विद्युत् प्रणालीमा उत्पादन, प्रसारण र वितरण उत्तिकै महत्वपूर्ण छ । उत्पादित बिजुलीलाई लोड सेन्टरसम्म पु¥याउन प्रसारण लाइन चाहिन्छ भने उपभोक्ताको घरसम्म पु¥याउन वितरण लाइन आवश्यक पर्छ । अहिलेसम्म नेपाल विद्युत् प्राधिकरणले थोक ग्राहकसहित ५९ लाखभन्दा बढी ग्राहकलाई राष्ट्रिय प्रणालीबाट बिजुली पु¥याएको छ । यो आफैंमा ठूलो र महत्वपूर्ण उपलब्धि हो । एउटा संस्थाले देशभरिका ५९ लाख मानिसका घरमा बिजुली पु¥याएर उज्यालो दिनु खुसी र गौरवको विषय हो ।
अहिले विद्युत् प्राधिकरणसँग ३३÷११ किलोभोल्ट (केभी) का १९६ वटा सबस्टेसन सञ्चालनमा छन् । त्यसको कुल क्षमता २६०० एमभीए छ । त्यो भनेको वितरण सबस्टेसन मात्रै हो । काठमाडौंमै भन्ने हो भने सबै ३३÷११ केभीका सबस्टेसन छैनन् । सबै ग्रिड सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको छ । ३३÷११ केभीका ग्रिड सबस्टेसनबाहेक नै १९६ वटा सबस्टेसन छन् ।
प्राधिकरणसँग ३३ केभी क्षमताका लाइन ७ हजार ५७५ किलोमिटर लाइन छ । ११ केभी लाइन ५१ हजार किमी छ र ४००÷२३० भोल्ट लाइन १ लाख ५० हजार किमि छ । यी लाइनबाट प्राधिकरणले ५९ लाखभन्दा बढी सबै खाले ग्राहकलाई विद्युत् दिइरहेको छ । यो प्राधिकरणसँग भएको मौजुदा संरचना हो । यहाँ एउटा प्रश्न उठ्न सक्छ, प्राधिकरणले जुन हिसाबले विद्युतीकरण गरेर बिजुली दिइरहेको छ, ग्राहकले चाहेअनुसारको पाएका छन् कि छैनन् ? बत्तीको गुणस्तर कस्तो छ ? नियमितता कस्तो छ ? यी विषयमा जिज्ञासा हुन सक्छ किनभने प्राधिकरणले देशभरका ५९ लाख ग्राहकमा बिजुली पु¥याएको छ भने ९८ प्रतिशतमा राष्ट्रिय ग्रिडको पहुँच छ ।
हुम्लाबाहेक सबै जिल्लामा राष्ट्रिय ग्रिडबाट बिजुली पुगेको छ । प्राधिकरणले छिट्टै शतप्रतिशत राष्ट्रिय ग्रिडबाट बिजुली पु¥याउने गरी काम गरिरहेको छ । देशभित्र सबैले राष्ट्रिय ग्रिडबाट बिजुली बाल्न पाउनुपर्छ । प्राधिकरणले केही समयमै यो सुनिश्चितता गर्छ । उज्यालो अभियान सञ्चालन गरेर अहिले देशभर प्रसारण र वितरण प्रणालीमा व्यापक काम भएको छ ।
पर्यटकीय सम्भावना बोकेक उच्च हिमाली, मठमन्दिर, गुम्बा सबै ठाउँमा बिजुली पु¥याउने गरी प्राधिकरणले काम गरिरहेको छ । धेरै त्यस्ता महत्वपूर्ण ठाउँमा पु¥याइसकेको छ । उदाहरणका लागि, पछिल्लो समयम गोसाइँकुण्डमा प्राधिकरणले लाइन पु¥याएको छ । यो सामान्य उपलब्धि होइन । अहिले आवश्यकता नियमित र भरपर्दो बिजुली नै हो । ग्राहकले मागेजति परिमाणको बिजुली नियमित र भरपर्दो पाउनैपर्छ । यो ग्राहकको अधिकार हो भने प्राधिकरणको उपलब्ध गराउनुपर्ने जिम्मेवारी हो । मागेजतिको बिजुली आपूर्तिमा कुनै पनि समस्या छैन् । विद्युत् प्राधिकरणले विद्युत् माग गर्ने सबै ग्राहकलाई बिजुली दिएको छ । औद्योगिक ग्राहकलाई समेत मागेको जति लोडको बिजुली दिएको छ । प्राधिकरणले लाइन नजोडिएर, ट्रान्सफर्मर नदिएर, तार नफेरिदिएर लाइन नपाएको गुनासो ग्राहकको छैन । भनेकै दिनमा नपाएको हुन सक्छ तर प्राधिकरणले भनेको भन्दा दुई÷तीन पछिसम्ममा दिएकै छ ।
विद्युत् किन नियमित छैन ? यो प्रश्न उठिरहेको हुन्छ । प्राधिकरणले बारम्बार सामना गरिरहने प्रश्न हो, यो । यसका विभिन्न कारण छन् । पहिलो, प्राधिकरणसँग भएका जे–जति छन्, ती थौरै रकमबाट बनेका धेरै संरचना हुन् । प्राधिकरणले स्रोत सीमितताका कारण कम्प्रमाइज गरेर धेरै संरचना बनाएको छ । बनेका संरचना समयअनुसार अपग्रेड गर्दै लैजानुपर्छ । संरचना अपग्रेड गर्ने कुरामा पनि केही कमी छ । समयमा अपग्रेडका काम हुन सकेनन् । पछिल्लो समय प्राधिकरण आर्थिक रुपमा केही सबल भयो तर ध्यान भने भएभरको स्रोत पूर्ण विद्युतीकरणमा खन्यायो । अहिले सहज ठाउँमा बत्ती बलेकै छ, नबलेका ठाउँमा पु¥याउने भनेर व्यापक काम भयो ।
पूर्वमा मात्रै यो बीचमा १४ अर्ब खर्चेर विद्युतीकरणको काम भएको छ ।
सुदूरपश्चिममा ६ अर्बको विद्युतीकरणको काम चलिरहेको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा एआईबी र ईआइबीको सहयोगमा २७ अर्बजतिको काम भइरहेको छ । हाम्रो प्राथमिकता विद्युतीकरणमा गयो । प्राधिकरणसँग भएका मौजुदा संरचनामा सुधारको काम भएन । समयअनुसार ती संरचनालाई अपग्रेड गर्नैपथ्र्यो । कतिपयलाई अँध्यारोमा राख्ने र अनि कतिपयलाई एकदमै गुणस्तरीय बिजुली दिनुपर्छ भन्ने पनि राम्रो होइन भनेर प्राधिकरणले शतप्रतिशतमा कम्तीमा बिजुली पु¥याउने भनेर काम गरिरहेको हो । सीमित स्रोतका कारण सबैलाई बिजुली दिने र गुणस्तरीय बनाउने योजनामा प्राधिकरणले काम थाल्यो । अब विद्युतीकरणको खरिद कार्य पूरा भएको छ । निर्माण कार्य चलिरहेको छ । अब प्राधिकरणको रणनीति गुणस्तरीय बिजुली दिने नै हो, दिन्छ । प्राधिकरणले अब जम्मा हुने स्रोतबाट आफ्ना ग्राहकलाई भरपर्दो र गुणस्तरीय बिजुली दिन काम गर्छ । अबको प्राधिकरणको रणनीति नै त्यही हो ।
वितरण प्रणालीलाई भरपर्दो बनाउने र ग्रिडलाई आधुनिकीकरण गर्नेतिर प्राधिकरणले काम थालिसकेको छ । स्मार्ट मिटर सुरु भएको छ । उपत्यकाभित्रका दुईवटा वितरण केन्द्रका सबै ग्राहकलाई स्मार्ट मिटर वितरण भएको छ । देशभरिका थ्री फेज मिटरलाई स्मार्ट मिटरमा परिवर्तन गर्ने काम चलिरहेको छ । ती सबै प्राधिकरणका ठूला ग्राहक हुन् । प्राधिकरणले एउटा कोठामा बसेर ती ग्राहकको मिटर हेर्न सक्छ । बिलिङ गर्न सकिन्छ । ती प्राधिकरणको ठूलो आयका स्रोत हुन् । अब मिटर रिडिङमा त्रुटि हुँदैन । यसले मिटर रिडिङबाट हुने चुहावट नियन्त्रणमा सहयोग पुग्छ । विभिन्न किसिमका छुट बिल जारी गर्नुपर्ने अवस्था थियो पहिले । तार छुटेर वा कसैले मिटरमा टेम्परिङ गरेको अवस्थामा छुट बिल जारी गर्नुपर्ने अवस्था थियो । यसले प्राधिकरणको आयमा हुने चुहावटमा पनि नियन्त्रण गर्छ ।
अब प्राधिकरणले काठमाडौं उपत्यकामा बाँकी रहेका ९ वटा वितरण कार्यालयमार्फत पनि स्मार्ट मिटर वितरण हुँदै छ । एसियाली विकास बैक (एडीबी) सहयोगमा कार्यान्वयन निर्देशनालयले स्मार्ट मिटर बदली गर्न करिब ६ लाख स्मार्ट मिटर खरिद तयारी गरेको छ । काठमाडौं उपत्यकामा पूर्ण स्मार्ट मिटर हुन्छ ।
अहिले प्राधिकरणले कोशी र मधेस प्रदेशमा २४ लाख ग्राहकको मिटर स्मार्ट बनाउने पनि तयारी गरेको छ । यसमा नयाँ मोडालिटीमा काम गर्ने तयारी छ । डिजाइन, बिल्ड, फाइनान्स, अपरेट एन्ड ट्रान्सफर्मर मोडलमा काम गर्न लागिएको हो । प्राधिकरणले केही, निर्माण व्यवसायीले केही लगानी त्यसमा गर्छन् । निश्चित समयसम्म सञ्चालन गर्छन् र प्राधिकरणलाई हस्तान्तरण गरेर जान्छन् । त्यसले गर्दा एकैपटक प्राधिकरणले ठूलो लगानी गर्नुपर्दैन । प्रविधिको जोखिम पनि प्राधिकरणले लिइरहनुपर्दैन । ६÷७ वर्षसमम्म उसैले सञ्चालन गर्छ ।
विद्युत् आपूर्तिलाई नियमित बनाउन विश्व बैंकसँग १५० मिलियन अमेरिकी डलरको ऋण सहयोग लिने तयारी छ । ११ केभी फिडरमा स्वीच राख्ने योजना बनेको छ । देशभरिको फिडरमा लोडबेस स्वीचलगायत राख्ने तयारी छ । हरेक फिडरमा स्वीच राख्ने तयारी छ । अब रिमोटले पनि अपरेट गर्न सकिन्छ । अहिलेको समस्या एउटा लाइनमा एउटा ट्रान्सफर्मर बन्द गर्नुप¥यो भने सबस्टेसनबाट त्यो लाइन नै बन्द गर्नुपर्ने अवस्था छ । त्यसले धेरैतिरको बत्ती जान्छ । प्रत्येक फिडरलाई दुईतिरबाट फिड गर्ने र त्यसपछि जुन ट्रान्सफर्मर बन्द गर्ने हो, त्यही लाइन काट्न सकिन्छ । त्यसले अन्त असर गर्दैन । त्यसले गर्दा बत्ती भरपर्दो हुन्छ । एउटा ट्रान्सफर्मरका कारण सम्बन्धित ग्राहक मात्रै प्रभावित हुन्छन् । सबै स्वीच अटोमेसनमा लैजाने तयारी छ । सानातिना कारणले समस्या आउँदैन ।
अहिले प्राधिकरणले नांगो तार खरिद नै रोकेको छ । वितरण प्रणालीमा ११ केभीसम्म कभर भएको कालोतार प्रयोग हुन्छ । हावाहुरी आउँदा लाइन बन्द हुँदैन । पहिले सानोतिनो हावाहुरी पनि लाइन बन्द हुन्थ्यो । अब पानी परे लाइन जाँदैन । पहिले पानी पर्दा लाइन जान्थ्यो । अहिले रातभरि पानी परे पनि जाँदैन । कालो तार प्रयोगका कारण बिजुली नियमित भएको छ ।
३३ केभीमा पनि इन्सुलेटेड केबल राख्ने तयारी छ । जति नयाँ लाइन बनिरहेका छन्, तिनमा इन्सुलेटेड केबल प्रयोग गरिएको छ । नयाँ लाइन गुणस्तरको प्रयोग भएको छ । पुरान लाइन सुदृढ भइरहेका छन् । फिडर आधुनिकीकरणसँगै वितरण लाइन सुदृढीकरण गर्ने तयारी छ । कोसी र मधेस प्रदेशबाहेक जहाँजहाँ विद्युत् आय बढी उठ्छ, त्यस्ता क्षेत्रमा स्मार्ट मिटर प्राथमिकताका साथ प्रयोग गर्दै जाने तयारी छ । लुम्बिनी, भैरहवा, बुटवलतिर स्मार्ट मिटरको तयारी छ । महेन्द्रनगर, धनगढीलगायतमा पनि स्मार्ट मिटरमा काम भइरहेको छ ।
वितरण प्रणालीलाई आधुनिकीकरण गर्ने सिलसिलामा नांगो तारबाट कालो तारतिर गएको प्राधिकरण वितरण प्रणालीलाई भूमिगत गर्ने काम सुरु भएको छ । काठमाडौं उपत्यकामा थप लाइन बनाउन गाह्रो अवस्था छ । काठमाडौं उपत्यकाको सौन्दर्यको कुरा पनि आएकाले पहिलो चरणमा उपत्यकाको वितरण लाइन भूमिगत गरिएको हो । अहिलेसम्म ६००० हजार घरमा भूमिगत प्रणालीबाट बिजुली बाल्न सुरु भएको छ । काठमाडौंका मुख्यमुख्य ठाउँमा सडकबत्तीबाहेक बाँकी पोल देखिँदैन । कालो तार देख्नुपर्दैन । टेलिफोन र इन्टरनेटका तारसमेत देखिँदैनन् । काम हुँदै छ तर जुन गतिमा हुनुपर्ने हो, हुन सकेको छैन । काम योजनाबद्ध भएको छ । सीमित स्रोतका बीच काम गर्नुपर्ने अवस्था छ । त्यसलाई प्रयोग गरेर तीव्र रुपमा काम भइरहेको छ । सुरुमा बत्ती नबलेको ठाउँमा बत्ती बाल्ने एवं त्यसपछि मौजुदा प्रसारण र वितरण प्रणाली आधुनिकीकरण गरेर भरपर्दो र गुणस्तरीय बिजुली दिने हो ।
(सिलवाल नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हुनुहुन्छ ।)