No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

नीति र गति परिवर्तन गरेमात्र विद्युतमा कायापलट

- राजेन्द्र लिङ्देन

नीति र गति परिवर्तन गरेमात्र विद्युतमा कायापलट

वि.सं. १९६८ सालबाट नेपालमा बिजुली उत्पादन सुरु भएको हो । २०४९ सालमा सरकारको आर्थिक उदारीकरणको नीतिसँगै नेपालमा निजी प्रवद्र्धकहरूले ऊर्जा उत्पादनमा लगानी सुरु गरेका हुन् । निजी क्षेत्रको लगानी सुरु भएको करिब ३० वर्षमा देशको उज्यालोले काँचुली फेरेको छ भन्दा अनुपयुक्त नहोला । आज वर्षायाममा भए पनि विद्युत् निर्यातको अवस्थामा हामी पुगेका छौँ । सरकारी आयोजना १०औँ वर्षसम्म पनि नबन्ने तर निजी प्रवद्र्धकहरूका आयोजनाहरू धमाधम बन्दा देशले बिजुली निर्यातको अवसर पनि पाएको छ । विद्युत् निर्यातबाट अर्बौं र खर्बौं कमाउनका लागि यसमा निजी प्रवद्र्धकहरूलाई अगाडि सार्नैपर्छ । अहिले नेपालमा जति ऊर्जा उत्पादन भएको छ, त्यसको मुख्य योगदान निजी क्षेत्रको नै छ । भविष्यमा पनि निजी क्षेत्रको योगदानबिना सरकार वा प्राधिकरणले मात्रै सबै उत्पादन गर्छु भनेर सम्भव नै छैन ।

निजी क्षेत्रलाई प्रोत्साहित नगरी हुँदै हुन्न भन्ने कुरामा म स्पष्ट छु । किनभने मैले थोरै समय भए पनि ऊर्जा मन्त्रलायको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ । त्यो समयमा ऊर्जामा निजी क्षेत्रको योगदान र आवश्यकतालाई नजिकबाट हेर्ने अवसर पाएको छु । यति हुँदाहुँदै पनि ऊर्जा उत्पादनका क्रममा निजी क्षेत्रले भोग्दै आएका समस्यालाई पनि देखेको छु । सो बेलामा ४ वर्षदेखि विद्युत् खरिद सम्झौता (पिपिए) रोकिएको थाहा पाउँदा अचम्मित भएको थिएँ । ऊर्जामन्त्री हुनुभन्दा पहिलासम्म के अवस्था छ भन्ने थाहा थिएन । वास्तवमा ऊर्जा क्षेत्रको त्यस्तो जानकार मान्छे पनि थिइनँ । तर, मलाई यति मात्र के थाहा थियो भने, नेपाललाई केही कुराले बनाउँछ भने त्यो ऊर्जा क्षेत्रले नै बनाउँछ । जसरी मध्यपूर्वका देशहरू वा खाडी मुलुकहरू पेट्रोलियम पदार्थ बेचेर नै सम्पन्न र सुखी छन् । कुनै दिन नेपाललाई, नेपाली नागरिकलाई सुखी र सम्पन्न बनाउन ऊर्जाबाट मात्रै सम्भव छ, विद्युत्कै कारणले हुनेछ ।

विद्युत्को कारणले मात्रै हामी बन्न सक्छौँ भन्ने बुझाइ मेरोे थियो । वर्षदेखि पिपिए रोकिएको थाहा पाउँदा अचम्म र दुःख पनि लाग्यो । ४ वर्षदेखि विद्युत् उत्पादन प्रक्रिया रोकेर राख्दा कुनै न कुनै दिन गएर विद्युत् समस्या त आउँछ । त्यो नआओस् भन्नका लागि मैले पहिलो प्राथमिकतामा राखेर १५ सय मेगावाटको पिपिए खुलाउने निर्णय गराएँ । त्यसका केही जटिलताहरू थिए, त्यति हुँदाहुँदै पनि प्रक्रिया अघि बढाइयो । त्यतिमात्र नभई पिपिएमा हुने ठुलो आर्थिक चलखेल हुन नदिने गरी नै काम गरियो । सबैको सहयोगमा पिपिएमा लगाइएको कोटा प्रणालीलाई संशोधन गरियो । यसले करिब ४ खर्ब लगानीको बाटो खुला ग¥यो ।

पिपिए गर्न कुनै प्रकारको तगारो सिर्जना गर्नुहुन्न । १५ सय मेगावाटको मात्र नभई अरू हजारौँ मेगावाटको बाटो खुल्नुपर्छ । निजी क्षेत्रलाई विद्युत् उत्पादनमा प्रोत्साहित गर्नुपर्छ । सँगसँगै व्यापारमा पनि निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ । हामीले विद्युत् उत्पादन गरिसकेपछि कहाँ बेच्ने भन्ने कुरा चिन्ता लिनुपर्छ जस्तो लाग्दैन । अहिले पनि हाम्रो सबै घरधुरीमा बिजुली पुगको छैन । अहिले पनि हामी पूर्ण रूपले लोडसेडिङ मुक्त भएका छैनौँ । अहिले पनि भारतबाट बिजुली किन्नुपर्ने अवस्था छ । हामीले नेपालमा पर्याप्त उद्योगधन्दाको विकास गर्ने, खाना पकाउने एलपी ग्यासलाई विस्थापित गर्न विद्युतीय चुह्लोको व्यवस्था मिलाउने, विद्युतीय गाडीमा प्रोत्साहन दिने र सबै क्षेत्रमा विद्युतीकरण गरेर व्यापक रूपमा विद्युत् उपयोगको वातावरण तयार गरेर देशभित्र नै खपत बढाई माग बढाउन सक्छौँ । त्यसकारण विद्युत् उत्पादनमा कहाँ खपत गराउने भन्नेमा धेरै चिन्ता लिनुपर्दैन । साथै, भारतमा निर्यात गर्न सकिन्छ ।

हाम्रा नीति निर्माता वा सरकारमा बस्नेहरूमा एउटा भय छ, भारतले हाम्रो ऊर्जा किनिदिएन भने के हुन्छ ? भन्ने । तर, भारतसँग हाम्रो बिजुली नलिई अर्को विकल्प नै छैन । भारतलाई हरित ऊर्जाको अत्यन्तै खाँचो छ । कार्बन जिरो लक्ष्य प्राप्तिका लागि हरित ऊर्जाको उपयोग उसको बाध्यता हो । जसरी हामीलाई हाम्रो बढी भएको बिजुली भारत निर्यात गर्न कर लाग्छ, त्यसरी नै हाम्रो बिजुली किन्ने बाध्यता भारतलाई छ ।

मेरो कार्यकालमा तत्कालीन विदेश सचिव विनयमोहन क्वात्राको नेपालमा भ्रमणका क्रममा अरू विभिन्न विषयसँगै विद्युत्को दीर्घकालीन विद्युत् व्यापारका विषयमा पनि छलफल भएको थियो । क्वात्रासँग मैले भनेको थिएँ, ‘नेपाल वा भारतले लुकाउनुपर्ने कुनै कुरा छैन । नेपालले ठुलो मात्रामा विद्युत् उत्पादन गर्ने हो भने भारतलाई नबेची उपाय छैन । भारतले पनि जतिसुकै ठुला कुरा गरे पनि नेपालसँग बिजुली नकिनी हुँदैन । यो हाम्रो दुई देशको नै बाध्यता हो र आवश्यकता हो । यसलाई हामीले जटिलतातर्फ लानुभन्दा सरलतातर्फ लगेर प्रक्रिया सहज बनाउनुपर्छ । आखिर तपार्इँले किन्नैपर्छ, हामीले बेच्नैपर्छ । भारतले एकमुष्ट विद्युत् खरिद गरिदियोस् भन्ने नेपाल चाहन्छ ।’ यसो भन्दा विदेश सचिवले अचम्म मान्दै नयाँ कुरा आएको बताएका थिए । उनले यो यथार्थ हो र यसअघि यसरी सोचिएको थिएन भनेका थिए । त्यसपछि उनले भारतले कति लिइदेओस् भन्ने चाहनुहुन्छ ? भन्ने प्रश्नमा मैले २५ हजार मेगावाट भनेको थिए । एकमुष्ट २५ हजार मेगावाट किन्ने सुनिश्चितता गरिदिन भनेको थिएँ । यसो हुँदा हामीलाई यहाँ लगानी गर्न सजिलो हुन्छ । लगानीकर्ताहरूको लगानी सुरक्षित हुन्छ । लगानी पनि युद्धस्तरमा हुन्छ भने उत्पादन पनि छिटो हुन्छ ।

छिटो उत्पादन हुँदा भारतले सुविधा पनि छिटो प्राप्त गर्छ । त्यसपछि प्रधानमन्त्रीको भारत भ्रमणमा यसलाई कार्यसूचीका रूपमा राखौँ भन्ने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ २०८० को भारत भ्रमणमा १० हजार मेगावाटको दीर्घकालीन विद्युत् व्यापार गर्ने प्रतिबद्धता भारतले गरेको थियो । अहिले सम्झौता पनि गरिसकेको छ । मैले छोटो समय ऊर्जा मन्त्रालय सम्हाल्दा पनि महत्वपूर्ण काम भए ।

समग्रमा नेपालको ऊर्जा विकासमा नीतिगत समस्या छँदै छ भने नेतृत्वमा बस्नेहरूले ऊर्जा क्षेत्रको महत्व नबुझ्दा र निर्णय क्षमता नराख्दा ऊर्जा क्षेत्रले ठुलो समस्या बेहोर्नुपरिरहेको छ । निजी क्षेत्रका लगानीकर्ताहरूले समस्या बेहोर्नुपरिरहेको छ । वन ऐन, खरिन ऐन, विद्युत् ऐनलगायत ऐन नियम एकअर्कामा बाझिएका छन् । योसँगै मूलतः नेतृत्व वर्गको ऊर्जा क्षेत्रको बुझाइको तह नै मुख्य समस्याका रूपमा छ । निजी क्षेत्रका तर्फबाट पनि केही कमजोरीहरू छन् । लामो समयदेखि पिपिए गरेर काम अगाडि बढाइएको छैन । झोलामा खोला भन्ने उखान विद्युत् क्षेत्रमा प्रचलित नै छ । तर, यसमा पनि सरकारको नियमन भयो, सरकारको नीति ठिक भयो भने र सरकारमा बस्ने मानिसहरू सबै ठिक भए भने यो समस्या हट्छ । मूल रूपमा निजी क्षेत्रलाई प्रोत्साहित नगरीकन, ऊर्जा उत्पादन र व्यापार दुवै क्षेत्रमा निजी क्षेत्रलाई क्रियाशील नबनाई हामीले ऊर्जा क्षेत्रको लाभ लिन सक्दैनौँँ । हामीले ऊर्जा क्षेत्रबाट लाभ लिनका लागि सरकारले अहिले लिइरहेको नीति र सरकारको गतिले यस क्षेत्रको काँचुली फेरिँदैन । सरकारले नीति र गति नै बदल्न जरुरी छ ।

निजी क्षेत्र अब नदी प्रवाहमा आधारित (आरओआर) मा सीमित हुनुभन्दा अर्धजलाशययुक्त (पिआरओआर) र जलाशययुक्त (ड्याम) आयोजनाहरूमा पनि लगानी गर्न आवश्यक छ । तर, यसमा लागत बढी हुन्छ । लागत बढी हुँदा मुनाफा कम हुने हुन्छ । निजी क्षेत्रले लगानी गर्दा नाफालाई पनि हेर्छ । जहाँ छिटो उत्पादन हुन्छ, कम लगानी लाग्छ र जहाँबाट छिटो प्रतिफल पाइन्छ, निजी क्षेत्र त्यसतर्फ आकर्षित हुन्छ नै । त्यसमा सरकारले कि सुविधा दिएर प्रोत्साहित गर्न सक्छ । नभए ठुला र जलाशययुक्त आयोजना सरकारले नै बनाउने हो ।
सरकारले विद्युत् उत्पादनमा नयाँ–नयाँ लक्ष्य निर्धारण गरिरहँदा अहिलेको परिस्थितिलाई पनि केलाउन पर्ने हुन्छ । अहिले कति आयोजनाको पिपिए भएको छ, एउटा आयोजना बन्न कति समय लाग्ने गरेको छ भन्ने हेर्नुपर्छ । लक्ष्य साँध्दैमा मात्रै हुँदैनन् । पहिले मार्गप्रशस्त गर्नुप¥यो, अनि पो लगानी बढ्छ र समयमा नै आयोजनाहरू सम्पन्न हुन्छन् । अहिलेको नीति र गतिले ऊर्जा विकासमा कुनै योगदान दिँदैन भनिरहँदा कुनै पनि कुरा असम्भव भने छैन । अहिलेको नीति र गतिलाई परिवर्तन गरे कायापलट हुन्छ ।
ऊर्जा विकासमा लगानीको कुनै समस्या छैन । निजी क्षेत्र तयार छ । तर, सरकारकै नीति ठिक छैन । अर्थ मन्त्रालयले आयोजना बनाउन पैसा दिनै पर्दैन । नेपाल विद्युत् प्राधिकरणको सेयर निष्कासनको अनुमति दिए खर्बौं रकम आउँछ । त्यसलाई जलाशययुक्त आयोजनाको उत्पादनमा लगाउन सकिन्छ । त्यस्तै, अहिले खर्बौं पैसा सरकारी संस्थानहरूले मुद्दतीमा राखेका छन्, त्यसलाई पनि यता लगानी गर्न सकिन्छ । यस्तै नीति बनाउने हो भने विदेशमा रहेका नेपालीहरूलाई कुनै आयोजना नै जिम्मा दिएर अगाडि बढाउन सकिन्छ । यसका लागि उत्पादनमा प्रक्रियालाई सरल बनाउनुपर्छ भने बजार सुनिश्चित हुनपर्छ ।
व्यापारमा निजी क्षेत्रलाई बाटो खुला गर्ने हो भने केही वर्षमा नै विद्युत् उत्पादनको आँकडामा अन्तर ल्याउन सकिन्छ । ऐन यस्ता छन्, वन मन्त्रालयले मात्र वर्षौं आयोजनाहरूलाई रुवाएर राखेको छ । सुरु नै हुन पाएका छैनन् । कतिपय अवस्थामा उत्पादन भइसक्छ, तर तार टाँग्न दिँदैन । एउटा रूख काट्न कैयौँ वर्ष लगाइदिन्छ । अहिलेको ऐन टेकेर विद्युत् विकासमा फट्को मार्न सकिँदैन ।

ऊर्जा विकास सरकारको सबै प्राथमिकतामा भन्दा उच्च प्राथमिकतामा हुनुपर्छ । अहिले प्रस्तावित विद्युत् ऐन पनि पूर्ण छैन । त्यो विद्युत् ऐन संसद्मा छलफल गर्नुभन्दा अघि निजी क्षेत्रसँग छलफल गरेर, निजी क्षेत्रमैत्री बनाउनुपर्छ । लगानीमैत्री बनाउनुपर्छ । लगानी गर्न कोही पनि नहिच्किचाउने बनाउनुपर्छ । विद्युत्मा फट्को मार्ने हो भने विद्युत् ऐनसँगै सार्वजनिक खरिद ऐन, वन ऐनलाई पनि संशोधन गर्नुपर्छ । विश्वले हरित ऊर्जालाई प्राथमिकतामा राखिरहँदा अब नेपालले विद्युत् बेचेर नै समृद्ध बन्ने बेला आएको छ । देश, काल, परिस्थिति सुहाउँदो नीति, नियम ल्याउन विलम्ब गर्न हुँदैन । यसमा निजी क्षेत्रलाई अलग्याएर सरकार अगाडि बढ्न हुँदैन । निजी क्षेत्रको क्षमता र लगानीलाई सरकारले पनि स्वीकार्न जरुरी छ । सरकार र निजी क्षेत्र समान हुन् भन्ने प्रत्याभूत गराउन सक्नुपर्छ । अहिले सार्वजनिक–निजी साझेदारीको अवधारणामा विश्वका विकसित राष्ट्रहरू अगाडि बढिरहँदा नेपालले पनि यही अवधारणा अंगीकार गर्दै ऊर्जा विकास गर्नुपर्छ । यसो गर्न सके लगानी कहाँबाट जुटाउने होला भन्ने चिन्ता गर्नैपर्दैन ।

(लिङ्देन पूर्वऊर्जामन्त्री हुन्)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech