नेपालमा जनसंख्या वृद्धिसँगै आर्थिक विकास हुनु जरुरी थियो । तर, अपार साधन–स्रोत हुँदाहुँदै पनि आर्थिक विकास कठिन भयो । त्यसमा पुँजीको कमीसँगै प्राविधिक क्षमताको न्यूनता मूल कारण बन्यो । त्यो कमीले चाहेको विकास कार्य गर्न सकिएन । विद्युत् शक्ति आपूर्ति कमीले विकासको काममा पनि केही नयाँ उद्योगको विकासमा प्रगति गर्न सकिएको थिएन । विद्युत् उत्पादनको कमीले विद्युत् भार कटौतीको समय पनि विस्तारै बढ्दै गयो । नेपालमा आर्थिक स्रोतको कमी र प्राविधिक क्षमताको सीमितताले पनि थप विद्युत् उत्पादनमा प्रगति हुन सकेन । निर्माण उपकरणको कमीले पनि यस क्षेत्रमा विकासको थालनीमा कमी र कमजोरी देखियो ।
जलविद्युत् उत्पादनमा सरकारले चाहेर पनि थप केही गर्न सकेन । स्वदेशी क्षमता नभएकाले विदेशीको आर्थिक एवं प्राविधिक सहयोग प्राप्त गरी जलविद्युत् उत्पादन गर्दै आएको थियो । जलविद्युत्् निर्माण कार्यमा धेरै अवधि र आर्थिक स्रोत लाग्ने गर्दछ । समयान्तरमा यो सहयोग र ऋण प्राप्तिमा सुस्तता आयो । विद्युत्् आपूर्तिमा निकै कमी हुँदै आएपछि विद्युत् भार कटौतीको समयावधि पनि वृद्धि हुँदै गयो । निरन्तर वृद्धि भइरहेका विद्युत् आपूर्तिमा आएको कमीले विकासको कार्यमा नकारात्मक प्रभाव पर्दै गयो । विद्युत् आपूर्तिमा निकै कम हुँदै आएपछि लोडसेडिङ वृद्धि हुँदै गयो । समयावधि पनि निरन्तर वृद्धि भइरहेको थियो ।
छोटो समयमा परिवर्तन भइरहने सरकारमा एउटा समय यस्तो पनि आयो– अब त नेपालमा स्वदेशी वा विदेशी सरकारी वा जनसहभागिताको लगानीमा जलविद्युत्् उत्पादन गर्न विद्युत् ऐन तथा नीति तर्जुमा गर्ने सोच पलायो । विधेयक पनि तर्जुमा गरियो । निजीकरण नीति र ऐनमा टेकेर नेपाल विद्युत् प्राधिकरणबाट अध्ययन गरिएको आयोजनामा धमाधम सरकारले निजी क्षेत्रलाई हस्तान्तरण गर्न थाल्यो । विद्युत् प्राधिकरणले डलरमा विद्युत् खरिद गर्नुपर्ने सम्झौता हुन थाले । नेपाली मुद्राको अवमूल्यनले विद्युत् दर बढ्न थाल्यो र नेपाल विद्युत् प्राधिकरणको आर्थिक स्तर गिर्दो अवस्था सिर्जना हुँदै आयो । यसरी विदेशी लगानीमा उत्पादन भएको विद्युत् नेपाललाई महँगो हुँदै आयो । नेपाल विद्युत् प्राधिकरणले थेग्न सक्ने त कुरै भएन । घाटा झन बढ्दै गयो ।
विस्तारै नेपाल विद्युत् प्राधिकरणको आर्थिक क्षमतामा ह्रास हुँदै गयो र लोडसेडिङको समय पनि लम्बिदै दैनिक १८ घण्टा पुग्ने भयो । यही परिस्थितिलाई दृष्टिगत गर्दै नेपाल विद्युत् प्राधिकरणले पनि विद्युत् सर्भेक्षण र उत्पादन अनुमतिपत्र प्राप्त गर्न सरकार समक्ष निवेदन दर्ता ग¥यो । आर्थिक स्रोत जुटाउन र प्राविधिक क्षमताको उपयोग गर्ने उद्देश्यले सरकारले चालेको जलविद्युत्मा निजीकरण नीतिको सदुपयोग गर्दै चिलिमे जलविद्युत् कम्पनी स्थापना भयो । चिलिमले जलविद्युत् निर्माण चुनौतीविहीन थिएन तर सहज तवरले सामना गर्न सफल भयो । चिलिमे जलविद्युत् क्षेत्रमा अब्बल सफल उदाहरण समेत बन्न गयो।
यो कम्पनिले निम्नअनुसारका प्रमुख उद्देश्य तर्जुमा ग¥यो
१. नेपाली आर्थिक स्रोतको परिचालन
२. नेपाली प्राविधिक क्षमताको सक्दो उपयोग गर्ने ।
३. नेपाली मुद्रामा विद्युत् खरिद बिक्री गर्ने
४. सर्वसाधारण जनताको लगानी परिचालन गर्ने ।
५. नेपाली वित्तीय स्रोतका माग उपयोग गर्ने
६. सस्तोमा विद्युत् खरिद दर कायम गर्ने
७. लोडसेडिङमा कमी ल्याउने
८. लगानीकर्तालाई आकर्षक मुनाफा प्रदान गर्ने ।
यी महत्वपूर्ण उदेश्य पूर्ति गर्ने अवधारणा तयार गरी आर्थिक वर्ष २०५८ मा चिलिम जलविद्युत् कम्पनीको स्थापना गरिएको हो । आयोजनाका सकारात्मक पक्ष विस्तार हुँदै आएको निजी क्षेत्रको विस्तार र वृद्धिले लोडसेडिङ क्रमशः कम हुँदै गएर निर्मूल भयो । अहिले त सरकारी क्षेत्रबाट उत्पादन भएभन्दा निजी क्षेत्रको योगदान बढ्दै गएको छ । स–साना परियोजना हुँदै ठूला योजना बढ्दै गएको सुखद् अवस्था छ । डलरमा विद्युत् खरिद गर्नुको सट्टा नेपाली मुद्रामा विद्युत् खरिद गर्ने कार्य बढदै गएको छ । स्थानीय जनताको सहभागिता र लगानी बढ्दै गएको छ । वातावरणको सुरक्षा र देशको माटो सुहाउँदो प्राविधिक डिजाइन हुँदै गएको छ । सम्पूर्ण देशको जलस्रोतको अध्ययन विस्तार र विकास हुँदै अगाडि बढिरहेको छ । सरकारी निकायको इमानदारी र सहयोग प्रदान भएमा साना ठूला जलविद्युत्को विकास भई देश विद्युत्मा आत्मनिर्भर हुने आधार तयार भएको छ ।
(डा. नेपाली चिलिमे जलविद्युत् कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ)