No Result
View All Result
Upcoming Programs
Independent Power Producers' Association, Nepal
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career
Independent Power Producers' Association, Nepal

ऊर्जा उत्पादनका अवरोधहरू

ऊर्जा उत्पादनका अवरोधहरू

विसं २०५४/०५५ तिर निजी क्षेत्रलाई उत्पादनका लागि अनुमतिपत्र दिने बेलामा सरकारी निकायका अधिकारीहरूले सिधै भन्थे– निजी क्षेत्रले निर्माण गर्ने भनेको त, त्यही एक/दुई मेगावाट मात्रै त हो । नेपाल विद्युत् प्राधिकरणमा त केन्द्रीय ग्रिडमा बढीमा १० प्रतिशतसम्म मात्र दिन सक्छन् भन्ने गरिन्थ्यो ।

तर २०५५ सालमा विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेपछि निजी क्षेत्रले उत्पादनमा यस्तो छलाङ मार्‍यो किझन्डै कुल जडित क्षमताको ७० प्रतिशत हिस्सा निजी क्षेत्रको छ । निजी क्षेत्रले जलविद्युत् उत्पादन गर्न सक्दैन भन्ने त्यतिबेलाको कथन अहिले परिवर्तन मात्र भएको छैन, निजी क्षेत्रले पाँचसय मेगावाटसम्म उत्पादन गर्न सक्षम भइसकेका छन् । यति मात्र होइन, अहिले नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजना निर्माण गर्न छोडेको छ ।

सेवा प्रवाह गर्ने त्यो निकाय अहिले कम्पनी मोडेलमा आयोजना निर्माण गरिरहेको छ । प्राधिकरण स्वयं परिवर्तन भएर व्यापारिक रूपमा जलविद्युत् उत्पादनतर्फ केन्द्रित भएको छ । जति जलविद्युत् आयोजनाहरू प्राधिकरणले निर्माण गरेको छ, तीमध्ये अधिकांश कम्पनी मोडेलमा नै अघि बढेका छन् । ठूला–ठूला जलाशययुक्त आयोजनासमेत कम्पनी मोडेलमा निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । यो निजी क्षेत्रले जलविद्युत् उत्पादनमा छलाङ मारेपछिको उपलब्धि हो ।

अहिले कुल जडित उत्पादन क्षमता २९ सय मेगावाटमध्ये करिब २३ सय मेगावाट उत्पादन क्षमता निजी क्षेत्रको मात्र छ । निजी क्षेत्रले निर्माण गरेका ९१ जलविद्युत् आयोजना नेप्सेमा सूचीकृत भइसकेका छन् । सोलारसहित १७१ आयोजनाबाट विद्युत् उत्पादन सुरु भइसकेको छ । निर्माणाधीन ३४ सय मेगावाट बराबरका आयोजनामध्ये करिब ८० प्रतिशत निजी क्षेत्रकै छन् । निकै कम मात्र सरकारी छन् । करिब २० हजार मेगावाट बराबरका सर्भे, उत्पादन र उत्पादनमा लागि आवेदन दिएर निर्माण चरणमा पुगेका आयोजना निजी क्षेत्रका छन् ।

देशलाई उज्यालो बनाउने र स्वदेशभित्र पुँजी संकलनमार्फत आर्थिक समृद्धि हासिल गर्ने अभियानमा निजी क्षेत्र अहिले जिम्मेवार र दायित्वसहित तल्लीन भएर लागेको छ । निजी क्षेत्रले व्यापारिक रूपमा उत्पादन गरेको २०५७ सालको अवधिमा सरकारी निकायको उत्पादन २७६ मेगावाट मात्र थियो । हुन त नेपालमा विसं १९६८ (सन् १९११) सालमा पाँचसय किलोवाटको फर्पिङ लघु जलविद्युत् परियोजना (चन्द्रज्योति) निर्माण गरिएको थियो । विश्वको पहिलो व्यापारिक उत्पादन सुरु भएको मात्र २९ वर्षपछि बनाइएको आयोजनाबाट सुरु भएको ऊर्जा विकासको यात्रामा निजी क्षेत्रको प्रवेशले छलाङ मारेको छ ।

यसको पछाडिविशेष गरी निजी क्षेत्रको प्रवेश गर्ने गरी तत्कालीन सरकारले ल्याएको विद्युत् ऐन, २०४९ नै हो । विकासका पूर्वाधारमध्ये आस जगाएको क्षेत्र पनि अहिले जलविद्युत् नै हो । एक दशकअघिसम्म वर्षा र हिउँद दुवैमा विद्युत् आयात गर्नुपर्ने अवस्थामा रहेको नेपालमा अहिले हिउँदमा मात्र आयात गर्नुपर्छ । वर्षामा भने नेपालले साढे ६ सय मेगावाटसम्मविद्युत् निर्यात गरिररहेको छ । गत पुसमा मात्रै नेपाल र भारतबीच दसवर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको दीर्घकालीन सम्झौता भएको छ । सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा भारतसहितका देशहरूबाट विदेशी लगानीको सम्भावना बढेको छ । बंगलादेशले पनि नेपालबाट ४० मेगावाट विद्युत् किन्ने निर्णयसँगै यो प्रक्रिया अघि बढिसकेको छ । सन् २०७० भित्र भारतले विश्वसामु गरेको जिरो इमिसनका लागि गरेको प्रतिबद्धता गरेको छ भने करिब ८० प्रतिशत ‘डर्टी इनर्जी’ ऊर्जा स्रोतका रूपमा प्रयोग गरिरहेको छ । यो प्रतिबद्धता पूरा गर्न र डर्टी इनर्जी न्यूनीकरण गर्न नेपालसँग जलविद्युत् खरिद गर्नुको विकल्प भारतसँग छैन । नेपालसँग पनि भारतीय बजारमा बिजुली बेच्नुबाहेकको अर्को विकल्प छैन ।

भारत पनि नेपालको बिजुली खरिदका लागि सकारात्मक बन्दै गएको छ । गत वर्षामा मात्र बिजुली बेच्न नसकेको कारणले करिब ५ अर्ब बराबरको बिजुली खेर गएको भनेर विद्युत् प्राधिकरण स्रोतले भनिरहेको छ भने आगामी वर्षासम्ममा ३ हजार मेगावाट बिजुली उत्पादन नाघेपनि खपत दुई हजार मेगावाटभन्दा बढी हुन नसक्ने प्राधिकरणको प्रक्षेपणले देखाएको छ । यस्तो अवस्थामा भारतसँग बलियो कूटनीतिमार्फत सुमधुर सम्बन्ध बनाएर बिजुली व्यापार गर्नुको विकल्प छैन । भारतमा वर्षामा बिजुली बेच्न नसकेमा २० अर्बभन्दा बढी घाटा बेहोर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । यसले हिउँदमा नेपालले गर्ने आयातको रकमलाई सन्तुलन ल्याउन पनि योगदान गर्ने निश्चित छ ।

उत्पादन लक्ष्य र निजी क्षेत्रका सवाल

सरकारले २०७२ सालमा १० वर्षभित्र १० हजार मेगावाट र २०७५ सालमा १० वर्षभित्र १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । २०७२ सालमा ऊर्जा संकटकालसहित ९९ बुँदे कार्ययोजना पनि जारी गरिएको थियो । यसैको कारणले पनि ऊर्जा क्षेत्रको विकासका लागि धेरै कार्य अघि बढ्यो । अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सन् २०३५ भित्र १५ हजार निर्यात र १३ हजार ५ सय मेगावाट आन्तरिक खपतसँगै ऊर्जा उत्पादनको मार्गचित्र तयार पारेको छ । यति मात्र होइन, जल तथा ऊर्जा आयोगले गरेको अध्ययनले नेपालमा ४८ हजार १४५ मेगावाटका जलाशययुक्त र ७२ हजार ५४४ मेगावाटको नदी प्रवाहमा आधारित आयोजनासहित १ लाख २० हजार ६८९ मेगावाट बराबरको कुल उत्पादन क्षमता रहेको देखाएको छ । यो क्यू ४० मा आधारित भएर गरिएको डिजाइनलाई क्यू २५ मात्र ल्याउँदा पनि नेपालमा करिब दुई लाख मेगावाट बिजुली उत्पादन हुने विभिन्न अध्ययनले देखाइरहेका छन् ।

देशलाई समृद्ध बनाउने यो अभियानमा सरकार, राजनीतिक दल, कर्मचारी संयन्त्र, निजी क्षेत्र र स्थानीय लाभग्राही एकै ठाउँमा उभिन ढिलो गर्नु हुँदैन । सबैको साझा प्रयासबाट यो सम्भव पनि छ तर अहिले ऊर्जा आयोजना निर्माणमा देखिएका समस्यासमाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ । ऊर्जा विकासका लागि साँघुरो रूपमा हेरेर होइन, यसबाट नेपालले पाउने बृहत् फाइदालाई हेरेर अघि बढ्नुको विकल्प छैन ।

अहिले जलविद्युत् विकासको बाधकका रूपमा सरकारी निकायका झन्झटिला प्रक्रियाहरू छन् । आयोजनाको निर्माणका लागि वनबाट लिनुपर्ने स्वीकृतिदेखि विस्फोटक पदार्थसम्मका समस्या छन् । अहिले पनि एउटा ऊर्जा आयोजना निर्माणका लागि १४ मन्त्रालय, ४० भन्दा बढी विभाग र दुई सयभन्दा बढी टेबलमा पुग्नुपर्ने बाध्यता छ । विद्युत् विकास विभागले अनुमतिपत्र दिन नरोकेपनि नेपाल विद्युत् प्राधिकरणले सीमित विद्युत् खरिद सम्झौता (पीपीए) मात्र गरिरहेको छ । यस्तो अवस्थामा अहिले जति धेरै समस्याहरू देखिएका छन्, ती समस्याहरू समाधान गर्नुपर्छ । हुन त सरकारले आगामी लगानी सम्मेलनलाई लक्षित गरी केही कानुनहरू सुधारको काम अघि बढाएको छ तर ती सुधार गर्न खोजेका प्रावधान हेर्दा नीतिगत विषय बढी छन् ।

विद्युत् विधेयकले रोक्न खोजेको निजी क्षेत्रको बाटो

सरकारले हालै विद्युत् विधेयक संसद्मा पठाएको छ । २०६५ सालमा मस्यौदा तयार भएको र संसद् पुगेर पटकपटक फर्केको यो विधेयकमा अहिलेका प्रावधानहरू निजी क्षेत्रको जलविद्युत् यात्रामा पाएको सफलता र आगामी दिनमा प्राप्त गर्ने सफलतामा अवरोध ल्याउने खालका छन् । अहिले निजी क्षेत्रले अघि बढाएका र निर्माणमा जान लागेका आयोजनाहरूको क्षमता २० हजार मेगावाट छ । हालसम्म यी आयोजनालाई अघि बढाउननिजी क्षेत्रले कम्तीमा २० हजार करोड खर्च गरिसकेको छ । सर्भे अनुमतिपत्र लिएर विस्तृत अध्ययन गरी पीपीएका लागि आवेदन दिएका र निर्माणका लागि अनुमतिको आवेदन दिएका मात्र १२ हजार मेगावाटभन्दा बढी क्षमताका छन् ।

संसद्मा पठाएको विधेयक पारित भएमा यी सबै आयोजनाहरूले प्रतिस्पर्धा गर्नुपर्छ तर सरकारी निकायलाई प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान राखिएको छैन । विद्युत् ऐन २०४९ ले सरकारी निकाय र निजी क्षेत्रलाई समान रूपमा हेरेको छ, तर सरकार नियमनभन्दा माथि उठेर डिरेगुलेसनमा जानुपर्ने बेलामा ऐनबाटै निजी क्षेत्रमाथि नियन्त्रण गर्न खोजिएको छ । त्यति मात्र होइन, एक सयभन्दा मेगावाटभन्दा माथिका आयोजनाहरूलाई सरकारले सिधै कुनै देशसँग सम्झौता गरेर दिन मिल्ने व्यवस्था गरिएको छ । ताकि नेपालमा निजी क्षेत्र ५ सय मेगावाटसम्म निर्माण गर्न सक्षम भइसकेको छ । यो विधेयक जस्ताको तस्तै पारित भएमा निजी क्षेत्रका आगामी यात्रामा अवरोध सिर्जना हुने निश्चित छ ।

सरकारी निकायले बिनाप्रतिस्पर्धा जलविद्युत् आयोजना पाउने तर निजी क्षेत्रले प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था कानुनी र व्यावहारिक दुवै रूपमा न्यायोचित नभएकाले यसमा सुधार जरुरी छ । यो विधेयकको तुलनामा निजी क्षेत्र प्रवेश गराउने त्यो विद्युत् ऐन नै धेरै प्रगतिशील र सकारात्मक व्याख्या विश्लेषण निजी क्षेत्रले गर्न थालेको छ । निजी क्षेत्रले २०४९ सालको ऐनमा विद्युत् व्यापारसहित संघीयता र पछिल्लो समयमा आएका हाइड्रोजन लगायतका केही नयाँ प्रविधि र परिवर्तित प्रावधानलाई मात्र राखेमा धेरै उपयुक्त हुने कुरा जुन आएको छ, त्यो जायज मान्नुपर्ने अवस्था छ । अहिलेकै प्रावधानसहित पारित भएमा निजी क्षेत्रको ऊर्जा परियोजनाको यात्रामै पूर्णविराम लाग्ने अवस्था छ । यसलाई कुनै पनि हालतमा निजी क्षेत्रले स्वीकार गर्न सक्दैन ।

– कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष हुन् ।

https://ekantipur.com/bibidha/2024/02/19/constraints-of-energy-production-23-04.html

ShareTweetShareSend

Member Log In

Search

No Result
View All Result

FEATURED POSTS

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

January 23, 2026
विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र

March 1, 2026
Facebook LinkedIn Youtube

ABOUT IPPAN

Independent Power Producers’ Association, Nepal (IPPAN) was established in the year 2001 with the intention of encouraging the private sector to work in the area of hydropower in Nepal. It is a non-profit, non-government autonomous organization.

QUICK CONTACT

Independent Power Producers Association Nepal (IPPAN)

Heritage Plaza II, Kamaladi, Kathmandu, Nepal
Phone No : +977 1 4169175
Mobile No: +977 9851358275
E-mail : [email protected]

LATEST NEWSLETTER

IPPAN Newsletter March 2025

IPPAN Newsletter March 2025

May 27, 2026
IPPAN Newsletter March 2024

IPPAN Newsletter March 2024

April 19, 2024

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech

No Result
View All Result
  • Home
  • About Us
    • Introduction
    • Our Vision
    • Our Objectives
    • Our Policies
    • Our Collaborations
    • Our Experiences
    • Executive Committee Members
    • Secretariat
    • Achievements
    • Opportunities for Private Sectors
  • Members
    • Associate Members
    • Corporate Members
    • Join IPPAN
  • Events & Notices
    • Updates
    • Notices
      • Vacancy in Hydropower
      • Other Notices
    • Upcoming Programs
      • IPPAN Day
      • Himalayan Hydro Expo
      • Power Summit
      • Program
    • Press Release
    • Activities
      • Advocacy
      • Friday Forum
      • Seminar & Training
      • Other Activities
  • Licenses
    • Operational Licenses
    • Under Construction Licenses
    • Survey Licenses
    • Construction Licenses
    • Applied for Construction Licenses
  • Resources
    • Energy Clips
    • Newsletters
    • Publications
    • Useful Links
    • Research
    • Shares
      • IPO
      • FPO
      • Right Share
    • Acts & Policies
      • Final
      • In Progress
    • Issues & Suggestions
      • Issues
      • Suggestions
    • Downloads
  • Gallery
    • Photo Gallery
    • Video Gallery
  • Women in Energy
  • Contact Us
    • Contact Address
    • Feedback & Suggestions
    • Career

Copyright © 2023 IPPAN. All rights reserved. Powered by Versatile Media Tech