No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

कम छैन ऊर्जा उत्पादकको योगदान

- भरत पराजुली

कम छैन ऊर्जा उत्पादकको योगदान

समग्रमा नेपालको विकासको ढोका खोल्न विद्युत् क्षेत्रको चौतर्फी विकास हुनुपर्छ । विद्युत्लाई विकासको पूर्वाधारका रूपमा मात्रै नभएर विकासको आधारका रूपमै लिइनुपर्छ । विद्युत् पर्याप्त र सहज नहुँदासम्म थप विकास, समृद्धि र उन्नति असम्भव छ । नेपालमा औद्योगीकरण नहुनको कारण विद्युत् उत्पादनमा कमी नै हो । विद्युत् उत्पादनको इतिहास वि.सं. १९६८ देखि भए पनि प्रकृतिले दिएको जलस्रोतलाई समयसापेक्ष रूपमा प्रयोग गरेर उत्पादन गर्न सकेनौँ, विगतमा व्यापक कमजोरी भएकै हो ।

प्राकृतिक स्रोतको प्रयोग गरेर विद्युत् उत्पादन गर्न नसक्नुको मुख्य कारण नेपालसँग लगानीको कमी हुनु, लगानीको सुरक्षाको वातावरण नहुनु र सरकारी नीति लगानीमैत्री नहुनु हुन् । पहिले गाउँमा विद्युत् थिएन । सीमित सहरहरूमा मात्रै विद्युत् पहुँच थियो । २०५२ सालअघि विद्युत् दुर्लभ नै थियो । त्यसअघि दियो बालेर, टुकी बत्ती बालेर बसेको ठुलो समाज थियो । त्यसपछि मात्रै गाउँगाउँमा विद्युत् पूर्वाधार बन्न थाले । सरकारले आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने योजना ल्याएर गाउँगाउँमा पैसा पठाउन थालेदेखि गाउँमा अन्य पूर्वाधारसँगै विद्युतीकरण सुरु भएको हो । गाउँमा विद्युत् पुगेपछि विद्युत् सामान्य चिज हो भनेर गाउँघरका मान्छेले सोच्न थाले । त्यसअघि नजिकै विद्युत् उत्पादन केन्द्र वरिपरिका गाउँ पनि अध्याँरो हुन्थे । बत्तीमुनिको अध्याँरो भनेजस्तै बत्तीमाथिको अध्याँरोको अवस्था थियो ।

गाउँमा विद्युतीकरण हुन थालेपछि निजी क्षेत्रले कलकारखाना पनि गाउँमा सञ्चालन गर्दै आएको हो । कलकारखानामा बिजुली खपत बढ्दै गए पनि बिजुलीको अभाव यथास्थितिमै थियो । माग बढ्न थाल्यो । तर, उत्पादन बढ्न नसकेपछि विद्युत्भार कटौतीको अवस्था सिर्जना भयो । २०५२ सालदेखि सशस्त्र राजनीतिक लडाइँ सुरु भएपछि नेपालमा विकासको पूर्वाधारको अवस्था ठप्पजस्तै भयो । त्यो १० वर्ष पूर्वाधारमा लगभग विराम नै लाग्यो । न आयोजनाहरू बन्न सके, न कलकारखाना थप हुन पाए । २०६३ सालपछि नेकपा माओवादीसँग शान्ति सम्झौता भएपछि विद्युत् आयोजना व्यापक रूपमा बन्न थाले । विद्युत् माग पनि ह्वात्तै बढ्न थाल्यो । मागअनुसार विद्युत् आपूर्ति हुन नसकेपछि दिनकै १२–१४ घन्टा अँध्यारोमा बस्ने अवस्था आयो । वि.सं. २०७० को दशकमा निजी क्षेत्रसमेतले उत्पादन बढाउन थालेपछि देशमा उज्यालो छायो ।

देशमा सामान्य रूपमा विद्युत्भार कटौतीमुक्त भए पनि अझै नेपालमै चाहिने पर्याप्त विद्युत् उत्पादन हुन सकेको छैन । अहिले पनि सिजनमा भारतबाट विद्युत्् आयात गरिरहनुपरेको छ । विद्युत्मा देश अझै स्वनिर्भर भएको छैन । चाहेका बेला चाहिएको परिमाणमा गुणस्तरीय विद्युत् उपभोग गर्न पायौँ भने बल्ल मुलुक समृद्धितर्फ लाग्छ, ऊर्जामा स्वनिर्भर हुन्छ । अहिले हाम्रो मुलुकको व्यापार घाटा ठुलो मात्रामा रहेको अवस्थामा त्यसलाई कम गर्ने हाम्रै प्राकृतिक स्रोतबाट उत्पादन हुन सक्ने विद्युत् नै छ । विद्युत् आयोजनाहरू पूर्ण मात्रामा सञ्चालन गर्न सक्यौँ भने व्यापार घाटा दुईतर्फबाट कम हुन्छ । पहिलो, इन्धनको आयात घट्दै जानेछ । भान्छामा ग्यास तथा आयातित इन्धनलाई बिजुलीले प्रतिस्थापन गर्नेछ भने दोस्रो विद्युत् निर्यात गरेर विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा न्यूनीकरण गर्न सघाउ पुग्नेछ ।

दक्षिण एसियाको अन्य मुलुकको तुलनामा नेपालमा विद्युत् सस्तो छ भन्ने सन्देश विश्वमा प्रवाह गर्न सक्नुपर्छ । यो सन्देश प्रवाह गर्नेबित्तिकै विदेशी कम्पनी नेपालमा लगानी गर्न आउँछन् । अहिले हामीले सिजनअनुसारका अनेक दर, जस्तै प्रतियुनिट ८ रुपैयाँ ४० पैसा, ४ रुपैयाँ ८० पैसा, अथवा १२, १३ रुपैयाँ युनिट बिजुली बेचिरहेका छौँ, त्योभन्दा पनि सस्तो हुने दिन आउँछ । प्रशस्त बिजुली उत्पादन भएर सस्तोमा उपभोग गर्न पायौँ भने डिजलमा १०० रुपैयाँ खर्च गरेर गर्न सकिने काम, बिजुलीमा ५० रुपैयाँमै सम्पन्न गरेर व्यापार घाटा कम गर्न सकिन्छ ।

ठुला मेसिन चल्दा उत्पादन लागत पनि कम हुन्छ र बाह्य देशका कम्पनीहरूलाई नेपालमा आउने वातावरण तयार गर्नुपर्छ । त्यसका निम्ति सरकारले लगानीमैत्री र सुरक्षाको प्रत्याभूति दिनुपर्छ । एउटा कलकारखाना खोलेको मान्छे हरेक दिन पुलिस प्रशासनमा गएर आफ्ना समस्या सुनाउनमै दिन नबितोस् । त्यो वातावरण सरकारले बनाउनुपर्छ । बिजुली उत्पादन बढ्नेबित्तिकै नेपालको उत्पादन सस्तोमा उत्पादन हुने त छँदै छ । यहाँको बिजुली भारत, बंगलादेश र चीनमा बेच्ने दिन आउँछ । अहिले पनि निर्यात त भइरहेको छ, तर अब कटिबद्ध भएर नेपालले प्रतिवर्ष ५ हजार मेगावाट बिजुली निरन्तर बेच्छ भन्ने दृष्टिकोण बनाउनुपर्छ । भएका बेलामा बेच्छु, नभएको बेलामा सक्दिनँ भन्ने दृष्टिकोणले व्यापार हुँदैन । भारतले पनि यति बिजुली नेपालबाट सधैँ आइरहन्छ भनेर ढुक्क हुनसक्ने वातावारण बनाउनुपर्छ ।

विद्युतीय चुह्लो प्रयोग गरेर खाना पकाउँदै छौँ भने बत्ती गएका कारणले भात काँचो रहनुभएन । त्यो प्रत्याभूति ग्राहकले पाउनुपर्छ । भारतका विद्युत् उपभोगकर्तालाई थर्मल प्लान्ट प्रयोग गर्नुपर्दैन, पर्यावरण प्रदूषित गर्ने कोइलाको बिजुली प्रयोग गर्नुपर्दैन भन्ने प्रत्याभूति दिलाउनुपर्छ । भारतका विद्युत् व्यापार गर्ने संस्थाहरूले यति मेगावाटचाहिँ नेपालबाट निरन्तर आइरहन्छ भन्नेमा ढुक्क हुन सक्ने वातावरण बनाउनुपर्छ । यो अवस्थाले विद्युत्बाटै नेपालको समृद्धि यात्रा आरम्भ हुन्छ ।

बिजुलीका आयोजनाहरू बन्ने क्रममा त्यहाँ दसौँ हजार मानिसले प्रत्यक्ष वा परोक्ष रूपमा रोजगारी पाइरहेका हुन्छन् । आयोजना बन्ने क्रम त निरन्तर चलिरहने कुरा हो । अहिले पनि हाम्रा ३२०० आयोजना निर्माणाधीन छन् । त्यसै हाराहारीमा निर्माणको तयारीमा छन् । करिब १२ हजार आयोजना विद्युत् खरिद सम्झौता (पिपिए) गर्न लाइनमा छन्, कतिपय अध्ययनकै क्रममा छन् ।

विद्युत् उत्पादनमा मात्र होइन, आरम्भ अर्थात् सर्वेक्षण, अध्ययन अवधिदेखि नै विद्युत्ले रोजगारी सिर्जना गर्छ । वस्तु तथा सेवाको बजार विस्तार हुन्छ । कोही होटलमा गएर खाना खान्छन् । उसको व्यापार भइरहेको हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ । त्यसैले विद्युत् उत्पादनको सकारात्मक प्रभावले अर्थतन्त्रका सबै तहमा योगदान पुगेको हुन्छ ।

सबैभन्दा सानो एक मेगावाटको विद्युत् आयोजना निर्माण गर्दा २० देखि २२ करोड रुपैयाँसम्म लागत पर्छ । त्यसको करिब ५० प्रतिशत रकम उपकरणहरू किन्न विदेशमा जान सक्ने हुन्छ । बाँकी कम्तीमा ५० प्रतिशत रकम त मुलुकभित्रै रोजगारी सिर्जना हुन उपयोग हुन्छ । विद्युत् आयोजना अर्थतन्त्र चलायमान बनाउने मूल आधार हुन् ।

विद्युत्ले पर्यटन उद्योग विस्तारमा सहयोग गर्नेछ । ग्रामीण पर्यटनदेखि तारे होटलसम्म पर्याप्त विद्युत्बिना चल्न सक्दैनन् । विद्युत्ले पर्यटनलाई सहज बनाइदिन्छ । व्यापार घाटा न्यूनीकरण, अर्थतन्त्र चलायमान, दैनिक जीवनलाई सहजदेखि अर्थतन्त्रका अनेक आयाममा विद्युत्ले सहयोग गरिरहेको हुन्छ । जस्तै, विभिन्न ठाउँमा केबलकार चलेका छन् । विद्युतीय सवारीसाधनमा विस्तार हुनेछ ।
ठुला सिमेन्ट कलकारखाना चलिरहेका छन् । आज हामी मल कलकारखाना सञ्चालनको कुरा गरिरहेका छौँ भनेपछि यो सबै खालको औद्योगीकरणमा विद्युत्ले सहयोग गर्नेछ ।

विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० अघि विद्युत्मा सरकारकै एकाधिकार थियो । बिजुली सीमित सहरियाको विलासी वस्तु जस्तो थियो । निजी क्षेत्रले आयोजना बनाउन थालेपछि नै बिजुलीमा सर्वसाधारणको पहुँच पुग्न थाल्यो र अब त निजी क्षेत्रको उत्पादनकै बलमा निर्यातसम्म हुन थालेको छ । यो निजी क्षेत्रकै योगदान हो ।

निजी क्षेत्रले विद्युत् उत्पादन गर्नु सहज पक्कै होइन, छैन पनि । आयोजना तथा निजी सम्पत्तिको प्रत्याभूति दिएर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनुपर्छ । तोकिएको समयमा आयोजना बन्न सकेन भने लगानी डुब्छ भन्ने भय र त्रासमा काम गर्नुपर्छ । सरकारी आयोजनामा जस्तो कर्मचारीको काम नहुँदा पनि तलब पाकिरहने अवस्था निजी क्षेत्रमा हुँदैन । त्यसैले निजी क्षेत्रका मानिस गम्भीर हुन्छन् र समयमै आयोजना सम्पन्न गर्ने प्रयास गर्छन्, सफल पनि हुन्छन् ।

अहिले ९० प्रतिशतभन्दा बढी घरमा विद्युत् लाइन पुगेको छ । निजी क्षेत्रको सहभागिता हुँदैनथ्यो भने अहिलेको यो अवस्थामा आइपुग्ने सम्भावना नै थिएन । सरकारी आयोजना तामाकोसी निर्धारित लागत र समयको दोब्बरमा मात्र बन्न सक्यो । माथिल्लो त्रिशूली थ्रीए बनाउने बेलाको अवस्थामा पनि हामीले त्यही बुझ्यौँ । हुँदाहुँदै चमेलियाको पनि करिब–करिब १० देखि १५ वर्ष लाग्यो । त्यसैले समयमा नतिजा ल्याउनका लागि डेडिकेटेड टिम चाहिन्छ । डेडिकेटेड टिम निजी क्षेत्रसँग मात्रै हुन्छ ।

संसारका अधिकांश मुलुक यहाँसम्म कि चीनजस्तो मुलुकमा निजी क्षेत्रको अस्तित्व स्वीकार गरेर विदेशी कम्पनी गई लगानी गर्दा चिनियाँ अर्थतन्त्रले ४ दशकमा फट्को मारेको छ । त्यसैले अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको महत्व छ र नै नेपालमा निजी क्षेत्रले प्रवेश गरेसँगै जलविद्युत् उत्पादन थालेयता व्यापक सुधार भयो ।

निजी क्षेत्रले बनाउँदाका समस्या

निजी क्षेत्रले आयोजना बनाउँदा अनेक हन्डर खानुपर्छ । सरकारी, गैरसरकारी, राजनीतिक सबै क्षेत्रले लगानी प्रवद्र्धनमा सहयोग पुग्ने काम गर्नुपर्छ । लगानी गर्ने र सरकारलाई कर दिने मानिसको सम्मान हुनुपर्छ । मुलुक धनी हुन बढी मानिसले कर तिर्न सक्ने वातावरण बनाउनुपर्छ ।

मुलुकमा मर्यादाक्रम भनेर भनिएको छ । मर्यादाक्रममा राष्ट्रपति, उपाराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख हुँदै सरकारी कार्यालयको सहयोगीको सम्म मर्यादाक्रम तोकिएको छ । प्रदेशको सभामुख, जिल्ला विकास समितिको संयोजक, पालिकाका पदाधिकारीको पनि मर्यादाक्रम राज्यले निर्धारण गरेको छ । मुलुकलाई धेरै कर तिर्ने, वर्षमा अर्बौँ रुपैयाँ राजस्व बुझाउने व्यवसायीको चाँही मर्यादा हुँदैन ? उसलाई चाहिँ सुरक्षा चुनौती हुँदैन ? राज्य त्यही हो । साँच्चै मुलुक समृद्ध र नेपाली सुखी बन्ने हो भने राजनीति गरेर कुनै पदमा पुगेको मान्छेको मर्यादामात्र होइन, राज्यलाई प्रत्येक वर्ष धेरै राजस्व बुझाउनेको समेत मर्यादाक्रम तोकिनुपर्छ । कसैले वर्षको १० अर्ब रुपैयाँ राजस्व बुझाउँछ भने उ कम्तीमा प्रधानमन्त्रीसरहको मर्यादामा किन नहुने ?

मुलुकमा भएको ढुकुटीबाट मात्रै खाने, आफ्नो योगदान शून्य गराउनेको संख्या धेरै छ । अहिले एउटा आयोजना बनाउँछौँ र सञ्चालन गर्छौँ भन्ने हो भने १४ वटा मन्त्रालयमा धाउनुपर्छ । वन मन्त्रालयमा गयो, त्यहीँ समस्या छ । विद्युत् विकास विभागमा गयो भने डुकुमेन्टेसनको समस्या छ ।

कर कार्यालय गयो भने त्यहीँ समस्या छ । भन्सारबाट सामान ल्याउँदा त्यहीँ समस्या जस्ता बाधा अड्चन आउने गरेका छन् ।
विदेशबाट पैसा ल्याउँछु भन्दा लगानीसम्बन्धी समस्या छ । यी सबै समस्याका बीचमा निजी क्षेत्रले जलविद्युत् आयोजनाको काम गर्नुपरेको छ । त्यसैले सरकारी तवरबाट यो देशलाई समृद्ध बनाउन लागेको नागरिकका लागि राज्यले एउटा ढोकाभित्र गइसकेपछि सबै चिज त्यहीँ हुने, केही पनि बाधा अड्चन नआउने किसिमको वातावरण बनाउनुपर्छ ।

अहिले जलविद्युत्मा लगानी गर्नेहरूले आफू जलेर अरूलाई उज्यालो दिएको अवस्था छ । सरकारको कुनै एउटा निकायले कुनै काम गर्नका लागि अनुमति जारी गर्छ भने त्यो अनुमतिअनुसार काम गर्ने वातावरण सरकारका अन्य निकायले पनि बनाउनुपर्छ । काम गर्न योग्य छैन भने सरकारका कुनै पनि निकायले अनुमति नै जारी गर्नुहुँदैन । उद्योग व्यवसाय यो मुलुकको विकासका मेरुदण्ड हुन् । उद्योग व्यवसाय चलेन भने राज्य चल्न सक्दैन ।

(पराजुली इप्पानका कार्यसमिति सदस्य हुन्)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech