No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

समग्र विकासमा जलविद्युतकाे उच्च योगदान

- बलराम खतिवडा

समग्र विकासमा जलविद्युतकाे उच्च योगदान

नेपालमा उत्पादन भएको विद्युत्को ग्राफ हरेक वर्ष बढेको छ । विद्युत् उत्पादनसँगै ग्रामीण क्षेत्रले विकासमा मारेको फड्को थोरैले मात्रै देखेका छौं । सरकारले निकाल्ने विभिन्न तथ्यांकमा नेपालको कुल विद्युत् जडित क्षमता यति पुग्यो उति पुग्यो भनेर मात्रै भनिन्छ । त्यसमध्ये निजी क्षेत्रले कति विद्युत् उत्पादन ग¥यो भन्ने कुरा निजी क्षेत्र आफैंले वा निजी क्षेत्रले आयोजना गरेका सभा सम्मेलनमा सहभागी केही सांसद र मन्त्रीहरूले बोले पनि अरु मञ्चमा भने उनीहरूले पनि बोलेको सुनिँदैन ।

नेपालको कुल जडित विद्युत् क्षमता अहिले ३ हजार ५०० मेगावाट पुग्दा २ हजार ७४० मेगावाट विद्युत् निजी क्षेत्र (विद्युत्् प्राधिकरणले कम्पनी मोडलमा बनाएका आयोजनासहित) बाट उत्पादन भएको छ । यो भनेको कुल विद्युत् उत्पादनको ८० प्रतिशत हो । निजी क्षेत्रको यो अपार सफलता मात्र २५ वर्षमा सम्भव भएको छ । १८ औं शताब्दीदेखि सुरु भएको औद्योगिक क्रान्तिलाई हेर्ने हो भने नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको २५ वर्ष भरखर वामे सर्दै गरेको समय भएपनि पछिल्लो दशक असाध्य उत्साहवद्र्धक छ ।
निजी क्षेत्रलाई जलविद्युत्मा प्रवेश नदिएको भए जलविद्युत् उत्पादनमा गुणात्मक परिवर्तन सम्भव थिएन । ८ वर्ष अघिसम्म चरम ऊर्जा संकट झेलिरहेको मुलुक अहिले खुद निर्यातक मुलुक बनिसकेको छ । भारतमा निर्यात हुने करिब १ हजार मेगावाट विद्युत्मा अधिकांश निजी क्षेत्रका आयोजनाकै उत्पादन छ । अहिले नेपालले बंगलादेशमा समेत विद्युत् निर्यात सुरु गरिसकेको छ । मुलुकले गरेको यो गुणात्मक परिवर्तनमा निजी क्षेत्रको अतुलनीय योगदान छ ।

निजी क्षेत्रले हिमाल र पहाडका चट्टान फोरेर पानीबाट बिजुली मात्रै उत्पादन गरेको छैन, तराईबाट हिमालसम्मै सडक बनाएको छ, कुलो बनाएको छ, खानेपानी पु¥याएको छ । गाउँको शिक्षा, स्वास्थ्य र रोजगारीमा अतुलनीय योगदान पु¥याएको छ । निजी क्षेत्रले गरेको यस्तो योगदान सामाजिक अगुवा, बुद्धिजीवी, राजनीतिज्ञ, सरकारी क्षेत्रलगायतको मू्ल्यांकनभन्दा बाहिर छ ।

जलविद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण गरिने हुँदा जलविद्युत् आयोजनासम्म पुग्ने सडक र पुल जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूले नै बनाएका छन् । कतिपय ठाउँमा कामदार झुन्डिएर समेत भीरमा सडक निर्माण भएका छन् । त्यो देखेका उच्च तहका सरकारी अधिकारीले असम्भव रहेको सडक निर्माणको काम निजी क्षेत्रले कसरी सम्भव ग¥यो भने आश्चर्य चकित हँुँदै चर्चा पनि गरेका छन् । सरकारले सडक निर्माण गर्न हिम्मत नगरेको ग्रामीण क्षेत्रमा निजी क्षेत्र आफैंले हजारौं किलोमिटर सडक बनाएर जलविद्युत्् उत्पादन गर्दै ग्रामीण क्षेत्रको विकासमा अतुलनीय उच्च योगदान पु¥याएका छन् ।

उदाहरणका लागि, राहुघाट पुग्नु अघिको अजिंगरे भीरलाई नै हेरौं । एकदम जोखिमपूर्ण र डरलाग्दो यो भीरको बाटो हिँड्दा बर्सेनि मानिसहरूले ज्यान गुमाउने गरेका थिए । त्यस्तो ठाउँमा करिब ४ महिना लगाएर निजी क्षेत्रले बल्ल १ किलोमिटर सडक निर्माण ग¥यो । अहिले त्यही बाटो हुँदै ६÷७ वटा जलविद्युत्् आयोजना निर्माण भएर सञ्चालनमा आउन लागेका छन् । भीरहरूमा सडक निर्माण गर्दा विस्फोटक पदार्थ विस्फोट गराउनुपर्ने हुन्छ । सडक मुनी मानिसका घर हुन्छन् । जलविद्युत् प्रवद्र्धकले ठूलो जोखिम मोलेर त्यस्तो ठाउँमा पनि उच्च सावधानीका साथ काम गरेका छन्

नीलगिरि– १ जलविद्युत् आयोजनाको पहुँच मार्ग समयमा बनेका कारण आयोजना तोकिएको निर्माण अवधिभन्दा २ वर्ष पहिले नै बन्यो भने परियोजनाको लागत समेत निकै कम भयो । मर्मत ‘फ्री’अर्थात् मर्मत गरिरहनु नपर्ने बाटो भएको छ । नीलगिरीमा ३ किलोमिटर ड्रिलिङ ब्लाष्टिङ गरेर पहुँच मार्ग निर्माण गरिएको हो । यो सडक बनाउने क्रममा २ वटा एक्साभेटर समेत क्षति भएको थियो । यही पहुँचमार्ग नै यसरी सम्भव भयो भनेर चर्चा हुने गरेको छ । दक्ष तथा अनुभवी कामदारले सावधानी पूर्वक काम गरेका कारण मानवीय क्षति हुन पाएन । पछिल्लो १० वर्षमा नेपालमा धेरै जलविद्युत्् परियोजनाहरू निर्माणमा गएका छन् । तिनीहरूले कम्तीमा २०० भन्दा बढी बेलिब्रिज र त्यति नै संख्यामा पुल निर्माण गरेका छन् । सुरुमा आयोजनाका सामान ढुवानीका लागि बनाइएका बेलीब्रिज पछि सार्वजनिक प्रयोगमा आएका छन् । यी आयोजनाले १ हजार ५ सय किलोमिटरभन्दा बढी ग्रामीण बाटो बनाएका छन् । निजी क्षेत्रका जलविदुत् कम्पनीले सम्पादन गरेका सयौं सामाजिक कामको एकीकृत तथ्याङ्क निकाली रहेका छौंँ । जलविद्युत् उत्पादनमा निजी क्षेत्रको प्रवेशपछि ऊर्जा उत्पादनमा गुणात्मक फड्को मार्दै मुलुक चरम लोडसेडिङ अन्त्यबाट निर्यातको चरणमा पुगेको छ । आन्तरिक खपत पनि प्रतिव्यक्ति २०० युनिटबाट करिब ४०० युनिट पुगेको छ । लोडसेडिङ अन्त्यभएपछिका केही वर्ष नेपालको अर्थतन्त्रको वृद्धि पनि निकै उच्च गतिमा भएको थियो ।

नेपाली अर्थतन्त्रले उच्च आर्थिक वृद्धि हासिल गर्दै गर्दा जलविद्युत्् प्रवद्र्धकहरूले नैबनाएका सडक,पुलको सहयोगमा कतिपय गाउँहरू बजारमा परिणत भएका धेरै उदाहरण छन् । स्वास्थ्य चौकी, विद्यालय निर्माण गर्नुका साथै शिक्षक÷शिक्षिका र एम्बुलेन्सको व्यवस्थाले गाउँको जनजीवनमै आमुल परिवर्तन आएको छ । स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सहयोग पुगेको छ । स्थानीय रूपमै खपत बढ्नुका साथै तरकारी, खाद्यबाली, कुखुरा, बोका, खसीले बजार र मूल्य पाएका छन् ।

ग्रामीण विकासको अर्को महत्वपूर्ण पक्ष रोजगारी हो । एउटा सानो क्षमताको परियोजना निर्माण गर्दा पनि १ हजार बढी विभिन्न प्रकृतिका जनशक्तिको आवश्यकता पर्छ । निर्माण सकिएपछि पनि औसतमा २५ जनाको आवश्यकता पर्दछ । २०० परियोजना सञ्चालनमा छन् । २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रूपमा लाखौंले रोजगारी पाएका छन् । ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानी जलविद्युत् आयोजनाले बढाएको छ । राज्यले वर्षेनी अर्बौं रुपैयाँ रोयल्टी पाइरहेको छ । कोभिड १९ पछि सुस्त भएको नेपालको अर्थतन्त्र जलविद्युत्् परियोजनाका कारण जेनतेन चलायमान भएको छ । ठूलो इक्विपमेन्ट, ट्रक, गाडीहरूको बिक्री बढ्नुका साथैडण्डी, सिमेन्टलगायतका उद्योगका उत्पादन खपत गर्ने एउटै ठाउँ जलविद्युत् आयोजना भएका छन् । जलविद्युत् आयोजनामा ७० देखि ८० प्रतिशत यही स्थानीय रूपमा उत्पादन हुने सामग्री प्रयोग हुने हुँदा नेपाली पुँजी नेपालमै बसेको छ । यसले नेपाली अर्थतन्त्रलाई कति फरक पारेको छ भन्ने अध्ययन हुने हो भने पक्कै पनि ठूलै योगदान दिएको तथ्य बाहिर आउने छ । यो विषय धेरैले बुझेका छैनन्, राज्यले यस्ता विषय मनन गर्न जरुरी छ । निजी क्षेत्रको अहिले खर्बौं रुपैयाँ लगानी भइसकेको छ । सर्वसाधरणको समेत सेयरमार्फत जलविद्युत्मा लगानी बढिरहेको छ । यो जनताको प्रत्यक्ष लगानी भएको क्षेत्र हो । कलकारखाना बन्द भएर, रोजगारीको समस्याका कारण युवा बाहिरिरहेका छन् । विदेशिने युवाको संख्या बढिरहेका बेला युवा जनशक्तिलाई यही रोक्न सरकारले वातावरण बनाउनुपर्छ । निजी क्षेत्रले जलविद्युत्मार्फत सिर्जना गरीरहेको रोजगारीको अवसर नै मुलुकको अर्थतन्त्रका लागि सकारात्मक कदम हो । निजी क्षेत्रले त रोजगारी सिर्जना गरीरहेका छन् नै सरकारले पनि युवा शक्तिलाई स्वदेशमै राख्ने वातावरण बनाउने हो भने समृद्धिको सपना पूरा हुँदै जाने छ ।

सरकारको ऊर्जा विकासको लक्ष्यमा निजी क्षेत्रले हातेमालो गरेर काम गरिरहेको छ । नीति, नियममा रहेर काम गरिरहेको छ । कुल उत्पादनमा ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई कतिपय सरकारी निकायले बेला बखत विभिन्न बहानामा असहज बनाउने गरेको छ । निजी क्षेत्रको क्षमता विकास भइसकेको छ, ठूलो क्षमताका आयोजना निर्माण गर्न सक्षम भइसकेका छन् । अब, सरकारले परियोजना निर्माण गरेर बस्ने होइन, निजी क्षेत्रलाई सहजीरकण गरेर ऊर्जामार्फत समृद्धि हासिल गर्ने हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत्् उत्पदन गर्ने मार्गचित्र अघि बढाएको छ । १० हजार मेगावाट भारत निर्यात, ५ हजार मेगावाट बंगलादेश र चीन तथा अन्य मुलुकमा निर्यात गर्ने योजना मार्गचित्रमा छ । बाँकी रहेको १३ हजार ५०० मेगावाट स्वदेशमै खपत गर्ने योजना छ । २८ हजार ५०० मेगावाट उत्पादन चुनौतीपूर्ण देखिए पनि निजी क्षेलाई सहजीकरण गरिदियो भने पक्कै पनि सम्भव छ । सरकारले सहजीकरण गरेन भने त विगतमा सरकारले नै अघि सारेका १० वर्षमा १० हजार र १० वर्षमा १५ हजार मेगावाट उत्पादनका लक्ष्य जस्तै यो पनि अधुरै रहनेछ ।

सरकारले कानुनी, नीतिगत र संरचनागत सहजीकरण गर्नुपर्छ । उत्पादन गरेर मात्र हुँदैन, समग्र प्रणालीको विकास गर्नुपर्छ । प्रसारण र वितरण प्रणाली बलियो बनाउने र खपतका योजना बनाउनुपर्छ । अहिलेको जस्तो नीतिले सरकारी लक्ष्य हासिल गर्न असम्भव छ । परियोजनाको पहिचानदेखि उत्पादनका चरणसम्म सहज रूपमा काम गर्न सक्ने वातावरण सरकारले बनाइदिनुपर्छ । उत्पादित बिजुलीले बजार पाउने हो भने विदेशी लगानी पक्कै आउँछ । नेपाली निजी क्षेत्रले पनि ठूला ठूला परियोजना बनाउन सक्ने अवस्था बनिसकेको छ । एकातिर ठूलो परिमाणमा बिजुली उत्पादन गर्ने लक्ष्य राख्ने अर्कातिर विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको छ । नेपाल विद्युत्् प्राधिकरणले तत्काल पीपीए खोल्नुपर्छ । २० हजार मेगावाटभन्दा बढी विभिन्न प्रकृतिका जलविद्युत्् आयोजनाहरू पीपीएको पर्खाइमा छन् । जसमा निजी क्षेत्रले ठूलो लगानी गरेको छ ।

निजी क्षेत्रलाई मोडालिटी बनाएर प्रसारणलाइन निर्माणमा समेत सहभागी गराउनुपर्छ । प्रसारण प्रणालीमा लगानी गर्दा नाफा हुने अवस्था आए निजी क्षेत्रले पक्कै पनि लगानी गर्छ । निजी क्षेत्रले लामो समयदेखि बिजुली बिक्रीका लागि अनुमति मागिरहेको छ । सरकार एक्लैलै बिजुली बिक्री गर्न सक्दैन । प्रक्रियागत झन्झट छन् । निजी क्षेत्रले सीधै बाहिरका निजी क्षेत्रलाई बेच्न सक्छन् । भारतका धेरैवटा कम्पनीहरू छलफलका चरणमा छन् । निजी क्षेत्रले अनुमति पाउने हो भने तत्कालै भारत, बंगलादेशलगायतका देशमा पठाउन सक्छ । अहिले भारतमा करिब १ हजार मेगावाट निर्यात हुन थालेको छ भने बंगलादेशमा समेत ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ । यसले नेपालको जलविद्युत्को बजार सुनिश्चित भएको सकारात्मक सन्देश विश्वभर गइसकेको छ । अब यस क्षेत्रमा विश्वभरबाट लगानी ल्याउन सजिलो हुन्छ । मुलुक बनाउने उपयुक्त हतियार भनेको नै जलविद्युत्् हो । अबको २० वर्षमा यसबाट हामीले फाइदा लिन सकेनौं भने पछि पछौँ । नयाँ नयाँ प्रविधिको विकास भइसकेको हुनेछ । राज्य संयन्त्रले समयमा नै यो विषय बुझ्न जरुरी छ ।

(खतिवडा इप्पानका महासचिव हुनुहुन्छ ।)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech