No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

निजी क्षेत्रको परामर्शदाता सेवा : बढ्दो क्षमता र चुनौती

- मणिराज दाहाल

निजी क्षेत्रको परामर्शदाता सेवा : बढ्दो क्षमता र चुनौती

निजी क्षेत्रलाई देशको आर्थिक विकासको मेरुदण्डको रुपमा लिने गरिन्छ । निजी क्षेत्र वा सार्वजनिक । सबैतिर उत्तरदायी र जिम्मेवार परामर्शदाता सेवाको आवश्यकता हिजोभन्दा आज झनै बढेर गएको छ । बुद्धि, विवेक, अनुभव, कला, कौशल, सीप, प्रयोग गरी सर्वेक्षण, डिजाइन, रेखाचित्र निर्माण, लागत–अनुमान तथा कार्यान्वयन योजना बनाउनेजस्ता कामलाई परामर्शदाता सेवा क्षेत्रको चिनारी दिइन्छ ।
परामर्शदाता छनोट प्रक्रियामा साना तथा प्राइभेट संस्थाहरूले आफ्ना नजिक रहेका जानकार प्राप्त प्राविधिक जनशक्तिबाट आर्थिक प्रस्ताव पेस गर्न लगाई छनोट गर्ने गर्छन् । यसैगरी सार्वजनिक संस्थामा प्रायजसो इओआई (Expression of interest)को सूचनाबाट छनोट प्रक्रिया सुरु हुने गरेको छ । इओआईको सूचनामा गर्नुपर्ने कामको स्पष्ट विवरण (Terms of Reference (ToR) मा आवश्यक अनुभव÷क्षमता, जनशक्ति, कहिलेसम्म सक्नुपर्ने, समयसीमा वा तालिका आदिका साथै छनोट प्रक्रियाबारेमा उल्लेख गर्नु पारदर्शिताको उदाहरणको रुपमा लिन सकिन्छ । इओआईमा कुनै आवश्यक कामका लागि सम्बन्धित क्षेत्रका अनुभव भएका र काम गर्न इच्छुक प्राविधिक फर्म अर्थात् फर्मको संयुक्त उपक्रमबाट आफ्ना कामका अनुभव, मानवीय संसाधनबारेमा विवरण राखी निवेदन लिने गरिन्छ । प्राप्त निवेदनमध्ये उपयुक्त ठहर गरिएका फर्मबाट (Prequalification) पूर्वयोग्यता निक्र्योल गरी उत्कृष्ट क्षमता भएका तीन वा तीनभन्दा बढी फर्मलाई छनोट गरिन्छ।

छनोट गरिएका फर्मबाट उक्त कार्यका लागि विस्तृत प्राविधिक तथा आर्थिक प्रस्ताव (Technical and Financial Proposal)ि आह्वान गरिएको हुन्छ । टेक्निकल प्रपोजल (Technical Proposal) मा सम्बन्धित कार्यलाई कसरी सम्पन्न गर्ने, को–को मान्छेले त्यसको अध्ययन अनुसन्धानमा संलग्न हुने वा कसरी गर्ने भन्नेबारेमा विस्तृत विवरण उल्लेख गरिएको हुन्छ । छनोट समितिले उक्त कामका लागि आह्वान गरिएका मध्ये आर्थिक प्रस्ताव हेरेर सबैभन्दा आकर्षण प्रस्ताव लाई आह्वान गरी र सम्झौता गर्ने कामबाट परामर्शदाता छनोटको प्रक्रिया टुंगिन्छ । जहाँसम्म परामर्शदाताको क्षमताको सवाल छ यो निश्चय पनि हिजोभन्दा आज अत्यन्त प्रतिस्पर्धात्मक तथा संवेदनशील र विशेषज्ञ क्षमतायुक्त भएर विकसित भएको अवस्था छ । यसमा मुख्यतया प्राविधिक जनशक्ति अनुभव, पहुँच, कौशल र आर्थिक क्षमताको विकास पनि प्रमुख कारक रहेका छन् ।

जलविद्युत् क्षेत्रमा पनि पछिल्लो दशकमा परामर्शदाताको क्षमता गुणात्मक रुपमा विकास भएको प्रष्ट अनुभव गर्न सकिन्छ । नेपाली प्राविधिकले नै नितान्त नेपालमै डिजाइन, सुपरिवेक्षण, टेस्टिङ आदि गरी आयोजना समयमै सम्पन्न तथा सञ्चालन गर्न महत्वपूर्ण तथा उत्तरदायी भूमिका निर्वाह गरेको उदाहरण प्रशस्त पाइन्छ । एक दशक अघिसम्म हाम्रो जलविद्युत्मा जडित क्षमता हजार मेगावाट हाराहारी मात्रै थियो । आयोजना पनि नितान्त साना अर्थात् एकदेखि दस मेगावाटसम्मका बन्ने गर्थे, जुन प्राविधिक वा आर्थिक हिसाबले सहज, नेपाली प्राविधिक तथा स्थानीय ठेकेदारले गर्न सक्ने थियो । आज त्यो परिमाणमा व्यापक गुणात्मक विकास भएको छ । हिजो १० मेगावाटका प्रोजेक्ट ठूलो साइजको मानिन्थे भने आज आएर ५० र १०० मेगावाटका प्रोजेक्ट नेपाली लगानीकर्ता, नेपाली डिजाइनर र नेपाली बैंकका लागि गर्न सक्ने आयोजनाको रूपमा क्षमता विकास भएको पाउन सकिन्छ ।

हिजो (८०–९० को दशकमा) निश्चय पनि प्राविधिक वा उत्पादन क्षमता या त नेपाल विद्युत् प्राधिकरणसँग जोडिएर आउँथ्यो या बुटवल पावर कम्पनीजस्ता केही संस्थामा नेपाली सीपको विकाससहितको प्राविधिक परामर्शदाता सेवा आन्तरिक तथा सम्बद्ध आयोजनाको खपतको लागि मात्र हुने गर्दथ्यो । हाम्रा विश्वविद्यालयमा पनि केही निश्चित विषयमा मात्र स्नातक अध्ययन नेपालमा हुने गथ्र्यो । प्रायः सम्पूर्ण मानव संसाधन पनि विदेशमा पढेर फर्किएकाबाट हुने अवस्था थियो । ९० दशकतिरको सम्झना गर्न मन लाग्छ, केही कुरो खोज्नुप¥यो भने नेपाल विद्युत् प्राधिकरणको पुस्तकालय वा बीपीसी इन्जिनियरिङ डिभिजनमा पिटरमिलाससँग सोध्न जानुपर्ने अवस्था थियो । पहिले काम गरिसकेका अनुभवी प्राविधिक अभाव थियो ।

निश्चित ठूला आयोजना नेपाल विद्युत् प्राधिकरणबाट बन्थे । विदेशी सहायतासँगै विदेशी परामर्शदातृको पनि संलग्नता हुन्थ्यो र त्यसको अनुभव केही निश्चित संलग्न प्राविधिकसँग मात्र हुन्थ्यो । शैलेजा आचार्य जलस्रोतमन्त्री हुँदा निजी क्षेत्रमा पनि ऊर्जामा संलग्न गराउने नीतिअनुरुप जब हाइड्रोपावर कम्पनी खुले, निजी क्षेत्रले पनि जलविद्युत्मा लगानी गर्ने वातावरण बन्न थाल्यो । त्यससँगै आयोजनाको विकास गर्न चाहिने डिजाइन परामर्शदाता, निर्माणकर्ता र सुपरभिजनकर्ता आदि जनशक्ति तथा फर्मको विकास भएको स्पष्ट देख्न सकिन्छ ।

निजी क्षेत्रको परामर्शदाता सेवाको कुरा गर्दा विभिन्न खाले काम पर्न आउँछन् । जस्तै, सुरुआती चरणमा आयोजना पहिचान गर्ने, फिल्ड भ्रमण गर्ने, संरचनागत विकल्पको अध्ययन गर्ने, सर्वेक्षण गर्ने, जल तथा मौसमसम्बन्धी अध्ययन गर्ने, भौगर्भिक तथा जियो टेक्निकल इन्भेस्टिगेसन गर्ने, प्लानिङ÷डिजाइन गर्ने, ड्रइङ बनाउने, लागत इस्टिमेट तयार गर्ने, आर्थिक तथा वातावरणीय सम्भाव्यता अध्ययन गर्ने, मोडलिङ गर्ने, त्यसको डिपिआर (म्एच्)÷विस्तृत प्रतिवेदन तयार गर्ने, टेन्डर डकुमेन्ट बनाउने, कन्स्ट्रक्सन सुपरभिजन गर्ने आदि सम्पूर्ण परामर्शसम्बन्धी काम एउटै संस्थाबाट समेत हुन थालेको छ । यस बाट के बुझ्न सकिन्छ भने हाम्रो आन्तरिक प्राविधिक सेवाको पनि क्षमता विस्तार भएको छ ।

डिजाइन होस् वा निर्माण सुपरिवेक्षण । टेस्टिङ कमिसनिङ होस् वा निजी जलविद्युत् क्षेत्र । नेपाली प्राविधिकले नै सम्पन्न गरेका आयोजना अहिले देख्न सकिन्छ । बैंकहरूले पनि आफूले लगानी गर्ने भनिएका आयोजनाको प्रस्ताव सघन विश्लेषण गर्न, जोखिम पहिचान गर्न, लागत इस्टिमेटको अनुगमन गर्न, बिल भौचरको भेरिफिकेसन गर्न आदि कामका लागि निजी प्राविधिक परामर्शदाताबाट विशेषज्ञ सेवा लिई हाइड्रो फाइनान्सिङमा समेत सहयोग पुगिराखेको अवस्था छ।

केही आयोजनामा सुरुमै सस्तो मूल्यमा परामर्श सेवा लिने प्रवृत्तिले गर्दा आयोजना निर्माणमा जाने अवस्थामा पछि भेरियसन हुने र सरप्राइजेज आउने, खर्च बढ्ने, समय बढ्ने, अप्टिमाइज नहुने आदि समस्याले आयोजना ग्रस्त भइराखेको महसुस गर्न सकिन्छ । साँच्चै आयोजनालाई राम्रो बनाउने हो भने यसको सुरुआती प्लानिङ र साइट सुहाउँदो डिजाइन राम्रो हुन जरुरी छ । राम्रो प्लानिङ भनेको प्रोजेक्ट ५० प्रतिशत राम्रो हुनु हो ।

डिजाइनका लागि टेस्ट र इन्भेस्टिगेसनको पनि उत्तिकै भूमिका रहन्छ । यसमा सर्भे, डाटा कलेक्सन र इन्भेस्टिगेसनमा जति धेरै लगानी ग¥यो, त्यति नै अनुमान सही हुने हुँदा करोडौं रुपैयाँ लगाएर बनाएका परियोजनाको गुणस्तर विश्वसनीयताको लागि कन्सल्टेन्सी सर्भिसलाई गुणस्तरयुक्त बनाउन जरुरी छ । यसले गर्दा पछि परियोजनामा समस्या आउने, ढिलासुस्ती हुने र खर्च बढ्ने सम्भावना कम हुन्छ ।

नेपालमै विभिन्न प्राइभेट कन्सल्टिङ कम्पनी थुप्रै खुलेका छन् । मिहिनेती नयाँ इन्जिनियरको पनि आगमन भएको छ । तर, क्षमताको गुणात्मक विकासका लागि टिममा अनुभवबाट सिकेर खारिएका व्यक्तित्व रहन आवश्यक छ । यो राम्रो टिमका लागि सबै खाले अनुभव लिएका व्यक्ति भए मात्र गुणस्तरीय परामर्श सेवा दिन सकिन्छ । त्यसका लागि निरन्तर लागिरहनुपर्ने, मानव संसाधनलाई संगठनमा आबद्ध गरिराख्नुपर्ने र सिकाइका अनुभव अर्को प्रोजेक्टमा प्रयोग गर्ने परिपाटी विकसित भए यसलाई क्षमता विकासको मुख्य कसीको रुपमा लिन सकिन्छ ।

कुनै एउटा परामर्शदाताले अध्ययन गरेको प्रतिवेदनलाई प्यानल अफ एक्सपर्ट बनाई या अर्को प्राविधिक कम्पनीलाई रिभ्यू गर्न दिँदा त्यसमा भ्यालु एडिसन हुने, अप्टिमाइज हुने र जोखिम कम हुने हुँदा यस्तो खाले परिपाटी विकसित हुनु जरुरी छ । प्यानल अफ एक्सपोर्टको रुपमा खारिएका पाका इन्जिनियरलाई पुनरवलोकन गर्न दिइए अझ भ्यालुएसन हुने र केही थप नयाँ कुरा त्यसमा प्राप्त हुने सम्भावना रहन्छ । ऊर्जा क्षेत्रमा यो अत्यन्त जरुरी छ किनभने सानो कुनै गल्तीका कारणले आयोजना जोखिममा पर्ने या समयमा नसकिने या खर्च बढ्ने आदि सम्भावना हुने हुँदा प्रोजेक्ट बजेटको सानो हिस्सालाई यसरी विज्ञबाट पुनरवलोकन गर्नमा खर्च गर्न उपयुक्त हुने देखिएको छ।

हाम्रो प्राविधिक क्षमता अहिले डिजाइन, सुपरिवेक्षण र बैंकिङ सुपरिवेक्षणमा विकास भइरहेको अवस्थामा बिमा क्षेत्रमा पनि हाम्रो प्राविधिक विज्ञता र संलग्नता बढाउन जरुरी छ । आयोजना बन्दाबन्दै होस् या बनिसकेपछि । जोखिम पहिचान गर्ने र त्यसैअनुसार मात्र बिमा पोलिसी लिने क्षमता विकास गर्न जरुरी छ । इन्स्योरेन्स कम्पनीमा पनि हाइड्रोपावर जोखिम क्षेत्रका विज्ञ छैनन् । चाहिने पोलिसी आइराखेका छैनन् । हाइड्रोपावरमा स्पेसल पोलिसी चाहिन्छ, जुन जोखिम कभर हुनुपर्ने हो, त्यो भएको छैन । जुन जोखिम कभर भएको छ त्यो जोखिम छैन वा अत्यन्तै न्यून छ ।
यस्तो अवस्थाबाट नेपाली निजी ऊर्जा क्षेत्र अझ प्रभावित हुने भएकाले यसका लागि बिमा क्षेत्रमा पनि प्राविधिक सेवा र क्षमता विस्तार हुनु जरुरी छ ।

बैंकिङ क्षेत्रमा पनि विशेषज्ञ प्राविधिक सेवा लिनेभन्दा आफ्नै केही प्राविधिक कर्मचारी राखेर त्यसबाटै सम्पूर्ण कामकाज र प्राविधिक लेखाजोखा सम्पन्न गर्ने प्रचलन बैंकहरूमा बढ्दै गरेको देखिन्छ । यसो गर्दा आर्थिक रूपले आकर्षण हुने गरेकाले होला, तर प्राविधिक विशेषज्ञ सेवा आवश्यकअनुसार लिनुपर्ने भएकाले बैंकहरूले पनि प्रोजेक्ट फाइनान्सको अलिकति खर्च यसमा बढाउनुपर्ने देखिन्छ ।
डीडीए गर्ने भनेर तीनवटा प्रपोजल माग्यो, सबैभन्दा सस्तो जुन प्रस्ताव आयो, त्यसलाई नै दिन बैंकहरूले पनि उत्प्रेरणा गर्ने हो भने छोटो समयमा यसको वास्तविक लेखाजोखा र रिभ्यु कसरी हुन सक्छ ? एउटा प्रोजेक्ट प्रतिवेदन तयार गर्न वर्षौं लाग्छ । एक महिनामै सबै यसको समीक्षा गर्न, डिटेल हेर्न, इन्डिपेन्डेन्ट रिभ्यू गर्न र त्यो पनि कम्ती खर्चमा सम्पन्न गर्ने प्रावधानबाट गुणस्तरयुक्त फिडब्याक पाउन गाह्रो छ ।

Source: www.cecnepal.com.np

समग्र भन्नुपर्दा नेपाली इन्जिनियर विदेशमा पनि अत्यन्त उच्च क्षमताका साथ काम गरिराखेको र नेपालमा अवसर पाउनासाथ यहाँ फर्केर आउन तयार भएको देख्न सकिन्छ । यस्तो हो भने हामीले हाम्रो प्राविधिक क्षमतालाई विकास गर्न प्राविधिक शक्तिलाई विदेशिनबाट रोक्नुपर्छ त्यहाँ विदेशमा आर्जन गरेका सीपलाई यहाँ प्रयोग गर्न उपयुक्त वातावरण बनाइदिनुपर्छ । वातावरण बनाउने हो भने संसारभरि छरिएर बसेका विशिष्ट क्षमताका इन्जिनियर फर्केर नेपाल आउँछन् । यहाँ विशेष योगदान पु¥याउन सक्छन् ।
प्राइभेट डेभलपरले पनि सस्तोभन्दा क्वालिटीमा प्राथमिकता दिने र कन्सल्टेन्टले पनि क्वान्टिटीभन्दा क्वालिटीमा काम गर्न सक्ने वातावरण दिने हो भने नेपाली निजी प्राविधिक सेवा क्षेत्रको क्षमतामा शंका गर्नुपर्ने ठाउँ छैन । बेलाबेला एकआपसमा अनुभव साटासाट गर्ने, ग्रुपमा काम गर्ने, जोइन्ट भेन्चरमा काम गर्ने हो भने समग्र रुपमा क्षमताको विकास अझ बढी हुन जान्छ । यस्तो वर्किङ कल्चरको नेपालमा विकास हुन जरुरी छ।

अब क्रमशः ठूला आयोजना बन्छन् । त्यसका लागि हाम्रोजस्तो हिमालयन भूगोलमा ठूलाठूला भूमिगत संरचना बनाउनुपर्दछ । प्रतिस्पर्धात्मक वातावरणमा प्राइभेट कन्सल्टेन्टले आफ्नो डेलिभरी दिनुपर्ने हुन्छ । त्यसका लागि कुनै एक दुई विशेषज्ञ व्यक्तिमा मात्र निर्भर भएर सम्भव छैन । प्राविधिक परामर्शदाता फर्मले पनि आफ्नो क्षमता विकास कसरी गर्ने, जनशक्तिलाई ‘रिटेन्सन’ कसरी गर्ने, कसरी विदेशिनबाट रोक्ने या अर्को कम्पनी खोलेर फेरि कन्सल्टिङ नै गर्ने खाले वातावरण किन भयो भन्नेमा थोरै मात्रै ध्यान दिने हो भने सख्यामा भन्दा गुणस्तरयुक्त प्राविधिक क्षमतामा वृद्धि सम्भव छ । यो व्यवसाय एउटा टिमवर्क हो । टिमलाई इन्ट्याक्ट राख्नु, टिमको क्षमता विकास गर्नु र अध्ययन अनुसन्धान जारी राख्ने हो भने प्राविधिक क्षमता विकासमा कुनै पनि समस्या आउँदैन ।
हामीलाई चाहिने प्राविधिक जनशक्ति उत्पादनकै कुरा गर्ने हो भने हाइड्रोपावरलाई आवश्यक पर्ने सबै इन्जिनियरिङ विधामा स्वदेशमै स्नातकोत्तरसम्मकै अध्ययन हुने गरेको छ । पुलचोक क्याम्पसमा मास्टर्स इन हाइड्रोपावर, जियो टेक्निकल, स्ट्रक्चरल, वाटर रिसोर्स इन्जिनियरिङ आदि विषय धेरै वर्षदेखि सञ्चालनमा छन् । दक्ष नेपाली तथा अनुभवी इन्जिनियर र हाल एनटीउनयू नर्वेका प्राध्यापक डा. कृष्णकान्त पन्थीको अथक प्रयासको उपलब्धिस्वरूप भर्खरै नरहेडको आर्थिक सहयोगमा मास्टर्स इन रक एन्ड टनेल इन्जिनियरिङ (ःबकतभचक ष्ल च्यअप बलम त्गललभ िभ्लनष्लभभचष्लन) जस्तो नेपालका लागि अत्यन्त उपयोगी र विशेषज्ञ लेभलको स्नातकोत्तर पढाइसमेत त्रिभुवन विश्वविद्याालयअन्तर्गत पोखरामै भइरहेको विषय हाम्रो प्राविधिक क्षमता विकासको शुभ संकेतकै उदाहरणको रूपमा लिन सकिन्छ । हाम्रो शैक्षिक संस्थाका पाठ्यक्रममा पनि जलविद्युत् क्षेत्रसँग आवश्यक प्राविधिक सेवाको प्राक्टिकल ज्ञानको विषय जोडिनु आवश्यक छ । साथै, अनुसन्धान तथा खोज पनि हाम्रा आवश्यकता तथा चुनौतीमा केन्द्रित हुनु जरुरी छ ।

नेपालका इन्जिनियर इमानदार र मिहिनेती छन्, पढाइमा अब्बल र सशक्त छन् । उनीहरूले मौका पाए जतिसुकै अप्ठ्यारा काम पनि फत्ते गर्न सक्छन् । त्यसका लागि निजी जलविद्युत् उत्पादकले अब स्वामित्व साझेदारीमा पनि हातेमालो गर्नु जरुरी छ । प्राविधिक क्षमताका साथै आर्थिक क्षमता विकासका लागि पनि ध्यान दिने हो भने नेपाली इन्जिनियर प्रगतिको संवाहक या सहयात्री हुन सक्छन् । यसमा निजी जलविद्युत् उत्पादकले प्राविधिकको क्षमता, इमानदारी, दक्षता र क्वालिटी डेलिभरीमा शंका गर्नुपर्ने जरुरत छैन ।
एकातिर हामी प्राकृतिक प्रकोपको चपेटामा छौं भने अर्कोतर्फ उत्पादन र खपतको प्रक्षेपण नमिल्दा हाम्रो प्राकृतिक सम्पदाको अधिकतम उपयोग गर्न नसकिरहेको अवस्था छ । बजार खुला नहुँदा वास्तविक क्षमताको सट्टा क्यू४०% जस्ता नीतिका आधारमा हाम्रा अध्ययन छोटो समयका निम्ति मात्र उपयुक्त हुने र भविष्यका लागि प्रतियुत्पादक हुने भएकाले यस्ता प्रावधान कसरी हटाउन सकिन्छ भने विचार विमर्श हुनु जरुरी छ । नत्र भावी सन्ततिले हामीलाई धिक्कार्ने छन्। नियमन निकाय÷डिओइडीले पनि अध्ययन तथा निर्माण गुणस्तरको सुपरिवेक्षण अझ सशक्त ढंगले गर्ने हो भने राम्रा आयोजना बन्ने निश्चित छ ।
जलवायु परिवर्तनको असरले प्राकृतिक प्रकोपको घटनाहरू बढ्दो अवस्थामा पाइएकोले र त्यसबाट हाइड्रोपावरमा पर्न सक्ने क्षतिको पूर्वआकलन र मूल्यांकन गरी डिजाइन वा प्लानिङको बेलामै उपयुक्त प्रावधान राख्न सकिए भोलि सञ्चालनमा आउँदा अझै सहज रूपमा सम्हाल्न सकिने हुन्छ। आयोजना मर्मतसम्भार क्षेत्र र जोखिम न्यूनीकरणसम्बन्धी व्यवस्था सम्बन्धमा व्यापक अध्ययन अनुसन्धान हुनु जरुरी छ । यसका साथै जलवायु सिर्जित अवस्था(ऋष्mिबतभ क्तचभकक)का लागि आवश्यक व्यवस्था गर्न, हाम्रा गाइडलाइन र कोडमा पनि समयसापेक्ष रुपमा परिवर्तन गर्नु जरुरी छ । छरिएर रहेका प्राविधिक विशेषज्ञको प्यानल अफ एक्सपर्ट बनाई माथि उल्लिखित विषयमा छलफल, विचार विमर्श गरी समयसापेक्ष परिमार्जन गर्न सके प्राविधिक परामर्श सेवाक्षेत्रको गुणस्तर सुधार कायम हुने सुनिश्चित छ ।

(दाहाल क्लिन इनर्जी कन्सल्टेन्ट्स प्रालिका अध्यक्ष हुनुहुन्छ)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

विद्युत् उत्पादनमा निजी क्षेत्रको छलाङ

विद्युत् उत्पादनमा निजी क्षेत्रको छलाङ

June 2, 2025
अर्थतन्त्रमा ऊर्जाको योगदान र निजी क्षेत्रका मुद्दा

अर्थतन्त्रमा ऊर्जाको योगदान र निजी क्षेत्रका मुद्दा

June 2, 2025
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024
IPPAN Newsletter March 2022

IPPAN Newsletter March 2022

March 27, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech