No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

स्थानीय अर्थतन्त्रमा जलविद्युतकाे योगदान

- नवीनराज सिंह

स्थानीय अर्थतन्त्रमा जलविद्युतकाे योगदान

नेपाली अर्थतन्त्रमा ऊर्जा उदीयमान क्षेत्रमा विस्तार भइरहेको छ । त्यसमा पनि जलविद्युत् क्षेत्रको विस्तार उत्साहजनक देखिन्छ । नेपालमा पहिलोपटक वि.सं. १९६८ मै जलविद्युत् परियोजना बनेको थियो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा काठमाडौं उपत्यकाको दक्षिण पश्चिम क्षेत्रमा ५०० किलोवाटको ‘फर्पिङ जलविद्युत् परियोजना’ निर्माण गरिएको थियो । त्यो नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत््् परियोजना थियो । यसरी एक शताब्ती पहिला नै जलविद्युत् निर्माण भए पनि नेपालले लामो समयसम्म यस क्षेत्रको विकास गर्न सकेन । तर, पछिल्लो समय यस क्षेत्रको विकास निकै उत्साहजनक छ । अहिले ऊर्जा क्षेत्र नेपाली अर्थतन्त्र विकासमा ठूलो आधारशिलाको रुपमा विकसित भएको देखिन्छ ।

विद्युत् विकास विभागबाट हालसम्म १० हजार १७२ मेगावाटका १८२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन (निर्माण) को अनुमति लिएका छन् । यसैगरी ११ हजार २१८ मेगावाटका ७८ परियोजनाले विद्युत् उत्पादनको अनुमति माग्दै विभागमा आवेदन दिइसकेका छन् । अहिले ८ हजार ९८ मेगावाटका १०५ वटा आयोजनाले सर्भे लाइसेन्स लिएर आयोजनाको अध्ययन गरिरहेका छन् । ३ हजार ४७७ मेगावाटका १३१ आयोजनाले सर्भे लाइसेन्सका लागि आवेदन दिएका छन् । यसमा सोलार प्लान्ट र लगानी बोर्डबाट अघि बढेका परियोजना भने समावेश गरिएको छैन । हालसम्म आउँदा झन्डै ३४ सय मेगावाट हाराहारीका परियोजना सञ्चालनमा आइसकेका छन् । आफैंमा यो कम भए पनि पछिल्लो समय विद्युतकाे जडित क्षमता बढ्दै गएको छ ।

नेपाल जलस्रोतको धनी देश हो । त्यसमाथि पनि यहाँको भूगोल भिरालो (पहाडी) हुँदा पानीलाई निश्चित उचाइबाट खसालेर त्यसबाटै ‘टर्बाइन’ घुमाएर विद्युत् निकाल्न सकिन्छ । सोही कारण नेपालमा जलविद्युत्््को सम्भावना उच्च छ । नेपालमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने यसअघिकै अध्ययनले देखाएको छ । त्योभन्दा पनि बढी विद्युत्् उत्पादन गर्न सकिन्छ कि भन्ने विषयमा पनि अध्ययन भइरहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार आव २०७५/७६ मा ऊर्जा (विद्युत् तथा ग्यास) क्षेत्रको आर्थिक वृद्धिदर ९.६१ प्रतिशत थियो । त्यसपछि आव २०७६/७७ मा त्यो १९.५१ प्रतिशत पुग्यो । तर, आव २०७७/७८ मा कोरोना संक्रमण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण त्यो ४.१८ प्रतिशतमा सीमित भयो । त्यसपछि फेरि यस क्षेत्रको आर्थिक वृद्धिदर बढ्दै गएको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार आव २०७८/७९ मा ऊर्जा क्षेत्रको आर्थिक वृद्धिदर ५२.६८ प्रतिशत पुगेको थियो । त्यसपछि आव २०७९/८० मा १९.८९ प्रतिशत र आव २०८०/८१ मा १७.४४ प्रतिशतले ऊर्जा क्षेत्रको आर्थिक वृद्धि भएको अनुमान तथ्यांक कार्यालयले गरेको छ । पछिल्लो वास्तविक तथ्यांक आउन भने बाँकी छ ।

आर्थिक वर्ष २०८०/८१ मा भने ऊर्जा क्षेत्रको आकार (उत्पादन) ९१ अर्ब ४३ करोड १० लाख रुपैयाँ कायम भएको अनुमान तथ्यांक कार्यालयले गरेको छ । यो तथ्यांकले नेपाली अर्थतन्त्रमा ऊर्जा क्षेत्र उदीयमान क्षेत्रको रुपमा विकास भइरहेको देखाउँछ । योअनुसार ऊर्जा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको छ । आगामी दिनमा यस्तो योगदान थप बढ्दै जाने विश्वास छ ।
ऊर्जा क्षेत्रले नेपालको स्थानीय अर्थतन्त्रमा पनि ठूलो योगदान दिने देखिन्छ । सेयर, रोजगारी, पर्यटन, कृषिलगायतका माध्यमबाट ऊर्जा क्षेत्रले स्थानीय अर्थतन्त्रको विकासमा ठूलो योगदान दिने विश्वास छ । साथै, स्थानीय बासिन्दा तथा परिवारको आर्थिक विकासमा पनि ठूलो योगदान दिने अनुमान छ । सोही उद्देश्यअनुसार सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’ पनि अगाडि बढाएको छ ।

स्थानीय अर्थतन्त्रको व्यापक विकास गर्न औद्योगिकीकरण तथा लगानी पनि आवश्यक छ । नेपालको हकमा सामान्यत ठूला उद्योग तराई क्षेत्रमा बढी हुन्छन् । पहाडी क्षेत्रमा साना तथा मझौला उद्योग देखिन्छन् । उद्योग स्थापनाले पनि स्थानीय अर्थतन्त्रको विकासमा ठूलो सहयोग पुग्छ । तर, नेपालको पहाडी तथा हिमाली क्षेत्रमा ठूला उद्योग स्थापना गर्न चुनौती छन् । त्यसले गर्दा पनि स्थानीय अर्थतन्त्रको विकासमा चुनौती भइरहेको छ । तर, जलविद्युत् परियोजना पहाड तथा हिमाली क्षेत्रमा नै बन्ने हो । त्यो अवस्थामा पहाड तथा हिमाली क्षेत्रका स्थानीय अर्थतन्त्रमा यसले ठूलो योगदान दिने विश्वास छ ।

पहिलो कुरा त, परियोजना निर्माणका क्रममा स्थानीय जनताले उच्च मात्रामा रोजगारी पाउनेछन् । परियोजना निर्माण गर्न औसतमा पाँच वर्ष लाग्छ । त्यसैले स्थानीय नागरिकका लागि एउटा परियोजनामा पाँच वर्षसम्म रोजगारी सुनिश्चित हुन्छ । तर, परियोजना एउटा मात्रै बन्दैन, अरु पनि थपिने क्रम जारी हुन्छ । त्यसपछि अन्य आयोजनामा पनि रोजगारी पाइन्छ । आफ्नो ठाउँमा मात्रै नभएर अरु जिल्लामा बन्ने परियोजनामा पनि रोजगारी पाइन्छ ।

उदाहरणका लागि, निर्माण तयारीमा रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत््् परियोजना बनाउने क्रममा ६ हजार रोजगारी सिर्जना हुने अनुमान छ । त्यो अवस्थामा त्यहाँका अधिकांश स्थानीयले रोजगारी पाउनेछन् । विशेष प्राविधिक तथा विज्ञले मात्रै बाहिरबाट ल्याउनुपर्ने हुन सक्छ । तर, स्थानीय स्तरमा यस क्षेत्रसम्बन्धी प्राविधिक तथा विज्ञ छन् भने पनि तिनले अवश्य अवसर पाउनेछन् ।

यो त उदाहरण मात्रै हो । नेपालमा यस्ता थुप्रै ठूला परियोजना विभिन्न ठाउँमा बन्दैछन् । त्यस्ता परियोजना निर्माणमा जाँदा ठूलो मात्रामा रोजगारी अवसर सिर्जना हुनेछ । यसले केही हदसम्म बढ्दो विदेश पलायनलाई पनि रोक्ने आशा छ । यद्यपि, रोजगारी दिएर मात्रै पनि हुँदैन, उनीहरुलाई उचित पारश्रिमक पनि हुनुपर्छ । त्यसमा पनि प्रवद्र्धक कम्पनीहरुको ध्यान जान आवश्यक छ । यसमा सरकारले आवश्यक सहजीकरण गर्न सक्छ ।

अहिले नेपालमा रोजगारीको समस्या बढ्दो छ । त्यो समस्या धेरै हदसम्म ऊर्जा क्षेत्रमार्फत समाधान हुने देखिन्छ । रोजगारी बढेपछि त्यसले पु¥याउने अन्य फाइदा पनि धेरै छन् । रोजगारी नभएपछि व्यक्तिको आम्दानी पनि हुँदैन । आम्दानी नभएपछि व्यक्तिको क्रयशक्ति पनि कमजोर हुन्छ । अर्थतन्त्र चलायमान बनाउन आमउपभोक्ताको क्रय शक्ति बलियो हुनुपर्छ । अर्थतन्त्र चलायमान बनाउन पहिला उपभोक्ताको क्रयशक्ति नै राम्रो हुनुपर्छ । तर, नेपालमा रोजगारी पर्याप्त मात्रामा नहँुदा उपभोक्ताको क्रयशक्ति कमजोर छ । रेमिट्यान्सले गर्दा उपभोक्ताको क्रयशक्ति बढेको छ । तर, नेपालमै संघर्षरत व्यक्तिको क्रयशक्ति कमजोर छ । त्यसले वस्तु तथा सेवाको माग पनि न्यून गराउँदा अर्थतन्त्र थप चलायमान हुन सकेको छैन । रोजगारी भएपछि आम्दानी बढ्न गई उपभोक्ताको क्रय शक्ति पनि स्वतः बढनेछ । त्यसले वस्तु तथा सेवाको माग बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउँछ भन्ने विश्वास छ ।

आम्दानी बढेपछि व्यक्तिको बचत पनि हुँदै जान्छ । त्यो अवस्थामा स्थानीय नागरिकले थप प्रतिफल तथा आम्दानी हुने क्षेत्रमा आफ्नो बचत रकम लगानी गर्न सक्छन् । यस्ता विषयमा स्थायीयलाई जानकारी दिनेलगायतका कार्यक्रम प्रवद्र्धक कम्पनीहरुले गर्नुपर्छ । यस्तै, आयोजना प्रभावित स्थानीयलाई सेयर दिनुपर्ने नीति पनि छ । सरकारी तथा निजी क्षेत्रले परियोजना बनाउँदा स्थानीयलाई अनिवार्य सेयर दिनुपर्छ । यसले पनि स्थानीय बासिन्दाको आर्थिक विकासमा ठूलो सहयोग पु¥याउनेछ । साथै, ऊर्जा परियोजनामा सेयर लगानी गर्न पैसा नहुने स्थानीयलाई सरकारले सहुलियत ब्याजमा पाँच लाख रुपैयाँसम्म ऋण दिने नीति ल्याइसकेको छ । हाललाई यो नीति जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत बन्ने परियोजनामा लागू गरिएको छ ।

आगामी दिनमा अन्य परियोजनामा पनि यो नीति लागू हुन्छ । योसँगै अब स्थानीयले आफ्नै क्षेत्रमा बन्ने परियोजनामा सेयर लगानी गर्न सक्ने सुनिश्चित भएको छ । गरिबीलगायतका कारण कतिपय नागरिकले आफ्नै क्षेत्रमा बन्ने परियोजनामा पनि सेयर लगानी गर्न सकेका थिएनन् । तर, अब उनीहरुलाई सेयर लगानी गर्न ऋण दिने नीति आइसकेको छ । परियोजनामा सेयर लगानी नै हुने भएपछि स्थानीयको आर्थिक विकासमा थप टेवा पुग्नेछ ।

अब प्रसारण लाइनबाट प्रभावित बासिन्दा तथा ‘राइट अफ वे’ का जग्गाधनीलाई पनि सम्बन्धित अन्य जलविद्युत््् आयोजनाको अग्राधिकार सेयर दिने नीति ल्याउँदै छौं । त्यसले पनि सम्बन्धित नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्नेछ । परियोजनाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय वासिन्दाको जीविकोपार्जन, स्थानीय विकासलगायत क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमै स्थानीयको माग के छ ? आवश्यकता के छन् ? त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भन्नेलगायतका विषयमा स्पष्ट उल्लेख गर्नुपर्छ । पछि त्यसको कार्यान्वयन पनि गर्नुपर्छ । यो व्यवस्थाले पनि स्थानीय बासिन्दा र अर्थतन्त्रको विकास गर्न सहयोग पुग्नेछ ।

यसैगरी जलविद्युत् परियोजना बनाउँदा स्थानीयबासीको जग्गा किन्नुपर्छ । त्यो अवस्थामा उनीहरुले आफ्नो जग्गाको उचित मूल्य पनि पाउनेछन् । त्यसले पनि उनीहरुको आर्थिक विकासमा थप सहयोग पुग्ने देखिन्छ । यसरी स्थानीय नागरिक आर्थिक रुपमा बलियो हुँदा त्यसले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । यस्तै, जलविद्युत् परियोजना बनाउँदा स्थानीय स्तरमा सडकसमेत बनेका छन् । कतिपय अवस्थामा प्रवद्र्धक कम्पनी आफैंले पनि सडक बनाइदिएको अवस्था छ । त्यसलाई थप स्तरोन्नति गर्ने काम सरकारले गरेको पाइन्छ । सडक विकासको मुख्य आधार हो । सडक नै बनेका कारण स्थानीय अर्थतन्त्रको विकासका लागि ठूलो आधार हुनेछ ।

स्थानीय उत्पादनको बजार

परियोजना निर्माणका कारण स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तुले बजार पाउनेछ । अर्थात्, स्थानीय स्तरमा उत्पादन हुने वस्तुको खपत तथा माग बढ्नेछ । साथै, स्थानीय स्तरमा प्रवाह हुने सेवाको माग पनि बढ्नेछ । यसैगरी स्थानीय रुपमा मासुका लागि पालिने कुखुरा, बाख्रालगायतका पशुपक्षीको पनि माग तथा खपत बढ्नेछ ।

परियोजना निर्माणका क्रममा प्राविधिक बाहिरबाटै ल्याएर क्याम्पमा राख्नुपर्छ । साथै, समय–समयमा लगानीकर्ता, सरकारी अधिकारीहलगायत सरोकारवालाबाट निरीक्षण तथा अनुगमन पनि हुन्छ । त्यो अवस्थामा स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तुको माग बढ्नेछ । उनीहरु त्यहाँ बस्ने र घुम्ने गर्दा स्थानीय उत्पादनको माग तथा खपत बढ्नेछ । होटल सेवालाई पनि राम्रो गर्नेछ ।
मुख्यतः प्राविधिक तथा कामदार त्यहाँ बस्दा स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तुको माग बढ्नेछ । यसैगरी मासुका लागि प्रयोग गरिने पशुपक्षीको माग पनि बढ्नेछ । उनीहरुले आफ्नो भान्सामा स्थानीय खाद्य उत्पादन प्रयोग गर्न सक्नेछन् । साथै, होटललगायतका सेवाको माग पनि बढ्नेछ । यसैगरी रैथाने उत्पादनको प्रवद्र्धन गर्न पनि ठूलो अवसर हुनेछ । यस्ता सम्भावित अवसरलाई नै लक्षित गरेर स्थानीयले आफ्नो उत्पादन तथा सेवा विस्तार गर्न सक्छन् । त्यसले थप रोजगारी सिर्जना गर्न सक्छ । त्यस्तो भए स्थानीय अर्थतन्त्र थप विकसित तथा चलायमान हुनेछ ।

नेपालमा स्थानीय स्तरमा धेरै वस्तु उत्पादन गर्न सकिन्छ । तर, त्यसले राम्रोसँग बजार पाएको अवस्था छैन । त्यसले गर्दा स्थानीय उत्पादन निरुत्साहित भइरहेको अवस्था छ । गाउँगाउँमा खेतीयोग्य जमिन बाँझो भइरहेको देखिन्छ । तर, त्यहाँ जलविद्युत् परियोजना बन्दा कृषिलगायत स्थानीय उत्पादनको माग बढ्नेछ । त्यसले स्थानीय उत्पादन बढाउन प्रोत्साहन मिल्ने विश्वास छ ।
यो त परियोजना निर्माण अवधिमा हुने फाइदा हुन् । परियोजना सञ्चालनमा आए पनि त्यसले स्थानीय अर्थतन्त्रलाई थप योगदान गर्ने देखिन्छ । जलाशय तथा ठूला–ठूला परियोजना सञ्चालनका क्रममा पर्यटन क्षेत्रको रुपमा विकास गर्न पनि सकिन्छ । ठूलाठूला परियोजना हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउन सक्छन् । यसकै कारण स्थानीय यातायात क्षेत्रलाई पनि थप चलायमान बनाउनेछ । यसरी सञ्चालनका क्रममा पनि स्थानीय अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने देखिन्छ ।

जलविद्युत् जलाशय (ड्याम) भने आफैंमा ठूलो पर्यटकीय क्षेत्र हो । ड्याम हेर्नकै लागि स्वदेशी तथा विदेशी पर्यटक आउन सक्नेछन् । साथै, त्यो ड्याममा डुंगालगायत जल यातायातजस्ता मनोरञ्जनात्मक सेवा विस्तार गर्न सकिन्छ । स्थानीयले नै ‘बोटिङ’ सेवा सञ्चालन गर्न सक्छन् । पर्यटकलाई लक्षित गरेर जलाशय वरिपरिको क्षेत्रमा स्थानीयले नै होटल, रेस्टुरेन्ट, रिसोर्टलगायत सेवामूलक व्यवसाय सञ्चालन गर्न सक्नेछन् । त्यसरी होटल, रेस्टुरेन्ट सञ्चालन गर्दा स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तु तथा मासुको रुपमा प्रयोग गरिने पशुपक्षीको माग तथा खपत बढ्नेछ । त्यसले थप मात्रामा उद्यमी तथा रोजगारीका अवसर पनि सिर्जना गर्नेछ । जलाशयमा माछापालन पनि गर्न सकिन्छ । नेपालमा माछाको बजार पनि धेरै छ । त्यो अवस्थामा त्यसरी निर्माण गरिने जलाशयमा धेरै मात्रामा माछा पालन गरेर आम्दानी गर्न सकिन्छ । यस्तो अवसर पनि सम्बन्धित स्थानीयलाई नै हुनेछ ।

यसको उदाहरणको रुपमा, कुलेखानी जलाशययुक्त जलविद्युत््् परियोजनालाई नै हेर्न सकिन्छ । पहिला त्यो ठाउँमा आर्थिक गतिविधि नगन्य थियो । ड्याम बनेपछि त्यहाँ पर्यटकीय गतिविधि हुन थालेको छ । वरपर होटल, रेष्टुरेन्ट तथा रिसोर्ट व्यापाक रुपमा सञ्चालनमा अएका छन् । ड्याममै व्यावसायिक रुपमा माछापालन पनि भइरहेको छ । त्यसले स्थानीय अर्थतन्त्रलाई विकसित गराउन ठूलो योगदान दिएको छ ।

जलाशययुक्त परियोजना बनाउँदा सिँचाइ सुविधा पनि बढ्नेछ । हिउँदमा खोलामा पानी कम हुदाँ सिँचाइसमेत प्रभावित भइरहेको छ । त्यसले गर्दा उत्पादन पनि प्रभावित भइरहेको छ । तर, जलाशयमा भएको पानी परिचालन गरेर हिउँदमा उचित सिँचाइ गर्न सकिन्छ । हिउँदमा जलाशयमा भएको पानीबाट विद्युत् उत्पादन गरेपछि बाहिरिने पानीबाट तल्लो तटीय क्षेत्रको कृषि जमिनमा सिँचाइ सुविधा बढ्नेछ । त्यसले कृषि क्षेत्रको विकाससँगै अर्थतन्त्र चलायमान बनाउन पनि थप सहयोग पुग्नेछ ।

२०८१ पुस १६ गतेको मन्त्रिपरिषद्ले विद्युत्् विकास मार्गचित्र, २०८१ स्वीकृत गर्दै सन् २०३५ सम्ममा साढे २८ हजार मेगावाट विद्युत्् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसअन्तर्गतका परियोजना कुनै एउटा निश्चित ठाउँमा बन्ने होइनन् । देशभरका कुनाकाप्चामा परियोजना बनाइन्छ । त्यसले गर्दा देशभरका स्थानीय अर्थतन्त्रलाई नै चलायनमान बनाउन ऊर्जा क्षेत्रले योगदान गर्ने देखिन्छ ।

जलविद्युत् परियोजनामार्फत सरकारले पाउने रोयल्टीबाट स्थानीय तहले २५ प्रतिशत रकम पाउँछन् । उठेको रोयल्टीमा केन्द्रले ५० प्रतिशत राखेर बाँकी ५० प्रतिशत प्रदेश र स्थानीय तहलाई ५०–५० प्रतिशत वितरण गर्ने व्यवस्था छ । त्यो पैसा स्थानीय तहमार्फत स्थानीय पूर्वाधार विकास हुन्छ । स्थानीय नागरिक तथा अर्थतन्त्रको विकास गर्न यो सहयोगी बन्छ ।

स्थानीय स्तरमा गुणस्तरीय विद्युत्् सेवा विस्तार गर्न अर्थात् विद्युतीकरण गर्न पनि यसले ठूलो सहयोग पुग्नेछ । अझै पनि गाउँमा गुणस्तरीय विद्युत्् पु¥याउन सकिएको छैन । उच्च क्षमताका वितरण लाइन बनेका छैनन् । तर, स्थानीय स्तरमै परियोजना बनाउँदा गुणस्तरीय विद्युत्् सेवा विस्तार गर्न सहयोग पुग्नेछ । यसरी जलविद्युत््् परियोजना निर्माण र सञ्चालनका क्रममा रोजगारी, स्वरोजगार, पर्यटन, कृषि, सेयरलगायत माध्यमबाट स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुग्छ । जलविद्युत् उत्पादन गर्दा विद्युत् प्रयोग गरेर हुने प्रत्यक्ष फाइदा त छन् नै । निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न पनि थालिसकेका छौंं । नेपालको विद्युत्् भारत र बंगलादेशमा समेत पुगिसकेको छ । देशभित्रै पनि खपत बढेको छ । यसले प्रत्यक्ष रुपमा फाइदा भएकै छ ।

ऊर्जा क्षेत्रको चक्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्थानीय अर्थतन्त्रमा पनि ठूलो योगदान दिनेछ । तसर्थ, यस क्षेत्रको विकास निर्माणमा अब ढिलाइ गर्नुहुँदैन । यस क्षेत्रमा विभिन्न चुनौती छन् । त्यस्ता चुनौती र समस्या समाधान गर्दै ऊर्जा क्षेत्रको विकासमा सरोकारवालाको सहकार्य र हातेमालो आवश्यक छ । समग्रमा जलविद्युत् परियोजनाले बहुआयामिक फाइदा दिन्छ । स्थानीय नागरिक र अर्थतन्त्रको विकासमा सहयोग पु¥याउँछ । तर, कतिपय स्थानीयबाटै परियोजना निर्माणमा अवरोध हुने गरेको छ । केही गुनासो भए छलफलमार्फत समाधान गर्न सकिन्छ । अवरोध गर्नुपर्दैन । अवरोधले परियोजना निर्माणमा ढिलाइ हुन्छ र त्यसले स्थानीयलाई नै बेफाइदा हुन्छ । तसर्थ, अब स्थानीयलाई परियोजना निर्माणमा अवरोध नगर्न आग्रह गर्दछु । भएका गुनासा छलफलमार्फत समाधान गर्नुपर्छ । स्थानीयले नै छिटोभन्दा छिटो परियोजना बनाउन प्रोत्साहन गरेर त्यसको फाइदा लिन हतार गर्नुपर्छ ।

(सिंह विद्युत् विकास विभागका महानिर्देशक हुनुहुन्छ ।)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech