No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

ऊर्जामा बिमाको अवसर र चुनौती

- नरेश श्रेष्ठ

ऊर्जामा बिमाको अवसर र चुनौती

ऊर्जाबिनाको संसार आजको दिनमा कल्पना गर्न सकिँदैन । विश्व नै ऊर्जाको भरमा चलिराखेको वर्तमान अवस्थामा बिमा उद्योगले ऊर्जामा अवसर नदेख्ने कुरै भएन । बिमा उद्योगका लागि ऊर्जामा के–कति अवसर छ भन्नेबारेमा हामीले अनुमान लगाउनुभन्दा पनि तथ्यांकबाटै हेर्दा अझ स्पष्ट हुन्छ ।

विद्युत् विकास विभागको तथ्यांकको आधारमा ऊर्जालाई नजिकबाट नियाल्दा हाल १६३ वटा जलविद्युतबाट ३०५० मेगावाट र २१ वटा सौर्य आयोजनाबाट १०७ मेगावाट बिजुली उत्पादन भइराखेको छ भने निर्माण स्वीकृत प्राप्त १०,१६० मेगावाट क्षमताका २५९ जलविद्युत् र ७७ मेगावाट क्षमताका ९ वटा सौर्य आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये कतिपय आयोजनाले निकट भविष्यमै निर्माण सम्पन्न गरी व्यावसायिक उत्पादन थाल्नेछ ।

त्यस्तै, सर्वेक्षण कार्यसकेका ११,२१४ मेगावाट क्षमताका ७७ वटा जलविद्युत् र ५० मेगावाट क्षमताका ९ वटा सौर्य आयोजना निर्माण स्वीकृति पर्खेर बसिराखेका छन् भने सर्वेक्षण अनुमति प्राप्त गरिसकेका ८,१०५ मेगावाट क्षमताका ९३ वटा जलविद्युत््् र ७१७ मेगावाट क्षमताका ३५ वटा सौर्य आयोजना सर्वेक्षण कार्य अगाडि बढाउन तयारी अवस्थामा छन् । यसैगरी ८१८६ मेगावाट क्षमताका ८७ वटा जलविद्युत् र ६६८ मेगावाट क्षमताका २७ वटा सौर्य आयोजनाले आवेदन दिएर सर्वेक्षण गर्ने स्वीकृति पर्खिरहेको अवस्था छ ।

अवसर

माथि चर्चा गरिएका विभिन्न पाँचै चरणमा रहेका आयोजनाको कुल क्षमताअनुसार हालसम्म ४२, ३३४ मेगावाटको ७८० वटा आयोजनाको आवेदन आइसकेको तथ्यांकले देखाउँछ । यसबाट नेपालले लिएको सन् २०३५ सम्ममा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सजिलै हासिल गर्न सकिने देखिन्छ । हुन त, ऊर्जामा सबै क्षेत्रका लागि अवसर छ तर बिमाका लागि अलि फरक अथवा विशेष खाले अवसर छ । अरु कुनै पनि क्षेत्रले ऊर्जा उद्योगबाट लाभ लिन नगद लगानी वा वस्तु बिक्री गर्नुपर्छ भने बिमा क्षेत्रले जोखिम व्यवस्थापन गरेको भरमा राम्रै लाभ लिन सक्छ र लिइराखेको पनि छ । ऊर्जा उद्योगका लागि नगद र वस्तुजस्तै बिमा पनि अनिवार्य छ ।

ऊर्जामा आजको दिनमा उत्पादनमा आइसकेका र निमार्ण स्वीकृति प्राप्त गरी धमाधम निर्माण प्रक्रियामा रहेका आयोजनामा लगभग १३ खर्ब रुपैयाँ लगानी भइसकेको देखिन्छ । अबको पाँच वर्षपछि करिब १५००० मेगावाट क्षमताको आयोजना सम्पन्न भई उत्पादनमा आइसक्नेछ, जसको लागत करिब ३० खर्ब पुग्नेछ । दस वर्षपछि थप १५००० मेगावाटका आयोजना सम्पन्न भई कुल ३०००० मेगावाट बिजुली सजिलै उत्पादन भइसक्ने देखिन्छ । यसको लागत ६० खर्ब रुरुपैयाँभन्दा माथि पुगिसक्ने तथ्यांकले देखाउँछ । किनभने, आजको दिनमा निर्माण प्रक्रियामा रहेबाहेक पनि २८,९४० मेगावाट क्षमताका ३२८ वटा आयोजनाले आवेदन दिएर उत्पादन प्रक्रियाको विभिन्न चरणमा बसिरहेका छन् ।

अब यसबाट बिमाले कति बिमाशुल्क आर्जन गर्नेछ ? नेपाल बिमा प्राधिकरणले ऊर्जाका लागि कायम गरेको दररेटअनुसार सम्पत्ति, मेसिनरी तथा लस अफ प्रोफिटसहितको बिमा गर्दा वार्षिक सालाखाला ०.५ प्रतिशत लाग्छ भने निर्माण अवधिको बिमाशुल्क पनि वार्षिक सालाखाला ०.५ प्रतिशत नै लाग्छ । यही दरबमोजिम आजको दिनमा बिमाले ऊर्जाबाट वार्षिक ३.५ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरिरेको छ । आगामी पाँच वर्षभित्र बिमाले ऊर्जाबाट करिब १० अर्ब थप भई १३ अर्ब बिमाशुल्क आम्दानी गर्नेछ भने दस वर्षभित्र करिब त्यसमा पनि ११ अर्ब थप भई कुल २४ अर्ब रुपैयाँ बिमाशुल्क ऊर्जाबाट मात्रै गर्नेछ ।

यसलाई बिमामा ऊर्जाको योगदानको हिसाबमा हेर्ने हो भने अहिले कुल बिमाशुल्कको ८ प्रतिशतको योगदान छ भने पाँच वर्षभित्र २३ प्रतिशतको हुनेछ । दस वर्षभित्र बिमामा ऊर्जा उद्योगको मात्रै ३० प्रतिशतको योगदान रहने स्पष्ट छ । त्यस कारण बिमाका लागि सबैभन्दा ठूलो अवसर भनेको ऊर्जामै छ । नेपालको ऊर्जामा आप्mनो देशले मात्र नभई छिमेकी राष्ट्रले समेत अवसर देखिराखेको आजको अवस्थामा नेपालकै बिमा उद्योगले अवसर नदेख्ने त कुरै भएन ।

यी त भए ऊर्जामा बिमाका लागि प्रत्यक्ष अवसर । अब अप्रत्यक्ष अवसरबारेमा चर्चा गरौं । ऊर्जाबाट बिमाले प्रत्यक्ष मात्र नभई अप्रत्यक्ष अवसर पनि प्राप्त गर्न सक्छ र गरिरहेको पनि छ । विश्व बजारका लागि नेपालको बिमा बजार आजका दिनमा त्यति ठूलो मान्न सकिँदैन । त्यसकारण विश्वका ठूला पुनर्बिमा कम्पनी नेपालमा आकर्षित भइराखेको अवस्था छैन । अबको पाँच÷दसभित्र ऊर्जाको उलेख्य बिमाशुल्क थपिएपछि नेपालको बिमा बजारले विश्व बजारलाई लोभ्याउन सक्ने सम्भावना भएकोले नेपालमा विश्वका उत्कृष्ट (ुए’ रेट प्राप्त) पुनर्बिमा कम्पनी आकर्षित हुने सम्भावना प्रशस्तै छ । यसरी ‘ए’ रेट प्राप्त पुनर्बिमा कम्पनी आकर्षित भएको खण्डमा नेपालका बिमा उद्योगलाई हाल जटिल बनिरहेको हवाईजहाज तथा लघुबिमा (पशुपक्षी एवं बालीनाली बिमा) समेत सहज बन्नेछ । साथै, नेपालका बिमा कम्पनीहरुले विदेशी पुनर्बिमकबाट प्राप्त सेवा सुविधामा समेत बार्गेनिङ गर्ने सक्ने अवसर प्राप्त हुनेछ ।

बिमाका लागि अर्को अप्रत्यक्ष अवसर भनेको पुँजीगत लगानी पनि हो । बिमा उद्योगमा ऊर्जाबाट राम्रो आम्दानी हुने भएकोले लगानीयोग्य कोष पनि बलियो हुने र छोटो तथा लामो अवधिका लागि ऊर्जाकै इक्विटीमा लगानी गर्ने राम्रै अवसर प्राप्त हुनेछ । त्यसकारण ऊर्जामा बिमाका लागि प्रत्यक्ष र अप्रत्यक्ष धेरै अवसर देख्न सकिन्छ ।

चुनौती

बिमाको दृष्टिबाट नेपालको ऊर्जा उद्योगलाई हेर्दा अवसर मात्र देखिरहेको भने पक्कै छैन । यसमा अनेक चुनौतीको सामना गर्नैपर्ने अवस्था छ । अवसरबारे हामीले चर्चा गरिसक्यौं । अब ऊर्जाभित्र बिमालाई के–कस्ता चुनौती छन्, गहन तवरले हेरौं ।
नेपालमा प्रत्येक ४÷५ वर्षको अन्तरालमा अत्यधिक वर्षा हुने गरेको विगतले देखाइरहेको छ । सोही कारण ठूलाठूला बाढीपहिरोले धेरै वटा जलविद्युत््् आयोजनामा क्षति भइरहेको छ । यो क्रम भविष्यमा निरन्तर नहोला भन्न सकिँदैन । त्यस्तै, भूगोलका दृष्टिबाट हेर्ने हो भने नेपाल ुप्राकृतिक प्रकोप’ क्षेत्रभित्र पर्दछ । विश्व बिमा बजारबाट नियाल्दा नेपालका सम्पूर्ण आयोजना प्राकृतिक प्रकोप क्षेत्रभित्र पर्दछन् । जलविद्युत््् उद्योगसँंग खोलामा लगानी गर्नुबाहेक अरु विकल्प छैन । खोलामा भएका आयोजनालाई बाढीपहिरोको जोखिम हुन्छ नै, त्यहाँमाथि प्राकृतिक विपद् क्षेत्रमा परेको भूभाग भएकाले यहाँ सधंैभरलाई भूकम्पको जोखिम पनि छ । बाढीपहिरो तथा भूकम्पका कारण धेरै क्षति हुने र भय पनि रहेकोे हुँदा बिमालाई ऊर्जाबाट निकै ठूलो चुनौती छ । बिमाले ऊर्जाबाट ४÷५ वर्ष लागाएर गरेको आम्दानी एकपटकको दाबी फछ्र्यौट गर्नलाई पनि नपुग्ने हुन सक्छ ।

बिमालाई ऊर्जा उद्योगमा रहेको चुनौती सम्पत्ति बिमामा मात्र सीमित छैन, आम्दानीमा हुने क्षति (लस अफ प्रफिट) तथा मेसिनरी बिमामा पनि उत्तिक्कै छ । बिमालेखको दायरामा परेका कुनै पनि जोखिमको कारण आयोजना बन्द भएको खण्डमा आम्दानीमा हुने क्षतिको दायित्वसमेत बिमालाई पर्दछ । विगत केही वर्षको प्रवृत्ति हेर्ने हो भने सम्पत्तिको क्षतिभन्दा पनि आम्दानीमा भएको क्षतिको दाबी धेरै परेको देखिन्छ । यसबाट बिमा कम्पनी थप अत्तालिएको देखिन्छ ।

बिमाले ऊर्जामा रहेको चुनौती केलाउँदै गर्दा ऊर्जा व्यवसायीले सकेसम्म थोरै प्रिमियम तिरेर बिमालेख लिने प्रवृत्तिलाई पनि बिर्सिनुहुँदैन । बिमालेख खरिद गर्दा आयोजनाको सुरक्षालाई ध्यान दिनुभन्दा पनि प्रिमियम बचाउनेतिर बढी ध्यान दिने गरेको प्रशस्त उदाहरण छन् । यसबाट बिमालाई एक्कैचोटि दुईटा चुनौती थपिन्छ । एक त बिमा कम्पनीको आम्दानी घट्यो भने अर्कोतर्फ यदि दाबी परिहाल्यो भने आफूले चाहेर पनि नोक्सानी भएबमोजिमको दाबी भुुक्तानी दिन सकिँदैन । जसले गर्दा बिमा उद्योगप्रति थप वितृष्णा पैदा हुन सक्छ । अहिले त्यस्तै भइरहेको छ ।

ऊर्जा मात्र होइन, कुनै पनि उद्योगमा दैवीविपत्ति आइलाग्यो भने त्यसलाई जोगाउन सक्ने क्षमता अरु कसैसँंग हुँदैन । बिमा कम्पनीसँंग मात्र हुन्छ । त्यही बिमासँंग कारेबार गर्दा एकदमै हल्का तरिकाले गर्ने गरेको पाइन्छ । बिमाले एकथरी भनिरहेको हुन्छ तर, ऊर्जा क्षेत्रले बिमाको कुरा पट्टक्कै सुन्दैन । बैंक कारोबारसँंग मिल्दो बिमालेख लिएर काम टालटुल गर्दा बिमा दाबीमा जटिल समस्या आइरहेको छ । हो, यही नै बिमालाई ऊर्जामा रहेको सबैभन्दा ठूलो चुनौती । वास्तविक सम्पत्ति र बैंक कारोबार भनेको एकदमै फरक हो भन्ने कुरा बिमा कम्पनीले बिमालेख लिने बेला सम्झाउन खोजेको हुन्छ तर, ऊर्जा उद्योगमा धेरैले यो कुरा मान्दैन । जब दाबी पर्छ अनि बिमाले वास्तविक सम्पत्ति, वास्तविक नोक्सानी र वास्तविक दायित्वको हिसाब देखाउँछ ।

ऊर्जा उद्योगले बिमासम्बन्धी प्राविधिकको सल्लाह नलिनु पनि अर्को चुनौती हो । कुनै पनि आयोजना निर्माण गर्दा सुरुदेखि अन्त्यसम्म सम्पूर्ण कार्यका लागि सम्बन्धित प्राविधिक अनिवार्य गरेको छ । छिमेकी भारतमा धेरै पहिलेदेखि नै संस्थागत बिमालेख प्राविधिक नराखी संस्था आफंैले बिमा कम्पनीबाट सीधै खरिद गर्न बन्देज लगाएको छ । यसो गर्दा सुरुमा अलिकति अप्ठेरो महसुस भए पनि बिमाबाट नोक्सानी बमोजिमको दाबी आउन थालेपछि सबैले राम्रो अनुभव गरिरहेका छन् । नेपालमा ऊर्जा उद्योगले सम्पत्ति बिमा गराउँदा प्राविधिकको सल्लाह लिने गरेको शून्य बराबर नै छ । ऊर्जा उद्योगी आफैं बिमासम्बन्धी अनुभवी भएको भ्रम पालेर बसेको अवस्था पनि छ, जसले गर्दा बिमाले चाहेर पनि केही गर्न सकिरहेको छैन ।

समग्रमा ऊर्जालाई बिमाको दृष्टिकोणबाट हेर्दा नियमितताको भारी वर्षा र भूकम्पको चुनौती सधंैका लागि छ । मेसिनरी तथा आम्दानीमा भएको क्षतिको जोखिमसम्बन्धी चुनौती दिनप्रतिदिन बढिरहेको छ । यस्ता सबै चुनौती सामना गर्न बिमा कम्पनी तयार छन् । तर, ऊर्जा उद्योगलाई बिमा कम्पनीले आपूmले चाहेर पनि क्षतिबमोजमको क्षतिपूर्ति दिन नसक्नु ठूलो चुनौती अद्यापि छ ।

बिमा कम्पनीले बिमालेख बिक्री गर्दा दाबीको समयमा आप्mना ग्राहकलाई मर्का नपरोस् भन्ने सोचले धेरै किसिमले सम्झाउने प्रयास गरेको हुन्छ । तर, ऊर्जा उद्योगीको अनुभवको अगाडि कसैको केही लाग्दैन । बिमालेख खरिद गर्दा आप्mनै भनाइ र अनुभव दोहो¥याइरहन्छन् । बिमालेख खरिद गर्ने प्रचलनमा परिवर्तन आउँदैन, जस कारण बिमा कम्पनी पनि दाबी भुक्तानी दिने बेला कहिल्यै परिवर्तन हुन सकिरहेको छैन । पहिलाकै प्रचलन बमोजिम दाबी फछ्र्यौट गर्नैपर्ने बाध्यात्मक अवस्था हटाउनै नसकेको चुनौती छ ।
त्यसकारण ऊर्जामा बिमाका लागि अवसर भएर पनि ती अवसरलाई विभिन्न प्रकारका चुनौतीले घेरेर राखेको स्पष्ट देख्न सकिन्छ । बिमा कम्पनीले परेका बेला सहयोग गर्छु अथवा नोक्सोनी बमोजिम क्षतिपूर्ति दिन्छु भनेरै स्थापना भएका हुन् । प्रक्रिया नपुगेको तथा बिमा दायित्वमा नपरेको क्षतिको क्षतिपूर्ति दिए नियामक तथा पुनर्बिमकबाट अप्ठ्यारोमा पर्न सक्ने भएकाले बिमाले चाहेर पनि क्षतिपूर्ति दिन सक्दैन । ऊर्जा उद्योगको बिमालाई सम्बन्धित प्राविधिकको रेखदेखमा राख्न सके मात्र बिमा कम्पनीका लागि धेरै चुनौती हटेर जानेछ । ऊर्जा क्षेत्रले पनि बिमाबाट राम्रै भरोसा पाउने निश्चित छ । त्यसपछि बल्ल ऊर्जा र बिमा दुवैले एकअर्कामा अवसर मात्र देख्नेछन् ।

(श्रेष्ठ एवान रि–इन्स्योरेन्स ब्रोकरका नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ।)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech