No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

ऊर्जामा दक्ष जनशक्ति देशभित्रै

- डा. भोला थापा

ऊर्जामा दक्ष जनशक्ति देशभित्रै

ऊर्जा विकासमा आवश्यक जनशक्ति र यसको व्यवस्थापन अति नै महत्तवपूर्ण आयाम हो । नेपालको परिपेक्षमा ऊर्जा विकास नभनिए पनि इन्जिनियरहरूको उत्पादनमा राणाकाल र त्यसपछि पनि विभिन्न प्रयासहरू भएको देखिन्छ । प्रारम्भमा देशमा नै इन्जिनियरहरू उत्पादन नभए पनि अन्य देशमा गएर इन्जिनियरहरू उत्पादन भए । ती उत्पादन भएका इन्जिनियरहरूले पहिलो काम विद्युत्को विकास गरेको देखिन्छ ।

पहिलो जलविद्युत् फर्पिङ होस् या मोरङमा स्थापना गरिएको हाइड्रोपावर होस्, त्यसमा विदेशबाट आएका इन्जिनियरहरूले काम गरेको इतिहास छ । औपचारिक रूपमा ऊर्जा विकास गर्न जनशक्ति तयार गर्ने कार्यक्रम भने कर्णाली चिसापानी परियोजनाका लागि भारतको रुड्की विश्वविद्यालयमार्फत् सुरुआत गरेको पाइन्छ । त्यसबाहेक सोही समयमा कोलम्बो प्लानमार्फत् भारतका विभिन्न विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ, मेकानिकल इलेक्ट्रिक इन्जिनियरिङका कार्यक्रमहरू पनि सञ्चालन गरिएको देखिन्छ ।
तत्कालीन सोभियत संघमार्फत् धेरै इन्जिनियर तयार भएर नेपालको ऊर्जाको ठुलो आयोजनाहरूमा काम गरेको पाइन्छ । पछिल्लो समय एसियाली विकास बैंक, विश्व बैंक जस्ता संस्थाहरूले नेपाललगायत विकासशील देशमा ऊर्जाका परियोजनाहरू सञ्चालन गर्न ती देशहरूमा नै पनि इन्जिनियरिङका विषयमा अध्ययन अध्यापनका कार्यक्रम सुरुआत गरेका थिए । नेपालको परिप्रेक्ष्यमा पनि इन्जिनियरिङ शिक्षा परियोजना विश्व बैंकको परियोजना र लगानीमा सुरुआत भएको थियो ।

सिभिल इन्जिनियरिङ जस्ता कार्यक्रमको सुरुआत त्रिभुवन विश्वविद्यालयमा ऊर्जा र अन्य पूर्वाधार विकासका निम्ति भएको थियो । सरकारका औपचारिक कार्यक्रमपछि काठमाडौँ विश्वविद्यालयको स्थापना भएसँगै यसले नेपालको जलविद्युत्लाई आफ्नो मुख्य स्रोत विकास र विस्तारमा प्रयोग गर्न आफ्ना कार्यक्रम डिजाइन गरेर नेपालमा पहिलो पटक सन् १९९४ देखि मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङका कार्यक्रम सुरुआत गरेको थियो । त्यसै समयमा इन्जिनियरिङ मात्र नभएर ऊर्जाको समुचित प्रयोगमा राम्रो व्यवस्थापनसमेत चाहिन्छ भन्ने लागेर एमबिए, बिबिए जस्ता कार्यक्रमहरूमा ऊर्जा पूर्वाधारसँग सम्बन्धित परियोजना व्यवस्थापनका विषयहरू समेत पढाएको पाइन्छ ।

काठमाडौँ विश्वविद्यालयमार्फत् यस्ता परियोजना तथा कार्यक्रम सुरु भइसकेपछि अन्य विभिन्न विश्वविद्यालयमार्फत् तथा निजी कलेजहरूले पनि ऊर्जामा मुख्यतया जलविद्युत्बाहेक अन्य वायु ऊर्जा, सौर्य ऊर्जा र वनस्पति ऊर्जासँग सम्बन्धित ऊर्जाको प्रयोग र त्यसको व्यवस्थापन गर्न धेरै कार्यक्रम सञ्चालन गरिएका उदाहरणहरू हामीसँग छन् । ऊर्जाको विकास र विस्तार गर्न सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ जस्ता पराम्परागत विषयहरू आवश्यक भए पनि पछिल्ला दिनमा ऊर्जाका ठुला परियोजनाबाट हुन सक्ने वातावरणीय क्षयलाई विचार गरेर वातावरण इन्जिनियरिङको पढाइ पनि देशमा सुरु भइसकेको छ ।

ऊर्जाका अन्य स्वरूपहरूलाई सहयोग गर्न काठमाडौँ विश्वविद्यालयलगायत त्रिभुवन विश्वविद्यालयमा केमिकल इन्जिनियरिङ सुरुआत भएको छ । केमिकल इन्जिनियरिङ भनेको जैविक तथा रासायनिक आयोजनाहरूको प्रयोग तथा उत्पादनसँग सम्बन्धित छ । यद्यपि यो ऊर्जासँग समेत सम्बन्धित छ । हामी ऊर्जाको व्यवस्थापन जनशक्तिका बारेमा कुरा गरिरहँदा उच्च तहका इन्जिनियरहरूको मात्र कुरा गर्छौं । तर, विकास, विस्तार, व्यवस्थापन तथा सञ्चालनमा इन्जिनियरहरू व्यवस्थापक मात्र नभएर एउटा मध्यम र तल्लो तहको जनशक्तिको पनि उत्तिकै खाँचो हुन्छ । सामान्य प्राविधिकहरूको पनि खाँचो हुन्छ । त्यसकारण नेपालमा त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्न सिटिइभिटीमार्फत् धेरै उत्पादन भएको थियो । अहिले पनि भइरहेको छ । त्यस्ता जनशक्तिले हाम्रो देशमा ऊर्जासँग सम्बन्धित विभिन्न आयोजनाहरूमा सहयोग पनि गरेको पाइन्छ । समग्रमा भन्नुपर्दा नेपालमा चाहिने कतिपय उच्च जनशक्ति विदेशमा पढेर, सिकेर, अनुभव हासिल गरेर आएर नेपालमा प्रयोग गरे पनि नेपालका लागि चाहिने प्राविधिक जनशक्ति र व्यवस्थापकीय जनशक्ति देशमा नै उत्पादन भएका छन् ।

जनशक्ति र रोजगारी अवसर

नेपालमा पछिल्ला दशकमा उच्च कोटीको दक्ष जनशक्ति उत्पादन भइरहेका छन् । विषेश गरी प्राविधिक धारका स्नातक, स्नातकोत्तर तहका जनशक्ति विश्वका मानकहरूलाई आधार मानेर डिजाइन गरिएको पाठ्यक्रमका आधारमा तयार भएका छन् । त्यसकारण नेपालको ऊर्जा प्रयोगका लागि चाहिने सबै किसिमका प्राविधिक धारका जनशक्ति हाल नेपालमा नै उत्पादन भइरहेका छन् ।
स्वदेशका सबै विश्वविद्यालयहरू कुनै न कुनै रूपमा दक्ष जनशक्ति उत्पादनमा लागिरहेका छन् । तथापि जुन संख्यामा नेपालमा नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तार अनि उपयोगका लागि जनशक्ति उत्पादन भइरहेको छ, त्यो सख्या अपुग हो वा धेरै हो भन्ने खासै आकलन गर्न सकिने अवस्था छैन । किनभने जुन गतिमा अझै पनि ऊर्जाका परियोजनाको विकास र विस्तार हुनुपर्ने त्यो नभइरहेको अवस्थाका कारण देशमा उत्पादन भइरहेको जनशक्ति खपत भएको छैन । कहिलेकाहीँ देशमा यथेष्ट रोजगारीको अवसर छैन भन्ने आकलन भइरहेको छ । त्यसकारण पछिल्ला दिनमा नेपालमा उत्पादन भएका इन्जिनियरहरू पनि विदेश पलायन हुँदै छन् ।
पछिल्लो प्रवृत्ति– नेपाली युवा कक्षा १२ सक्किने बित्तिकै विदेश गइरहेका छन् । यो समग्र देशका लागि चिन्ताको विषय हो । किनभने नेपालका विश्वविद्यालयमा पाइला नराखी बाहिर जानु भनेको यहाँ रोजगारीको अवसर नदेख्नु पनि हो । देशमा ऊर्जा विकास भएन भने नयाँ–नयाँ रोजगारी पनि सिर्जना नहुन सक्छ । यस्तो रोजगारी भएन भने ऊर्जासँग सम्बन्धित आयोजनाहरू पनि विकास नहुन सक्छन् । यो चक्र हो । आर्थिक गतिविधि बढाउन ऊर्जा आवश्यक नै हुन्छ ।

ऊर्जाका विस्तारित परियोजना विकास गर्न हामीलाई विभिन्न तह र तप्काका जनशक्ति आवश्यक पर्छ । तल्लो तहको दैनिक रूपमा काम गर्ने जनशक्ति पनि आवश्यक पर्छ । नेपालमा चाहिने जति जलविद्युत् उत्पादन गरी विदेशमा निर्यात पनि गर्न लागिसकेको अवस्थामा गुणस्तरीय विद्युत् मात्र निर्यात गर्न सक्छौँ । जसले गर्दा बढीभन्दा बढी नाफा कसरी लिने हो भन्ने कुरासमेत अध्ययन र अनुसन्धानको विषय बनेको छ । हिजोका दिनमा तल्लो तहको एउटा जनशक्ति हामीलाई आवश्यक थियो भने अब माथिल्लो तहको जनशक्ति, जसले हामीसँग भएको कुराहरूबाट धेरै लाभ लिन सक्ने गरी आफ्नो दिमागलाई प्रयोग गर्नुपर्ने बेला आएको छ ।
नेपालमा रोजगारीको सिर्जना कहिलेकाहीँ आफ्नै लागि मात्र प्रयोग भइरहेको छ । ऊर्जा विकास गर्न उत्पादन गरिएको जनशक्ति संसारले प्रयोग गर्न सक्ने खालको हुनुपर्छ । नेपालका पुराना पुराना जलविद्युत् अथवा अन्य ठुला आयोजनाहरूमा विदेशी इन्जिनियरहरूले विदेशी प्राविधिकहरूले आएर काम गरेको र ती परियोजनाहरू विकास गरेको हामीले सुनेका थियौँ । तर, आज सयौँ मेगावाटका जलविद्युत् र सौर्य परियोजनाका साथै बिस्तारै प्रसारण लाइनमा पनि नेपाली प्राविधिकहरू नै काम गरिरहेका छन् ।
नवीकरणीय ऊर्जा विषेश गरी लघु जलविद्युत् क्षेत्रमा त नेपाली जनशक्ति, नेपाली इन्जिनियरहरूले विदेशमा समेत गएर काम गरेका उदाहरण हामी पाउन सक्छौँ । त्यसकारण बिस्तारै नवीकरणीय ऊर्जा लघु जलविद्युत् क्षेत्रबाट नेपाली इन्जिनियरहरूले नै अफ्रिका, पाकिस्तानका ठुला परियोजना डिजाइनमा र त्यहाँको कन्स्ट्रक्सन सुपरभिजनमा काम गरेको अनुभव छ । त्यसकारण भविष्यमा जसरी चिनियाँ इन्जिनियरहरू ठुला परियोजनाको डिजाइन तथा निर्माणमा काम गरिरहेका छन्, त्यसरी नै नेपालीहरूले पनि त्यस्तो सपना देख्नुपर्छ ।

नेपाली प्राविधिक सधैँ अरूको कामदार बनेर जाने होइन । नेपाली कम्पनीले नै संसारका ठुला आयोजनाहरूको ठेक्का लिऊन् । त्यसको डिजाइन, निर्माण तथा सञ्चालनको जिम्मा नेपालीले लिनुपर्छ भन्ने उद्देश्य राखेर हामीले त्यस्ता खालका जनशक्ति उत्पादन गर्ने र त्यसमार्फत् नेपालमा मात्र नभई संसारमा उपलब्ध रोजगारीहरूलाई नेपालको पक्षमा प्रयोग गर्न सकिने अवस्था हामीले देखेका छौँ ।

दक्ष जनशक्ति उत्पादनमा केयु

काठमाडौँ विश्वविद्यालय निरन्तर दक्ष उत्पादनमा प्रतिबद्ध छ र लागिरहेकै छ । सुरुका दिनमा मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ मात्र भयो भने पनि धेरै विकास निर्माणका कामहरू पूरा हुन सक्थे भन्ने लागे पनि ऊर्जाको कारण हुन सक्ने सबै वातावरणीय असन्तुलनलाई व्यवस्थापन गर्नका लागि वातावरण इन्जिनियरिङ निकै महत्वपूर्ण छ ।
ठुला परियोजनामा गुणस्तरीय काम हुनका लागि जियोम्याटिक्स इन्जिनियरिङको उत्तिकै महत्वपूर्ण योगदान हुन सक्छ भन्ने हिसाबमा केयु र अन्य विश्वविद्यालयले यस्ता जनशक्ति उत्पादन गरेका हुन् । सिभिल इन्जिनियरिङका कार्यक्रमहरू नेपालमा हुँदाहुँदै पनि केयुले सिभिल इन्जिनियरिङ सुरु गर्दाखेरि ऊर्जा विकासमा प्रत्यक्ष सहभागी हुने गरी स्नातक तहमा जलविद्युत्लाई विशिष्टीकृत गरेको छ । त्यो नेपालको ऊर्जा विकासका लागि एउटा महत्वपूर्ण योगदान थियो ।

जनशक्ति उत्पादनले देशका लागि मात्र नभएर अन्य देशमा पनि योगदान दिन सक्छौँ भन्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय स्तरको इलेक्ट्रिकल पावर इन्जिनियरिङ मास्र्टस कार्यक्रम केयुले सञ्चालन गरेको थियो । त्यो कार्यक्रममार्फत् एसिया र अफ्रिकाका झन्डै ५०औँ इन्जिनियरहरूलाई मास्टर्स लेभलमा इलेक्ट्रिकल पावर इन्जिनियरिङको अध्ययन अध्यापन गराएको थियो । ऊर्जाको उचित व्यवस्थापनका लागि स्नातकोत्तर तहमा योजना र ऊर्जा प्रणालीको व्यस्थापनका पनि कार्यक्रम छन् ।

निरन्तर नयाँ कार्यक्रम

केयुले नर्वे सरकारको सहयोगमा नेपाली र विदेशी विद्यार्थीहरूका लागि कार्यक्रम आयोजना गरेको थियो । यस्ता ऊर्जा व्यवस्थापनका लागि अझ विशिष्टकृत किसिमका कार्यक्रमहरूको आवश्यकता गर्दै जान्छ । किनभने परियोजना छनोट, निर्माण, डिजाइन र सञ्चालनमा नयाँ–नयाँ प्रविधिहरू पनि विकास हुँदै गएका छन् । त्यसकारण निरन्तर रूपमा नयाँ कार्यक्रम पनि सञ्चालन हुन जरुरी छ ।
नेपालको जलविद्युत् अझै धेरै विकास गर्न बाँकी छ । जलाशययुक्त किसिमको परियोजनाको विकास हुनुपर्नेछ । वाटर कन्भेन्सका लागि जलविद्युत् होस् वा सिँचाइ होस्, त्यसमा सुरुङ प्रविधिको पनि उत्तिकै आवश्यकता छ । त्यसकारण सिभिल इन्जिनियरिङ मात्र पढाएर पुग्दैन । भौगर्भिक अध्ययनका लागि जियोटेक्निकल इन्जिनियर, टनेल इन्जिनियर उत्पादन गर्नुपर्नेछ । केयु यसमा लागिरहेको छ । अनुसन्धान नै गरेर नेपालको जस्तो भूगर्भ भएको देशमा कस्तो किसिमको टनेल आवश्यक हुन सक्छ, टनेलको गुणस्तर कसरी कामय गर्ने, बनाउनुभन्दा अघि त्यसलाई अध्ययन तथा मापन गरेर कसरी सुरक्षित बनाउने भन्ने विषयमा काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान भइरहेको छ ।

अनुसन्धान भनेको कागजमा मात्र गर्ने होइन । यो साँच्चै नै गरेर हेर्नुपर्छ भन्ने हिसाबले केयुले जियोटेक्निल ल्याब स्थापना गर्नका लागि २०० मिटर लामा सुरुङ खन्ने काम भइरहेको छ । यो सुरुङमा नेपालमा उपलब्ध र प्रयोग भएका टनेल टेक्नोलोजीहरू अध्ययन गर्न मिल्ने गरी बनाइएको छ । अन्य किसिमका ऊर्जा विषेश गरी मौसम परिवर्तनलाई ध्यानमा राखेर विश्वको तापक्रम बढ्न नदिनका लागि के–के गर्ने भनेर वातावरण संरक्षणका लागि समेत कार्बनडाइअक्साइड उत्सर्जन हुन नदिन, रोकथाम, अध्ययन अनुसन्धानका लागि विभिन्न वातावरणीय कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ ।
नेपाल ऊर्जाको नयाँ युगमा प्रवेश गरेको छ । हिजोसम्म हामीलाई आवश्यक ऊर्जा पर्याप्त मात्रामा थिएन भने आज हामीसँग पर्याप्त मात्रामा ऊर्जा छ । अब यो ऊर्जालाई कसरी उपयोग गरेर देशको विकासमा, आर्थिक विकासमा, रोजगारी सिर्जनामा र ऊर्जाको संरक्षणमा समेत के गरेर योगदान दिन सकिन्छ भनेर केयुमा नयाँ विषय अध्ययन हुँदै छ । जलविद्युत् प्रयोग गरेर कसरी ग्रिन हाइड्रोजन उत्पादन गर्न सकिन्छ र त्यो हाइड्रोजनमार्फत् एमोनिया जस्ता रसायन उत्पादन गरेर इन्धनका रूपमा कसरी प्रयोग गर्ने भनेर केयुमा अध्ययन अध्यापन सुरु भएको छ ।

कम्तीमा स्नातकोत्तर र पिएचडी तहमा ग्रिन हाइड्रोजनसँग सम्बन्धित अध्ययन अध्यापन सुरु भइसकेको छ । त्यस्तै साधारण विद्युत्लाई घरेलु प्रयोजनमा बढाउन पनि अध्ययन भइरहेको छ । विद्युत्को उत्पादनमूलक प्रयोगमा पनि अध्ययन भइरहेको छ । अर्को धेरै छलफलमा आएको विषय पेट्रोलबाट चल्ने सबै गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्दा विद्युत्को खपत आन्तरिक रूपमा बढाउन सक्छौँ । नेपालमा सबै गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गरियो भने पनि अझै प्रचुर मात्रामा विद्युतीय ऊर्जा बाँकी रहने हुनाले अन्य के सम्भावना हुन सक्छ ? त्यसकारण अन्य के सम्भावना हुन सक्छ, ठुलो औद्योगिक रूपमा विद्युत्लाई कसरी प्रयोग गर्ने भन्ने कुरामा पनि ग्रिन हाइड्रोजन नै प्रयोग गरेर रासायनिक मल उत्पादन जस्ता कामहरूमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने हिसाबमा पनि अध्ययन अनुसन्धान भइरहेको छ ।

केयुको अर्को पछिल्लो प्रयास भनेको हामी आज नेपालमा प्राकृतिक स्रोतहरूमध्ये जलविद्युत् त राम्रै प्रयोग गर्ने अवस्थामा पुगेका छौँ भने कम्तीमा देशमा उपलब्ध भएको चुनढुंगालाई प्रयोग गरेर सिमेन्ट उद्योगहरूको स्थापना गर्न सक्छौँ । भविष्यमा नेपालका खानीहरूमा उपलब्ध फलाम र अन्य धातुजन्य पदार्थको उल्खनन गर्ने, त्यसलाई प्रशोधन गरी फलाम र अन्य धातुजन्य पदार्थहरू उत्पादन गर्न सक्यौँ भने त्यसले ठुलो मात्रामा ऊर्जा खपत गर्ने र त्यसमार्फत् थुप्रै अन्य औद्योगिक गतिविधि बढ्न सक्छ । रोजगारी पनि सिर्जना हुन सक्छ । त्यसबाट फलाम जस्ता वस्तुहरू निकासी गरेर हाम्रो व्यापार घाटा पनि घटाउन सकिन्छ ।

ऊर्जा पूर्वाधारको कानुनी अध्ययन

कानुनी विषय पनि पेचिलो बन्दै गएको छ । एमसिसी परियोजना आउँदा सम्झौतामा के–कस्तो थियो भनेर ठुलो बहस बनेको थियो । कहिलेकाहीँ हामी विदेशी विज्ञसँगै भर पर्नुपर्ने अवस्था आयो । त्यसकारण काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ लअन्तर्गत ऊर्जा र पूर्वाधार कानुनमा अध्यापन हुँदै छ । ऊर्जा अन्र्तराष्ट्रिय बहसको विषय बन्छ, त्यो बेला हाम्रा आफ्नै कानुन व्यवसायीहरूले सन्धि–सम्झौताका बारेमा बुझेर बहस पैरवी गर्नु जरुरी छ । त्यसबाहेक ऊर्जा विषय प्राविधिक मात्र नभएर सामाजिक विषय पनि हो । त्यसकारण यसले सामाजिक उत्थानमा समाजमा भएको विभेदलाई न्यूनीकरण गर्न सामाजिक विषयवस्तुहरूसँग सम्बन्धित विषयहरूको पनि पठनपाठन तथा अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।

ऊर्जा विषय कुनै एउटा देश, क्षेत्र वा स्थानको मात्र होइन । यसले समग्र विश्वको क्षेत्रलाई ओगट्छ । किनभने जतिजति हामी जैविक इन्धन प्रयोग गर्छौं, त्यसले पार्ने वातावरणीय असर राजनीतिक सिमानामा हुँदैन । त्यसले उडेर अन्य देशहरूमा समेत असर पार्ने भएकाले सबैको चासोको विषय हो । त्यसकारण अध्ययन, अध्यापन, अनुसन्धान एउटा देशमा मात्र नभएर जसरी हिजोका दिनमा भारतलगायत देशको सहयोग लिएर नेपाललाई चाहिने इन्जिनियरहरू उत्पादन गरेका थियौँ । आज हामी पनि कम्तीमा एकभन्दा बढी देश मिलेर पनि यस्ता कार्यक्रम चलाउनुपर्छ भन्ने हिसाबमा वातावरण विज्ञानमा हामीले धेरै देशका विद्यार्थीहरूलाई केयुमार्फत् अध्ययन गराएका थियौँ । पछिल्लो दिनमा पनि भारतको उत्कृष्ट संस्थासँग मिलेर मास्टर्स र पिएचडी तहका कार्यक्रमहरू विषेश गरी ऊर्जासँग सम्बिन्धत कार्यक्रम गराएका थियौँ ।

(डा. थापा काठमाडौँ विश्वविद्यालयका उपकुलपति हुन्)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech