No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

सुरुङ निर्माणमा टिबिएमको उम्दो सफलता

- प्रज्वलमान श्रेष्ठ

सुरुङ निर्माणमा टिबिएमको उम्दो सफलता

नेपालको हिमाली भूभाग, विशेष गरी हिमालय क्षेत्रमा बहने नदीनालामा जलविद्युत् उत्पादनको ठुलो सम्भावना छ । भौगोलिक हिसाबले जोखिमपूर्ण यस क्षेत्रमा जलविद्युत् तथा सिँचाइका परियोजनाको सुरुङ निर्माणको काम निकै चुनौतीपूर्ण छ । परम्परागत शैलीबाट ड्रिलिङ तथा विस्फोटक पदार्थको उपयोग गरी परियोजनाको सुरुङ निर्माण गर्न वर्षौं लाग्छ । नेपालमा यसरी नै काम भइरहेको छ । सीमित पुँजी तथा हिमाली क्षेत्रको भौगर्भिक अवस्थाको कारण देखाई सुरुङ निर्माणमा मेसिनरी उपकरणको उपयोग भएको पाइँदैन । तर, बिस्तारै नेपालीहरूको यो धारणामा फेरिने क्रमको सुरुआत भएको छ ।

नेपालले पहिलो पटक खेतीयोग्य भूमिको सिँचाइ तथा विद्युत् उत्पादन गर्ने उद्देश्यले भेरी–बबई डाइभर्सन बहुउद्देश्य परियोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) को उपयोग गरी सुरुङ निर्माण गरेको छ । टिबिएमले भेरी–बबई परियोजनामा लक्षित समयअगावै सुरुङ निर्माणको काम सफलतापूर्वक सम्पन्न ग¥यो । अहिले अर्को सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्य परियोजनामा पनि टिबिएमको उपयोगबाट सुरुङ खन्ने काम भइरहेको छ । पहिलो परियोजनामा टिबिएमबाट सुरुङ खन्दाको सफलता तथा अहिले दोस्रो परियोजनामा पनि टिबिएमको प्रयोग गरिनुले नेपालमा यान्त्रिक टनेलिङप्रतिको धारणा सकारात्मक बन्दै गएको बुझ्न सकिन्छ । भेरी–बबई र सुनकोसी–मरिण परियोजना निर्माणमा जानुअघिसम्म भौगोलिक विकटता तथा भौगर्भिक अवस्थाको कारण देखाउँदै नेपालमा टिबिएमको प्रयोग हुन सकेको थिएन । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष गरी सिँचाइका निमित्त निर्माण भइरहेका र विद्युत्समेत उत्पादन हुने बहुउद्देश्यीय परियोजनामा ड्रिल र विस्फोटक पदार्थ ब्लास्ट गरी सुरुङ निर्माण गरिने परम्परागत शैलीलाई छाडेर पहिलो पटक टिबिएमको उपयोग गर्ने विकल्प रोज्यो ।

अध्ययनअनुसार भेरी–बबई परियोजनामा परम्परागत शैलीबाट सुरुङ निर्माण गर्दा १२ वर्ष समय लाग्ने अनुमान गरिएको थियो । यो एउटा परियोजनाको हेडरेस सुरुङ निर्माण गर्न लाग्ने लामो समय हो । आर्थिक हिसाबले यो त्यति व्यावहारिक थिएन । मन्त्रालयले अधिक समय लाग्ने कारण बुझेर नै परम्परागत शैलीमा सुरुङ निर्माणलाई छाडेर विकल्पमा टिबिएमलाई राख्यो । भेरी–बबई परियोजनाको सुरुङ निर्माणमा टिबिएमको प्रयोगलाई अवसर र चुनौतीका रूपमा लिइयो ।

भेरी–बबई परियोजनाको सुरुआती विन्दुको सुरुङ १५० मिटर लामो थियो । यो सुरुङ ड्रिल तथा ब्लास्टिङ विधिबाट खनिएको थियो । यो सुरुङ पूरा हुन ५ महिना लागेको थियो । खन्ने क्रममा यो सुरुङमा कुनै प्रकारको भौगर्भिक समस्या देखिएन । भेरी–बबई परियोजनाको सुरुआती विन्दुमा खनिएको सुरुङबाट टिबिएमलाई प्रवेश गराइयो । टिबिएमले ५ महिना लगाएर खनिएको १५० मिटर बराबर नै सुरुङ १ साताभन्दा कम समयमा खनेर सम्पन्न गरेको सफल उदाहरण छ ।

भेरी–बबई परियोजना नेपालगन्जबाट ५६ किलोमिटरको दुरीमा अवस्थित छ । नेपालगन्ज पश्चिम नेपालको सबैभन्दा ठुलो व्यापारिक हब हुनुका साथै परियोजना स्थलबाट नजिकैको ठुलो सहर पनि हो । नेपालगन्ज विमानस्थलबाट करिब १ घन्टा गाडीमा यात्रा गरेपछि भेरी–बबई परियोजना स्थल पुगिन्छ । परियोजनाको सुरुङ समुन्द्र सहतबाट ७०० देखि १००० मिटरको उचाइमा बहने नदी बेसिनमा छ ।
परियोजना स्थल सडक सञ्जालले जोडिएको स्थानमा अवस्थित छ । यो सडक सञ्जालले उच्च हिमाली सहर तथा गाउँहरूलाई जोडेको हुँदा पदयात्री तथा पर्वतारोहीहरू यही सडक भएर हिँड्ने गर्छन् । यो सडक तथा यस रुटमा पर्ने पुलहरू गह्रौँ लोड धान्न सक्ने भएकै कारण भेरी–बबई परियोजनामा टिबिएमको प्रयोग गर्ने निर्णय नेपाल सरकारले लिन सकेको थियो । परियोजना रहेको क्षेत्र बर्खाको समयमा बाढीको चपेटामा रहने गर्छ । तर, समग्रमा यस क्षेत्रको मौसम उप–उष्ण कटिबन्धीय छ । हिउँदमा यो क्षेत्र तातो छ । किनकि यो भारतीय सीमानजिकै छ ।

हिमाली तथा पहाडी मुलुक भएकाले नेपालमा जलविद्युत्, सिँचाइ तथा यातायातका लागि सुरुङ निर्माण गर्न सकिने सम्भावना धेरै छ । यद्यपि, नेपालमा अहिलेसम्म निर्माण भएका सुरुङहरू ऐतिहासिक ड्रिल एन्ड ब्लास्ट (डिएन्डबी) विधिबाट पूरा गरिएको हो । अहिलेसम्म बनेका अधिकांश सुरुङ जलविद्युत् उत्पादनको उद्देश्यले खनिएका हुन् । यी सुरुङको व्यास सानो हुनुका साथै घोडाको नालको आकारको क्रस–सेक्सनको लम्बाइ छोटो भएको तथ्यसँग जोडिएको छ । यसको अर्थ के हो भने ठुला सिँचाइ तथा जलविद्युत् परियोजनाका लगानीकर्ता यान्त्रिकीकरणको उपयोगबाट परियोजनाको सुरुङ निर्माण गर्ने विकल्पबारे ज्ञान छैन ।
भेरी–बबई परियोजनामा २ वटा नदी जोड्नका लागि टिबिएमबाट ८०० मिटर अधिकतम चट्टान भएको विशाल पहाडमुनि १२ हजार २१० मिटर लामो र १५२ मिटर उचाइको सुरुङ खनिएको छ । सुरुङको रुटमा कमजोर चट्टान रहेको पहिले नै अध्ययनले देखाएको थियो । जहाँ ४० मिटर क्युब प्रतिसेकेन्डको गतिमा पानी प्रवाह हुने अनुमान गरिएको थियो । जुन कुरा तलको चित्रमा उल्लेखित छ ।

परियोजनाको भौगर्भिक अध्ययनका क्रममा सुरुङ निर्माण हुने क्षेत्रमा यी चट्टानहरू पाइएको थियो । जसमा हिमालय शिवालिक ‘रेन्ज’मा पाइने बलौटे ढुंगा, माटो मिसिएको ढुंगालगायत पाइएको थियो । (चित्र नं २ ले यसलाई दर्शाएको छ)
माथिल्लो शिवालिक
शिवालिक मडस्टोन
मध्य शिवालिक ‘बी’
मध्य शिवालिक ‘ए’
तल्लो शिवालिक

पूर्वोत्तर भारतदेखि पश्चिम पाकिस्तानको २ हजार किलोमिटरभन्दा बढी पर्वतीय क्षेत्रमा शिवालिक चट्टानहरूको संरचना भेटिन्छ । यी चट्टान तुलनात्मक रूपमा नयाँ मानिन्छन् । यी चट्टानको आयु १ करोड ४० लाख (१४ मिलियन) वर्षदेखि २ करोड (२० मिलियन) वर्षसम्म छ ।
सामान्यतया, शिवालिक चट्टानको संरचना उत्तरी भेगमा ‘मेन बाउन्ड्री थ्रस्ट (एमबिटी)’ र दक्षिणी भेटमा ‘मेन फ्रन्टल थ्रस्ट (एमएफटी)’ को बीचमा अवस्थित छ । एमटिबी पूरै हिमालय क्षेत्रको प्रमुख जोर प्रणाली हो, यसले शिवालिकको युवा चट्टानको संरचनालाई त्योभन्दा तल्लो तहको चट्टानको संरचनालाई छुट्याउँछ । जहाँ, अपेक्षाकृत रूपमा गुणस्तरीय ‘मेटा–सेडिमेन्टरी’ र क्रिस्टलीय अनुक्रमहरू पाइन्छन् । (पन्थी, २०१९)
शिवालिक चट्टान संरचनालाई तल्लो, मध्य र माथिल्लो शिवालिक संरचनामा विभाजन गर्न सकिन्छ । सामान्यतया, शिवालिक चट्टानको संरचना एमबिटीसँग दक्षिणतर्फ झुकेका (अधिक भरपर्दो) कम हिमालयन मेटा–सेडिमेन्टरी चट्टानहरूको आडमा दबिएका छन् । दुई सक्रिय टेक्टोनिक दबाबको बीचमा फसेका कारण शिवालिक संरचनाका चट्टानहरूको फर्मेसन कमजोर हुने गरेको तथा अधिक विकृत एवं सजिलै खस्ने, क्षति हुने र छिद्रपूर्ण प्रकृतिको हुने गर्छन् । त्यसकारण पनि शिवालिक चट्टान समूहको पहाडमुनि सुरुङ निर्माण गर्ने कार्य चुनौतीपूर्ण हुने गर्छ ।

भेरी–बबई परियोजनाको हेडरेस सुरुङ बनेको पहाडमा तल्लो शिवालिक (एलएक) चट्टान भेटिएको छ । यहाँ राम्रोदेखि मध्य दाना भएको खैरो बालुवा, ढुंगा र सिल्टी, बलौटे तथा क्याल्केरियस प्रकृतिका ढुंगाहरूको मिश्रण छ । मध्य शिवालिक (एमएस) चट्टान संरचना, जसमा सिल्टस्टोन र मडस्टोनको मिश्रण छ । मध्यमदेखि मोटो दाना भएको खैरो बालुवा र ढुंगाहरू छन् । मध्य शिवालिक संरचना बिस्तारै माथिल्लो तहको शिवालिक (युएस) चट्टान संरचनाको समुच्चयदेखि बलौटे समुच्चय संरचनाहरूबाट ‘ओभर ल्याप’ हुँदै जान्छ । (यसबारेमा चित्र नम्बर २ मा दर्शाइएको छ ।)

भेरी–बबई परियोजनाको हेडरेस सुरुङले चित्र नम्बर २ मा उल्लेख गरिएअनुसार झुकेको एन्टिलाइन र सिंकलाइन शिवालिक चट्टान बन्ने क्रमहरू पार गरेको छ । हेडरेस सुरुङले भेरी थ्रस्ट पार गरेको छ । जुन, परियोजना क्षेत्रमा एमबिटी र एमएफटीभित्र पाइने २ टेक्टोनिक सम्पर्कहरूमध्ये एक हुन आउँछ । तसर्थ, यो थ्रस्टमार्फत् टिबिएमबाट सुरुङ खन्दा अत्याधिक सावधानी अपनाएर काम गर्नुपर्ने योजना बनाइएको थियो । परियोजनाको सुरुङभित्रको भौगर्भिक अवस्थालाई ध्यानमा राखी टिबिएमको उपयोग गरी काम गरिएको थियो । सुरुङ निर्माणलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने उद्देश्यले ५.०६ मिटर ब्यास भएको रोबिन्स डबल शिल्ड टिबिएम छनोट गरिएको थियो ।

सन् २०१७ को १६ अक्टोबरदेखि टिबिएमबाट भेरी–बबई परियोजनाको सुरुङ खन्ने कार्यको थालनी भएको थियो । (चित्र नम्बर ३ मा देख्न सकिन्छ) । टिबिएमबाट परियोजनाको हेडरेस सुरुङ खन्ने कार्य सुरुआतबाटै धेरै महिनासम्म लक्ष्यअनुसार नै हुन सक्यो । कुनै–कुनै महिनामा लक्ष्यभन्दा दोब्बर सुरुङ खनियो । यो परियोजनामा टिबिएमले औसत मासिक ७०० मिटर सुरुङ खन्यो । (चित्र नम्बर ५ ले टिबिएम उपयोगको मासिक प्रगति दर्शाउँछ) । अधिकतम मासिक १२ सय २ मिटरसम्म पनि सुरुङ खन्ने कार्य भेरी–बबई परियोजनामा टिबिएमबाट भयो । फलस्वरूप लक्ष्यभन्दा १ वर्षपहिले नै परियोजनाको हेडरेस सुरुङ खन्ने कार्य सम्पन्न भयो ।

भेरी–बबई परियोजनाको हेडरेस सुरुङ खन्ने क्रममा माथि जियोटेक्निकल बेसलाइन रिर्पोट (जिबिआर) मा वर्णन गरिए जस्तै चट्टानहरू नै भेटिएका थिए । अर्थात्, सुरुङ रहेको पहाडभित्र मडस्टोन, सिल्टस्टोन, ढुंगा र बालुवालगायत नै भेटिएको थियो । सुरुङ निर्माणका क्रममा टाइप–१ प्रकारको खण्ड (कम सुदृढ) ७३ प्रतिशत र टाइप–२ प्रकारको खण्ड (अधिक सुदृढ) २६ प्रतिशत रहने योजना थियो । यद्यपि काम गर्दै जाँदा टाइप–१ प्रकारको खण्ड ९२ प्रतिशत र टाइप–२ प्रकारको खण्ड ८ प्रतिशत मात्रै प्रयोग भयो । सुरुङभित्रको भौगर्भिक अवस्था अपेक्षा गरिएकोभन्दा राम्रो थियो ।

सुरुङ निर्माणका क्रममा कमजोर भौगर्भिक अवस्थाका कारण देखिन सक्ने समस्या पनि टिबिएमको प्रयोग गर्ने क्रममा सुरुङमा देखिएन । यसलाई ‘भेरी थ्रस्ट जोन’ भनिएको छ । काम गर्ने क्रममा सुरुङभित्र माटो र पानी खस्ने आंशिक गरिएको थियो । तर, टिबिएम प्रयोग गरेर सुरुङ निर्माणको काम गरिरहेको ठेकेदार कम्पनीले यस प्रकारको समस्या आउन नदिन सावधानीका उपाय अपनाउँदै जोखिमयुक्त स्थानको पहिचान गर्दै सुरक्षित ढंगले काम अगाडि बढायो । आशंका गरिएको स्थानमा कुनै समस्या देखिएन । परियोजनामा काम गर्ने क्रममा ठेकेदारले उपकरणको मर्मत, स्रोत परिचालन, प्राविधिक तयारी, आपत्कालीन अवस्थामा गर्ने कार्यमा ध्यान पु¥याएको थियो ।
टिबिएमबाट सुरुङ खन्ने क्रममा सय मिटर अगाडिको भौगर्भिक अवस्थाको प्रक्षेपण गर्न सकिने ‘होराइजेन्टर सोनिक प्रोफाइल मेथड (एचएसपी) को प्रयोग गरिएको थियो । यो मेथडबाट गरिएको प्रक्षेपणअनुसार नै टिबिएमलाई जोखिमबाट बचाउँदै सुरक्षित ढंगबाट सुरुङ निर्माणको काममा उपयोग गरियो । र, भेरी–बबई बहुउद्देश्य सिँचाइ परियोजनाको सुरुङ निर्माणमा टिबिएमको उपयोग सही र उपयुक्त प्रविधि सावित हुन पुग्यो ।

भेरी–बबई बहुउद्देश्य सिँचाइ परियोजनाको सुरुङ लक्ष्यभन्दा १ वर्षअघि नै सम्पन्न हुनुले टिबिएमलाई लिएर नेपालमा सकारात्मक धारणा बन्ने आधार तयार भयो । यो परियोजनामा भएको सफल प्रयोगपछि अहिले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङ निर्माणमा पनि टिबिएमको प्रयोग गरिएको छ । यो परियोजनाको सुरुङ निर्माण सम्पन्न भएपछि नेपालमा टिबिएमको प्रयोगमा विश्वसनीयता अझै बढ्नेछ भने टिबिएम उद्योगका लागि पनि यो सफलता महत्वपूर्ण हुनेछ ।

भेरी–बबई, सुनकोसी–मरिणजस्ता ठुला बहुउद्देश्यीय परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा नेपालको कृषिजन्य उत्पादन बढ्न गई सामाजिक तथा आर्थिक विकास हुन्छ । नेपालको खाद्य संकटको समाधान भई खाद्यान्नको आयात प्रतिस्थापन गर्न सकिन्छ ।
भेरी–बबई परियोजनाको सुरुङ निर्माणमा पहिलो पटक टिबिएमको प्रयोग सफल भएपछि अब सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्य परियोजनापछि नेपाल सरकारले अन्य ठुला परियोजनाहरूमा पनि टिबिएमको उपयोग गर्ने योजना बनाइरहेको छ ।

नेपालले भविष्यमा ठुला खानेपानी परियोजना, जलविद्युत् तथा सिँचाइ परियोजना, यातायातका लागि सुरुङमार्ग निर्माणमा टिबिएमको उपयोग गरी पूर्वाधार विकास गर्न सक्छ । नेपाल जलविद्युत् उत्पादनको प्रशस्त सम्भावना भएको मुलुक भएकाले पनि अब निर्माणमा जाने तयारी अवस्थाका जलविद्युत् परियोजनामा टिबिएम टनेलिङको विकल्पमा जानुपर्ने आवश्यकता देखिन्छ । नेपालमा अबको ५ वर्षमा निर्माणमा जाने तयारी अवस्थाका जलविद्युत् परियोजनाहरूको सय किलोमिटरभन्दा बढी सुरुङ खन्नुपर्ने हुँदा यीमध्ये ५० प्रतिशत परियोजनामा सुरुङको कामका लागि टिबिएमको प्रयोग गर्न सम्भाव्यता देखिन्छ । सम्भाव्यता देखिएका जलविद्युत् परियोजनाका लागि समयमै काम सम्पन्न गर्नका लागि टिबिएम नै एकमात्र उत्कृष्ट विकल्प हुनेछ । र, लगानीकर्ताले पनि टिबिएमको उपयोगलाई विकल्पका रूपमा हेरिरहेका छन् ।

(श्रेष्ठ रोविन्स नेपालका राष्ट्रिय प्रबन्धक हुन् )

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech