकरणले लाइन नजोडिएर, ट्रान्सफर्मर नदिएर, तार नफेरिदिएर लाइन नपाएको गुनासो ग्राहकको छैन । भनेकै दिनमा नपाएको हुन सक्छ तर प्राधिकरणले भनेको भन्दा दुई÷तीन पछिसम्ममा दिएकै छ ।

विद्युत् किन नियमित छैन ? यो प्रश्न उठिरहेको हुन्छ । प्राधिकरणले बारम्बार सामना गरिरहने प्रश्न हो, यो । यसका विभिन्न कारण छन् । पहिलो, प्राधिकरणसँग भएका जे–जति छन्, ती थौरै रकमबाट बनेका धेरै संरचना हुन् । प्राधिकरणले स्रोत सीमितताका कारण कम्प्रमाइज गरेर धेरै संरचना बनाएको छ । बनेका संरचना समयअनुसार अपग्रेड गर्दै लैजानुपर्छ । संरचना अपग्रेड गर्ने कुरामा पनि केही कमी छ । समयमा अपग्रेडका काम हुन सकेनन् । पछिल्लो समय प्राधिकरण आर्थिक रुपमा केही सबल भयो तर ध्यान भने भएभरको स्रोत पूर्ण विद्युतीकरणमा खन्यायो । अहिले सहज ठाउँमा बत्ती बलेकै छ, नबलेका ठाउँमा पु¥याउने भनेर व्यापक काम भयो ।
पूर्वमा मात्रै यो बीचमा १४ अर्ब खर्चेर विद्युतीकरणको काम भएको छ ।

सुदूरपश्चिममा ६ अर्बको विद्युतीकरणको काम चलिरहेको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा एआईबी र ईआइबीको सहयोगमा २७ अर्बजतिको काम भइरहेको छ । हाम्रो प्राथमिकता विद्युतीकरणमा गयो । प्राधिकरणसँग भएका मौजुदा संरचनामा सुधारको काम भएन । समयअनुसार ती संरचनालाई अपग्रेड गर्नैपथ्र्यो । कतिपयलाई अँध्यारोमा राख्ने र अनि कतिपयलाई एकदमै गुणस्तरीय बिजुली दिनुपर्छ भन्ने पनि राम्रो होइन भनेर प्राधिकरणले शतप्रतिशतमा कम्तीमा बिजुली पु¥याउने भनेर काम गरिरहेको हो । सीमित स्रोतका कारण सबैलाई बिजुली दिने र गुणस्तरीय बनाउने योजनामा प्राधिकरणले काम थाल्यो । अब विद्युतीकरणको खरिद कार्य पूरा भएको छ । निर्माण कार्य चलिरहेको छ । अब प्राधिकरणको रणनीति गुणस्तरीय बिजुली दिने नै हो, दिन्छ । प्राधिकरणले अब जम्मा हुने स्रोतबाट आफ्ना ग्राहकलाई भरपर्दो र गुणस्तरीय बिजुली दिन काम गर्छ । अबको प्राधिकरणको रणनीति नै त्यही हो ।

वितरण प्रणालीलाई भरपर्दो बनाउने र ग्रिडलाई आधुनिकीकरण गर्नेतिर प्राधिकरणले काम थालिसकेको छ । स्मार्ट मिटर सुरु भएको छ । उपत्यकाभित्रका दुईवटा वितरण केन्द्रका सबै ग्राहकलाई स्मार्ट मिटर वितरण भएको छ । देशभरिका थ्री फेज मिटरलाई स्मार्ट मिटरमा परिवर्तन गर्ने काम चलिरहेको छ । ती सबै प्राधिकरणका ठूला ग्राहक हुन् । प्राधिकरणले एउटा कोठामा बसेर ती ग्राहकको मिटर हेर्न सक्छ । बिलिङ गर्न सकिन्छ । ती प्राधिकरणको ठूलो आयका स्रोत हुन् । अब मिटर रिडिङमा त्रुटि हुँदैन । यसले मिटर रिडिङबाट हुने चुहावट नियन्त्रणमा सहयोग पुग्छ । विभिन्न किसिमका छुट बिल जारी गर्नुपर्ने अवस्था थियो पहिले । तार छुटेर वा कसैले मिटरमा टेम्परिङ गरेको अवस्थामा छुट बिल जारी गर्नुपर्ने अवस्था थियो । यसले प्राधिकरणको आयमा हुने चुहावटमा पनि नियन्त्रण गर्छ ।
अब प्राधिकरणले काठमाडौं उपत्यकामा बाँकी रहेका ९ वटा वितरण कार्यालयमार्फत पनि स्मार्ट मिटर वितरण हुँदै छ । एसियाली विकास बैक (एडीबी) सहयोगमा कार्यान्वयन निर्देशनालयले स्मार्ट मिटर बदली गर्न करिब ६ लाख स्मार्ट मिटर खरिद तयारी गरेको छ । काठमाडौं उपत्यकामा पूर्ण स्मार्ट मिटर हुन्छ ।

अहिले प्राधिकरणले कोशी र मधेस प्रदेशमा २४ लाख ग्राहकको मिटर स्मार्ट बनाउने पनि तयारी गरेको छ । यसमा नयाँ मोडालिटीमा काम गर्ने तयारी छ । डिजाइन, बिल्ड, फाइनान्स, अपरेट एन्ड ट्रान्सफर्मर मोडलमा काम गर्न लागिएको हो । प्राधिकरणले केही, निर्माण व्यवसायीले केही लगानी त्यसमा गर्छन् । निश्चित समयसम्म सञ्चालन गर्छन् र प्राधिकरणलाई हस्तान्तरण गरेर जान्छन् । त्यसले गर्दा एकैपटक प्राधिकरणले ठूलो लगानी गर्नुपर्दैन । प्रविधिको जोखिम पनि प्राधिकरणले लिइरहनुपर्दैन । ६÷७ वर्षसमम्म उसैले सञ्चालन गर्छ ।

विद्युत् आपूर्तिलाई नियमित बनाउन विश्व बैंकसँग १५० मिलियन अमेरिकी डलरको ऋण सहयोग लिने तयारी छ । ११ केभी फिडरमा स्वीच राख्ने योजना बनेको छ । देशभरिको फिडरमा लोडबेस स्वीचलगायत राख्ने तयारी छ । हरेक फिडरमा स्वीच राख्ने तयारी छ । अब रिमोटले पनि अपरेट गर्न सकिन्छ । अहिलेको समस्या एउटा लाइनमा एउटा ट्रान्सफर्मर बन्द गर्नुप¥यो भने सबस्टेसनबाट त्यो लाइन नै बन्द गर्नुपर्ने अवस्था छ । त्यसले धेरैतिरको बत्ती जान्छ । प्रत्येक फिडरलाई दुईतिरबाट फिड गर्ने र त्यसपछि जुन ट्रान्सफर्मर बन्द गर्ने हो, त्यही लाइन काट्न सकिन्छ । त्यसले अन्त असर गर्दैन । त्यसले गर्दा बत्ती भरपर्दो हुन्छ । एउटा ट्रान्सफर्मरका कारण सम्बन्धित ग्राहक मात्रै प्रभावित हुन्छन् । सबै स्वीच अटोमेसनमा लैजाने तयारी छ । सानातिना कारणले समस्या आउँदैन ।
अहिले प्राधिकरणले नांगो तार खरिद नै रोकेको छ । वितरण प्रणालीमा ११ केभीसम्म कभर भएको कालोतार प्रयोग हुन्छ । हावाहुरी आउँदा लाइन बन्द हुँदैन । पहिले सानोतिनो हावाहुरी पनि लाइन बन्द हुन्थ्यो । अब पानी परे लाइन जाँदैन । पहिले पानी पर्दा लाइन जान्थ्यो । अहिले रातभरि पानी परे पनि जाँदैन । कालो तार प्रयोगका कारण बिजुली नियमित भएको छ ।
३३ केभीमा पनि इन्सुलेटेड केबल राख्ने तयारी छ । जति नयाँ लाइन बनिरहेका छन्, तिनमा इन्सुलेटेड केबल प्रयोग गरिएको छ । नयाँ लाइन गुणस्तरको प्रयोग भएको छ । पुरान लाइन सुदृढ भइरहेका छन् । फिडर आधुनिकीकरणसँगै वितरण लाइन सुदृढीकरण गर्ने तयारी छ । कोसी र मधेस प्रदेशबाहेक जहाँजहाँ विद्युत् आय बढी उठ्छ, त्यस्ता क्षेत्रमा स्मार्ट मिटर प्राथमिकताका साथ प्रयोग गर्दै जाने तयारी छ । लुम्बिनी, भैरहवा, बुटवलतिर स्मार्ट मिटरको तयारी छ । महेन्द्रनगर, धनगढीलगायतमा पनि स्मार्ट मिटरमा काम भइरहेको छ ।
वितरण प्रणालीलाई आधुनिकीकरण गर्ने सिलसिलामा नांगो तारबाट कालो तारतिर गएको प्राधिकरण वितरण प्रणालीलाई भूमिगत गर्ने काम सुरु भएको छ । काठमाडौं उपत्यकामा थप लाइन बनाउन गाह्रो अवस्था छ । काठमाडौं उपत्यकाको सौन्दर्यको कुरा पनि आएकाले पहिलो चरणमा उपत्यकाको वितरण लाइन भूमिगत गरिएको हो । अहिलेसम्म ६००० हजार घरमा भूमिगत प्रणालीबाट बिजुली बाल्न सुरु भएको छ । काठमाडौंका मुख्यमुख्य ठाउँमा सडकबत्तीबाहेक बाँकी पोल देखिँदैन । कालो तार देख्नुपर्दैन । टेलिफोन र इन्टरनेटका तारसमेत देखिँदैनन् । काम हुँदै छ तर जुन गतिमा हुनुपर्ने हो, हुन सकेको छैन । काम योजनाबद्ध भएको छ । सीमित स्रोतका बीच काम गर्नुपर्ने अवस्था छ । त्यसलाई प्रयोग गरेर तीव्र रुपमा काम भइरहेको छ । सुरुमा बत्ती नबलेको ठाउँमा बत्ती बाल्ने एवं त्यसपछि मौजुदा प्रसारण र वितरण प्रणाली आधुनिकीकरण गरेर भरपर्दो र गुणस्तरीय बिजुली दिने हो ।

(सिलवाल नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हुनुहुन्छ ।)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech