No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

ऊर्जामा निजी क्षेत्र प्रवेशसँगै प्राधिकरणमा सुधार

- कुलमान घिसिङ

ऊर्जामा निजी क्षेत्र प्रवेशसँगै प्राधिकरणमा सुधार

राजनीतिक परिवर्तनपछि २०४९ सालमा ऐन नै ल्याएर ऊर्जाको विकासमा निजी क्षेत्रलाई समावेशको बाटो खुल्यो । निजी क्षेत्रको प्रवेशपछि जलविद्युतमा ठूलो परिवर्तन आउन थाल्यो । जलविद्युतमा देशभित्र निजी क्षेत्रको लगानी वृद्धिसँगै विद्युत उत्पादन पनि बढेको छ । त्यसले नेपाल विद्युत् प्राधिकरणलाई व्यवस्थापनमा सजिलो भएको छ । देशभित्रको आन्तरिक व्यवस्थापनमा मात्र नभई बाह्य निर्यातका लागि समेत सहज भएको छ ।

अहिले बर्खामा प्राधिकरणले १००० मेगावाटसम्म भारतीय बजारमा निर्यात थालेको छ । बंगलादेशसम्म पनि विद्युत्् निर्यात सुरु भएको छ । गएको बर्खामा प्राधिकरणले ४० मेगावाट बंगलादेश निर्यात गरेर व्यापारको सुरुआत गरेको हो । यो परिमाण बढ्दै जान्छ । निर्यातमा पनि निजी क्षेत्रको सहभागिताले ठूलो योगदान पुगेको छ । यसमा सरकारी निकाय जस्तै नेपाल विद्युत्् प्राधिकरण, जसलाई अफ टेकर भनिन्छ, बजारको सुनिश्चितता दिएको छ । बजार सुनिश्चितता नदिएको भए यति ठूलो लगानी आउने थिएन । टेक अर पे’ मा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । आएको विद्युत् लिने र पैसा तिर्ने प्रावधान छ । बजार सुनिश्चितताले लगानी बढेको छ । विद्युत् प्राधिकरणले जोखिम लिएर बजारको सुनिश्चितता नगरेको भए अहिलेको अवस्था हुँदैनथ्यो । जोखिम लिएर सरकारी निकाय प्राधिकरणले पिपिए सम्भव भएको हो । त्यसको फलस्वरुप निजी क्षेत्रको लगानी बढेको हो ।

प्राधिकरणले बजारको सुनिश्चितता गरेको छ । त्यस कारणले नेपालका निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाले ठूलो लगानी गरेका छन् । जलविद्युत् मात्रै होइन, सौर्य विद्युत््मा पनि ठूलो लगानी भएको छ र लगानी बढ्दै छ । नेपालको विद्युत्को माग व्यवस्थापनमा निजी क्षेत्रको ठूलो सहयोग छ । नेपालको अहिलेको विद्युत् माग करिब २००० मेगावाट हाराहारी छ । बर्खायाममा सबै खालका उत्पादन ३४०० मेगावाट जति पुग्छ । बर्खायाममा निजी क्षेत्रको उत्पादन र नेपाल विद्युत्् प्राधिकरणका सहायक कम्पनीको उत्पादनले माग सहजै धान्नुका साथै निर्यात पनि सम्भव भएको छ ।

निजी क्षेत्रका अधिकांश आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन् । हिउँदयाममा निजी क्षेत्रका आयोजना बेस लोडमा चल्छन् । बेस लोडमा चलाउँदा पनि प्राधिकरणका सहायक कम्पनीसहित ७०० मेगावाटको योगदान गर्न सक्छ । यसले विद्युत् माग र आपूर्तिमा सन्तुलन मिलाउन ठूलो योगदान गरेको छ । निजी क्षेत्रको विद्युत् माग व्यवस्थापनमा अतुलनीय योगदान छ । निजी क्षेत्रबाट उत्पादन भएको बिजुली क्षेत्रीय सन्तुलनका हिसाबले पनि महत्वपूर्ण छ । विभिन्न क्षेत्रमा उत्पादन भएको छ । यसले हाम्रो प्रसारण प्रणालीलाई ओभर स्ट्रेस हुन दिएको छैन । मुलुकको सबै क्षेत्रको माग पूरा गर्न सहज भएको छ ।

निजी क्षेत्र विद्युत् प्राधिकरणको अभिन्न विस्तारित आयाम भएको छ । निजी क्षेत्रलाई प्राधिकरणकै जेनेरेटरका रुपमा लिन सकिन्छ । ३० वर्षपछि यो सरकारकै जेनेरेटर हो । सरकारले उत्पादन अनुमतिपत्र ३० वर्षपछि नेपाल सरकारकै स्वामित्वमा आउने गरी दिएको हो । प्राधिकरणले विद्युत्् खरिद–बिक्री सम्झौता (पिपिए) पनि ३० वर्षका लागि गरेको हुन्छ । अहिले उहाँहरुले अध्ययन गर्नुहुन्छ, लगानी जुटाउनुहुन्छ, निर्माण गर्नुहुन्छ, ३० वर्षसम्म सञ्चालन गर्नुहुन्छ । त्यस अवधिमा आयोजनाले विद्युत्् उत्पादनबाट जेनेरेट गरेको आम्दानी लिनुहुन्छ । ३० वर्षसम्मको कमाइ लिएपछि उक्त आयोजनालाई यथास्थितिमा सरकारलाई नै हस्तान्तरण गर्नुहुन्छ । त्यसकारण निजी क्षेत्रको प्रवद्र्धन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ । निजी प्रवद्र्धकलाई सहजीकरण गर्नुपर्छ । हरेक हिसाबले निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्छ । विद्युत्् प्राधिकरणले सहजीकरण गर्दै आएको छ । आगामी दिनमा पनि आवश्यकताअनुसार सहजीकरण गर्दै जानेछ ।

विद्युत् प्राधिकरणले विद्युत्् खरिद सम्झौता (पिपिए) मा सहजीकरण गर्ने हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुलीको बजार सुनिश्चित गरिदिने हो । जति पनि आयोजना आएका छन्, बढीभन्दा बढी पिपिए गर्ने नै हो । पिपिए भएका आयोजनामा पनि धेरै खालका समस्या आउँछन् । त्यस्ता आयोजनामा व्यावसायिक उत्पादन गर्ने मितिमा आवश्यकताअनुसार प्राधिकरणले सहजीकरण गर्दै आएको छ । प्राधिकरणले सहजै समय बढाइदिइरहेको छ । यसो भन्दैमा सबै अवस्थामा प्राधिकरणले समय बढाउन भने सक्दैन । तर, आवश्यकताअनुसार कारण हेरेर सहजीकरण गरिरहेको छ । उदाहरणका लागि, कोभिडको समयलाई लिन सकिन्छ । कोभिडको समय आयोजनाको काम रोकियो । लामो समयसम्म कामै गर्न सक्ने अवस्था भएन । प्राधिकरणले त्यसमा सहजीकरण गरेको छ । सैद्धान्तिक रुपमै निर्णय गरेर १÷२ वर्षसम्म सहजीकरण हुन्छ । प्राधिकरणले व्यावसायिक उत्पादन गर्नुपर्ने मिति बढाइदिने हो ।

पहिलो त, प्राधिकरण गर्ने भनेको पिपिए नै हो । त्यसपछि निर्माणको समयमा प्राधिकरणले सहजीकरण गर्छ । अहिले पिपिएका निम्ति निजी क्षेत्रका मात्रै करिब १० हजार मेगावाटका आयोजना पाइपलाइनमा छन् । ती पाइपलाइनमा रहेका आयोजनाहरूको पिपिए गर्नु सरकार र प्राधिकरणको दायित्व हो । त्यसलाई हामीले सुनिश्चित गरेर अगाडि बढ्यौं भने मात्रै आयोजना अगाडि बढ्ने हो । निर्माणको बाटो खुल्ने हो । प्राधिकरणले पिपिए नगरिदिएसम्म आयोजनालाई निर्माणको बाटो खुल्दैन । पिपिए सुनिश्चितता प्राधिकरणले नै गर्छ । प्राधिकरणले पिपिए गरेर मात्रै भएन, नेपालभित्रको बजारले धान्न सकेन भने के गर्ने ? भारतलगायत छिमेकी मुलुकको बजार खोज्ने र त्यहाँ बिक्री गर्ने दायित्व प्राधिकरणकै हो । बजारको सुनिश्चितता प्राधिकरणले नै गर्नुपर्छ ।

नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । हालै भएको यो सम्झौताबमोजिम भारतले नेपालमा उत्पादन हुने १० हजार मेगावाट जलविद्युत् १० वर्षमा लैजानेछ । यो अति महत्वपूर्ण सम्झौता हो, जसले नेपालमा उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ । आन्तरिक बजारलाई बढोत्तरी गर्ने र वैदेशिक बजारलाई सुनिश्चित गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति प्राधिकरणले लिएको छ ।

पिपिए मात्रै गरेर हुँदैन । पिपिए गरेर पनि प्राधिकरणले पैसा तिर्न सक्दैन भन्ने नजिर स्थापना भयो भने के हुन्छ ? त्यस्तो स्थिति पैदा भयो भने बैंक तथा वित्तीय संस्थाले लगानी गर्दैनन् । जलविद्युतमा थप लगानी आउँदैन । जलविद्युत् आयोजनामा लगानी गर्ने बैंक, वित्तीय संस्था तथा अन्य लगानी गर्नेहरुलाई प्राधिकरणले विश्वास दिन्छ, दिइरहेको छ । प्रसारण लाइन बनाउन अनेकौं समस्या छन् । जग्गा, वनको ठूलो समस्या छ । हामीले प्रसारण लाइन भएर नकिनेको होइन । सबैको किनेका छौं । यसपालिको समस्या भनेको दोर्दी करिडोरको मात्रै हो । त्यहाँ प्रसारण लाइनको समस्याका कारणले किन्न नसकेका हौं । अन्त कहीँ पनि समस्या थिएन ।
‘टेक अर पे’ मा सम्झौता भएको छ । कि लिने कि तिर्ने सम्झौता भएपछि हामी तिर्छौं । त्यो विश्वासमा कुनै कमी हुने छैन । प्राधिकरणले कुनै पनि अवस्थामा किन्छ । विद्युत् खरिदमा समस्या आयो भने लगानीमा समस्या आउँछ । प्राधिकरण सम्झौताप्रति गम्भीर छ । लगानीको सुनिश्चितता गर्न बिजुली किन्नुपर्छ । सम्झौता भएको सबै बिजुली प्राधिकरणले किन्छ, किनेको छ । अहिलेसम्म प्राधिकरणले सबै खाले आयोजना गरी करिब १० हजार मेगावाटको पिपिए गरेको छ । पिपिए भएकामध्ये निर्माणाधीन अवस्थामा ३००० देखि ३५०० मेगावाटका आयोजना छन् । वित्तीय साधन जोहो गरेर पनि निर्माणमा जान नसकेका आयोजना बाँकी नै छन् । पिपिए गरेर वर्षौंसम्म नबनेका पनि छन् । त्यो विषयलाई पनि हेर्नुपर्छ ।

पिपिए गरेका आयोजना नबन्ने तर बनाउन सक्नेले पिपिए गर्न नपाउने विषय भने गम्भीर हो । यसलाई प्राधिकरण र सरकारले हेर्नैपर्ने हुन्छ । त्यसलाई निजी क्षेत्रले पनि हेर्नुपर्छ । आयोजना बनाउन नसक्नेले छाड्नुपर्छ । निजी क्षेत्रले पिपिए गरेर आयोजना वर्षौंसम्म होल्ड गर्ने होइन । उनीहरुले बनाउन नसक्ने आयोजनालाई छाड्नुपर्छ । यसमा सरकार र प्राधिकरणले अनुगमन गरेर कदम चाल्नेछ ।
निजी क्षेत्रले लगानी गरेर पिपिएको पाइपलाइनमा बसेका आयोजनालाई पनि प्राधिकरणले पिपिए खोल्नुपर्छ । विद्युत् बजारको सुनिश्चिततासँगै प्राधिकरणले पिपिए खोल्ने हो । प्राधिकरणले आन्तरिक बजारलाई प्रवद्र्धन गरिरहेको छ । विस्तारै विद्युत् खपत बढ्दै गएको छ । भारतले १० वर्षमा १० हजार मेगावाट लैजाने सम्झौताले नयाँ उत्साह थपिएको छ । बंगलादेशको बजार पनि नेपालको बिजुलीका लागि खुला हुँदै छ । अब बजार सुनिश्चित हुँदै छ । नेपालमा उत्पादन हुने बिजुली खेर जाने अवस्था हुँदैन ।

अब प्राधिकरणले विस्तारै थप पिपिए खोल्दै जान्छ । प्राधिकरणले बढीभन्दा बढी पिपिए गर्ने नीति लिनुपर्छ, लिन्छ । जलविद्युत््् आयोजना मात्रै नभई सोलारका आयोजनाका लागि पनि प्राधिकरणले पिपिए खोल्दै छ । त्यसको अर्थ हामी पिपिए मात्रै गरेर बस्ने होइन । आयोजना कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अनुगमनसमेत गर्ने हो । भारतमा १० हजार मेगावाट निर्यात गर्नुपर्नेछ । केही वर्षमै आन्तरिक बजारमा १०÷१२ हजार मेगावाट खपत गर्नुपर्नेछ । बंगलादेशलगायत बजार खुल्दै छ । यो सबै अवस्थाले नेपालले अब २० हजार मेगावाट बिजुली उत्पादन गर्ने नीति र लक्ष्य बनाउनुपर्छ । २० हजार मेगावाट बनाउन सकिएन भने मागै धान्न नसक्ने अवस्था हुन सक्छ । भारतमा १० हजार मेगावाट निर्यात गर्ने योजना असफल हुन सक्छ ।

२० हजार मेगावाट बिजुली उत्पादन गर्न कम्तीमा ३० हजार मेगावाटको पिपिए गर्नुपर्छ । पिपिए भएका सबै आयोजना निर्माण हुन्छन् नै भन्ने सुनिश्चित हुँदैन । भूगोल, वित्तीय सुनिश्चिततालगायत विविध कारणले कतिपय आयोजना समयमा आउँदैनन् । त्यसैले २० हजार मेगावाट बिजुली उत्पादन गर्न कम्तीमा ३० हजार मेगावाटको पिपिए गर्नुपर्छ । यसै लक्ष्यको तयारीका साथ विद्युत्् प्राधिकरण अगाडि बढ्नुको विकल्प छैन । हामीलाई १० हजार मेगावाट चाहिएको हो, १० हजार मेगावाटको मात्रै पिपिए गर्छौं भन्यो भने त ५÷६ हजार मेगावाट मात्रै उत्पादन हुन सक्छ । लक्ष्य त पूरा हुन सक्दैन । यी सबै पक्षलाई हेरेर नेपाल सरकार गम्भीर रुपमा अगाडि बढ्नुपर्छ ।

निजी क्षेत्र प्रवद्र्धनमा प्राधिकरण

निजी क्षेत्र प्रवद्र्धन गर्न प्राधिकरणले काम गर्दै आएको छ । त्यसलाई थप प्रभावकारी बनाउने नीतिका साथ प्राधिकरण अगाडि बढेको छ । प्राधिकरणले निजी क्षेत्रसँग पहिलो काम पिपिए गर्ने हो । उक्त पिपिए ‘टेक अर पे’मा हुन्छ । त्यसपछि आन्तरिक बजार र बाह्य बजारमा बिजुली बिक्रीको दीर्घकालीन सुनिश्चितता गर्ने नै हो । त्यस निम्ति प्रसारण लाइनमा विस्तारलाई केन्द्रबिन्दुमा राख्ने हो । प्रसारण लाइनको समस्याका कारण उत्पादित बिजुली गन्तव्यमा पुग्न सकेन भने खेर जान्छ । प्रसारण लाइनले उत्पादित बिजुली उपभोक्तासम्म पुग्न सहयोग गर्नेछ । सरल सहजीकरण गर्नेछ । धेरैभन्दा धेरै प्रसारण लाइन निर्माण अबको कार्यसूची र चुनौती पनि हो । अन्तरदेशीय प्रसारण लाइनले मात्र विद्युत्् निर्यात सहज हुनेछ । यसमा प्राथमिकता दिनुपर्छ र प्राधिकरणले प्राथमिकता दिनेछ ।

निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनामा भएका समस्यालाई सहजीकरण प्राधिकरणले गर्दै आएको छ । प्राधिकरणले राज्यका तर्फबाट गर्नुपर्ने सहजीकरण गरिदिने हो । प्राधिकरणले उत्पादनदेखि लगानी जुटाउन अनि उत्पादित बिजुली उपभोक्तासम्म पुग्ने वातावरणका निम्ति पूर्वाधार विस्तार गर्ने सबै कार्य गर्दै आएको छ । निजी क्षेत्रको कुनै गुनासो नहुने भन्ने होइन । कुनै गुनासो भएन भने झन् राम्रो हुँदैन । यो निरन्तर रुपमा चलिरहने प्रक्रिया हो ।सरकार र प्राधिकरणले निजी क्षेत्रको जायज गुनासो मात्रै सम्बोधन गर्दै जान्छ ।
अहिले प्राधिकरणले भारतमा निर्यात गरिरहेको बिजुलीको हिस्सामा निजी क्षेत्रको ठूलो योगदान छ । अधिकांश निजी क्षेत्रका आयोजना निर्यात भइरहेका छन् । अब निर्यात गरिने बिजुलीमा पनि निजी क्षेत्रको ठूलो हिस्सा हुन्छ । आउन लागेको विद्युत् ऐनले निजी क्षेत्रलाई विद्युत्् व्यापारको बाटो खोल्न लागेको छ । नयाँ ऐन आयो भने निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न सक्छ । निजी क्षेत्रलाई अर्धजलाशय र जलाशय जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधिसमेत बढाउने भनेको छ । त्यस हिसाबले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सबै खाले ऐन, नियम, कानुन बनिरहेका छन् । सरकार र प्राधिकरण दुवैले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएका छन् ।

(घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हुनुहुन्छ ।)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech