No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

इप्पानले ऊर्जामा पु¥याएको योगदान

- कृष्ण आचार्य

इप्पानले ऊर्जामा पु¥याएको योगदान

नेपालमा जलविद्युतकाे इतिहास करिब ११२ वर्ष नाघिसकेको छ । तर लामो समयसम्म जलविद्युत् उत्पादनमा सरकार मात्र एकछत्र रूपमा थियो । २०४६ सालको परिवर्तनपछि २०४९ सालमा नयाँ विद्युत् ऐन आयो । त्यो ऐनले निजी क्षेत्रलाई जलविद्युत् उद्यम गर्ने बाटो खोल्यो । त्यसपछि स्वाभाविक रूपमा निजी क्षेत्र जलविद्युत् उत्पादनमा सहभागी भयो । यसरी जलविद्युत् विकासको इतिहास हेर्ने हो भने सय वर्षमा सरकारले गर्न नसकेको काम छोटो समयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूले गरेका छन् ।

ऊर्जा उत्पादनसँगै उत्पादकहरूको संख्या वृद्धि हँुदै गयो । त्यसले स्वाभाविक र संस्थागत रूपमा एकजुट हुने आवश्यकता देखियो । त्यस आवश्यकतालाई पूरा गर्न तत्कालीन स्वतन्त्र ऊर्जा उत्पादकहरूले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को स्थापना हुन पुग्यो । संस्था स्थापना भएपछि त्यसैको मातहतमा देशभरका ऊर्जा उत्पादक संस्थामा आबद्ध हुन पुगेका छन् । संस्थागत प्रयासले धेरै काम हुँदै गएको छ ।

जलविद्युत््लगायत सबै प्रकारका ऊर्जा उत्पादक वा उद्यमीहरूलाई परेका विविध समस्यामा सहजीकरण गर्नु संस्थाको मूल कार्यभार हो । नेपाल सरकारसँग वार्ता गरी उद्यमीलाई परेका कठिनाइमा मध्यस्थता गरेर होस् वा सहजीकरण गरेर, समस्या समाधान गर्ने काम इप्पानले गरिरहेको छ । समग्रमा देशको विद्युत् विकासमा देशभित्र र वैदेशिक लगानीका लागि पनि आह्वान गर्ने, समन्वय गर्ने, सहयोग गर्ने र वातावरण बनाउने काम गरिरहेको छ । यसकारण यो संस्था सबै ऊर्जा उत्पादकहरूको साझा संस्था हो ।

नेपालमा हरेक व्यवसायहरूमा थुप्रै कठिनाइ छन् । कार्यान्वयनमा रहेका कानुन पुराना छन् । कतिपय कानुन पञ्चायतकालमा बनेका छन्, तिनलाई समयसापेक्ष सुधार गरिएको छैन । उदाहरणका रूपमा– ऊर्जा क्षेत्रमा अवरोधकका रूपमा रहेको राष्ट्रिय निकुञ्ज ऐन २०२९ सालमा जारी भएको हो । देशमा व्यवस्था परिवर्तन भएर कार्यशैली, समय र सन्दर्भसमेत परिवर्तन भइसकेको छ । तर, त्यो कानुन परिवर्तन भएको छैन । प्रधानमन्त्री समेतले वन ऐनको विषयमा सरोकार उठाउनुभएको छ । तर, विडम्बना समयसापेक्ष बनाउन सकिएको छैन । कानुन बन्ने र संशोधन प्रक्रिया असाध्यै सुस्त छ ।

स्वतन्त्र ऊर्जा उत्पादकले एउटा जलविद्युत्् प्रवद्र्धकका रूपमा कुनै जलविद्युत्् परियोजना निर्माण गर्दा १४ वटाभन्दा बढी मन्त्रालय, ३० वटाभन्दा बढी विभाग र कार्यालय तथा ४० वटाभन्दा बढी ऐन र नियमावली, निर्देशिकासँग जोडिनुपर्छ, छिरेर काम गर्नुपर्छ । सबैभन्दा दुःखको विषय भनेको सरकारी निकाय सहयोगी छैन । सरकारी कुर्सीमा बसेको मानिसले सेवा प्रवाह गर्ने र सहजना बनाउनेभन्दा पनि कसरी हुन्छ, झुलाउने, दुःख दिने, घुमाउने खालको प्रवृत्ति कायम छ । मानिसहरू सहजीकरण गरेर चाँडोभन्दा चाँडो काम सम्पन्न गर्नेतर्फ चासो नै हँुदैन ।

नेपालको सबैभन्दा ठुलो स्रोत भनेको जलस्रोत हो । हरेक मुलुकलाई प्रकृतिले केही न केही दिएको छ । नेपाललाई प्रकृतिले अधिक जलस्रोत दिएको छ । त्यसको प्रभावकारी सदुपयोग गर्नुपर्ने हो, त्यो उपयोग गर्न सकिराखिएको छैन । निजी क्षेत्रले लड्दैभिड्दै अनेक गर्दै अहिले झन्डै ३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने अवस्थामा आइपुगेका छौँँ । यो उपलब्धि हासिल गर्न निजी क्षेत्रले थुप्रै हन्डर खाएर, ठक्कर बेहोरेर आइपुगेको हो । नेपालमा एउटा उखानै छ– बाउन्न घुस्सा, त्रिपन्न ठक्कर । त्यही अवस्था बेहोर्दै निजी क्षेत्र अहिलेको अवस्थामा आइपुुगेको छ ।

सरकार र इप्पान वा ऊर्जा उत्पादन गर्ने निजी क्षेत्रबीचको सम्बन्ध सौहाद्र्रपूर्ण हुनुपर्ने हो । तर, निजी क्षेत्रले भोगिरहेका समस्याबारेमा इप्पानले पटक–पटक राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म, मन्त्रीदेखि संसदीय समितिसम्म, राजनीतिक पार्टीका नेतादेखि उच्च पदस्थ कर्मचारीसम्म र अन्य सरोकारवालाई निकायलाई समेत जानकारी गराएका छौँ । तर, विडम्बना यी सबै निकायमा बसेका मानिस, जसले जलविद्युत्् क्षेत्रमा काम गरेका छैनन्, उनीहरूको दिमागमा विद्युत्् प्रवद्र्धक भनेका कमाउन आएका हुन् भन्ने भ्रम छ । तर, नबुझेको विषय भनेको कमाउनु कुनै अपराध होइन, कमाएपछि न देश समृद्ध हुन्छ ।

पुँजीको विकास नभएसम्म देशको विकास हँुदैन । पुँजीको विकास गर्नमा कोही लागेको छ भने त्यसलाई सहयोग गुर्नुपर्छ । तर, नेपालमा यस्तो काममा कोही लागेकोे छ भने त्यस्ता मानिसलाई दुःख दिने प्रवृत्ति छ । यसलाई परिवर्तन गर्न आवश्यक छ । देशलाई समृद्ध बनाउन सबै लाग्नुपर्छ भनेर बुझ्नुपर्छ । यसका लागि इप्पानको भूमिका महत्वपूर्ण हुन्छ ।

त्यस्तै, अहिलेसम्म कानुनी व्यवस्था नै प्रवद्र्धकले विद्युत्् उत्पादन गर्न पाउने मात्र छ । निजी क्षेत्रलाई विद्युत््को व्यापार गर्ने, प्रसारण लाइन निर्माण गर्ने अनुमति छैन । निजी क्षेत्रले उत्पादन गरेको विद्युत्् खरिद गर्ने र त्यो खरिद गरेको विद्युत्् बिक्री गर्ने पनि त्यही एउटा निकाय छ । उसैको खटनपटनमा सबै निजी क्षेत्र हिँड्नुपर्ने बाध्यता छ । यसकारण विद्युत्् व्यापारमा एकाधिकार छ । यसकारण जसरी विद्युत्् उत्पादनमा निजी क्षेत्रलाई खुला गरिएको छ । त्यसैगरी व्यापार र प्रसारण लाइन निर्माण गर्न पनि खुला गरिनुपर्छ । यो माग लामो समयदेखि इप्पानले गर्दै आएको छ । तर, माग पूरा भएको छैन ।

अर्कातर्फ विद्युत्् लागतको मूल्य वृद्धि हुँदै गएको छ । डलरको मूल्यदेखि सिमेन्ट र डन्डीको मूल्यमा वृद्धि हँुदै गएको छ । ज्यालादेखि जमिनको मूल्य वृद्धि भएको छ । कुनै–कुनैमा ४ देखि ५ गुणासम्म वृद्धि भएको छ । जबकि विद्युत्् खरिदका लागि तोकिएको जुन मूल्य हो, त्यो विगत १२ वर्षदेखि एउटै छ । २०६८ सालमा तोकिएको हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसा अझै कायम छ । तैपनि निजी क्षेत्र जलविद्युत्् विकासमा लागिरहेको छ । त्यसो हुनुका पनि मुख्यतः २ वटा कारण छन् । पहिलो यो देशभित्रकै आफ्नो कच्चा पदार्थमा आधारित उत्पादन हो । मेसिन बाहिरबाट ल्याउनुबाहेक अन्य कच्चा पदार्थ देशभित्र नै उपलब्ध छ ।
राष्ट्रिय अर्थतन्त्रमा विद्युत्ले खेल्ने भूमिका महत्वपूर्ण छ भन्ने हिसाबले भावनात्मक रूपले पनि यो क्षेत्रमा लाग्ने मानिस छन् ।

त्यसैगरी निर्माण चरणमा आयोजना निर्माणमा भोग्नुपर्ने जस्ता हन्डर ठक्कर छन् । जुन मानिस भेटे पनि केही न केही दोहन गर्नुपर्छ भन्ने मानसिकतामा छन् । जलविद्युत्् प्रवद्र्धकलाई तल्लो तहदेखि माथिसम्म अर्थात् मन्त्रालयदेखि वडासम्मको मानसिकता कसरी दोहन गर्न सकिन्छ भन्ने नै छ । जलविद्युत्् बन्यो भने देश बन्नका लागि पनि सहयोग पुग्छ । उदाहरणका रूपमा पछिल्ला वर्षहरूमा क्रमशः ५ अर्ब, ११ अर्ब १६ अर्ब रुपैयाँ बराबरको विद्युत्् नेपाल विद्युत्् प्राधिकरणले बिक्री गरेर कमाएको छ । यही पुस १९ गते भारतसँग दीर्घकालीन रूपमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता भइसकेको छ । कल्पना गरौँ कि ५०० मेगावाट निर्यात गर्दा १६ अर्ब रुपैयाँको विद्युत् निर्यात ग¥यौँ भने १० हजार मेगावाट विद्युत्् निर्यात गर्ने अवस्थामा हाम्रो अर्थतन्त्र कहाँ पुग्ला ? त्यसलाई कसरी सहयोग गर्ने, सहजीकरण गर्ने र चाँडो गर्नेभन्दा पनि कसरी झुलाउने र एउटा वातावरणीय अध्ययन गर्न पनि वर्षौं लगाइदिने गरिएको छ ।
विकासका लागि वन मन्त्रालय यस्तो अवरोधक मन्त्रालय प¥यो, उसले विकासलाई अवरोध गर्न भूमिका खेलिरहेको छ । अन्य मन्त्रालयहरू पनि अवरोधकका रूपमा देखिएका छन् । अरू सबैले सहयोग गरेका छन् भन्ने होइन, तर वन मन्त्रालय र यसअन्तर्गतका नियम कानुनहरू साह्रै दुरुह र अफ्ठ्यारो बनाउने खालका छन् । अर्को महत्वपूर्ण विषय भनेको अधिकांश ऐन नियम स्थानीय आवश्यकता र सहजता दिलाउने भन्दा पनि अन्तर्राष्ट्रिय र गैरसरकारी निकायको सल्लाह सुझाव र भनेअनुसार बनेका छन् । त्यसले गर्दा तीव्र गतिमा हुनुपर्ने विकास रोकिएको छ ।

काम रोकियोस् वा काम होस्, ती अनेक गैरसकारी निकायलाई कुनै सरोकार हुने विषय भएन । एउटा उदाहरणका रूपमा सबै मन्त्रालयहरूका कर्मचारी विदेश भ्रमण कसले कतिको गर्दा रहेछन् भनेर हेर्दा तल्लोदेखि माथिल्लो तहसम्म सबैभन्दा धेरै विदेश जाने वन मन्त्रालयका कर्मचारी छन्, त्यो पनि पटकपटक । यसरी विदेश गएर विदेशी संस्थाहरूले सिकाएको वा बुझाएको विषयलाई विदेश जाने कर्मचारीले नेपाल आएर कार्यान्वयन गर्छन् । विदेशीले यो काम नगर भनेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भन्छन्, त्यसकै आधारमा वन मन्त्रालयका अधिकारीहरू चल्छन् । यो नहोस् भन्ने हामी चाहन्छौँ ।

केही ताजा उदाहरण नै भन्न सकिन्छ । भर्खरै वनमन्त्री, सचिव र कर्मचारीबीचको दोहोरी देखियो । अधिकृतले भनेको वा उठाएको टिप्पणीलाई काट्न सक्ने वा सुधार गर्न सक्ने हिम्मत सचिवले राख्दैन । मन्त्रीले हस्ताक्षर गर्ने तहसम्म त्यो विषय पुग्दैन । त्यस्तै, यही पुसमा संसदीय समितिसमक्ष काठमाडौँ तराई दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले निर्माण स्थलमा काट्नुपर्ने ४ वटा रुख ९ महिनासम्म पनि काट्न नसकिएको र काट्नका लागि प्रधानमन्त्रीलाई भन्दा पनि काम नभएको सुनाएका थिए । यस्तो विडम्बनापूर्ण अवस्था आउनु साह्रै दुःखद् मात्र होइन, विकासमा विडम्बना पनि हो ।

व्यावसायिक संगठनमध्ये इप्पान आफूलाई अफ्ठ्यारो पर्दा पनि चुप लागेर बसेको छ, सहेको छ । अन्य संस्था भएको भए यस्तो हन्डर र ठक्कर खाँदा सडकमा आइसकेका हुन्थे । जुलस र बन्द गरिसक्ने थिए । ऊर्जा उत्पादकहरूले त्यसो गरेका छैनन् । तर, अवस्था यस्तै रहिरह्यो भने ऊर्जा उत्पादकहरूले पनि आफ्ना पावर हाउस बन्द गरेर सरकारलाई आवाज सुनाउनुपर्ने हुन सक्छ । यसका लागि इप्पानले पहल पनि थाल्नुपर्छ ।
इप्पानले उठाएका माग कठिन छैनन्, बरु पारदर्शी छन् । निर्माणका चरणमा झमेला छन् । यसमा सोझो हिसाबकिताब छ । आयोजनाबाट उत्पादन थालेपछि प्राधिकरणले दिएको रकम बैंकको कर्जा तिर्नमा जान्छ । त्यसपछि बाँकी रहेको उद्यमीले पाउने हो । अन्य व्यवसाय गर्नेले चाह्यो भने आफ्नो व्यवसायमा प्रभाव पारेर होस् वा अन्य कारणबाट तलमाथि गर्न सक्छ । तर, ऊर्जामा त्यो सम्भावना नै छैन । यो ‘क्लिन इनर्जी’ भनेजस्तै ‘क्लिन बिजनेस’ पनि हो । त्यसकारण सरकारले इप्पानका माग र भोगेका झमेलालाई सहजीकरण गरिदिनुपर्छ ।

एकद्वार प्रणाली भनेको झन्डै ५० वर्ष भइसक्यो । २०३१÷३२ सालदेखि नै एकद्वार प्रणाली कार्यान्वयन गर्ने भनिएको हो । तर, अझै प्रभावकारी हुन सकेको छैन । प्रयोगमा आएको छैन । प्रधानमन्त्रीदेखि सबैले भन्ने गरेका छन् । तर, कार्यान्वयन छैन । धेरै ठाउँमा घुम्नुपर्ने बनाउदैनाँै भन्नुहुन्छ, तर नघुमी सुखै छैन । ऊर्जाकै कुरा गर्दा विद्युत् विकास विभागमा सहसचिव तहको महानिर्देशक हुनुहुन्छ । त्यहाँबाट सिफारिस गरेको प्रस्ताव वा पहल निर्णय गर्नका लागि मन्त्रालय पुगेपछि पुनः मन्त्रालयमा अधिकृतले त्यो प्रस्तावबारे टिप्पणी उठाउनुपर्छ । किन यस्तो गरेको होला ? सहसचिवले पठाएको प्रस्ताव सचिवले सीधै सदर गर्न किन नमिलेको होला ? यस्तो छ हाम्रो कर्मचारीतन्त्र ? यो ऊर्जामा मात्र होइन, भूमिसुधार, रक्षा, गृह र स्थानीय सरकारबाट पनि अवरोध छ । हुँदाहुँदा अब वडा सरकारसमेत भन्न थालिएको छ । यसरी निर्णय गर्ने विषयलाई फिँजाउनु भएन । एकै ठाउँमा निर्णय गर्ने वातावरण बनाइदिनुपर्छ ।

जग्गाको मूल्य पहिले नै निर्धारण गर्ने र त्यसको मूल्य एकमुष्ट रूपमा बुझाउने ठाउँमा बुझाएपछि प्रवद्र्धकले काम गर्न पाउने हुनुपर्छ । हुँदाहुँदा प्रसारणलाई मुनिको जग्गाको समेत मुआब्जा दिनुपर्ने विषय उठेको छ । जसरी हुन्छ, अवरोध गर्ने विषय हटाउनुपर्छ ।
सरकारले १० हजार मेगावाट निर्यात गर्ने भनेको छ । मौजुदा अवरोध नहटाउने हो भने त्यो भाषणमा मात्र सीमित हुने जोखिम छ । त्यो स्थिति सिर्जना गर्ने हो भने देशमा ४० हजार मेगावाट उत्पादन गर्नुपर्छ । त्यसका लागि ऊर्जामा संकटकालको घोषणा गरेर अन्य सबै नियम कानुनलाई स्थगित गरेर यति मेगावाट उत्पादन नभएसम्म संकटकाल रहने व्यवस्था गर्नुपर्छ । यसको साथै ऊर्जा लगानी गर्न चाहनेलाई बिनारोकावट लगानी गर्न खुला गर्नुपर्छ । १० हजार रुपैयाँभन्दा बढी जम्मा गर्नेबित्तिकै कहाँबाट आयो भनेर सोधखोज गर्ने गरिन्छ । त्यस्तै, प्रवृत्तिले लगानीलाई अफ्ठ्यारो पार्छ । देश विकासका लागि कतिपय अफ्ठ्यारा विषयहरूलाई हटाउनुपर्छ । कोरिया, सिंगापुर, थाइल्यान्ड, भियतनामले विकासका लागि गरेको अभ्यासबाट पनि हामीले सिक्नुपर्छ ।

(आचार्य इप्पानका निवर्तमान अध्यक्ष हुन्)

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

Private Sector Ready for  Power Trade

Private Sector Ready for Power Trade

March 17, 2024
समृद्धिको पर्यावाची ‘ऊर्जा’ हो, व्यक्ति र देश सँगसँगै समृद्ध हुनुपर्छ – महानिर्देशक मण्डल

समृद्धिको पर्यावाची ‘ऊर्जा’ हो, व्यक्ति र देश सँगसँगै समृद्ध हुनुपर्छ – महानिर्देशक मण्डल

February 25, 2024
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024
IPPAN Newsletter March 2022

IPPAN Newsletter March 2022

March 27, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

Power Summit 2025